काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
आज (बिहीबार) थुनछेक बहसपछि न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले धरौटीमा रिहा गर्न आदेश गरेको हो ।
भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याएर आपराधिक लाभ लिएको कसुरमा पुस २४ मा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रसाईसहित तीन जनाविरुद्ध संगठित आपराधिक लाभ (एक्सटर्सन) लिएको कसुरमा अभियोगपत्र दर्ता गरेको थियो । प्रसाईंसहित पाँचथरका हरिचन्द्र फुयाँल ‘नवीन’ र तेह्रथुमका रामचन्द्र मैनालीलाई प्रतिवादी कायम गरिएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम पूर्व गृहमन्त्री रवि लामिछाने ८४ दिनको हिरासत बसाइपछि रिहा भएका छन् । जिल्ला अदालत कास्कीको आदेशपछि लामिछाने कास्की प्रहरीको हिरासतबाट मुक्त भएका हुन् ।
बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा लामिछानेबाट ६५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो ।अदालतले तोकेको उक्त धरौटी बुझाएर लामिछाने रिहा भएका हुन् ।
गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने ८४ दिनको हिरासत बसाइपछि रिहा भएका हुन् ।
लामिछानेलाई अन्य जिल्ला अदालतमा दर्ता भएका मुद्दाको प्रक्रियाका लागि स्वयं उपस्थित हुने शर्तमा कास्की अदालतले रिहा गर्न आदेश दिएको हो । उनलाई पोखरास्थित गण्डकी अस्पतालमा स्वास्थ्य परीक्षण गराएर प्रहरीले परिवारको जिम्मा लगाएको हो ।
रविलाई उनकी श्रीमती निकिता पौडेल र रास्वपाका उपसभापति डिपी अर्यालको जिम्मामा छाडिएको हो ।
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटी लिएर रिहा गर्न अदालतले आदेश दिएको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । तत्काल प्राप्त प्रमाणका आधारमा रवि कसुरदार हुन् भन्न सकिने अवस्था नदेखिएकाले उनलाई धरौटी लिएर रिहा गर्ने आदेश गरिएको भनिएको छ ।
रविविरुद्ध रुपन्देही, चितवन र पर्सामा पनि सहकारी ठगीको अनुसन्धान चलिरहेको छ । रविलगायतका प्रतिवादीसँग धरौटी माग्दा अदालतले विभिन्न आधार र कारण लिएको छ । उनलाई भन्दा बढी पूर्व डीआईजी छविलाल बन्जाडे जोशीलाई ८८ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।
यो आदेश गर्दा रवि तत्काल प्राप्त प्रमाणले निर्दोष रहेको भनी मान्न नमिल्ने अदालतले भनेको छ । जाहेरवालाहरूको जाहेरी, प्रहरी प्रतिवेदन, वित्तीय विश्लेषकहरूको राय, सुरु अभियोगपत्र साथ उपस्थित भएका प्रतिवादीहरूको बयान, प्रतिवादी छविलाल जोशीले भाडामा दिएको नेचर हर्बस् इन्टरनेसनल लिमिटेडको कार्यालय रहेको स्थानबाट बरामद सर्भर, अडिट रिपोर्ट, विभिन्न मितिमा काटिएका चेकहरु, बैंक स्टेटमेन्ट, घटना विवरण कागज गर्ने सञ्जय अधिकारी समेतका व्यक्तिहरूको भनाइ, प्रतिवादीहरूको अनुसान्धान अधिकारी समक्ष भएको बयान समेतका तत्काल प्राप्त प्रमाणबाट अहिले नै कसुरदार रहेनछन् भन्न सकिने मनासिब आधार नदेखिएको अदालतले भनेको छ ।
हेर्नुस् अदालतको आदेशको पूर्णपाठ
सहकारीको बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई धरौटीमा छाड्न कास्की जिल्ला अदालतले आदेश दिएको छ ।
तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए । जिल्ला अदालत, कास्कीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
काठमाडौं– विदेशी नयाँ वर्ष सन् २०२५ देखि लगातार बढेको शेयर बजार आज भने घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १८.१४ अंकले घटेर २६३५.०९ विन्दुमा पुगेको छ ।
आज नेप्से ०.६८ प्रतिशतले घट्दा कारोबार भने वृद्धि भएको छ । आज ७ अर्ब ३० करोड ५३ लाख ४२ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख २३ हजार ३७९ कित्ता शेयर कारोबार भएको छ ।
आज ५५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८० वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज ३०८ वटा कम्पनी कारोबारमा आउँदा ७३ हजार ३०९ पटक शेयर किनबेच भएको छ ।
आज २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सप्तकोसी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
दिनभरमा १३ वटा समूहमध्ये होटल तथा पर्यटन बाहेक सबै समूह राताम्य भएको छ । आज होटल तथा पर्यटन समूह ०.९९ प्रतिशतले बढेर ६ हजार ६९६.३५ विन्दुमा पुगेको छ ।
आज सबैभन्दा बढी फाइनान्स समूह २.९३ प्रतिशतले घटेको छ भने सबैभन्दा कम म्युचुअवल फण्ड समूह ०.२१ प्रतिशतले घटेको छ ।
तनहुँको भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु गैह्रेलाई कुटपीट गरेको आरोपमा भिमाद नगरपालिका–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठसहित पाँच जना पक्राउ परेका छन् ।
वडाध्यक्ष श्रेष्ठकी पत्नी लक्ष्मीकुमारी श्रेष्ठको नाममा २०७६ सालमा सहकारीबाट ऋण लिएर नतिरेपछि धितो राखेको जग्गा लिलाम गरेको भन्दै वडाध्यक्ष श्रेष्ठले प्रबन्धक गैह्रेलाई कुटपिट गरेपछि सोमबार प्रहरीले पाँच जनालाई पक्राउ गरी अनुसन्धान थालेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा वडाध्यक्ष प्रकाश श्रेष्ठ, इश्वरकुमार श्रेष्ठ, नितेश श्रेष्ठ, नेपोलने श्रेष्ठ र विकल श्रेष्ठ रहेका छन् । विसं २०७६ मा रु २८ लाख ऋण लिएपछि सावा, ब्याज एकपटक पनि नतिरेको, पटक पटक चिठी तथा फोनमार्फत जानकारी गराउँदा बेवास्ता गरेपछि सहकारीले सहकारी नियम र प्रक्रियाअनुसार जग्गा लिलामी गरेको सहकारीका अध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए ।
‘घरमा चिठी पठाउँदा नबुझ्ने र उल्टै कर्मचारीलाई धम्काएर पठाउने गरेपछि बाध्य भएर सञ्चालक समितिले कानुनी प्रक्रिया अगाडि बढाएर जग्गा लिलामी गरेको थियो’, उनले भने । सहकारीका अध्यक्ष श्रेष्ठले सञ्चालक समितिले गरेको निर्णय प्रबन्धकले कार्यान्वयन गर्ने कानुनी प्रक्रिया रहकाले वडाध्यक्ष श्रेष्ठले प्रबन्धकलाई हातपात गरेको उल्लेख गरे ।
सोमबार बिहान ९ बजे खाना खाइरहेको ठाउँमा आएर आफू र आफ्नो परिवारलाई पाँच जनाले कुटपीट गरेको सहकारीका प्रबन्धक रामबाबु गैह्रेले जानकारी दिए । परिवार माथि साङ्घातिक हमला भएपछि सबै जना त्रासमा बस्नुपरेको उनले बताए । पक्राउ परेका वडाध्यक्ष श्रेष्ठसहित पाँच जनालाई जिल्ला अदालत कार्यालयबाट पाँच दिन म्याद थप गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए ।
काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव नेपालले कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवामाथि कमिसन खान डडेल्धुरामा विमानस्थल बनाउन खोजेको आरोप लगाएका छन् ।
आज संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले भने, ‘शेरबहादुरजीले ए मेरो जिल्लामा पो आँखा गाड्नु भयो भन्नु होला । त्यो चल्छ त्यहाँ विमानस्थल ? बैतडीमा चलिरहेको छ ? त्यति नजिकै विमानस्थल त्यहाँ डोटीमा छैन ? के छ त्यसको हालत ? भनेपछि त्यो विमानस्थल बनाउनु पर्ने किन ?’
बैतडी र डोटीका एयरपोर्ट चल्न नसकिरहेको अवस्थामा डडेल्धुरामा विमानस्थल बनाउन खोज्नुको औचित्य नहुने जनाउँदै अध्यक्ष नेपालले ठेक्कामा कमिसन खाने खेल हुनसक्ने आशंका गरेका छन् । मेरो जिल्लामा पनि विमानस्थल ल्याइदिएँ भनेर जनतालाई भन्न पाउने बाहेक अरु कुनै उपलब्धि नहुने उनको दावी छ । विमानस्थलहरु चल्न नसकेको जिम्मेवारी निर्णय गर्नेहरुले लिनुपर्ने समेत उनले स्पष्ट पारे ।
यस्तो छ अध्यक्ष नेपालको भनाई
एकातर्फ नेपाल वायुसेवा निगम घाटै घाटामा छ भन्ने सुन्छु । अर्कोतर्फ विशाल विशाल बिल्डिङहरु बनाउँछौँ। यो बिल्डिङ नबनाइ नहुने स्थिति के थियो ? अलि सस्तो मूल्यको बनाएको भए हुँदैन थियो, बनाउनैपर्ने भए पनि। यो अर्बौं अर्ब खर्च गरेर त्यसले के हुन्छ परिणाम ? सरकारले अरु ठाउँमँ पनि त्यही काम गरेको हुनाले हामीले त्यही सिको गरेका हौँ भन्ने होला । हाम्रो बानी पनि त्यही छ । बनाएका विभिन्न संरचनाहरु हेर्ने हो भने मन्त्री क्वार्टर त्यस्तै छ, प्रधानमन्त्री क्वार्टर त्यस्तै छ । जम्मै ठाउँ त्यस्तै छ भने हामीले किन नगर्ने ?
आवश्यकता नै नभएका विमानस्थल बनाइरहेका छौँ । विमानस्थलको आवश्यकता छ ? अहिले त्यो विमानस्थल बनाउने निर्णय गर्नेहरु दोषी हुन्छन् की हुँदैनन् ? त्यत्रो विमानस्थल चलिरहेको छैन, लगानी त्यत्तिकै खेर गयो, त्यो नोक्शान भइरहेको छ नेपाल सरकारलाई । त्यसको निम्ति को जिम्मेवार । अहिले पनि त्यो जारी छ ।
अब जिल्लाको नाम भन्यो थाहा होला फेरि अरु कसैलाई । सुन्नुहोला, शेरबहादुरजीले । ए मेरो जिल्लामा पो आँखा गाड्नु भयो भन्नुहोला । त्यो चल्छ त्यहाँ विमानस्थल ? बैतडीमा चलिरहेको छ ? त्यति नजिकै विमानस्थल त्यहाँ डोटीमा छैन ? के छ त्यसको हालत ? भनेपछि त्यो विमानस्थल बनाउनुपर्ने किन ? उदयपुरमा के आवश्यकता छ ? किन बनाउनु पर्यो । भनेपछि त्यहाँ ठेक्का लाग्छ, ठेक्कामा कमिसन खान पाइन्छ । सिधा त्यो कुरा बाहेक अरु केही पनि होइन । अलि जनतालाई भन्ने मौका पाइन्छ, मेरो जिल्लामा पनि मैले विमानस्थल ल्याइदिएँ । यस्तै कुराहरुले पनि धेरै नोक्शानी भइरहेको छ ।
पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका प्रतिवादीको थुनछेक बहस सकिएको छ ।
सम्भवतः आजै आदेश आउने अदालत स्रोतले जानकारी दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा सरकारी वकिलले जवाफी बहस गरेसँगै थुनछेक बहस सकिएको हो ।
सरकारी वकिल कार्यालयतर्फबाट न्यायाधिवक्ता कमला काफ्ले र सहन्यायाधिवक्ता गोविन्दराज गौलीले जवाफी बहस गरेका थिए । अहिले न्यायाधीशले प्रतिवादीलाई आफ्ना कुरा राख्न समय दिइरहेका छन् । रविसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर गुरुङ, आरती गुरुङ, पूर्व सांसद मिना गुरुङ र कृष्णबहादुर गुरुङमाथि थुनछेक बहस भएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो । रास्वपा सभापति लामिछानेसहित गोर्खा मिडिया प्रालिमा सहकारीको पैसा लगेर हिनामिना गरेको लगायतको आरोपमा पूर्व डीआईजी छविलाल जोशी, लिला पछाईं र रामबहादुर गुरुङलगायत हिरासतमा छन् ।
संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेललाई प्रहरीले पक्राउ गरेको छ।
बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङ नजिकैबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीयाले जानकारी दिए ।
मोरङको रंगेली नगरपालिका–२ स्थायी घर भएका र काठमाडौँमा बस्दै आएका ४३ वर्षीय अनिल पोखरेल नेकपा(एमाले) मोरङ जिल्ला सदस्य हुन्।
मोरङ प्रहरीका अनुसार पोखरेलमाथि ठगीको गम्भीर आरोप लागेको छ। अनिलले सप्तरीको अग्निसाइबर कृष्णासवरन गाउँपालिका–५ बकधुवा निवासी ५७ वर्षीय बौआलाल चौधरीसँग छोरीलाई एबीबीएस अध्ययनका लागि नाम निकालिदिने बहानामा विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ।
ठगी प्रकरणमा उच्च अदालत विराटनगरले प्रहरीलाई अनुसन्धानका लागि आदेश दिएको थियो।
सभापति ऋषिकेश पोखरेलले ठगी प्रकरणमा मुछिएपछि स्वकीय सचिव अनिल पोखरेललाई जिम्मेवारीबाट हटाएका थिए ।
सरकारले २० वर्ष पूरा भएका सार्वजनिक सवारीसाधनलाई पत्रु बनाउन ल्याएको ऐन कार्यान्वयन नहुँदा सवारी दुर्घटना मात्र होइन, वातावरण प्रदूषण पनि उत्तिकै बढेको छ । सरकारी निकायले २० बर्से पुराना सार्वजनिक सवारीलाई निषेध गर्न पटक पटक सूचना सार्वजनिक गर्छन् तर कार्यान्वयन हुन सकिरहेको छैन । ऐनमा चलाउनै नपाइने व्यवस्था भए पनि सडकमा त्यस्ता सवारी गुडिरहेका छन् ।
बागमती प्रदेश सरकारले २० वर्ष नाघेका सार्वजनिक सवारीसाधनलाई निषेध गर्न २०८० जेठ ७ गते सूचना जारी गरेको थियो । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले २० वर्ष नाघेका सार्वजनिक सवारीसाधनलाई प्रचलित कानुनबमोजिम हालसम्म तिर्नुपर्ने राजस्व तिरेर पत्रु गर्नु भनेको थियो तर यातायात व्यवसायीको विरोधका कारण उक्त सूचना कार्यान्वयन हुन सकेन ।
पछि प्रदेश मन्त्रालयले २० वर्ष पुराना सवारी स्क््रयाप गर्न आउनेलाई ५० प्रतिशत राजस्व जरिबानामा छुटको व्यवस्था गरेको थियो । उक्त व्यवस्था २०८१ पुस मसान्तसम्म कायम छ तर व्यवसायीले उक्त सुविधाको पनि बेवास्ता गरेको श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमतीले जनाएको छ । मन्त्रालयका प्रदेश सचिव बलराम निरौलाले भने, ‘पत्रु बनाउन आउनेलाई राजस्व जरिबानामा ५० प्रतिशत छुटको व्यवस्था छ । यो पनि अब पुस मसान्तबाट सकिन्छ । जम्मा दुई÷तीन जना मात्रै आउनुभयो । ट्राफिक प्रहरीलाई नै कडाइ गर्न भनेको छौंँ ।’
प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा १९ (४) मा सुरु दर्ता भएको मितिले विद्युतीय सवारीसाधनको हकमा ३० वर्ष र अन्य सवारीसाधनको हकमा २० वर्ष नाघेका सार्वजनिक सवारीसाधनलाई पत्रु गर्नुपर्ने व्यवस्था छ । पत्रु बनाउन ३५ दिने सूचना पटक पटक निस्किए तर कार्यान्वयन भएन । ट्राफिक प्रहरीको चेकजाँचमा २० वर्ष पुराना सवारी नभेटिने होइन तर कागजात नदिँदा पहिचान गर्न कठिन हुने गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा प्रवक्ता सञ्जयबहादुर राउतले जानकारी दिए । उनले भने, “चेकजाँचमा भेटिन्छ तर डकुमेन्टका कारणले अप्ठ्यारो हुँदो रहेछ । अब कसरी जाने भन्नेमा हामी पनि छलफलमै छौंँ । यसमा चासो राखेका छौंँ ।”
ऐन कार्यान्वयन हुँदा बागमतीका चार हजार र देशभरिका करिब दस हजार सार्वजनिक सवारी नष्ट गर्नु पर्छ । करिब १० अर्ब लगानी नष्ट हुने र हजारौँ मजदुरका घरपरिवार प्रभावित हुने देखिन्छ । उचित विकल्प नदिइएको व्यवसायीको गुनासो छ । तेस्रो मुलकबाट आयात गरिएका सवारीसाधनलाई २० बर्से उमेर तोक्नु अव्यावहारिक र अवैज्ञानिक भएकाले विकल्पको माग गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए ।
ऐनमा २० बर्से पुराना सार्वजनिक सवारी चलाउनै नपाइने व्यवस्था छ । यो कानुनी व्यवस्था विगतकै हो । पटक पटक सूचना गर्दा पनि कार्यान्वयन हुन नसकेपछि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले यातायात व्यवस्था विभागलाई व्यवस्थापनको मापदण्ड बनाउन निर्देशन गरेको छ । निर्देशन अनुसार मापदण्ड बनाउने काम अघि बढाइएको विभागका प्रवक्ता गणेशमानसिंह राईले जानकारी दिए ।आजको गोरखापत्र दैनिकमा समाचार छ