२०८३ जेष्ठ १७ गते आईतवार
२०८३ जेष्ठ १७ गते आईतवार

ऐतिहासिक सभ्यता र मौलिक सांस्कृतिक विशेषतायुक्त काठमाडौँ उपत्यकाका नदी र खोलाको सफाइ र सौन्दर्यका नाममा १३ अर्ब रुपियाँ बगिसक्यो तर यी जलसम्पदालाई अझै ढलसरह व्यवहार गरिएको छ ।

जन्मदेखि मृत्यु संस्कारसम्म हुने नदी र खोलामा मानव मलमूत्रसहितको ढल सीधै मिलाउँदा जलसम्पदा ढलमतीमा परिणत हुन पुगेका छन् । 

२०५० को दशकसम्म सामान्य अवस्थामै बग्ने बागमती, विष्णुमती, मनोहरा, रुद्रमती अर्थात् धोबी खोला, टुकुचा, चखुँचा, यज्ञमती, हनुमन्ते, गोदावरी, महादेव खोलासहितका जलसम्पदा तीन दशकको अवधिमा ढलमै परिणत भएका हुन् । 

कुनै जलसम्पदामा नुहाउन योग्य पानी छैन । त्यसमाथि बागमती नदीसहित अन्य सबै खोलामा अहिले पनि घरबाट निस्किने फोहोर पानी मिसाइएको छ, जसका कारण हिउँदमा नदी र खोला आसपासका क्षेत्रमा दुर्गन्ध फैलिने गरेको छ । गोरखापत्र दैनिकमा अशोक अधिकारीले समाचार लेखेका छन् । 

नेपाल प्रहरीले नियमित गस्तीमा रहेका आफ्ना कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ । यही माघ २४ गते काठमाडौं महानगरपालिका–२६ ठमेलमा सम्झाई बुझाई गर्न खोज्दा उनीहरूले प्रहरीमाथि हातपात गरेका थिए ।

ताप्लेजुङका दिनेश सिग्देल र डडेल्धुराका रमेश फुलारालाई आइतबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरिक्षक अपीलराज बोहराले जानकारी दिए । उनीहरूले गस्तीमा रहेको प्रहरीको मोटरसाइकलसमेत तोडफोड गरेका थिए ।
 
प्रहरीले पक्राउ परेका दुवैलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ । उनीहरूलाई प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी छ । 

भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि ३४ औँ वर्षमा प्रवेश गरेको छ । सुशासन प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रमका साथ आज टङ्गालस्थित आयोगको कार्यालयमा ३४ औँ स्थापना दिवस मनाइँदै छ ।

आयोगका सचिव घनश्याम उपाध्यायका अनुसार राष्ट्रपति रामचन्द्र पौडेललाई उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको छ । सबै किसिमका भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले स्थापना भएको आयोग संवैधानिक निकाय हो ।

नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्नेगरी अधिकार प्रदान गरेको छ । संविधानको मर्मअनुसार आयोगले दण्डात्मक, निरोधात्मक, प्रवद्र्धनात्मक र संस्थागत क्षमता विकासका रणनीतिलाई अङ्गीकार गर्दै आफ्नो भूमिका निर्वाह गरिरहेको छ ।

संविधानको धारा २३९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कर्तव्य र अधिकारको व्यवस्था गरिएको छ । उक्त धारामा ‘कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानूनबमोजिम अनुसन्धान गर्न वा गराउन सक्ने’ उल्लेख छ ।

आयोगले सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले कानून बमोजिम भ्रष्टाचार मानिने कुनै काम गरेको देखिएमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यस्तो व्यक्ति र सो अपराधमा संलग्न अन्य व्यक्ति उपर कानूनबमोजिम अधिकार प्राप्त अदालतमा मुद्दा दायर गर्न वा गराउन सक्नेछ ।

आयोगको ३४ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा आयोग र मातहतका कार्यालयमा २६ हजार नौ सय १८ उजुरी र गत आवबाट जिम्मेवारी सरेर आएका नौ हजार दुई सय ६८ गरी ३६ हजार एक सय ८६ उजुरीमध्ये कूल २७ हजार सात सय १४ फर्छ्यौट भएका छन् ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा अधिकारीहरूबाट आश्वासन पाइनेछ। विद्यार्थी वर्गहरुलाई करियरलाई लिएर चिन्ता रहनेछ। धैर्यले काम लिनुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साझेदारी व्यापारबाट लाभ प्राप्त हुनेछ। पुरानो मित्रहरूसँगको भेटघाटले मन प्रसन्न रहनेछ। व्यापार व्यवसाय गर्दा लेनदेनमा सावधानी राख्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा कार्य समयमा सम्पादन नहुनाले मन अप्रसन्न रहनेछ। विवादास्पद मामिलाहरू आपसी सहमतिमा सुल्झिनेछ। लामो समयदेखि रोकिएको कार्य सम्पादन हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नोकरी वा पेशामा अनुभवी व्यक्तिहरूको कुरालाई बेवास्ता नगर्नुहोला। हत्तारमा लिएको निर्णयबाट हानि हुनसक्छ। व्यापार व्यवसायमा नयाँ सम्पर्कहरू बन्नेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यापार व्यवसायमा सोचे अनुरूप सफलता मिल्नेछ। अध्यात्मतिर झुकाव रहनेछ। आफ्नो व्यक्तित्वलाई निखार्ने समय रहेको छ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ कार्य प्रारम्भ गर्नलाई उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। ऋणबाट मुक्ति मिल्नेछ। आकस्मिक धनलाभका योग छन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) युवाहरूलाई उच्चशिक्षामा सफलता मिल्नेछ। व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ। धर्मकर्ममा रुचि बढ्नुको साथै आयस्रोतमा वृद्धि हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अड्केका कार्यहरू सम्पादन हुनेछन्। निजी कार्यलाई पूरा गर्नमा सफलता मिल्नेछ। सामूहिक कार्यमा सबैको कुरा सुनेर निर्णय लिनुहोला। रोजगारका नयाँ अवसरहरू मिल्नेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा शत्रुहरू हावी हुनेछन्। प्रशासनिक वा राजकीय क्षेत्रबाट सहयोग मिल्नेछ। पारिवारिक सद्भाव बढ्नेछ। साझेदारी व्यापारबाट लाभ मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा अपूर्ण कार्य पूरा गर्नमा सहकर्मीहरूको साथ मिल्नेछ। चिताएको काममा सफलताको लागि संघर्ष गर्नुपर्ने हुन्छ। स्वास्थ्यमा ध्यान दिनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा मिठो बोल्ने प्रयास गर्नुहोला। कार्यलाई टाल्नुभन्दा सम्पादन गर्नमा ध्यान दिनुहोस्। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अड्केको धन लिनको लागि समय उपयुक्त रहेको छ। कार्यस्थलमा उत्पन्न समस्यालाई शान्तिले सुल्झाउने प्रयास गर्नुहोला। नसोधी कसैलाई सल्लाह नदिनुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।