२०८३ बैशाख २५ गते शुक्रबार
२०८३ बैशाख २५ गते शुक्रबार

क्यालिफोर्नियाको वन तथा अग्नि सुरक्षा विभाग (क्याल फायर) काअनुसार बुधबार बिहान लस एन्जलस काउन्टीमा द्रुत गतिमा फैलिएको डढेलोले ८ हजार ९६ एकड (३२.७६ वर्ग किलोमिटर) सम्म फैलिएको बताएको छ ।

क्याल फायरले रिपोर्ट गरेअनुसार ह्युजेस फायर नामक आगो लस एन्जलस शहरबाट लगभग ८० किलोमिटर उत्तरपश्चिममा रहेको कास्टेइक ताल नजिकैको लेक ह्युजेस रोड क्षेत्रमा लागेको थियो । दक्षिणी क्यालिफोर्नियाको पछिल्लो डढेलो सुख्खा वनस्पति र सान्ता आना हावाका कारण द्रुत गतिमा फैलिएको बताएको छ । जसमा लगभग १९ हजार बासिन्दाहरू अनिवार्य निकासी आदेशमा छन् ।

कास्टेइकमा रहेको पिचेस डिटेन्सन सेन्टरले ४७६ कैदीहरूलाई नजिकैको उत्तरी काउन्टी सुधार सुविधामा सारेको छ । लस एन्जलस काउन्टी यस महिना घातक आगलागीले डुबेको छ । प्यालिसेड्स र इटन आगलागीमा २८ जनाको मृत्यु भएको छ । हजारौं संरचनाहरू नष्ट भएका छन् ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायमा नयाँ सम्पर्कहरूबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा नसोचेको परिणाम मिल्न सक्छ। हातमा लिएको कार्यलाई इमान्दारी साथ गर्नुहोला। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साझेदारी व्यापारबाट लाभ मिल्नेछ। लामो समयदेखि रोकिएको कार्य प्रारम्भ हुनेछ। जीवनसाथीको साथमा सुमधुर समय व्यतीत हुनेछ। आर्थिक पक्ष कमजोर हुनाले ठूलो योजनाहरू प्रारम्भ गर्नमा बाधा आउनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा अधिकारी वर्गहरू हजुरको कार्यशैलीबाट अप्रसन्न रहनेछन्। निर्धारित कार्यक्रम समयमा प्रारम्भ हुनमा बाधा आउनेछ। कानुनी समस्याहरू सुल्झिनेछन्। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धार्मिक योजनाहरूको रूपरेखा बन्न सक्ला। कार्यक्षेत्रमा सहकर्मीहरू हजुरको व्यवहारले अप्रसन्न रहनेछन्। मिठो बोली वचनको प्रयोग गरौं। आयस्रोत बढ्नेछ। शिक्षाको क्षेत्रमा नयाँ अवसरहरू मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफन्तहरूको सहयोगले मनमा आत्मविश्वास बढ्नेछ। यात्रा लाभदायी रहनेछ। विश्वासपात्र मित्रहरूबाट दुःख मिल्न सक्ला। व्यापारमा सामान्य लाभ रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा लगनशीलताको उपयुक्त इनाम मिल्नेछ। व्यक्तिगत मामिलाहरू सुल्झाउनमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा नयाँ चुनौतीहरूको सामना गर्नुपर्ला। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कलात्मक कार्यमा कार्यरतहरूलाई समय विशेष रहनेछ। व्यापार व्यवसायमा नसोधिकन लिएको निर्णयहरूबाट हानि हुनेछ। धर्म कर्ममा आस्था बढ्नेछ। नोकरी वा पेशामा नयाँ दायित्वको निर्वहन गर्नुपर्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापार व्यवसायमा कार्य गर्दा जोखिमबाट बच्नुहोला। कार्यक्षेत्रमा अधिकारीहरूबाट सहायता मिल्ला। पारिवारिक मामिलाहरू सुल्झाउनमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा एउटा कार्य समाप्त गरेर अर्को कार्य प्रारम्भ गर्नुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा लिएको कामलाई सम्पादन गर्ने प्रयास गर्नुहोला। घरपरिवारमा मांगलिक वा धार्मिक क्रियाकलापहरूमा सम्मिलित हुँदा प्रशन्नता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) घरपरिवारमा पैतृक सम्पत्तिलाई लिएर चलिरहेको वादविवाद सुल्झिनेछ। आफन्तहरूको व्यवहारले मन हतोत्साहित हुनसक्छ। कार्यक्षेत्रमा अरुको सुझावहरूलाई पनि सुन्ने प्रयास गर्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) समाजमा मान सम्मान बढ्नेछ। कार्यक्षेत्रमा सोचे अनुरुप सबै कुरा बन्दै जानेछ। आत्मीयजनहरूसँग भेटघाटले मन आनन्दित हुनेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। साहित्य वा कलाको क्षेत्रमा रुचि बढ्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा कामलाई लिएर चलिरहेको मनमुटाव सुल्झिनेछ। ठेकापट्टा सम्बन्धित कामबाट लाभ प्राप्त होला। व्यक्तिगत वा पेशागत जीवनमा सन्तुलन बनाउने प्रयास गर्नुहोस्। रुचि अनुरुप कार्यमा मन लाग्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

 

पहाडलाई तराईसँग जोड्ने सिद्धबाबा सुरुङमार्गको मुख्य ‘टनेल’को आज (शुक्रबार) ‘ब्रेक थ्रू’ हुँदैछ ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा पर्ने सिद्धबाबा मन्दिरनजिकै गरेको बहुचर्चित सुरुङको मुख्य टनेलको ‘ब्रेक थ्रू’को सबै तयारी पूरा भइसकेको सिद्धबाबा सुरुङमार्ग आयोजना प्रमुख कृष्णराज अधिकारीले बताए ।

उनका अनुसार ‘ब्रेक थ्रू’मा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललगायत पुग्ने तय भएको छ । यो सुरुङ निर्माणको काम गत वर्ष माघ ४ गतेबाट शुरू भएको थियो । ‘ब्रेक थ्रू’का लागि साढे १ मिटर भाग सुरक्षित रूपमा राखिएको छ । बाँकी ब्लास्टिङ गरेपछि सिद्धबाबा मन्दिर र विद्युत् हेडवक्सतर्फबाट खन्दै आएको सुरुङको मुख एकआपसमा जोडिने छ ।

पश्चिम नेपालको प्रमुख शहर तथा आर्थिक केन्द्र बुटवल भित्रिने प्रवेशद्वारको रूपमा रहेको सुरुङ छिचोलिएसँगै पूर्वाधारको क्षेत्रमा आशाको किरण मात्र पलाउने छैन, नागरिकमा पनि एक प्रकारको ढुक्क महसुस हुनेछ । आयोजनाका अनुसार दुवैतर्फको रिबसहित सुरुङमार्गको कूल लम्बाइ एक हजार १२६ मिटरको हुने भएपनि खन्नुपर्ने टनेलको भाग भने एक हजार ८९ मिटर मात्रै हो । त्यसमध्ये साढे १ मिटर भाग ‘ब्रेक थ्रू’ का लागि बाँकी राख्दै एक हजार ८७.२ मिटर सुरुङ खनेर सकिएको आयोजना प्रमुख अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले आज नै बुटवल-गोरुसिंगे सडकको शिलान्यास पनि गर्दै छन् । ओलीले बुटवल उपमहानगरपालिका-१३ जितगढीमा बुटवल-गोरुसिंगे सडकको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ। सडक विभागले दुई चरणमा गरेर बुटवलदेखि गोरुसिंगेसम्म ५० किलोमिटर र गोरुसिंगेबाट चन्द्रौटासम्म १९ किलोमिटर सडक बनाउँदैछ। पहिलो चरणमा बन्न लागेको बुटवल–गोरुसिंगे खण्डको ५० किलोमिटर सडकको शिलान्यास आज हुन लागेको हो।

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आज पनि अदालतमा उपस्थित हुँदैछन्।

बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको छ, पीडित पक्षको दुई वकिलको बहस भने बाँकी रहेकाले शुक्रबार पनि उनी अदालतमा उपस्थित हुन लागेका हुन्।

सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने बुधवार पहिलाे पटक रूपेन्देही अदालतमा उपस्थित भएका थिए। उनी हाजिरी जमानीमा रिहा भएका थिए। रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई बिहीबार उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडेका थिए ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा बुधबार रविको बयान सकिसकेको छ।

सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो। गत बैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाइ भने पुरक उजुरीमा राखिएको हो।

प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिएपछि उनीमाथि उजुरी गरिएको हो।

उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका हुन्। बुटवलपछि उनले चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी नै छ। ती जिल्लाबाट पनि पक्राउ पुर्जी जारी गरेपछि चितवन र पर्सा दुवैमा रविले सरकारी वकिलसमक्ष बयान दिइसकेका छन्।

काभ्रेको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले बिहीबार सरोकारवालासँग छलफल गरी सम्पूर्ण निकायको जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ। जसअनुसार नेपाली सेना, प्रहरी परिचालन गरिएको छ।

जिल्लाको बेथानचोक र महाभारत गाउँपालिकाको सीमास्थित खानीखोला गाउँपालिका-१ थाम लेकडाँडामा डढेलोका कारण फैलिएको ओगोले अन्य वन क्षेत्रमा समेत डढेलोको सम्भावित घटना हुनसक्ने भएकाले काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र नारायणस्थानमा जान रोक लगाइएको छ।

डढेलोका कारण हाल बेथानचोकको पर्यटकीय क्षेत्र नारायणस्थान मन्दिरलगायत वडा नं.१, २, ३ र ५ का केही क्षेत्रसमेत जोखिममा रहेको गाउँपालिकाले जनाएको छ। सोही कारण गाउँपालिकाले सार्वजनिक सूचनामार्फत पर्यटकीय क्षेत्र नारायणस्थानमा आन्तरिक तथा बाह्य पर्यटक र सर्वसाधारणलाई भ्रमणमा रोक लगाएको हो।

 

डढेलो नियन्त्रण नभएसम्म सो क्षेत्रमा नजान गाउँपालिकाले सूचना जारी गरेको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए। उनका अनुसार स्थानीय सरकार, प्रहरी, नेपाली सेनालगायत सबै आगो नियन्त्रण गर्न लागिरहेका छन्। ‘हामीले डढेलो लागेको क्षेत्रमा उच्च सावधानी अपनाउन सम्बन्धित सबैका लागि जानकारी गराएका छौँ,’अधिकारीले भने।

खानीखोला गाउँपालिका-१ थामलेकडाँडास्थित सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको हो। प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बुधबार साँझ त्यसतर्फ पठाइएको नेपाली सेना तथा प्रहरीका टोलीले स्थानीयसँग समन्वय गरी नियन्त्रणको पहल गरिरहेको बताए। उनका अनुसार सुरक्षाकर्मीले डढेलोको क्षेत्र तथा मानवबस्तीको अनुगमन गरी मानबस्तीतर्फ आगो आउन नदिनेगरी नियन्त्रणको पहल गर्न र क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न भनिएको छ।

डिभिजन वन कार्यालय धुलिखेलका अनुसार मंगलबार दिउँसो २ बजेदेखि डढेलो सुरु भएको हो। हाल डढेलो नियन्त्रणको अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाउँदै आएको छ। कार्यालयले डढेलो नियन्त्रणका लागि अवस्था अनुगमन गर्न पठाएको टोलीले वन क्षेत्र तथा मानवबस्तीको यकिन गरिरहेको वन कार्यालयका प्रमुख कृष्णबहादुर थापाले बताए।

उनका अनुसार वनमा आगो फैलिरहेकाले नियन्त्रणका लागि जिल्लास्थित प्रशासन कार्यालय तथा सुरक्षा निकायको संयुक्त बैठकबाट डढेलो नियन्त्रण सामग्री भएसम्म सुरक्षाकर्मीलाई उपलब्ध गराउने, वन कार्यालयको संयोजकत्वमा १३ वटै स्थानीय तह सुरक्षा निकाय, वन उपभोक्ता महासंघसँग समन्यवमा डढेलो लगाउने व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न सबडिभिजन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिइएको छ।

पर्यटकीयसँगै बहुमूल्य जडीबुटी तथा जंगली जनावरको बासस्थान रहेको महाभारत जगलमा तीन दिनदेखि डढेलो लागिरहेको रहेको हो। बेथानचोक गाउँपालिका-६ स्थित भुग्देउको माथिल्लो क्षेत्रको बस्ती डढेलोको नजिक रहेको बताइएको छ।

त्यस क्षेत्रमा रहेको बहुमूल्य जडीबुटी, महत्त्वपूर्ण रूख, जंगली जनावर तथा चराको बासस्थान रहेको यस क्षेत्रलाई जोगाउन आवश्यक रहेको स्थानीय बताउँछन्। डढेलो लागेको स्थानबाट मानवबस्ती करिब चार किलोमिटरको दूरीमा रहेको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय धुलिखेलले भने हालसम्म कुनै मानवीय एवं पशुमा क्षति नपुगेको जनाएको छ।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य आज पुनः बढेको छ । निर्धारित दरअनुसार साउदी अरेबियन रियाल, कतारी रियाल, यूएई दिराम, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको भाउ बढेको छ । 

युरोपियन युरो, यूके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्यांक, अस्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर, चिनियाँ युआन, जापानी येन, थाई भाट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनरको भाउ घटेको छ । केही विदेशी मुद्राको भाउ भने स्थिर छ ।

राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ०४ पैसा र बिक्रीदर एकसय ३८ रुपैयाँ ६४ पैसा कायम भएको छ । 

युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ । यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ८९ पैसा तोकिएको छ । 

स्वीस फ्र्यांक् एकको खरिददर एक सय ५२ रुपैयाँ १९ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९६  रुपैयाँ ३३ पैसा तोकिएको छ । 

सिंगापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८२ पैसा र बिक्रीदर आठ रुपैयाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०२ पैसा तोकिएको छ । 

साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८० पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०६ पैसा र बिक्रीदर चार रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । 

यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७५ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा तोकिएको छ । 

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६१ पैसा र बिक्रीदर नौ रुपैयाँ ६५ पैसा कायम गरिएको छ । 

स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १२ रुपैयाँ ५८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ २७ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १७ रुपैयाँ ८० पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ ८३ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ७८ पैसा तोकेको छ । 

बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ २६ पैसा र बिक्रीदर तीन सय ६७ रुपैयाँ ८५ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५८ रुपैयाँ ६३ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ १९ पैसा तोकिएको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।