
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माविरुद्ध शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी परेको छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले विश्वकर्मामाथि कारबाही माग गर्दै अख्तियारमा उजुरी दिएका हुन् ।
एक टेलिभिजन अन्तर्वार्तामा विश्वकर्माले एडीबीबाट ऋण तथा अनुदान लिएर धरानमा खानेपानी आयोजना बनाएको कुरा विश्वकर्माले उल्लेख गरेको र उक्त अन्तर्वार्तामा उल्लेख गरेकोजस्तो रकम आएको नदेखिएको वा हिनामिना भएको देखिने विषय मा मेयर साम्पाङले विश्वकर्माविरूद्ध अख्तियारमा उजुरी दिएका हुन् ।
काठमाडौं । बालयौन दुरुपयोगको आरोपमा दोषी ठहर भएका मदन राईलाई जिल्ला अदालत खोटाङले २ वर्ष ६ महिना कैद सजाय र एक लाख जरिवाना हुनै फैसला गरेको छ ।
काठमाडौँ। बर्दियामा बाख्रा चराउन गएकी एक महिलाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ ।
बर्दियाको मधुवन नगरपालिका-७ बस्ने अन्दाजी ५१ वर्षीय जुनाकुमारी लामिछानेको शुक्रबार बिहान चितुवाको आक्रमणबाट मृत्यु भएको बर्दिया प्रहरीले जनाएको छ ।
घाइते भएकी जुनालाई जिल्ला अस्पताल गुलरिया पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
लुम्बिनी । लुम्बिनी प्रदेशसभाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेशसभा बैठकमा विशेष सम्बोधनका लागि निमन्त्रणा गरेको छ ।
आगामी फागुन ५ गते सोमबार बस्ने प्रदेशसभाको बैठकमा विशेष सम्बोधनका लागि आज प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरिएको प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिए ।
सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री आचार्यमार्फत प्रधानमन्त्री ओलीलाई विशेष सम्बोधनका लागि आज निमन्त्रणा गरेका हुन् । लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको छ । प्रधानमन्त्री ओलीले फागुन ५ गते प्रदेशसभाको बैठकलाई बिशेष सम्बोधनपछि दाङको घोराहीमा आयोजना हुने सभालाई सम्बोधन गर्ने र ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागी हुने कार्यक्रम तय भएको मुख्यमन्त्री आचार्यले बताए ।
त्रिदेशीय महिला टी–२० क्रिकेट श्रृंखलामा घरेलु टोली नेपाल अंकविहीन भएको छ । थाइल्याण्ड र नेदरल्याण्ड्स समेत सहभागी श्रृंखलामा नेपाल सबै ६ खेलमा पराजित भएको हो ।
नेपालले नेदरल्याण्ड्सविरुद्धको पहिलो खेल २० रन, दोस्रो १५ रन र तेस्रो १० विकेटले हारेको थियो । थाइल्यान्डसँगको खेलमा नेपाल पहिलोमा ४ विकेट, दोस्रोमा ५ रन र तेस्रोमा ७ विकेटले पराजित भयो । नेपाली महिला टोलीले पहिलो पटक नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गरेको हो । हरेक प्रतियोगितामा बाधक बन्दै आएको थाइल्याण्डलाई नेपाली महिला टोलीले अहिलेसम्म हराउन सकेको छैन ।
श्रृंखलाको उपाधि भने थाइल्याण्डले जितेको छ । ६ खेलबाट १० अंक जोड्दै थाइल्याण्डले उपाधि जितेको हो । उसले नेदरल्याण्ड्ससँगको एक खेल मात्र हारेको थियो । डच टोली ८ अंकमा दोस्रो स्थानमा रह्यो । शुक्रबार नेपालले दिएको ८२ रनको मध्यम लक्ष्य थाई टोलीले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर ८१ रनको योगफल तयार पारेको हो । कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपालका लागि सम्झना खड्काले १७, कविता जोशीले १४ र क्याप्टेन इन्दु बर्माले १० रन बनाइन् । डेब्यू खेलमा राजमती ऐरी ११ रनमा नटआउट रहिन् । अन्यले दोहोरो अंक छुन सकेनन्।थाइल्याण्डका लागि ओनिचा काम्चोम्फुले ३ विकेट लिइन् ।
काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौं तह) को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको आयोगको बैठकमा यसबीचमा सम्बन्ध पक्षसँग भएका छलफल र प्राप्त प्रतिवेदनसमेतका आधारमा आवासीय चिकित्सकको समान सुविधा (मासिक रु ४८ हजार सात सय) कायम गर्नुपर्ने पनिर्णय भएको को हो । अन्य विषयमा थप छलफल गरी छिट्टै आयोगको बैठकबाट निर्णय लिने निष्कर्ष निकालिएको छ ।
बैठकले सम्बन्धित कलेजमा दुई वर्ष अध्ययन र कामकोे सम्झौता गर्न नमान्ने विद्यार्थीसँग वार्षिक रु २३ लाख शुल्क लिने विषयमा पनि छलफल भएको छ । हाल निजी मेडिकल कलेजले मासिक रु २० हजार निर्वाह भत्ता दिँदै आएका छन् । पोष्ट ग्राजुएट तहका विद्यार्थीले समान सुविधाका लागि आन्दोलन जारी राखेको र आयोगका परीक्षासमेत प्रभावित हुने स्थितिमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीको अग्रसरतामा समस्या समाधानको पहल भएको हो ।
बैठकमा निजी मेडिकल कलेज एसोसिएनका अध्यक्ष प्रा डा ज्ञानेन्द्रमान सिंह कार्कीले कार्यविधि बनेपछि निर्णय गर्न आग्रह गरेका थिए तर आयोगका प्रधानमन्त्री ओली, सहअध्यक्षहरु स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भटराईले आवासीय चिकित्सकको समान सुविधाको प्रतिबद्धताबाट पछि हट्न नसकिने स्पष्ट गरेका थिए ।
चिकित्सा शिक्षाको एकीकृत नियमन, अनुुगमन, प्रवेश परीक्षा सञ्चालन, शिक्षण संस्थाको विद्यार्थी सिट संख्या र शिक्षण शुल्क निर्धारणसम्बन्धी कार्यहरु गर्दै आएको आयोगको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा आवश्यक संशोधनको प्रक्रिया थाल्ने विषयमा पनि छलफल भएको थियो ।
काठमाडौं । सभामुख देवराज घिमिरेले अपहरणपछि हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि पहल गरेका छन् । सभामुख घिमिरेले अरब संसदका अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई शुक्रबार पत्र लेख्दै विपिन जोशीको सकुशल रिहाइका लागि विशेष पहल गरिदिन अनुरोध गरेका हुन् ।
‘नेपाल र अरब लिगबीचको सौहार्दपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै म तपाईंलाई अक्टोबर ७, २०२३ देखि हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको यथाशीघ्र रिहाइका लागि पहल र सहयोगका लागि अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ ।
पत्रमा सभामुख घिमिरेले नेपाल र अरब लिगबीचको सौहार्दपूर्ण सम्बन्धको स्मरण गर्दै विपिन जोशीलाई सकुशल स्वदेश फर्काउन अरब लिगले सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् । पत्रमा सभामुखले भनेका छन्,’‘नेपाल सरकारले हालै इजरायल र हमासबीच भएको युद्धविराम तथा बन्दी आदानप्रदान सम्झौताको लागि स्वागतयोग्य दृष्टिकोण लिएको स्मरण गराउँदछु ।’
हमासले २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि जोशीलाई बन्दी बनाएको थियो । जोशीको रिहाइका लागि सरकारले कुटनीतिक पहल गरिरहेको छ । गएको आइतबार नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले सभामुखसँगको भेटमा विपिनको रिहाइका लागि संसदीय कुटनीति समेत प्रयोग गर्न सकिने सुझाव दिएका थिए ।
सभामुख घिमिरेले नेपाल सरकारले हालै इजरायल र हमासबीच भएको युद्धविराम तथा बन्दी आदान–प्रदान सम्झौताको स्वागत गरेको समेत उल्लेख गरेका छन् । सभामुख घिमिरेले नेपाल सार्क, बिमस्टेकजस्ता क्षेत्रीय तथा उपक्षेत्रीय संरचनाहरूमा सक्रिय रूपमा सहभागी हुँदै आएको स्मरण गराउँदै नेपाल र अरब लिगबीच थप सहकार्यको आवश्यकमा जोड दिएका छन् । सभामुख अपिलसँगै विपिन जोशीको सकुशल उद्दारका लागि कूटनीतिक तहमा थप पहल हुने अपेक्षा गरिएको छ ।
यसैगरी आज बिहान परराष्ट्रमन्त्री आरजु राणा देउवाले इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गरेकी थिइन् । विपिनको रिहाइका लागि नेपाल सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ । मन्त्री राणाले संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरू र बैठकहरूमार्फत विपिनको रिहाइका लागि कूटनीतिक पहल गरिरहेकी छन् ।
गुल्मी । मदन भण्डारी राजमार्ग सडक अन्तर्गत आजदेखि गुल्मीको रिडी–बल्कोट सडकखण्ड बन्द भएको छ। उक्त सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका –१ स्थित साँखराभिर क्षेत्रमा चट्टान फोर्ने, सडक चौडा गर्ने र ग्रेड मिलाउने काम सुरु भएपछि करिब एक महिनाका लागि उक्त सडक बन्द भएकोे हो ।
मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले सार्वजनिक रुपमा सूचना जारी गरी माघ २५ गते शुक्रबारदेखि फागुन २० गतेसम्म सडक पूर्णरूपमा बन्द गरिएकोे मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका निमित्त योजना प्रमुख हुमनाथ पौडेलले जानकारी दिए ।
सडक सुचारु गरी काम गर्दा यात्रुहरुमा जोखिम हुनसक्ने भन्दै निर्माण व्यवसायीको माग अनुसार केही समयका लागि वैकल्पिक सडकको प्रयोग गरी उक्त सडक पूर्णरुपमा बन्द गरि काम सुरु गरिएको निमित्त योजना प्रमुख पौडेलले बताए । सडक बन्द भएपछि कार्यालयले यात्रुलाई वैकल्पिक मार्गको लागि सातमुरेदेखि –श्रृङ्गा बलेटक्सारहुँदै रिडी, सातमुरदेखि–सिजिको बाटोहुँदै पाल्पाको हार्थोक र रिडीको सातमुरे रहदेखि–ठाडो खोलाहुँदै रिडीको सडक प्रयोगमा ल्याएको छ ।
काठमाडौं । सरकारले विकास निर्माणमार्फत नागरिकलाई सहज सेवा प्रदान गर्ने, आर्थिक वृद्धि गर्ने लक्ष्यका साथ सुरू गरेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक नभएको पाइएको छ । सरकारले सबै खालका साधन तथा स्रोत उपलब्ध गराएको भए पनि त्यस्ता आयोजनाको प्रगति अपेक्षित हुन नसकेको पाइएको छ ।
कूल २७ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये चालु आर्थिक वर्षमा १९ वटा आयोजनाका लागि जम्मा रू ६६ अर्ब ७५ करोड तीन लाख विनियोजन गरिएको थियो । गत पुस मसान्तसम्मको अवधिमा जम्मा रू १७ अर्ब १५ करोड ३२ लाख खर्च भएको छ । जस अनुसार राष्ट्रिय गौरवका आयोजनाको समीक्षा अवधिमा २५ दशमलव ७० प्रतिशत खर्च भएको छ।
आर्थिक वर्ष २०६८/६९ को सुरूमा १७ वटा राष्ट्रिय गौरवका आयोजना पहिचान गरिएकामा नेपाल सरकारले आवश्यकता र औचित्यताको आधारमा क्रमागत तथा नयाँ आयोजनालाई समेत समावेश गरेको थियो । त्यस्ता आयोजनाको संख्या विस्तार गरी २७ वटा पुगेकामा सम्पन्न भइसकेका र कार्य प्रारम्भ नभएका बाहेक आर्थिक वर्ष २०८१/८२ सम्म आइपुग्दा १९ आयोजना कार्यान्वयनमा छन् ।
आर्थिक वर्ष २०८०/८१ मा राष्ट्रिय गौरवका आयोजनाको लागि रू ६० अर्ब ३८ करोड ७१ लाख खुद बजेट विनियोजन गरिएकामा रू ५४ अर्ब २४ करोड आठ लाख खर्च भई वित्तीय प्रगति ८९ दशमलव ८२ प्रतिशत र भौतिक प्रगति ५७ दशमलव ५० प्रतिशत भएको अर्थ मन्त्रालयले जनाएको छ ।
यही माघ २२ गते मङ्गलबार राउटे समुदायमा नयाँ सदस्य वराहताल शाहीको जन्म भयो । त्यसभन्दा अगाडि दुई जना बालबालिकाको जन्म भयो तर ती तिनै जना बालबालिकाले लगाउनुपर्ने क्षयरोगविरुद्धको बिसिजी खोप लगाएनन् । उनीहरू मात्र होइन, राउटे समुदायका कुनै पनि सदस्यले सरकारले निर्धारण गरेका खोप लगाउनै मान्दैनन् ।