शनिबार बिहान तराई तथा काठमाडौँ उपत्यकाका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

बझाङमा छुट्टाछुट्टै जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । बझाङको तलकोट गाउँपालिकास्थित धमेनामा बिहीबार राति जीप दुर्घटना हुँदा एकै घरका तीन जनासहित चार जना र मष्टा गाउँपालिका– १ कोटदेवलमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।
दुर्घटनामा तलकोट गाउँपालिका–४ का ३६ वर्षीय बमबहादुर धामी, उनकी ७२ वर्षीया आमा जौमतीदेवी धामी र बमबहादुर धामीको ६ वर्षीया छोरी आकृति धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।प्रहरीका अनुसार जीप चालक केदारस्यु गाउँपालिका–१ का ३३ वर्षीय सम्शेर मल्लको पनि घटनास्थलमै मृत्यु भएको छ। बमबहादुर धामीको छोरीको भने उद्धार गरेर थप उपचारका लागि जिल्ला अस्पताल चैनपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी युवराज भण्डारीका अनुसार से १ ज ८४३ नम्बरको जीप तलकोटबाट सदरमुकाम चैनपुरतर्फ जाँदै गर्दा तलकोट गाउँपालिकाको धमेनामा दुर्घटना भएको हो । जीप झण्डै २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलिसकेको छैन । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै बझाङको मष्टा गाउँपालिका– १ कोटदेवलमा जीप दुर्घटना एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मष्टा गाउँपालिका–१ रनाडाका ४२ बर्षीय जीप चालक धर्म थापा रहेको प्रहरीले जानकारी दिएको छ । भातेखोलाबाट रनाडा जानेक्रममा सुदुरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जीप मष्टा गाउँपालिका–१ कोटदेवलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जीप सडक भन्दा १ सय मिटर तल खसेको समेत प्रहरीले जानकारी दिएको छ। जीपमा चालक थापा मात्रै सवार रहेको मष्टा गाउँपालिका–१ का वडाअध्यक्ष रामचन्द्र रोकायाले बताए ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा भागमा आंशिकदेखि साधारणतया बदली भएको छभने मुलुकका बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने छ ।
त्यसैगरी, आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।