नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्य रहेका डा.सुनिल शर्माले नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आईरहेका छन् ।
लाखौं गरिब जनतालाई स्वास्थ्यमा पहुँच होस भनेर सासंद शर्माले स्वास्थय सेवा प्रदान गर्दै आईरहेका छन् । डा.शर्माले त्यसका लागि बेग्ला बेग्लै ठाउँमा नि:शुल्क शिविर चलाउँछन् ।स्वास्थ्य शिविरमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज र विराटनगरको नोबेल मेडिकल कलेजमा निःशुल्क उपचारको ब्यवस्था मिलाउँदै आएका छन्।
यसैबीच सर्लाही जिल्लाको गरिब परिवारकी पुनिता मिस्त्री र उनका दुई छोरा केही समयअघि मधेश प्रदेशमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा सहभागी भएका थिए । शिविर नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेज (केएमसी) को सहयोगमा सासंद डा. शर्माको पहलमा आयोजना गरिएको थियो।
शिविरमा चिकित्सकले बिटू मिस्त्रीको स्वास्थ्य परीक्षण गरेपछि थप उपचारका लागि काठमाडौं मेडिकल कलेजमा रिफर गरे। काठमाडौं पुगेर उनको थप उपचार प्रक्रिया अघि बढाईयो । बिटूको थाइराइड ग्रन्थीमा क्यान्सर भएको पत्ता लाग्यो। आर्थिक अवस्था अत्यन्तै कमजोर भएकी पुनिता मिस्त्रीले सांसद डा. शर्मासँग भेट गरिन्। असाहय तथा गरिब परिवारलाई उपचारमा सहयोग गर्दै आईरहेका सासंद डा. शर्माले बिटूको सम्पूर्ण उपचार, औषधि, खानपान र बसोबास निःशुल्क गरिदिए।
बिटूको सफल शल्यक्रियापछि उनको स्वास्थ्यमा सुधार आईसकेको छ । आफ्ना परिवारका सदस्यको उपचारम सहयोग गरेका सासंद डा.शर्मा प्रति मिस्त्रीको परिवार कृतज्ञ छन् । उपचार पछी पुनिता मिस्त्री खुसी हुँदै भन्छिन-‘हाम्रो लागि डा. सुनिल शर्मा भगवान् हुन्’
काँग्रेसबाट प्रतिनिधि सभा सदस्यता रहेका डा. शर्मा प्रतिनिधि सभाका तलब भत्ता नलिने घोषणा गरेका सांसद हुन्। उनले आफू राजनीतिमा कमाउन नभएर सेवाका लागि आएको भन्दै सांसदबाट पाउने तलब भत्ता नलिई निर्वाचन क्षेत्रका विपन्न जनता तथा परोपकारी संस्थाहरुलाई प्रदान गर्ने गरेका छन्।
सांसद शर्माले आफ्नो अग्रसरतामा पूर्वी नेपालदेखि सुदूरपश्चिमका विकट स्थानहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन्।
सांसद शर्माले कुनै बेला आफ्नो आर्थिक अवस्था कमजोर हुँदा आफ्ना बुबाको उपचार गर्न ऋण गरेर उपचार गरेको समेत सम्झना आउने बताउँछन्।
रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस सुरु भएको छ ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सभापति लामिछानेको थुनछेक बहस सुरु भएको हो ।
लामिछाने गत आइतबार बिहान काठमाडौं जिल्ला अदालत उपस्थित भएका थिए । आइतबार नै लामिछानेको थुनछेक बहस सुरु भएको थियो ।
बहस नसकिएपछि आइतबार र सोमवार उनलाई हिरासतमा राखिएको थियो । मंगलबार सार्वजनिक बिदा भएकाले बहस हुन नसके पछि उनलाई बुधवार मात्रै अदालत लगिएको हो ।
थुनछेक बहस आजै सकिने भएकाले उनी पुर्पक्षका लागि थुनामा रहने कि बाहिर बसेर कानुनी लडाइ लड्ने भन्ने आज आदेश आउनेछ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणको अनुसन्धानका लागि उनलाई प्रतिवादी बनाइ मुद्दा दर्ता गरिएको छ ।
यसअघि पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा ८३ दिनको अनुसन्धान तथा थुनछेक बहसपछि अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
काठमाडौँको काँडाघारीबाट बरामद रक्तचन्दन चार क्विन्टल भन्दा बढी रहेको जनाइएको छ ।
आज बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा प्याक गरेर राखिएको अवस्थामा रक्तचन्दन बरामद गरेको थियो । त्यसलाई जोख्दा ४ सय ६२ किलो भएको प्रहरीको भनाइ छ ।
रक्तचन्दनसहित दुई जना पक्राउ पनि परेका छन् । उनीहरूको नाम ठेगाना भने प्रहरीले खुलाइसकेको छैन ।
प्रतिपक्षी दलहरूले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेका छन् ।
आज बिहान सिंहदरवारमा बसेको विपक्षी दलहरूको बैठकले संयुक्त वक्तव्य निकालेर संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेको हो ।
बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन मागको तयारी गर्ने निर्णयसमेत भएको जानकारी दिए । आज बिहान बसेको बैठकले सदन छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्षसमेत निकालेको छ ।
आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा गल्लीहरूमा काठमाडौँ महानगरपालिकाले धमाधम ‘ड्राइराइजर’ प्रणाली जडान गरिरहेको छ । यो कार्य विपद व्यवस्थापन विभागको पहलमा भइरहेको छ, जहाँ केन्द्रबाट हुने योजना र वडाहरुले आफ्नै बजेटबाट प्रणाली जडान गरिरहेका छन् ।
वडा नं. ३ को सुरुङ गल्ली, वडा नं. ६ को संगम टोल, वडा नं. ७ को कुटी गल्लीसहित वडा नं. १०, १५, १६, र १७ का विभिन्न गल्लीहरूमा ड्राइराइजर जडान भएको छ । महानगरका अनुसार, वडा नं. १० मा मंगल गल्ली, मुल्मी गल्ली, घण्टी गल्ली, तीनधारा गल्ली, र कलाकार गल्लीमा पाइप जडान भएको छ।
जडान भएका पाइपको परीक्षण जुद्ध बारुण यन्त्र कार्यालयका अग्नि नियन्त्रकहरूले गरिरहेका छन् । दमकल नपुग्ने साँघुरा सडक र गल्लीमा आगो निभाउन ड्राइराइजर प्रयोग गरिन्छ, जुन सुख्खा पाइप लाइन हो । नियमित पानी बगेमा यसलाई वेटराइजर भनिन्छ ।
ड्राइराइजरमा दुवैतर्फ इनलेट भल्व र ४५–७५ मिटरमा आउटलेट हुन्छ । दमकलको पानी इनलेटमा राखी, आवश्यकताअनुसार आउटलेटबाट पानी लिन सकिन्छ । डेलिभरी होर्जबाट आगो नियन्त्रण गरिन्छ र ८ बार प्रेसरमा पानी ७ तले भवनसम्म पुग्न सक्छ । ड्राइराइजरको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्व राखिएको हुन्छ।
यसपछिका ४५ मिटरदेखि ७५ मिटरसम्मको दुरीमा आउटलेट राखिन्छ। दमकलको पानी इनलेटमा राखेपछि आवश्यकताका आधारमा पाइपलाइनकाबीचमा जुनसुकै आउटलेट खोले पनि पानी प्राप्त हुन्छ । यसमा डेलिभरी होर्ज जोडेर आगो नियन्त्रण गरिने महानगरले जनाएको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिन सामान्य रहेको छ। आफन्तको साथ सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। घरपरिवारमा एकतर्फ कुरा सुनेर कुनै पनि निर्णय नलिनुहोला। सामाजिक सञ्जालमा बोल्दा शब्दमा विशेष ध्यान दिनुपर्ने हुन्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आत्मविश्वासमा वृद्धि हुनेछ। कार्य समयमा सम्पादन हुनाले मन प्रसन्न रहनेछ। परिवारसँग मनोरञ्जनात्मक समय बित्नेछ। विद्यार्थीहरूलाई नयाँ मित्रको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) घरायसी मामिलाहरू सुल्झाउनमा समय बित्नेछ। सन्तानको प्रगतिलाई लिएर चिन्ता रहनेछ। एउटा कार्य समाप्त गरेर मात्रै अर्को कार्य प्रारम्भ गर्नुहोला। कार्यक्षेत्रमा सहकर्मीहरूको सहयोग नमिल्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) न्यायिक मामिलाहरूमा सफलता मिल्नेछ। सरकारी क्षेत्रमा आफ्नो कर्तव्यलाई निभाउने प्रयास गर्नुहोस्। कार्यक्षेत्रमा गरेको व्यवहारले प्रशंसा र सत्कार मिल्नेछ। नयाँ योजनाहरू सुरुवात गर्न सक्नुहुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आजको दिन मनमा उत्साहको कमी रहनेछ। स्वास्थ्यले साथ नदेला। सवारी साधन चलाउँदा सावधान रहनुहोस्। व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। नसोधी कसैलाई सल्लाह नदिनुहोला । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्र होस् या घरपरिवार, परिस्थिति हजुरको अनुकूल रहनेछ। धार्मिक कार्यहरूमा गरेको योगदानलाई पुरस्कृत गर्न सकिनेछ। कार्यक्षेत्रमा प्रभाव बढ्नेछ। आयमा वृद्धि रहनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ७ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शिक्षाको क्षेत्रमा सम्मान मिल्नुका साथै पठनपाठनमा मन लाग्नेछ। आयस्रोत बढ्नुको साथै नयाँ कार्य हात लाग्नेछ। आफ्नो रचनाहरूले प्रतिभालाई जनाउन सक्नुहुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मेहनतको फल मिल्नेछ। पुरानो कार्यबाट लाभ कमाउने योग छ। नयाँ कार्यको थालनीमा विशिष्ट या जानकार व्यक्तिको सल्लाह लिनुहोला। दोधारमा कुनै निर्णय नलिनुहोला। आजको दिन भावनात्मक रुपमा चुनौतीपूर्ण रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अवस्था अनुसार आफूलाई प्रस्तुत गर्नुहोस्। सामाजिक वा सांस्कृतिक क्षेत्रमा प्रतिष्ठित पद मिल्नेछ। दायित्वको निर्वहनमा धेरै मेहनत गर्नुपर्ला। आफ्नो अनुकूलता बिचार गरेर कार्य गर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मान सम्मान बढ्नेछ। जीवनसाथीको सहयोग मिल्नेछ। कार्यक्षेत्रमा परिवारको साथ मिल्नेछ। नोकरी वा पेशामा उच्च अधिकारीहरूको सहयोग मिल्नेछ। प्रतिस्पर्धीहरू पछि हट्नेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यापारमा सामान्य लाभ रहनेछ। अत्यधिक परिश्रम गर्दा पनि सोचेजस्तो सफलता नमिल्ला। पुरानो समस्याहरूले विवाद निम्त्याउनेछ। सकरात्मक सोचले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) उद्योग व्यापारमा लाभ उठाउन सकिनेछ। कार्यक्षेत्रमा दोहोराएर कार्य गर्दा झन् राम्रो सफलता मिल्नेछ। छोटो समयमा कामको जग बसाउन सकिनेछ। श्रमको उचित मूल्य पाइनेछ। पायक स्थानमा भ्रमणका योग छन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीको आरोपमा दायर मुद्दामा आज पनि थुनछेक बहस हुँदैछ।
सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासमा थुनछेक बहस नसकिएपछि लामिछानेलाई हिरासतमै राख्ने आदेश दिइएको थियो। मंगलबार सार्वजनिक बिदा परेकाले बाँकी बहस आजका लागि तय भएको हो।
सरकारी वकिल कार्यालयका ११ जना कानुन व्यवसायीले सोमबार बहस गरेका थिए। उनीहरूको तर्फबाट बहस सकिएपछि जाहेरवालाका वकिल डा. सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले आफ्नो पक्ष राखेका थिए।
आजको सुनुवाइमा लामिछानेका वकिलहरूले बहस गर्ने क्रम जारी रहनेछ। उनका तर्फबाट पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त र रमन श्रेष्ठले अदालतसमक्ष तर्क प्रस्तुत गर्नेछन्।
लामिछानेमाथि काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम दुरुपयोग गरेको आरोप लागेको छ। यो प्रकरणमा उनीसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ।
यसअघि, पुस २५ गते कास्की जिल्ला अदालतले लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगीसम्बन्धी मुद्दामा ६५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको थियो। धरौटी रकम बुझाएपछि उनी थुनामुक्त भएका थिए।
सरकारले विभिन्न समयमा भूकम्पले भत्काएका निजी आवासको पुनर्निर्माण बुधबार शुरु गर्दैछ। माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस पारेर सरकारले निजी आवास पुनर्निर्माण शुरु गर्न लागेको हो।
पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले डोटी भूकम्प प्रभावितको निजी आवास निर्माणबाट पुनर्निर्माण शुरु गर्ने जानकारी दिएको छ। प्राधिकरणका सहसचिव डा। भीष्मकुमार भुसालले केही वर्षयता नेपालका विभिन्न स्थान केन्द्रबिन्दु हुँदै भूकम्प जाँदा कैयौँ घरबारविहीन हुन पुगेकाले उनीहरूको निजी आवास पुनर्निर्माण अत्यावश्यक रहेको बताए।
विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को आइतबार बसेको सोह्रौँ बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपतपश्चात्को पुनर्निर्माण तथा पुन: स्थापनाका लागि योजना स्वीकृत गरेसँगै पुनर्निर्माण शुरु गर्ने बाटो खुलेको हो। भूकम्प तथा मनसुनी विपतबाट एक लाख १५ हजार ५५८ घरधुरी निजी आवास पुनर्निर्माण गर्नुपर्ने देखिएको छ।
‘हामी डोटीमै पुगेर सुरुवात गर्दै छौँ, आमनागरिकले छिटोभन्दा छिटो आफ्नै घरमा बस्न पाउनु पर्छ भन्नेमा सरकार कटिबद्ध छ’, उनले भने। २०७९ साल कात्तिक २३ गते पूर्वीचौकी गाउँपालिका–३ केन्द्रबिन्दु भएर ६.६ म्याग्निच्यूडको भूकम्प गएको थियो। उक्त भूकम्पले डोटीसहित अछाम, बझाङ, बाजुरा र डडेलधुरामा जनधन क्षति गरेको थियो। भूकम्पका कारण छ जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका थिए।
डोटी भूकम्पका लाभग्राहीसँग स्थानीय पालिकाको वडाले सम्झौता गरेपछि पुनर्निर्माण प्रक्रिया शुरु भएको घोषणा गरिने छ। क्षतिको विस्तृत आँकलन नभएका क्षेत्रमा पनि सोही दिनदेखि विस्तृत विवरण सङ्कलन शुरु हुनेछ।
डोटी भूकम्पले पाँच जिल्लामा कुल नौ हजार ६८२ घरधुरी प्रभावित भएको हालसम्मको विवरण छ, जसअनुसार डोटीमा एक हजार ३६५, अछाममा पाँच हजार ५४१, बझाङमा एक हजार ७४०, बाजुरामा ९५०, डडेलधुरामा ८६ घर प्रभावित छन्। कुलमध्ये दुई हजार ६२७ घरधुरी पुनर्निर्माण गर्नुपर्ने, छ हजार ६२४ घरधुरी प्रबलीकरण गर्नुपर्ने र ४२० घरधुरी केही गर्नु नपर्नेमा परेका छन्। तथापि पछि गएका भूकम्पले तिनमा क्षति पुर्याएको पाइएमा पुनर्वर्गीकरणमा पारिने जनाइएको छ। गोरखापत्र दैनिकमा समाचार छ
विसं १९९० को विनाशकारी भूकम्पको त्रास बेहोर्नेहरू अहिले निकै कम सङ्ख्यामा छन् ।
तत्कालीन भूकम्पको त्रासदीपूर्ण अनुभव सँगालेकाहरू कम भए पनि अहिलेको पुस्ताले २०७२ सालमा त्यस्तै प्रकारको अनुभव भने बेहोरेको छ । त्यति मात्रै होइन, केही दिन अघि तिब्बतमा केन्द्रबिन्दु भएको भूकम्पले काठमाडौँलगायतका क्षेत्रको जमिन हल्लाउँदा त्यसले नौ वर्षअघिको भूकम्पको सम्झना दिलाएको थियो ।
विसं १९९० माघ २ गतेका दिउँसो २ः२४ बजेको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष सोही दिनलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाइँदै आइएको छ । भूकम्प सुरक्षा दिवसलाई देशव्यापी रूपमा एकरूपता कायम हुने गरी व्यवस्थित, प्रभावकारी तुल्याउन भूकम्प सुरक्षा दिवस मार्गदर्शन २०७१ तर्जुमा समेत गरिएको छ ।
भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ भन्ने मूल नाराका साथ देशव्यापी रूपमा विविध कार्यकमहरु सञ्चालन गरी २७औँ भूकम्प सुरक्षा दिवस देशैभर मनाउने कार्यक्रम रहेको सहरी विकास तथा भवन निर्माण विभागले जानकारी दिएको छ ।
विभागका महानिर्देशक मचाकाजी महर्जनले भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्वतयारी गर्नुपर्ने र हाम्रा घर संरचनाहरू पनि बलियो बनाउनुपर्ने भूकम्पको मुख्य पाठ रहेको बताए । ‘विगतका भूकम्पबाट सिकेको पाठ भूकम्पीय जोखिम न्यूनीकरण गर्नुपर्छ भन्ने हो, उनले भने, यसका लागि हामीले बनाउने संरचनाहरू भूकम्प प्रतिरोधी हुनैपर्छ । यस दिवस भूकम्पको सम्भावित जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा व्यापक जनचेतना अभिवृद्धि गराउने, विगतमा भएका प्रयासका मूल्यांकन गर्दै, हाम्रा कमीकमजोरीलाई पनि सुधार गर्ने लक्ष्यका साथ आइरहेका छौ ।’
भूकम्पको जोखिम न्यूनीकरणका लागि व्यापक प्रचारप्रसार गरी जनचेतना अभिवृद्धि गर्न सबै सरोकार निकायदेखि सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको भन्दै यससम्बन्धी प्रचारप्रसार आवश्यक भएकोमा उनको जोड छ ।
‘भूकम्पीय जोखिम न्यूनीकरण गर्न सुरक्षित भवन निर्माण गर्नुपर्ने र यसका लागि नेपाल सरकारले जारी गरेको राष्ट्रिय भवन संहिता पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्छ, उनले भने, भूकम्प पश्चात्को सम्भाव्य अवस्थालाई पूर्व आकलन गरी प्रभावकारी र दूत खोज तथा उद्धार, सीपयुक्त र तालिम प्राप्त उद्धारक एवम् तत्काल राहतको आवश्यकतालाई समेत तयारी अवस्थामा राख्नु पनि उत्तिकै जरुरी छ ।’
भवन संहिता कार्यान्वयनका लागि नीतिगत व्यवस्था, नीतिगत जनचेतना तथा अभिमुखीकरण, क्षमता अभिवृद्धि, प्राविधिक कार्य, अध्ययन तथा अनुसन्धान, अनुगमन तथा मूल्यांकन, समन्वय तथा सहकार्य जस्ता क्षेत्रहरूमा आवश्यक कार्यहरू निरन्तर रूपमा भइरहेको महर्जनले बताए । विगतका भूकम्पबाट पाठ सिकेर भवनको नक्सा डिजाइन गर्न आवश्यक पर्ने भार र डिजाइन गर्ने विधिसहितको भवन निर्माण संहिता अद्यावधिक गरी लागू गरिएको उनको भनाइ छ ।
खानी तथा भू–गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोक विजय अधिकारीले भूकम्प गएमा के गर्ने ? के नगर्ने विपद्मा कसरी संयमता अपनाउने? सुरक्षित हुने तरिकाहरू के हुन्ने ? लगायत विषयमा सचेतना बढाउन सकेमा आगामी दिनमा भूकम्पीय क्षति कम गर्न सकिने बताउँछन् । सम्भावित धनजनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी र पूर्वसूचना प्रणालीको विकासलाई प्राथमिकता दिनुपर्ने उनको जोड छ ।
पूर्वतयारीको अभाव
पूर्वतयारीको अभावमा जाजरकोट भूकम्पपीडितले अझै पनि पूर्णरुपमा राहत नपाएको अवस्था छ । पूर्वतयारी नहुँदा भूकम्पपछि सर्वसाधारणले दुःख पाउने गरेको विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीको भनाइ छ । ‘अहिलेसम्म कतिपय भूकम्पपीडितले राहत पाउन नसक्दा उनीहरू अस्थायी आवासमै कष्टपूर्ण रूपमा बस्नु परेको छ’, उनले भने ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) जाजरकोटको भूकम्पबाट प्रभावित भइ पुनः निर्माण गर्नुपर्ने निजी आवासको सङ्ख्या ९५ हजार सात सय ८७ छ । भूकम्प, बाढी पहिरो जस्ता प्राकृतिक विपदबाट क्षति पुगेका विभिन्न संरचनाहरूको पुनः निर्माण तथा पुनः स्थापना योजनाको योजना कार्यान्वयनका लागि रु. एक खर्ब एक अर्ब १२ करोड लागत लाग्ने अनुमान गरिएको छ ।
भूकम्प प्रतिरोधी संरचनामा जोड
भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका निमित्त कार्यकारी निर्देशक डा. रमेश गुरागाईँले नयाँ बन्ने संरचनाहरू भूकम्प प्रतिरोधी बनाउन आवश्यक रहेकोमा जोड दिन्छन् ।
‘हामीले भूकम्प प्रतिरोधी संरचना बनाउन सकिरहेका छैनौ, सबै स्थानीय तहमध्ये भवन निर्माण संहिता ५० वटा स्थानीय तहमा मात्रै कार्यान्वयन भएको छ, उनले भने, भूकम्प कहिले र कहाँ जान्छ भनेर भविष्यवाणी नै गर्न त सकिँदैन । तर भूकम्पबाट बच्ने मुख्य उपाय स्वरूप पूर्वतयारी गर्न सकिन्छ । यो भनेको भूकम्प प्रतिरोधी संरचना बनाउने, बनिसकेका संरचनाहरूलाई सुधार गर्ने र अन्य पूर्वतयारीका गतिविधि नै हो ।’
भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि राष्ट्रिय संकल्प आवश्यक भएको उनको भनाइ छ । ‘राज्य तथा अन्य सरोकारवाला निकायबाट व्यापक जनचेतना अभिवृद्धिका साथै विपद्पछिको प्रतिकार्यसम्बन्धि योजना र कार्यान्वयनका लागि तयार हुनुपर्छ, उनले भने, यसका साथै व्यक्ति आफैले पनि भूकम्पबाट सुरक्षित हुन आफ्नो तर्फबाट तयारी हुनुपर्छ । कसरी संयमता अपनाउने, आफ्नो घर भूकम्प प्रतिरोधी छ कि छैन? लगायतका विषयमा सचेत हुनुपर्छ ।’
इञ्जिनियर अमितप्रसाद तिमल्सेनाले भूकम्पमैत्री संरचना निर्माणका लागि भवन निर्माण संहिताको कडाइका साथ कार्यान्वयन गराउनुपर्ने आवश्यकता औँल्याए । ‘अधिकांश घर र संरचना निर्माणमा मापदण्ड पालना भएको छैन, भवन निर्माण संहिता कार्यान्वयन भए नभएको विषयमा राज्यले अनुगमनलाई कडाइका साथ अगाडि बढाउनुपर्छ’, उनले भने ।
आजदेखि लाभग्राहीसँगको सम्झौता सुरु गरी पुनः निर्माण थालनी
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सह-सचिव डा. भीष्मकुमार भुसालले आजदेखि लाभग्राहीसँग सम्झौता प्रक्रिया प्रारम्भ गरी पुनः निर्माण थालनी हुने जानकारी दिएका छन् ।
गत आइतबार बसेको विपद् राष्ट्रिय परिषद्को १६औँ बैठकले भूकम्प र मनसुनजन्य विपद्पश्चात्को पुनः निर्माण तथा पुनः स्थापनाका लागि योजना स्वीकृत गरेको प्राधिकरणले जानकारी दिएको छ । बैठकले योजनाबमोजिमका क्रियाकलापको कार्यान्वयनका लागि स्रोत व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई सम्बन्धित मन्त्रालय, प्रदेश र स्थानीय तहले आग्रह गर्ने तथा मन्त्रालयले सम्बन्धित निकायलाई यथाशीघ्र निकासा दिने गरी प्रबन्ध गर्न निर्देशन दिएको प्राधिकरणले जानकारी दिएको छ ।
आज देशमा पश्चिमी न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका केही भू-भागमा हुस्सु / कुहिरो लागेको अवस्था छ।
सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।