२०८२ कार्तिक ३० गते आईतवार
२०८२ कार्तिक ३० गते आईतवार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चार वटा अध्यादेश जारी गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार दिउँसो अध्यादेश जारी गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार दिउँसो संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेका हुन् ।

सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, नेपाल कार्यविधि तथा वित्तिय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश–२०८१, निजीकरण पहिलो संशोधन अध्यादेश–२०८१, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ जारी भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलेजा रेग्मी भट्टराईले जानकारी दिएकी छिन् ।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशक बलराम ठाकुर पक्राउ परेका छन् ।

ठगी तथा सरकारी छाप र दस्तखत किर्ते अभियोगमा ठाकुर पक्राउ परेका हुन् । उनलाई सोमबार ललितपुरको भैंसेपाटीबाट पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।

गत भदौ महिनामा निर्देशक ठाकुरसहित पाँच जनामाथि सो मुद्दा दर्ता भएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज र भोलि पनि हिरासतमै रहने भएका छन् । सहकारी ठगी मुद्दामा सोमबार थुनछेक बहस नसकिएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले लामिछानेलाई हिरासतमै पठाउन आदेश दिएको हो ।

भोलि (मंगलबार) सार्वजनिक बिदा छ । त्यसैले उनलाई बुधबार (पर्सी) अदालतमा पेस गर्न इजलासले आदेश दिएको छ। उक्त मुद्दामा सोमबार सरकारी वकिल कार्यालयका तर्फबाट ११ जनाले बहस गरे । सरकारी वकिलको बहस सकिएको छ । जाहेरवालाका तर्फबाट पनि बहस सकिएको छ ।

अब लामिछानेका वकिलको बहस बाँकी छ । उनीहरूले बुधबार बहस गर्नेछन् । उनलाई आइतबार पनि काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको थियो । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा उनीविरुद्ध मुद्दा दायर भएको छ ।

काठमाडौँ । सरकारले गत शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका २८ निर्णय सार्वजनिक गरेका हुन् । सोमबार सञ्चार मन्त्री गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त निर्णयहरू सार्वजनिक गरेका हुन् ।

यी हुन् निर्णय

काठमाडौँ । यो सातामा कारोबारमा लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १५ दशमलव ५४ अंकले घटेर दुई हजार पाँच सय ९४ दशमलव १३ को बिन्दुमा कायम भएको हो ।

आज विभिन्न तीन सय २२ कम्पनीका एक करोड ३८ लाख ७० हजार पाँच सय ७९ कित्ता शेयर ६४ हजार दुई सय ७८ पटक खरिदबिक्री हुँदा रू छ अर्ब ६५ करोड आठ लाख ८३ हजार बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै व्यापार समूह एक दशमलव ८९, होटल तथा पर्यटन एक दशमलव ३६ र वित्त समूह एक दशमलव ३२ प्रतिशतले घटेको छ । 

बैंकिङ शून्य दशमलव ३५, विकास बैंक शून्य दशमलव ५८, जलविद्युत् शून्य दशमलव ४९, लगानी शून्य दशमलव ६० र जीवन बीमा शून्य दशमलव ५० प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७७, लघुवित्त शून्य दशमलव ४४, म्युचुअल फन्ड शून्य दशमलव ४२, निर्जीवन बीमा शून्य दशमलव ०२ र अन्य समूह शून्य दशमलव ६७ प्रतिशतले घटेको छ ।

आज बाराही हाईड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रू ४५ करोड २५ लाख ५१ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै माछापुच्छ्रे बैंक प्रमोटर शेयर आठ लाख ४९ हजार आठ ३३ कित्ता किनबेच भएको छ ।

काठमाडौं । सरकारले ५८ जिल्लामा भूमि आयोग अध्यक्ष नियुक्त गरेको छ । सत्तारुढ नेपाली कांग्रेस र एमालेले भागबण्डा गरेर आयोगमा जिल्ला अध्यक्ष र सदस्य नियुक्त गरेका हुन् । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा आजै नव नियुक्त अध्यक्षहरूको शपथ ग्रहण समारोह राखिएको छ ।

गठबन्धनमा आन्तरिक सहमति बाँकी भएकाले केही जिल्लाका अध्यक्ष खाली राखिएको छ । नियुक्त गर्न बाँकी जिल्लाहरूमा तेह्रथुम, धनकुटा, खोटाङ, सुनसरी, सप्तरी, रौतहट, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ, चितवन, मकवानपुर, गोरखा, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ, बझाङ, कालीकोट र कञ्चनपुर रहेका छन् । जुम्लामा भने नियुक्ति भइसकेको नाम आउन मात्र बाँकी रहेको बताइएको छ ।

७७ जिल्लामध्ये सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले ३७–३७ जिल्ला र ३ जिल्लामा मधेश केन्द्रित दललाई भाग लगाइएको थियो । सहमतिमा जिल्लाको नेतृत्व मिलाउने भनिए पनि एमाले र कांग्रेसले पाएकै केही जिल्लामा आन्तरिक विवादका कारण टुंगो लाग्न सकेको छैन । एमालेले पाएकामध्ये ३ र कांग्रेसले पाएका जिल्लामध्ये ३ जिल्लामा विवाद देखिएको छ ।

हेर्नुस् सूची

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुु पर्ने आवश्यकता भए पनि कुनै दललाई फुुटाउने र मिलाउने काम आफ्नो नभएको स्पष्ट गरेका छन् । नेपाल पत्रकार महासंघका नव निर्वाचित पदाधिकारीलाई आज प्रधानमन्त्री निवास, बालुवाटारमा बधाई तथा शुुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले दल विभाजन गराउनेसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झुुठ र नकारात्मकता फैलाइएकामा चिन्ता व्यक्त गर्दै कुनै पनि दल मिल्ने र फुट्ने ती दलको आन्तरिक विषय भएको स्पष्ट गरे ।

उनले विगतमा आफू प्रधानमन्त्री हुँदा कुनै दल विभाजन हुने स्थिति आएमा संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत पुर्‍याउनु पर्ने संविधानको व्यवस्था कार्यान्वयनमा जटिलता आएकाले संसदीय दल वा केन्द्रीय कमिटीमा ४० प्रतिशतको प्रबन्ध गरेर अध्यादेश ल्याएको र विरोध आएपछि फिर्ता लिएको तर तिनै विरोध गर्नेहरुले ‘लाज शरम’ पचाएर २० प्रतिशत सांसदले पनि विभाजन गर्न पाउने भन्ने व्यवस्था गरेर दल विभाजन गराएको स्मरण गराउँदै आफू त्यस्तो कुकर्म गर्ने मनसाय नरहेको स्पष्ट गरे ।

प्रधानमन्त्री ओलीले देश विकास र जनताका सेवालाई ध्यानमा राखेर सरकारले राष्ट्रपति समक्ष विभिन्न अध्यादेश सिफारिस गरेको जनाउँदै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबाट त्यसको विरोध भयो भन्ने झुठो वक्तव्य प्रचार गरिएका जस्ता घटनाबाट नेपाली पत्रकारिता बच्नुपर्नेमा जोड दिए । यस्ता सूचना र समाचारका कारण जनताको सूचनाको हकको घाँटी निमोठिने भएकाले लोकतन्त्रको दुरुपयोग हुन नदिन पत्रकार महासंघले पनि भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।

जारी हुन नै बाँकी रहेको अध्यादेशलाई राति राति जारी गर्‍यो भनेर सम्प्रेषण गरिएको सुनाउँदै उनले देश र जनताका पक्षमा आफूहरुले दिन र रात नभनी काम गरेको बताए । ‘हामी १०–५ को जागिर खान आएका होइनौं । देश र जनताप्रतिको जिम्मेबारीबोध गरेर दिउँसो वा राति काम हुुन्छ । लुकाएर र छलछाम गरेर काम गर्ने मेरो बानी छैन । देशका हितमा खुलेआम काम गर्ने हो ।’ प्रधानमन्त्री ओलीले प्रश्नात्मक शैलीमा भने, ‘राम्रो काम राति गर्न हुन्न भन्ने छ र ? के बिहान साइत पारेर भ्रष्टाचार गरेमा त्यो राम्रो हुन्छ र ?’

सञ्चार क्रियाकलापका नाममा कीर्ते र जाली काम रोक्ने काम गर्न सरकारले कानुन ल्याउने जानकारी दिँदै प्रधानमन्त्री ओलीले पत्रकारको पेसागत सुरक्षा हुनुपर्ने र त्यसमा राज्यले भूमिका हुने विश्वास दिलए । सो अवसरमा महासंघका अध्यक्ष निर्मला शर्मासहितका पदाधिकारी र सदस्यलाई प्रधानमन्त्री ओलीले बधाई दिएका थिए भने महासंघका अध्यक्ष र महासचिव रामप्रसाद दाहालले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा ध्यानाकर्षण हस्तान्तरण गरेका थिए । अध्यक्ष शर्माले महासंघको निर्वाचन हुन विविध कारणले ढिलाइ भए पनि यस पटक महिला अध्यक्षको इतिहास रचिएको उल्लेख गर्दै यसमा राजनीतिक दल, पत्रकारिताका सङ्गठन र आम पत्रकारको साथ रहेको बताइन् ।

 त्रिभुवन विश्वविद्यालयले देशभरका २४ आंगिक क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरेको छ । आइतबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले देशभरका २४ आंगिक क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरेको हो ।क्याम्पस प्रमुख नियुक्तिका लागि त्रिविले छनौट तथा सिफारिस समिति गठन गरेको थियो। समितिले गरेको सिफारिसको आधारमा नियुक्ति गरिएको त्रिविले जनाएको छ ।

त्रिविका प्रवक्ता एमनसिंह बोहोराका अनुसार शंकरदेव क्याम्पस काठमाडौंमा सहप्राध्यापक कपिल खनाल, नेपाल कमर्श क्याम्पसमा सहप्राध्यापक जितेन्द्रप्रसाद उपाध्याय, ललितकला क्याम्पसमा उपप्राध्यापक यामप्रसाद शर्मा, सानोठिमी क्याम्पसमा उपप्राध्यापक माधवप्रसाद श्रेष्ठ र विश्वभाषा क्याम्पस काठमाडौंमा उपप्राध्यापक महेन्द्रकुमार बुढाथोकी क्याम्पस प्रमुख नियुक्त भएका छन् ।

पाटन संयुक्त क्याम्पसमा सहप्राध्यापक रघुवीर विष्ट र रत्नराज्य लक्ष्मी क्याम्पस काठमाडौंमा सहप्राध्यापक पदमकुमार अधिकारी क्याम्पस प्रमुख नियुक्त भएका छन् । भैरवहा क्याम्पसमा लक्कीप्रसाद जोशी, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा सहप्राध्यापक लालमणि आचार्य, सुर्खेत बहुमुखीमा सहप्राध्यापक माधवप्रसाद खनाल र बुटबल बहुमुखी क्याम्पसमा उपप्राध्यापक अरुणकुमार क्षेत्रीलाई क्याम्पस प्रमुख नियुक्त गरिएको त्रिविले जनाएको छ ।

रामस्वरुप रामसागर क्याम्पस जनकपुरमा प्राध्यापक बसन्तकुमार कर्ण, भोजपुर बहुमुखीमा सहप्राध्यापक पर्वतकुमार राई, पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापक हरिप्रसाद पाठक र सूर्यनारायण सत्यनारायण क्याम्पस सिरहामा सहप्राध्यापक राजेश्वरप्रसाद यादव क्याम्पस प्रमुख नियुक्त भएका छन् । देशभर त्रिविका ६४ वटा आंगिक क्याम्पस सञ्चालनमा छन् ।

कहाँ को नियुक्त ?

शंकरदेव क्याम्पस, पुतलीसडक –सह प्रा डा कपिल खनाल
नेपाल कमर्स क्याम्पस, मीनभवन –सहप्रा डा जितेन्द्र प्रसाद उपाध्याय
भैरहवा बहुमुखी क्याम्पस, भैरहवा– सहप्रा लक्ष्मी प्रसाद जोशी
ललितकता क्याम्पस, भोटाहिटी –उपप्रा डा.याम प्रसाद शर्मा
सानोठिमी क्याम्पस, भक्तपुर –उपप्रा डा.माधव कुमार श्रेष्ठ
महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्ज –सहप्रा डा लालमणि आचार्य
सुर्खेत बहुमुखी क्याम्पस, सुर्खेत–सहप्रा माधव प्रसाद खनाल
विश्वभाषा क्याम्पस, प्रदर्शनीमार्ग –उपप्रा. महेन्द्र कुमार बुढाथोकी
पाटन संयुक्त क्याम्पस, पाटनढोका –सहप्रा रघुविर बिष्ट
बुटवल बहुमुखी क्याम्पस, बुटवल – उपप्रा डा अरुण कुमार जोशी
रामस्वरुप रामसागर बहुमुखी क्याम्पस, जनकपुर –प्रा.डा बसन्त कुमार कर्ण
भोजपुर क्याम्पस, भोजपुर –सहप्रा पर्वत कुमार राई
पृथ्वीनारायण क्याम्पस, पोखरा –प्रा.डा हरिप्रसाद पाठक
रन्तराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग – सहप्रा डा अरुण कुमार अधिकारी
सूर्यनारायण सत्यनाराण मोरवैता बहुमुखी क्याम्पस. सिरहा –सहप्रा राजेश्वर प्रसाद यादब
डोटी बहुमुखी क्याम्पस, डोटी सहप्रा दिलानन्द जोशी
त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा –उपप्राध्यापक टंकप्रसाद पन्थ
जुम्ला बहुमुखी क्याम्पस, जुम्ला– उपप्रा प्रकाशचन्द्र खत्री
वन बिज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस, पोखरा –सहप्रा डा नारायण प्रसाद गौतम
कृषि, पशुविज्ञान अध्ययन संस्थान, लम्जुङ क्याम्पस सुन्दरबजार –उप्रा रामकुमार श्रेष्ठ
पाक्लिहवा क्याम्पस, रुपन्देही –सहप्रा जन्मजय गैरे
मेची बहुमुखी क्याम्पस, भद्रपुर, झापा –सहप्रा देवी प्रसाद आचार्य
केन्द्रीय प्रविधि क्याम्पस, धरान –प्रा बसन्त कुमार राई
धवलागिरी बहुमुखी क्याम्पस, बाग्लुङ– सहप्रा सुदर्शन सिलवाल

वाणिज्य बैंकहरुले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

भोलि माघ १ गतेदेखि लागू हुने यो नयाँ दरमा अधिकांश बैंकहरुले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। देशभर सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १७ वटा बैंकले पुस महिनाको ब्याजदरलाई यथावत राखेका छन् ।

दुई बैंकले ब्याजदर घटाएका छन् भने एउटा बैंकले ब्याजदर बढाएको छ । कृषि विकास बैंक र नेपाल एसबीआई बैंकले ब्याजदर घटाएका छन् । कृषि विकास बैंकले माघ महिनाका लागि व्यक्तिगत खातामा ५.५१ प्रतिशत र संस्थागत खातामा ३.२५ प्रतिशत ब्याजदर तोकेको छ । यो अघिल्लो महिनाको तुलनामा व्यक्तिगत खातामा ५.५७ बाट घटेको हो भने संस्थागत खातामा ३.२५ मै कायम रहेको छ ।

त्यस्तै नेपाल एसबीआई बैंकले व्यक्तिगत खातामा ५.५ र संस्थागत खातामा ४.५ प्रतिशत ब्याजदर कायम गरेको छ । यता, लक्ष्मी सनराइज बैंकले ब्याजदर बढाएको छ । बैंकले माघ महिनाका लागि व्यक्तिगत खातामा ५.७५ र संस्थागत खातामा ४.५ प्रतिशत ब्याजदर तोकेको छ । यस बैंकको यो पुस महिनाको तुलनामा व्यक्तिगत खातामा ५.५ प्रतिशतबाट बढेको हो भने संस्थागत खातामा ४.५ प्रतिशत नै कायम रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेको थुनछेक बहस सुरु भएको हो। काठमाडौँ जिल्ला अदालतमा आज बिहानदेखि थुनछेक बहस सुरु भएको हो।

आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आज १० बजे इजलासमा उपस्थित गराउन आदेश गर्दै न्यायिक हिरासतमा राख्न आदेश गरेको थियो। आइतबार थुनछेक बहस नसकिएपछि उनलाई हिरासतमा पठाइएको थियो।

रविमाथि गोर्खा मिडियामार्फत स्वर्णलक्ष्मी सहकारीका बचतकर्ताको पाँच करोडभन्दा धेरै अपचलन गरेको आरोप छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।