बेलायतका राजकुमार र राजकुमारी निजी भ्रमणमा आज नेपाल आउँदै छन् ।
राजकुमार एडवार्ड र राजकुमारी सोफिया करिब एक साताको निजी भ्रमणका लागि आउन लागेको काठमाडौंस्थित बेलायती दूतावासले जनाएको छ।
राजकुमार एडवार्ड अहिले भारत भ्रमणमा छन्। उनी दिल्लीबाट एक्लै नेपाल अवतरण गर्नेछन्। यस्तै राजकुमारी सोफिया लन्डनबाट काठमाडौं आउँदैछिन्।
राजकुमार एडवार्डले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नेछन्। राजकुमारी सोफिया काठमाडौं आएपछि श्रीमान् एडवार्डसँग अन्य कार्यक्रममा सहभागी हुनेछिन्।
काठमाडौंका विद्यालय र अस्पतालमा आयोजित कार्यक्रममा सहभागी भई उनी पोखरा भ्रमणमा जानेछन्। पोखरामा उनीहरूले ब्रिटिस गोर्खा सैनिकका परिवारसँग पनि भेटघाट गर्नेछन्। उनीहरु आगामी आइतबार स्वदेश फर्किने कार्यतालिका रहेको दूतावासले जनाएको छ।
राजकुमार एडवार्ड बेलायती रानी एलिजाबेथ द्वितीयाका कान्छा सन्तान अर्थात् वर्तमान राजा चाल्र्स तृतीयाका कान्छा भाइ हुन्।
बेलायतको राजगद्दीको उत्तराधिकारीमध्ये उनी १५औँ नम्बरमा छन्। सन् २०२५ मा नेपाल भ्रमण गर्ने उनी पहिलो अतिविशिष्ट विदेशी पाहुना हुन्।
पाल्पा । यस वर्ष जिल्लामा नौ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष आठ हजार आठ सय ६१ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्षभन्दा यस पटक तीन सय ३७ मेट्रिक टन उत्पादन बढेको हो ।
यस वर्ष रु. ५२ करोड ७६ लाख ८४ हजार बराबरको सुन्तला बिक्री भएको केन्द्रका प्रमुख सन्तोषकुमार चौधरीले जानकारी दिए । उनका अनुसार गत वर्ष रु. ४६ करोड सात लाख ७२ हजार बराबरको सुन्तला बिक्री भएको थियो । रु. छ करोड ६९ लाख १२ हजार बराबरको रकम अघिल्लो वर्षभन्दा बढी यस वर्ष सुन्तला बिक्रीबाट जिल्लामा भित्रिएको छ ।
रैनादेवीछहरा गाउँपालिकामा चार सय ५२ हेक्टर क्षेत्रफलमा तीन हजार छ सय ३९ मेट्रिक टन, रिब्दिकोटमा तीन सय ९६ क्षेत्रफलमा तीन हजार एक सय ८४ मेट्रिक टन, बगनासकालीमा एक सय १३ हेक्टरमा नौ सय १० मेट्रिकटन, पूर्वखोला गाउँपालिकामा ९० हेक्टरमा सात सय २८ मेट्रिक टन, तानसेन नगरपालिकामा ६८ हेक्टरमा पाँच सय ४६ मेट्रिक टन र माथागढी गाउँपालिकामा ११ हेक्टरमा ९१ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।
जिल्लामा सुन्तला उत्पादनका लागि एक हजार एक सय ९६ हेक्टर क्षेत्रफल रहेता पनि एक हजार एक सय ३० हेक्टर क्षेत्रफल उत्पादनशील क्षेत्र हो । जिल्लाका दश पालिकामध्ये छवटा पालिकामा व्यावसायिक हिसाबले सुन्तला हुने गरेको छ । अन्नबालीको तुलनामा सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानले व्यावसायिक उत्पादनमा जोड दिएका छन् ।
आज फेबु्रअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकै पटक सञ्चालन गर्न लागिएको हो ।
नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपिभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ । यस अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले देशभरि तोकिएको उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप दिन लागिएको बताउँदै सबैजना आ–आफ्नोतर्फबाट अभियानमा जोडिन आग्रह गरे । उनले भने, ‘हामीले पहिले पनि यसको ‘पाइलटिङ’ गरिसकेका छौँ । सफल परीक्षण भइसकेको छ । अभियान सफल बनाउन मन्त्रालय र विभिन्न तह र तप्काका निकायले सक्रिय योगदान गरेका छन् । दुई हप्तासम्म हुने यो अभियानका रूपमा सञ्चालन हुने भएकाले तोकिएको उमेर समूहका कोही पनि किशोरी नछुटुन् र नदोहोरिउन् भन्ने मान्यताका साथ खोप अभियानमा सरिक हुन आग्रह गर्दर्छौं ।’
स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले खोप अभियानमा १८ हजार नौ सय विद्यालयका खोप केन्द्र र आठ हजार दुई सय अन्य खोप केन्द्र रहने र २७ हजार ८० स्वास्थ्यकर्मी परिचालन हुने जानकारी गराए । त्यसै गरी ५४ हजार एक सय ६० स्वयंसेवक खटाइने छन् भने १५ हजार छ सय ७४ जना सुपरिवेक्षकहरू संलग्न हुनेछन् ।
‘खोप प्रभावकारी छ, ढुक्क भएर लगाउनुस्’
चिकित्सकका अनुसार पाठेघरको मुखको क्यान्सरबाट बच्न सुरुआती अवस्थामा निदान भई उपचार गर्न सकिए यो रोगबाट बच्न सकिन्छ । पाठेघरमा हुने क्यान्सरबाट जोगिनका लागि एचपिभी खोप लगाइन्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) को संक्रमणले हुने स्त्री क्यान्सररोग विशेषज्ञ डा. सृष्टि श्रेष्ठ प्रजापतिले बताइन् । नेपालमा महिलामा हुने क्यान्सरमध्ये यो पहिलो स्थानमा र विश्वमा चौथो स्थानमा रहेको उनले जानकारी दिइन् ।
उनका अनुसार पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९० प्रतिशतभन्दा बढी क्यान्सर एचपिभीले गराउँछ । उनले भनिन्, ‘एचपिभी खोपले पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन सहयोग गर्छ । विश्वमा यसको सफल परीक्षण भइसकेको छ । यो सुरक्षित र प्रभावकारी पाइएको छ । नकरात्मक असर देखिएको छैन । बाँझोपन हुने वा महिनावारी गडबडी हुनेलगायत बुझाइ गलत हुन् । ढुक्क भएर लगाउँदा हुन्छ ।’
नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । ‘ग्लोबल क्यान्सर अब्जरभेटरी, २०२२’ का अनुसार हरेक वर्ष नेपालमा दुई हजार एक सय ६९ महिलालाई यस्तो क्यान्सर हुन्छ । हरेक वर्ष एक हजार तीन सय १३ महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने र औसतमा प्रत्येक दिन चार जना महिलाको मृत्यु हुने गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा. बुढाथोकीले एचपिभी खोप लगाएपछि यसले ९० देखि ९५ प्रतिशतसम्म सुरक्षा दिने भएकाले ढुक्क भएर खोप लगाउन सबै किशोरीलाई आग्रह गरे । उनले भने, ‘विश्वका एक सय ४५ भन्दाबढी देशमा यो खोप प्रयोग भइरहेको छ भने ६१ देशमा प्रयोग भइसकेको छ । यसलाई विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको र औषधि व्यवस्था विभागले पनि स्वीकृति दिएको छ । विज्ञानले प्रमाणित गरेको खोप लगाइने हुनाले निर्धक्क भएर लगाउन अनुरोध गर्दछौँ ।’
खोप लगाएपछि सुई लाएको ठाउँमा दुख्ने, सुन्निने, ज्वरो आउनेलगायत केही सामान्य असर (साइडइफेक्ट) हुनसक्ने बताउँदै डा बुढाथोकीले ती असर केही दिनमा आफै निको भएर जाने बताए । ‘केहीले यो खोप लगाउन हुन्न भन्ने हल्ला पनि फिैलाएका पाएका छौँ । ती भ्रण मात्र हुन् । हामीले खोप लगाएपछि केही असर देखिए उपचारका लागि चिकित्सकको समूह तयारी अवस्थामा राखेका छौँ । खोप लगाइसकेपछि ३० मिनेट जति असर देखिए / नदेखिए हेर्न छुट्टै कोठामा राख्छौँ । उमेर समूहभन्दा बाहिर र ज्वरो आएकाले भने खोप नलगाइदिनुस् ।’
राष्ट्रिय खोप कार्यक्रममा एचपिभी खोप समावेश गर्न सरकारले आर्थिक वर्ष २०७२/७३ र आव २०७३ /७४ मा गाभीको सहयोगमा कार्यक्रम सञ्चालन तथा अध्ययनका लागि कास्की र चितवनमा सफलतापूर्वक ‘पाइलट कार्यक्रम’ सञ्चालन गरेको थियो । आव २०८० / ८१ मा ‘डेमोन्स्ट्रेसन’का रूपमा हरेक प्रदेशको एक–एक अस्पतालमा १० हजार किशोरीलाई यो खोपको दुई मात्रा दिइसकिएको छ । त्यसैगरी खोप शाखाले यो यसलाई राष्ट्रिय खोप तालिकामासमेत समावेश गरिसकेको छ ।
सन् २०३० सम्म क्यान्सर निवारण गर्न विश्व स्वास्थ्य सङ्गठनले अन्तरराष्ट्रिय रणनीति बनाएको छ । उक्त रणनीतिमा (९०–७०–९०) को लक्ष्य राखिएको छ । नेपालले पनि ९० प्रतिशत किशोरीलाई १५ वर्षको उमेरसम्म पूर्ण रूपमा एचपिभी खोप लगाइसक्ने, ७० प्रतिशत महिलालाई ३५ वर्षसम्म एक पटक र ४५ वर्षसम्ममा पुनः परीक्षण गरिसक्ने, क्यान्सर पुष्टि भएका ९० प्रतिशत महिलाले उपचार पाउने र निको बनाउने लक्ष्य राखेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन बोली र व्यवहारमा सतर्कता अपनाउनुपर्ने हुन्छ। कुनै कुरामा अनपेक्षित खर्च हुनेछ। अरुलाई सल्लाह दिनदेखि बच्नुहोला। यात्रा अलि कष्टदायक रहला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापार व्यवसायमा लाभ रहनेछ। शेयर बजारबाट मनग्य लाभ प्राप्त गर्न सकिएला। मेला वा कुनै जमघटमा रमाइलो समय बित्नेछ। बनाइएका योजनाहरूमा सफलता मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यापार विस्तारको लागि नयाँ विचारहरू आउनेछन्। आर्थिक रूपमा दिन राम्रो रहेको छ। नकारात्मक विचारबाट टाढा रहनुहोस्। महत्वकांक्षी योजनाहरू गोप्य राख्दा फाइदा हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नोकरी वा पेशामा प्रभाव बढ्नेछ। उद्योग व्यापारमा लाभ मिल्नेछ। नयाँ कार्य प्रारम्भ गर्न उपयुक्त समय रहेको छ। धार्मिक यात्राबाट लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साहस र पराक्रमले शत्रुहरू पराजित हुनेछन्। विपरीत परिस्थितिमा पनि इष्टमित्रको राम्रो सहयोग प्राप्त हुनेछ। व्यापार व्यवसायमा धनलाभ रहनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ५ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज कार्यक्षेत्रमा उत्साह र उमंगमा वृद्धी हुनेछ। व्यावसायिक जीवनमा सुधार आउनेछ। नोकरी वा पेशामा उच्च पदस्थ अधिकारीहरूको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापार व्यवसायको लागि गरिएको यात्रामा सफलता मिल्नेछ । परिवारलाई समय दिने कोसिस गर्नुहोला। माङ्लिक कार्यको रूपरेखा बन्नेछ। घरको सजावटमा धन खर्चका योग छन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) टाढाका इष्टमित्रहरूसँगको भेटघाटले मन प्रसन्न रहनेछ। चिताएको कार्यसम्पादन गर्नमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा आफन्तहरूको सहयोग मिल्नेछ। धार्मिक कार्य सफल रहनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ५ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। वैदेशिक कार्यमा उल्झन आउनेछ। सफलताको लागि संघर्ष गर्नुपर्ने रहेको छ। स्वास्थ्यलाई लिएर खानपानमा ध्यान राख्नुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) परिवारको जमघटको बीचमा घरमा मांगलिक कार्यको चर्चा परिचर्चा हुनेछ। कार्यक्षेत्रमा समय अनुसार प्राथमिकतालाई ध्यान दिएर कार्य गर्नुहोला। व्यापार व्यवसायमा कुनैपनि कुरालाई मनमा नलिनुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यस्तताको कारण कुनैपनि कार्य समयमा सम्पादन हुन गाह्रो छ। कार्यक्षेत्रमा अनुभवको फाइदा मिल्नेछ। नेतृत्व क्षमतामा वृद्धि हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रचनात्मक कार्यमा रुचि बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा सहायता मिल्नेछ। पायक स्थानमा भ्रमणका योग छन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३९ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ८० पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज पुनः उकालो लागेको हो ।
युरोपियन युरो एकको खरिदर एक सय ४२ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ १३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ७१ रुपैयाँ २६ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ, स्वीस फ्र्यांक एकको खरिदर एक सय ५१ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।
जापानी येन १० को खरिदर नौ रुपैयाँ र बिक्रीदर नौ रुपैयाँ चार पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ २० पैसा र बिक्रीदर १९ रुपैयाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २७ पैसा, कतारी रियाल एकको खरिदर ३८ रुपैयाँ १८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३५ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिदर चार रुपैयाँ नौ पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ९० पैसा र बिक्रीदर ३८ रुपैयाँ छ पैसा, मलेसियन रिंगट एकको खरिदर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २४ पैसा, साउथ कोरियन वन एक सयको खरिदार नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १२ रुपैयाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ १० पैसा र बिक्री दर १९ रुपैयाँ १८ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७ रुपैयाँ ९४ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ५० रुपैयाँ ४६ पैसा र बिक्रीदर चार सय ५२ रुपैयाँ ४० पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६९ रुपैयाँ २२ पैसा र बिक्रीदर तीन सय ७० रुपैयाँ ८१ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ६१ रुपैयाँ ५७ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ १३ पैसा निर्धारण भएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिदर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।




