२०८३ बैशाख १९ गते शनिबार
२०८३ बैशाख १९ गते शनिबार

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार ९ सय रुपैयाँले बढेर १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन प्रतितोला १ लाख ५८ हजार एक सय रुपैयाँमा कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर एक हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य एक हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रहरीले यौन दुर्व्यवहार गरेको अभियोगमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभका एक जना चालकलाई मंगलबार पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा चितवनको नारायणी नगरपालिका–४ बस्ने २५ वर्षीय प्रबिन बराल रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । उनले भने, ‘इनड्राइभका चालक बरालले यौन दुर्व्यवहार गरेको भन्ने पीडितको उजुरीका आधारमा आज उनलाई काठमाडौँबाट पक्राउ गरिएको हो ।’

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।

निरन्तरको चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढेका छन् ।

जिल्लाका सबै भेगमा बिरामी बढेका स्थानीय अस्पतालले जनाएका छन् । सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा बिरामीको चाप बढेको छ ।बितेका सात दिनमा दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि आइरहेका अस्पतालतका मेडिकल सुपरिटेन्डेन्ट डा. विकासकुमार साहले बताए । चिसोले दमका बिरामी बढेका उनले बताए । उपचारार्थ आउने बिरामीमा पाँच वर्षमुनिका बालबालिका र ६० वर्षमाथि उमेरका बढी छन् ।

बर्दिबास अस्पतालमा पनि बिरामी बढेका छन् । माघ लागेसँगै दैनिक एक सय १० देखि एक सय २५ जनासम्म बिरामी आउने गरेका बर्दिबास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदीपकुमार ठाकुरले जानकारी दिए । यहाँ उपचारार्थ आउनेमा महिलाको संख्या बढी रहेको डा. ठाकुरले बताए । जिल्लाका गौशाला र दक्षिवर्ती सम्सीस्थित प्राथमिक उपचार केन्द्रमा पनि बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक नवलकिशोर साहले जानकारी दिए ।

चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिइएको छ ।

आजदेखि माघ ११ गतेसम्म जाडो बिदा दिइएको हो । नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार मौसम प्रतिकूलताका कारण शीतकालीन बिदाबाट कट्टी हुनेगरी बिदा दिइएको छ ।

शीतलहरले विद्यालय सञ्चालनमा कठिनाइ भएकाले बिदा दिइएको उनले स्पष्ट गरे । अभिभावकले पनि बिदाका निम्ति अनौपचारिक रुपमा विद्यालयका साथै पालिकामा अनुरोध गर्दै आएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रूपन्देही अदालतमा उपस्थित भएका छन् ।

रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी मंगलबार बेलुका भैरहवा पुगेका थिए । उनीमाथि आज नै बयान तथा थुनछेक बहस हुनेछ ।

उनीविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार अदालतमा मुद्दा दायर भएको थियो ।

कास्की प्रहरी हिरासतमा रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ मा बुटवल लगेर बयान गराइएको थियो। सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो। गत वैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाई भने पूरक उजुरीमा राखिएको हो।

प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनीमाथि उजुरी गरिएको हो। उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका हुन्।

बुटवल पछि उनले चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी नै छ। ती जिल्लाबाट पनि पक्राउ पुर्जी जारी गरे पछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन्।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आत्मविश्वास र नयाँ सोच लक्ष्य प्राप्ति गर्नमा सहायक बन्नेछ। नोकरी वा पेशामा जिम्मेवारी बढ्नेछ। जीवन साथीको सहयोग मिल्नेछ। साझेदारी व्यापारबाट लाभ मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साहित्य र लेखन कलामा सफलता मिल्नेछ । गृहणीहरूको सौन्दर्य सामानमा धन खर्च हुनेछ। महत्वकांक्षी लक्ष्यहरू प्राप्त गर्नलाई उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। खानपानको विशेषमा ध्यान राख्नुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आर्थिक दृष्टिले दिन सामान्य रहनेछ। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। नयाँ प्रेम प्रसंग प्रारम्भ हुने समय रहेको छ। अविवाहित हुनुहुन्छ भने विवाहको कुरो चल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सम्पत्तिलाई लिएर वादविवाद सुल्झिनेछ। कार्यक्षेत्रमा माताको सहयोग मिल्नेछ। पारिवारिक जिम्मेवारी बढ्नाले कार्य सम्पादनमा बाधा आउनेछ। व्यापार व्यवसायमा गोपनीयताको ध्यान राख्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ कार्यको थालनी हुने योजना सफल हुनेछ। समाजमा पद प्रतिष्ठा बढ्नेछ। घरपरिवारमा भाइबहिनीहरूको सहयोग मिल्ला। राज्य वा प्रशासनिक क्षेत्रबाट योजनाहरूको लाभ मिल्नेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ५ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनलाई सकारात्मक राख्नुहोस् सबै कार्य सहज हुँदै जानेछ। मित्र वा परिवारसँग सद्भाव बढ्नेछ। कार्यक्षेत्रमा नयाँ अवसरको प्राप्तिले उत्साहित बनाउनेछ। पुरानो मुद्दा मामिलाहरू सुल्झिने सम्भावना छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) वैदेशिक यात्राको लागि शुभ सूचना मिल्नेछ। स्वास्थ्यप्रति सचेत रहनुहोस्। कार्यक्षेत्रमा सानातिना कुराहरूलाई वेवास्ता गर्नुहोस्। रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि पौष्टिक भोजनको सेवन गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापार व्यवसायमा सहयोगीहरूले साथ दिनेछन् साथै शत्रुहरू परास्त हुनेछन्। स्वास्थ्यमा बाधा र अर्थ हानि जस्ता समस्यासँग जुध्नुपर्ला। कार्यक्षेत्रमा दोहोराएर कार्य गर्नुपर्ला। अध्ययनद्वारा व्यक्तित्वलाई निखार्ने समय रहेको छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सेवामूलुक कामले प्रतिष्ठा दिलाउनेछ। बौद्धिक कलाको क्षेत्रमा प्रभाव बढ्नेछ। कार्यक्षेत्रमा नयाँ सम्पर्कले गर्दा आर्थिक उन्नति हुनेछ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफन्तहरूको रमाइलो जमघटले मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा पिताको साथ मिल्नेछ। एउटा काम सिध्याएर नै अर्को कार्य प्रारम्भ गर्नुहोला। व्यापार व्यवसायमा लाभ रहनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रगं केसरी हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आजको दिन श्रेष्ठ रहेको छ। धर्मकर्ममा रुचि बढ्नुको साथै धार्मिक मठ मन्दिरमा भ्रमणका योग छन्। उच्च शिक्षाको लागि नयाँ अवसरहरू मिल्नेछ। स्वास्थ्यले साथ दिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राजनैतिक क्षेत्रमा नयाँ जिम्मेवारी हात पर्नसक्छ। विश्वास गरेको व्यक्तिबाट धोका मिल्न सक्छ। सवारी चलाउँदा सतर्कता अपनाउनुहोला। वैदेशिक क्षेत्रबाट लाभ मिल्न सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

 

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ । 

युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्यांक, अष्ट्रेलियन डलर, जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाई भाट, मलेसियन रिंगेट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ । यस्तै, केही विदेशी मुद्राको भाउ भने अघिल्लो दिनको तुलनामा स्थिर छ ।

राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६९ रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ८९ पैसा, स्वीस फ्र्यांक एकको खरिददर एक सय ५१ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ३६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९५ रुपैयाँ १२ पैसा, सिंगापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ०२ रुपैयाँ ०५ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८६ पैसा र बिक्री दर आठ रुपैयाँ ९० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १९ रुपैयाँ ०६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०५ पैसा र बिक्रीदर चार रुपैयाँ ०७ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५८ पैसा र बिक्रीदर नौ रुपैयाँ ६२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १२ रुपैयाँ ५२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ १७ पैसा र बिक्री दर १९ रुपैयाँ २६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७ रुपैयाँ ८३ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ १३ पैसा र बिक्रीदर चार सय ५० रुपैयाँ ०७ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ७३ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ३२ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५९ रुपैयाँ १६ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ७१ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ ।

राष्ट्र बैंकले यो विनिमयदारलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका धेरै भू–भागमा हुस्सु लागेको छ ।

विभागका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छभने बिहीबार बिहान तराईका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने जनाउँदै विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।