२०८३ असार १३ गते शनिबार
२०८३ असार १३ गते शनिबार

कक्षा १२ को परीक्षा सकेर रोजगारीको खोजीमा रहेका १८ वर्षीय किरण धामी र उनका साथी रुविन तामाङ गत पुस २३ गते काठमाडौँको महाराजगन्जबाट पक्राउ परे । सुरक्षागार्डका रूपमा कार्यरत किरणका बुवा कल्याण धामी छोरा लागुऔषधको कसुरमा प्रहरीले नियन्त्रणमा पुगेदेखि बेचैन हुनुहुन्छ । दुःखकष्ट गरी हुर्काएको पढाएको छोरा लागुऔषधको कसुरमा पक्राउ परेपछि अब के कारबाही भोग्नुपर्ने हो भन्ने चिन्ताले रुविनको परिवारलाई पोलेको छ ।

काठमाडौँको महाराजगन्जस्थित खाडी बस्ती मार्ग (सुकुम्बासी टोल)मा बस्दै आएका रविन र किरण रोजगारी नपाएपछि बिस्तारै साथीभाइसँग बरालिँदै धूमपानको लतमा फस्दै गएका थिए । रुविनको कोठाबाट प्रहरीले फर्मास्युटिकल ड्रग्स र ५० हजार नगद बरामद गरेसँगै किरणलाई पनि नियन्त्रणमा लिई प्रहरी वृत्त महाराजगन्जले थप अनुसन्धान गरिरहेको जनाइएको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले गत भदौमा एक लाख ८० हजार ४३० थान लागुऔषध ट्रमाडोल क्याप्सुलसहित छ जना युवा पक्राउ ग¥यो ।

काठमाडौँको गोकर्णेश्वर­–७, माकलबारीबाट भदौ १८ गते पक्राउ परेका उदयपुर गाईघाटका श्रीबहादुर राईको साथबाट ३४ हजार पाँच सय थान ट्रमाडोल क्याप्सुल र कागेश्वरी मनहरा बाबाचोकबाट भदौ १९ गते पक्राउ परेका सर्लाही हरिपुर–१ का विपिनकुमार महतोको साथबाट प्रहरीले लागुऔषध ट्रमाडोल क्याप्सुल ५३ हजार नौ सय र नाइट्राजेपाम ८९२ थान बरामद गर्‍यो ।

भदौ ३१ गते काठमाडौँको मित्रनगरबाट नौ सय थान ट्रमाडोलसहित पर्वत महाशिला­–५ का बालकृष्ण अधिकारी र ८३ हजार थान ट्रमाडोल र नगद दुई लाख ५० हजार नगदसहित झापा अर्जुनधाराकी सम्झना रोका पक्राउ परे । गत असोज २ गते सो लागुऔषधका मुख्य कारोबारी बारा परवानीपुर–३ का प्रदीप सर्राफलाई ३० थान लागुऔषध ट्रमाडोल क्याप्सुलसहित प्रहरीले काठमाडौँको टोखा­–१० बाट पक्राउ गर्‍यो । यी केही प्रतिनिधि घटना मात्र हुन् ।

लागुऔषधको प्रयोग तथा कारोबारमा युवा पुस्ताको संलग्नता बढ्दै जाँदा नियन्त्रण र अनुसन्धानमा थप चुनौती बढ्दै गइरहेको छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो १० वर्षमा लागुऔषधको कारोबार र ओसारपसारको आरोपमा ३१ हजार ३६७ जना पक्राउ परेका छन् । यो सङ्ख्या वार्षिक रूपमा बढ्दो छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७१/०७२ मा देशभरबाट लागुऔषध कारोबारमा संलग्न एक हजार ८८० जना, पक्राउ परेका थिए । हरेक वर्ष यसरी पक्राउ पर्ने सङ्ख्या बढ्दै आव २०८०/०८१ मा चार हजार ३९९ जना पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दिनेशकुमार आचार्यले लागुऔषधको कारोबार र प्रयोगमा युवापुस्ताको संलग्नता बढ्दै गइरहेकाले उत्पादन, ओसारपसार, कारोबार र प्रयोगकर्तामाथि निगरानी बढाइएको बताए ।

युवापुस्तालाई लागुऔषधको कुलतमा फस्न नदिन प्रहरीले समुदाय स्तरमा सचेतनासँगै प्रयोग र कारोबारमा कडाइ गरिरहेको र स्वयम् अभिभावक तथा समुदायस्तरमा गरिने प्रयास अझ प्रभावकारी हुने आचार्य बताउनुहुन्छ । लागुऔषधको कारोबारको असर कारागारसम्म पुगेको छ । देशभरका कारागारमा रहेका झन्डै २८ हजार कैदीबन्दीमध्ये करिब सात हजार लागुऔषधसँग सम्बन्धित रहेको पाइएको छ ।

सरकारी तथ्याङ्क अनुसार नेपालमा हाल एक लाख ३४ हजार व्यक्ति लागुऔषध प्रयोगकर्ता रहेको उल्लेख छ तर लागुऔषधविरुद्ध क्रियाशील संस्था नार्कोनन नेपालले भने नेपालमा सातदेखि आठ लाख सङ्ख्याको हाराहारीमा लागुऔषध प्रयोगकर्ता दाबी गर्दै आएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ

 
 

पाथीभरा क्षेत्रमा शनिबार प्रहरी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते भएका छन् । काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा झडप भएको हो ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार झडपमा सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन् । आन्दोलनकारीतर्फ दुई व्यक्ति घाइते भएको बताइएको छ । आन्दोलनकारीले प्रहरीलाई ढुङ्गा हानेपछि स्थिति तनाबपूर्ण बनेको थियो । प्रहरीले आन्दोलनकारीबाट तीन खुकुरी, गुलेली र अन्य सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जनका अनुसार आन्दोलनकारीसँग लुकाइएको हतियार रहेको सूचना पाएपछि खोजतलास गर्ने क्रममा विभिन्न सामान बरामद गरिएको हो । हिमालयन कन्सट्रक्सनले १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी केवलकार निर्माण योजना अघि बढाएको हो । गत मङ्गलबारदेखि जमिन सम्याउने काम सुरु भएको हो । अहिले अवस्था सामान्य रहेको प्रशासन कार्यालयले जनाएको छ । 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा श्रमको उचित मूल्यांकन मिल्न गाह्रो हुनेछ। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्ला। अध्यात्मतिर झुकाव अलि बढी रहनेछ। नयाँ निर्णय लिनुभन्दा अघि सोचविचार गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रियजनहरूको आगमनले दिन रमाइलो रहनेछ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। सांगितिक र कलाको क्षेत्रमा विशेष सफलता मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विद्यार्थीहरूको लागि समय निकै उत्साहजनक रहनेछ। नयाँ अध्ययनमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा चुनौतीपूर्ण कार्य सम्पादन गराउनमा सफलता मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विगतका निर्णयहरूले कार्यक्षेत्रमा चुनौती लिएर आउनेछ। महत्वकांक्षी योजनाहरू गोप्य राख्दा फाइदा हुनेछ। कार्यक्षेत्रमा सन्तानको सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नोकरी वा पेशामा प्रभाव बढ्नेछ। उद्योग व्यापारमा आर्थिक लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। अप्रिय लागेपनि अरुको कुरालाई महत्व दिनुहोस्। मौसमी बिमारीबाट आफूलाई जोगाउनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यवसायमा धन लाभ हुनेछ। साहस र पराक्रमले शत्रुहरू पराजित हुनेछन्। विपरीत परिस्थितिमा पनि साथी भाइहरूले राम्रो सहयोग दिनेछन्। अनलाइन लेनदेन होस् पुर्याएर गर्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सञ्चित धनमा वृद्धि हुनेछ। बोलिको गलत अर्थ लाग्नाले वादविवाद पर्ने सम्भावना रहेको छ। लगनशीलताले गर्दा लक्ष्यमा पुग्न गाह्रो नहोला। शुभ समाचार पाउँदा परिवारजनहरूसँग रमाइलो समय बित्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आगन्तुकहरूले अल्मल्याउँदा कार्यसम्पादन गर्नमा समय लाग्नेछ। कार्यक्षेत्रमा आफ्नो कमजोरी ढाक्न कार्य दोहोर्याएर गर्नुपर्ला। विदेश यात्राको लागि सुनौलो अवसर प्राप्त होला। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ८ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) व्यापारमा लगानी बढाउनुपर्ने स्थिति निर्माण हुनेछ। कार्यक्षेत्रमा अपरिचित व्यक्तिको विश्वास गर्दा धोखा पाइनेछ। उच्च शिक्षाको लागि नयाँ अवसर मिल्नेछ। सोचे जस्तो नतिजा तत्काल प्राप्त नहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विगतमा गरेको कार्यबाट प्रशस्त लाभ मिल्नेछ। नयाँ कार्य प्रारम्भ गर्न सकिनेछ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना रहेको छ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। जनसमर्थन मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यको सन्दर्भमा विशिष्ट जनहरूको साथ मिल्नेछ। दिगो कामको जग बसाउने अबसर मिल्नेछ। तारिफ योग्य कामले अरुको उपकार गर्न सकिनेछ। आय आर्जन राम्रो रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा नियमित कामलाई निरन्तरता दिन सकिनेछ। व्यापार व्यवसायमा मित्रवर्गहरूको साथ र सहयोग मिल्नेछ। चिकित्सा वा शिक्षाको क्षेत्रमा नयाँ चुनौती मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ ।

 

नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपियाँ ६४ पैसा र बिक्रीदर एकसय ३८ रुपियाँ २४ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपियाँ ३६ पैसा र बिक्रीदर एक सय ४४ रुपियाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रुपियाँ ९४ पैसा र बिक्रीदर एक सय ७१ रुपियाँ ६८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपियाँ ०४ पैसा र बिक्रीदर एक सय ५२ रुपियाँ ७० पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ९५ पैसा र बिक्रीदर ८७ रुपियाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ०४ पैसा र बिक्रीदर ९६ रुपियाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय ०२ रुपियाँ १७ पैसा र बिक्रीदर एक सय ०२ रुपियाँ ६१ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर आठ रुपियाँ ८३ पैसा र बिक्री दर आठ रुपियाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ र बिक्रीदर १९ रुपियाँ ०८ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ६९ पैसा र बिक्रीदर ३६ रुपियाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ७५ पैसा र बिक्रीदर ३७ रुपियाँ ९२ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ०९ पैसा र बिक्रीदर चार रुपियाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ४७ पैसा र बिक्रीदर ३७ रुपियाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ४४ पैसा र बिक्रीदर ३१ रुपियाँ ५८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ६१ पैसा र बिक्रीदर नौ रुपियाँ ६५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ६१ पैसा र बिक्रीदर १२ रुपियाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ३५ पैसा र बिक्री दर १९ रुपियाँ ४३ पैसा तोकिएको छ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।