२०८३ बैशाख १८ गते शुक्रबार
२०८३ बैशाख १८ गते शुक्रबार

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पद तथा गोपनियताको सपथ लिदैछन् । तर, वासिंगटन डिसी कडा चिसोको कारण सोमबार क्यापिटल रोटुण्डाको बन्द ठाउँमा सपथ ग्रहण गर्ने भएका हुन्।

सन् १९८५ पछि पहिलो पटक अमेरिकी राष्ट्रपतिको सपथ ग्रहण समारोह घरभित्रै हुन लागेको हो । वासिङ्टनको तापक्रम सोमबार (जनवरी २०) मा माइनस १० डिग्री सेल्सियस पुग्ने अनुमान गरिएकाले सपथ बन्द कोठामा लिन लागिएको हो ।

साथै, १५० वर्षमा पहिलो पटक अमेरिकी राष्ट्रपतिको सपथ ग्रहण समारोहमा विदेशी नेता सहभागी हुने भएका छन् । डोनाल्ड ट्रम्पले चिसो मौसमका कारण क्यापिटल रोटुण्डामा सपथ ग्रहण समारोह आयोजना गर्न आदेश दिएको पुष्टि गरेका छन् ।

जानकारीका अनुसार राष्ट्रपतिको सम्बोधनका साथै अन्य भाषण अब भवन बाहिर नभई युएस क्यापिटलको रोटुण्डा भित्र हुनेछ । उद्घाटन परेड पनि लगभग १.६ किलोमिटर टाढा वाशिंगटनको क्यापिटल वन एरेनामा हुनेछ। पछिल्लो पटक सपथ ग्रहण समारोह पूर्व रिपब्लिकन राष्ट्रपति रोनाल्ड रेगनको दोस्रो कार्यकालको लागि घर भित्र नै आयोजित गरिएको थियो।

उनले यस ऐतिहासिक कार्यक्रमलाई प्रत्यक्ष हेर्न र राष्ट्रपतिको परेड आयोजना गर्न सोमबार क्यापिटल वन एरिना खोल्ने बताए । ‘म मेरो शपथ ग्रहण पछि क्यापिटल वनमा भीडमा सामेल हुनेछु,’ उनले भनेका छन ।

ट्रम्पले आफ्नो पोस्टमा भनेका छन् कि क्यापिटल वन एरिनामा दिउँसो ३ बजेको लागि निर्धारित विजय र्‍यालीसहित अन्य सबै कार्यक्रमहरू उस्तै रहने छन्।

 

हमास-इजरायल युद्धविराम भएपछि हमास समूहको नियन्त्रणमा रहनुभएका कञ्चनपुरका विपिन जोशीको परिवार विपिन सकुशल घर फर्किने आशामा व्यग्र प्रतीक्षामा छन्।

हमास–इजरायल युद्धविरामको खबरले पन्ध्र महिनादेखि हमास समूहको नियन्त्रणमा रहेका विपिनको परिवारमा विपिन फर्किने आशा पलाएको हो। युद्धविरामपछि पहिलो चरणमा विपिनको नाम समावेश नभए पनि दोस्रो चरणमा विपिनको रिहाइ हुने आशा उनको परिवारमा छ।

मलिन अनुहारमा विपिनका आमा पदमाले भनिन्, ‘युद्धविराम भएपछि विपिन पहिलो चरणमै छुट्लान् भन्ने आशा थियो, तर भएन। मेरो निर्दोष छोरा पन्ध्र महिनादेखि बन्धक छ।’

उनले यसअघि पनि युद्धविराम भएका बेला छोराको रिहाइको आशा गरिए पनि रिहाइ नभएको बताउँदै यसपटक रिहाइ हुनेमा आशावादी रहेको बताइन।

‘युद्धविराम हुन्छ फेरि युद्ध भइहाल्छ अझै पनि हाम्रो मनमा त्यही डर छ कतै फेरि युद्ध त हुने होइन,’ आमा पदमाले भनिन्, ‘जसरी हुन्छ अहिलेको युद्धविराममा मेरो छोराको सकुशल रिहाइ होस् सरकारसँग यही अनुरोध छ।’

सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायमा अध्ययनरत ४९ विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए। त्यहाँ गएको एक महिना नहुँदै इजरायलको दक्षिणी क्षेत्रस्थित अलिमुम किबुजमा हमास समूहले आक्रमण गरेको थियो। आक्रमणमा १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिन जोशीलाई हमास समूहले नियन्त्रणमा लिएको थियो। त्यति बेलादेखि विपिनको अवस्था अज्ञात छ।

इजरायल सरकारले हमासले युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकको सूची सार्वजनिक गरेको छ। सार्वजनिक सूचीमा विपिनको नाम समावेश छैन।

विपिनका लागि सरकार गम्भीर भएर लागेको गृहमन्त्री रमेश लेखकले बताएका छन्। उनले विपिनको रिहाइका लागि सरकारले कूटनीतिक पहल गरिरहेको परिवारलाई बताउँदै आएका छन्।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा परिस्थित अनुसार आफूलाई ढाल्नुहोस्। व्यर्थको वादविवादबाट टाढा रहनुहोला। व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। आफ्नो क्रोधलाई आफूमाथि हावी हुन नदिनुहोला। कार्य थाल्नुभन्दा अघि सोचविचार गरेर निर्णय लिनुहोस्। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) न्यायिक मामिलाहरू हजुरको पक्षमा आउनेछ। कार्यक्षेत्रमा हत्तारमा निर्णय नलिनुहोला। महत्वकांक्षी योजनाहरू गोप्य राख्ने प्रयास गर्नुहोस्। कार्यक्षेत्रमा सन्तानको सहयोग मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नोकरी वा पेशामा कार्य समयमा सम्पादन नहुनाले मन अशान्त रहनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। कार्यक्षेत्रमा हजुरको कमजोरीको लाभ उठाउन सक्लान्। समयको सदुपयोग गर्नुहोस्। कार्यक्षेत्रमा उच्च पदस्थ अधिकारीहरूबाट सहयोग मिल्ला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साहित्य वा लेखन कलामा निखार आउनेछ। कार्यक्षेत्रमा कार्य दोहोर्याएर गर्नमा लाभ प्राप्त हुनेछ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने प्रयास गर्नुहोला। भौतिक सुख सुविधामा धन खर्च हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मेहनतले जीवनशैलीमा सुधार आउनेछ। कार्यमा इमानदारी राख्नुहोस् सफलता मिल्नेछ। रोकिएका कार्यहरू प्रारम्भ हुनेछन्। कार्यक्षेत्रमा आफूलाई नयाँ ऊर्जा वा जोशको साथमा प्रस्तुत गर्न सक्नुहुनेछ। आफ्नो व्यक्तित्वले अरूलाई प्रभावित गर्न सक्नुहुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मेहनतको राम्रो परिणाम मिल्नाले आत्मविश्वासमा वृद्धि हुनेछ। आफन्तहरूको साथ रमाइलो जमघटमा स्वादिष्ट भोजनको प्राप्ति हुनेछ। भ्रमणको साथमा मनोरञ्जनात्मक पल बित्नेछ। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ४ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विदेश भ्रमणको अवसरको लागि केही दौडधुप गर्नुपर्ला। समय अनुकूल रहेको छ। अवसरवादीहरुबाट सावधान रहनुहोला। सबैतिरबाट अपेक्षित सहयोग पाइनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा नँया जिम्मेवारी वहन गर्नाले मन प्रफुल्लित रहनेछ। मांगलिक कार्यहरूमा सहभागिता हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) समाजमा आफूलाई प्रतीष्ठित गराउन सकिनेछ। नयाँ कार्यको थालनीबाट लाभ मिल्नेछ। आज गरेको संघर्षले भविष्यको लागि लाभको मार्ग प्रशस्त गर्नेछ। नियमित काम सम्पादन भयेपनि निर्णायक मोडमा मन दुविधामा रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दिन सामान्य रहेको छ। लामो यात्रा गर्दा आफ्नो स्वास्थ्यको ध्यान राख्नुहोला। घरपरिवारबाट टाढा हुने योग छ। सामाजिक दायित्व बढ्नेछ। नयाँ जिम्मेवारी पाउँदा मन खुसी हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आत्मबल बढ्नेछ। कार्यक्षेत्रमा व्यवहारबाट लाभ मिल्नुको साथै नयाँ जिम्मेवारीबाट मनग्य धन लाभ हुनेछ। अध्ययन वा व्यावसायिक प्रयासहरूमा सफलता मिल्नेछ। पारिवारिक सहयोगले आर्थिक पक्ष मजबुत बन्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ कार्यतिर अग्रसर हुने समय रहेको छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। विगतका कमजोरीलाई सुधार्ने समय रहेको छ। आफन्तहरूसँग रमाइलो भेटघाट हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

 

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य आज स्थिर छ । 

निर्धारित विनिमय दर अनुसार, सिंगापुर डलर, चिनियाँ युआन, थाई भाटको मूल्य वृद्धि भएको छ । युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्यांक, जापानी येन, डेनिस क्रोनर, कुवेती दिनारको मूल्य भने घटेको छ ।

राष्ट्र  बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८  पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ०३ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ६८ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ६८ रुपैयाँ ९८  पैसा, स्वीस फ्र्यांक एकको खरिददर एक सय ५१ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ७९ पैसा कायम गरिएको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८६ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ९१ पैसा, सिंगापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८५ पैसा र बिक्रीदर आठ रुपैयाँ ८९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०९ पैसा कायम भएको छ । 

केन्द्रीय  बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०३ पैसा र बिक्रीदर चार रुपैयाँ ०५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६५  पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १२ रुपैयाँ ४० पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७ रुपैयाँ ८४ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४७ रुपैयाँ ९७ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ९२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ८४ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५९ रुपैयाँ १९ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ७५ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।