२०८३ असार ९ गते मंगलवार
२०८३ असार ९ गते मंगलवार

सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बलले सक्रियता बढाएसँगै पर्सामा भन्सार छलीका सामान बरामद गर्ने क्रम ह्वात्तै बढेको छ ।

सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै आर्थिक वर्ष २०८०/ ८१ को छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु. छ करोड ६८ लाख ५३ हजार मूल्य पर्ने भन्सार छलीका सामान बढी बरामद गरेको हो । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्वार्टर गणपति राधेश्याम धिमालले चालु आवको छ महिनामा भन्सार छली गरेर भित्र्याइएका रु. २१ करोड २८ लाख २६ हजार मूल्य पर्ने सामान बरामद गरेको जानकारी दिए ।

‘सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै अवैध चोरी पैठारी गरेर भित्रिने लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्टस्, खाद्यपदार्थ र किरानाका सामान बरामद हुने क्रम बढेको छ, उनले भने, सशस्त्र प्रहरीले वीरगञ्ज भन्सार नाकामा दुईवटा तालिमप्राप्त कुकुर पनि खटाएर जाँच गर्दै आइरहेको छ ।’

सशस्त्र प्रहरी बलले चालु आवको छ महिनामा रु. १६ करोड ४७ लाख ४१ हजारको भन्सार छली गरेर भित्र्याइएका लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्टस्, खाद्यान्न पदार्थ र किराना सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ । त्यस्तै सोही अवधिमा रु. चार करोड ६० लाख ८५ हजार मूल्य पर्ने बिलबिजक नभएका सामान भने पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको जनाएको छ ।

सशस्त्र प्रहरीले आव २०८०/८१ को  छ महिनामा भन्सार छली गरेर भित्र्याइएको रु. चार करोड ७७ लाख मूल्यका सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको थियो । आव २०८०/८१ को छ महिनाकै अवधिमा बिलबिजक नभएका रु. नौ करोड ८२ लाख ६९ हजारको सामान राजस्व अनुसन्धान कार्यालयमा बुझाएको थियो । पर्सा जिल्लामा एक सय सात किलोमिटर सीमा क्षेत्र भारतसँग खुला रूपमा जोडिएको छ ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ४७ औं राष्ट्रपतिको रूपमा शपथ लिएका छन् ।

नेपाली समय अनुसार गएराति पौने ११ बजे अमेरिकी संसद्को क्यापिटल हिलमा ट्रम्पले ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिएका हुन् । उनलाई अमेरिकाको सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबट्र्सले शपथ खुवाएका बीबीसीले जनाएको छ ।

राष्ट्रपतिको रुपमा ट्रम्पको यो दोस्रो कार्यकाल हो । रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतीय चुनावमा उम्मेदवार बनेका ट्रम्प डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पराजित गर्दै विजयी भएका थिए ।

यसअघि उनी सन् २०१६ को नोभेम्बरमा राष्ट्रपतिमा निर्वाचित भएर २०२० सम्म चार वर्ष ह्वाइटहाउमा रहेका थिए । उनी २०२० मा वर्तमान राष्ट्रपति जो वाइडेनसँग पराजित भएपछि २०२१ जनवरीमा ह्वाइट हाउसबाट बिदा भएका थिए । ।

शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति जो बाइडेन, पूर्वराष्ट्रपतिहरू, उपराष्ट्रपतिहरू, मनोनीत गरिएका मन्त्रीहरू तथा उच्चपदस्थ अधिकारीहरू उपस्थित थिए ।

सपथ ग्रहण कार्यक्रमको उद्घाटन सम्बोधनमा ट्रम्पले अमेरिकाको स्वर्ण युग अहिले शुरू भएको भन्दै अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने आफ्नो योजना रहेको बताए ।

यो नयाँ युग अमेरिकाको आर्थिक र सामाजिक सुधारसँगै राजनीतिक क्षेत्रको नयाँ दिशा तय गर्ने समय भएको ट्रम्पको भनाइ छ । उनले नागरिकलाई एकताबद्ध भएर काम गर्न आह्वानसमेत गरे ।

यसैबीच ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारी गरिरहेका छन् । वाशिङ्गटन डीसीको एक स्टेडियममा हजारौँ समर्थकहरू माझमा आफ्नो दोस्रो राष्ट्रपति कार्यकालको पहिलो आदेशमा हस्ताक्षर गर्ने उनको तयारी रहेको बीबीसीले जनाएको छ ।

ट्रम्पले विशेषगरेर अमेरिका–मेक्सिको सीमामा ‘राष्ट्रिय आपतकाल’ घोषणा गर्ने, ड्रग कार्टेललाई आतङ्कवादी घोषणा गर्ने र सरकारी विविधता कार्यक्रमहरू खारेज गर्ने कामलाई प्राथमिकता दिनुभएको खबरमा उल्लेख छ । कागजपत्र विहिन लाखौँ आप्रवासीहरुलाई फिर्ता पठाउने ट्रम्पले बताएका छन् ।

 

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य आज भने घटेको छ । निर्धारित विनिमयदारअनुसार, युरो, पाउण्ड स्ट्रलिङ, स्विस फ्र्यांकलगायतका विदेशी मुद्राको भाउ बढेको छ । केही विदेशी विदेशी मुद्राको भाउ स्थिर रहँदा केहीको भने घटेको हो ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६८ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ४० पैसा स्विस फ्र्यांक एकको खरिददर एक सय ५१ रुपैयाँ ३१ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ९६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८६ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ९७ पैसा, सिंगापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ३१ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८४ पैसा र बिक्रीदर आठ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ चार पैसा र बिक्रीदर चार रुपैयाँ पाँच पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७९ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५३ पैसा र बिक्रीदर नौ रुपैयाँ ५७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४० पैसा र बिक्रीदर १२ रुपैयाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ १२ पैसा र बिक्री दर १९ रुपैयाँ २१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हंकङ डलर एकको खरिददर १७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७ रुपैयाँ ८३ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ र बिक्रीदर चार सय ४९ रुपैयाँ ९४ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ६६ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ २५ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५९ रुपैयाँ आठ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ६४ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।