काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय सोविता गौतम र सुमना श्रेष्ठलाई संसदमा बोल्न नदिइएको विषयमा सभामुख देवराज घिमिरेको सचिवालयले स्पष्टीकरण दिएको छ । सोविताले माघ २७ गते पारित भएको विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे बोल्न माघ २८ गते आकस्मिक समय मागेकी थिइन् । सभामुखले विधेयक पारित भइसकेका आकस्मिक विषय हुन नसक्ने बताएका थिए ।
विधेयक पारित गर्नुअघि नै सभामुखले कानूनमन्त्री, उपसभामुख तथा प्रमुख पाँच दलका प्रमुख सचेतकसँग छलफल गरेको र त्यहिँ भएको सहमति अनुसार नै विधेयक अगाडि बढाएको भने पनि उनले प्रोसेस बिग्रिएको भन्दै बोल्न माग गरेकी थिइन् । तर, सोविताले बोल्न चाहेको विषय आकस्मिक नहुने भन्दै अरु नै विषय भए राख्न सकिने सभामुख घिमिरेले भनेका थिए ।
फागुन ५ गतेको बैठक सुरुवातको जनाउ घण्टी बस्न सुरु भएपछि सुमना भारतमा नेपाली विद्यार्थी समस्यामा परेको भन्दै समय माग्न आइन् । सभामुख आफ्नो च्याम्बरबाट उठेर बैठक कक्षतिर प्रवेश गरेलगत्तै सुमना आइन् । ‘जनाउ घण्टी सुरु भएकाले त्यस विषयमा मैले बुझ्न पाइनँ । तपाईंले अगाडि नै विषय जानकारी गराउनुभएको भए पनि हुन्थ्यो । उठाउने विषय हो भने (माननीय अशोक चौधरीतर्फ देखाउँदै) उहाँलाई भन्नुहोला, उहाँले राखे पनि हुन्छ । उहाँले समय लिइसक्नुभएको छ । मैले तपाईंको विषय बुझ्न समय भएन । या त भोलि राख्नुहोला भनेर निस्कनु भयो’ सभामुखको सचिवालयले भनेको छ ।
सभामुखले त्यस जानकारी दिदाँ रास्वपा प्रमुख सचेतक सन्तोष परियार पनि सँगै थिए र दलीय अनुरोध पनि आएको अवस्था थिएन । ‘आकस्मिक विषय उठाउने नै हुँदा उपसभामुखले चेयर गरेको बेला सभामुखलाई विषय बुझाएर राख्न सकिन्थ्यो । त्यो पनि अभ्यास छ । तर, संसदीय प्रक्रियाभन्दा बाहिर गएर, मिडिया, सोसल मिडियाबाट प्रेसर क्रिएट गर्न खोजिएको छ । सभामुखले अबका दिन पनि हाम्रा अभ्यास, कानून, नियमावलीको व्यवस्था र दलीय समझदारीलाई नै हेर्ने हो’ सभामुखको सचिवालयले भनेको छ।
सभामुखसँग आकस्मिक समय माग्न बैठक सुरु हुनु आधा घण्टा अगाडि एभरेजमा २० देखि ३० जना सांसद सभामुखको च्याम्बरमा हुन्छन् । तीमध्ये सबैले समय पाउँदैनन् । समय पाउने ८ देखि १० जनाले हो । आकस्मिक समयमा नियमावलीले नै व्यवस्था गरेको भन्दा फरक विषय उठ्ने गरेको भन्दै कार्यव्यवस्थामै पटक पटक आवाज उठ्ने गरेको छ । हिजोको संसद् बैठकमा सभामुखले बोल्न नदिएको भन्दै सांसद श्रेष्ठ बैठकस्थल छाडेर हिँडेको र बाहिर मिडियामा टिप्पणी गरेपछि सभामुखको सचिवालयले यो स्पष्टीकरण दिएको हो ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न निर्वाचन आचारसहिंता जारी गरेको छ ।
विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि कार्यकारी परिषद्ले जारी गरेको ‘स्ववियु निर्वाचसम्बन्धी निर्देशिका’ अनुसार आचारसंहिता तोकिएको बताए । उनका अनुसार आचारसंहितामा क्याम्पस हाताभित्र स्ववियु निर्वाचनलाई प्रभाव पार्ने गरी सरकारी कोषबाट तलबभत्ता लिने कुनै पनि व्यक्ति वा संस्थाका कार्यक्रम गर्न नपाइने उल्लेख छ ।
यस्तै, आचारसंहितामा क्याम्पसको पर्खालको बाहिर, भित्रपट्टि र क्याम्पस परिसरमा निर्वाचनसम्बन्धी भित्तेलेखन, तुल, फ्लेक्स तथा कुनै पनि प्रकारको पोष्टर टाँस्न नपाइने, विश्वविद्यालय र यसअन्तर्गतका क्याम्पसलाई हानी–नोक्सानी हुने कुनै प्रकारको प्रचारप्रसार र अन्य गतिविधि गर्न नपाइने समेत उल्लेख छ । यस्तै, क्याम्पसको निर्वाचन समितिमा दर्ता भएका सङ्घ, सङ्गठन, समूह वा स्वतन्त्र उम्मेदवारलाई एउटै मञ्चमा राखी परिचयात्मक कार्यक्रम निर्वाचन समितिले सञ्चालन गर्न सक्ने र उक्त कार्यक्रममा एकअर्काप्रति आक्षेप वा आरोप लगाउने वाक्य बोल्न नपाइने उल्लेख छ ।
आचारसंहितामा प्रत्येक सङ्घ, सङ्गठन, समूह र स्वतन्त्र उम्मेदवारले आफ्नो निर्वाचन घोषणापत्र र उम्मेदवारको नामावली भएको पर्चामात्र प्रचारप्रसार गर्न पाइने उल्लेख छ । निर्वाचनका बेला क्याम्पस हाताभित्र माइकबाट कुनै पनि प्रकारको प्रचारप्रसार, विभिन्न माग राखी वा निर्वाचनको विषयलाई लिएर बन्द, हडताल र मतदान हुनुभन्दा ४८ घण्टा अगाडिदेखि निर्वाचनको प्रसारप्रसार गर्न नपाइने आचारसंहितामा उल्लेख छ ।
निर्वाचनमा विसं २०५३ फागुन २८ गतेपछि जन्मिएका विद्यार्थी उम्मेदवार हुन नपाउने निर्देशनालयका निर्देशक अधिकारीले बताए । देशभरिका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा एकै दिन मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरी निर्वाचन हुने व्यवस्था गरिएको छ ।
काठमाडौँ महानगरपालिकाले सडकको इन्भेन्ट्री (सूची) तयार गर्ने, वैज्ञानिक र मौलिक नामकरण गर्ने तथा सडकसँग सम्बन्धित पूर्वाधार अभिलेखन गर्न भौगोलिक सूचना प्रणाली (जिआइएस) मा आधारित नक्साङ्कन सुरु गरेको छ ।
नक्साङ्कनको कामबाट सडकको इन्भेन्ट्री (सूची) तयार हुने छ । यसमा सडक र सडक सञ्जालको मौलिक र वैज्ञानिक नाम, सडकसँग सम्बन्धित योजना, फोहोरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, आपतकालीन दूत सेवालगायत क्षेत्रका तथ्य र तथ्याङ्क हुने छन् ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीनकुमार मानन्धरले महानगरको सम्पूर्ण विकासको योजना तर्जुमाका लागि प्रविधिमा आधारित विवरण तयार गर्न सुरु गरिएको बताए । पाँच जना भौगोलिक सूचना प्रणाली इन्जिनियर र पाँच जना सिनियर सर्भेयरबाट नक्साङ्कनको काम थालिएको हो । नक्साङ्कनका क्रममा यसअघि गरिएका कामबाट प्राप्त उपलब्धिलाई थप गर्दै लगिने प्रवक्ता मानन्धरले जानकारी दिए ।
महानगरपालिकाका नापी अधिकृत इन्जिनियर अशोक श्रेष्ठले यस कार्यक्रमबाट २०५८ सालमा सञ्चालन भएको काठमाडौँ उपत्यका नक्साङ्कन कार्यक्रमबाट सूचीकृत गरिएका दुई हजार ५७८ वटा पथ, सडक, मार्ग र गल्लीको नामाङ्कन र नक्साङ्कन अवस्थालाई अद्यावधिक गरिने बताए ।
भौगोलिक सूचना प्रणालीमा आधारित नक्सा नहुँदा अहिले ठेगाना प्रणालीसँग सम्बन्धित तथ्याङ्क उपलब्ध हुन सक्ने अवस्था छैन । महानगरपालिका र वडाका योजना एकीकृत हुन सकेको छैन । प्रशासनिक नक्सा र वडाहरूको सिमानाको अवस्था मिलेको छैन । यसै कारण भवन र पूर्वाधारको यथार्थ विवरण प्राप्त हुन सक्ने अवस्था छैन । अहिले थालिएको नक्साङ्कन कार्यक्रमबाट यी अभावलाई कम गराउँदै लगिने विश्वास गरिएको नापी अधिकृत श्रेष्ठले बताए ।
भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिट्युट अफ टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा एक जना पक्राउ परेका छन्।
परराष्ट्रमन्त्रालयले पत्रकार सम्मेलन गरी मृतक लम्सालको आत्महत्या प्रकरणसँग जोडिएका एक जनालाई भारतीय प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको जनाएको छ । उनी प्रकृतिका प्रेमी भएको बताइएको छ।
परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले स्वतन्त्र र निष्पक्ष छानबिन हुने र दोषीमाथि कारबाही हुने विश्वास मन्त्रालयको रहेको पनि बताए।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा परिणामको चिन्ता नगरी कार्य गर्नुहोस्, सफलता पाउनुहुनेछ। नयाँ सम्पर्कबाट लाभ मिल्नेछ। पारिवारिक समस्याहरूको समाधान हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आगन्तुकहरूले अलमल्याउँदा कार्यसम्पादन गर्नमा समय लाग्नेछ। कार्यक्षेत्रमा आफ्ना कमजोरी ढाक्न कार्य दोहोर्याएर गर्नुपर्ला। विदेश यात्राको लागि सुनौलो अवसर प्राप्त होला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नोकरी वा पेशामा ईमान्दारिताको परिचय दिनुहोला। नयाँ योजनाहरूमा लगानी लगाउन सक्नुहुनेछ। सामाजिक जीवनमा मानसम्मान बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा सानोतिनो कुरा लम्ब्याउनाले विवाद बढ्न सक्ला। अड्किएका कार्य सम्पादन गर्नमा परिवारको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा नयाँ कार्यहात लाग्नेछ। पारिवारिक समस्याको समाधान मिल्नेछ। हतार गरेर लिएका निर्णयहरू नोक्सानदायी रहनेछन्। प्रशासनिक क्षेत्रमा कार्य सम्पादन गर्न बाधा आउनसक्छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ योजनाहरूमा दोहोर्याएर योजनाहरू बनाउनुपर्ने हुन्छ। आफन्तहरूको साथ र सहयोग मिल्ला। आर्थिक पक्ष सामान्य रहनेछ। उद्योग व्यापारमा लाभ रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) संगीत र कलाको क्षेत्रमा सम्मान बढ्नेछ। आर्थिक पक्ष मजबुत बन्नुको साथै उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सकिनेछ। साझेदारी व्यापारमा नयाँ योजना प्रारम्भ गर्न सक्नुहुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आफ्नो स्वास्थ्यलाई लिएर सचेत हुनुहोला। कार्यक्षेत्रमा अनुमानित भन्दा धेरै समय लाग्नेछ। कसैसँग झुठो वाचा नगर्नुहोस्। आकस्मिक धनहानिका योग छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा विरोधीहरू खुट्टा तान्ने प्रयास गर्नेछन्। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला। आटेको कार्य सम्पादन हुनाले मन प्रसन्न रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विवादास्पद मामिलाहरू सुल्झिनेछन्। व्यापार व्यवसायमा पिताको साथ सहयोग मिल्नेछ। शेयर बजारबाट मनग्य लाभ प्राप्त होला। व्यर्थको आशा देखाउनेहरूबाट सावधान रहनुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यापार व्यवसायमा अनुभवको फाइदा लिन सकिएला। कृषि वा पशुपालनबाट लाभ आर्जन गर्न सकिएला। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ९ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। धर्मकर्ममा रुचि बढ्नेछ अरुको सहयोग गरेर मन प्रसन्न रहनेछ। विवेकयुक्त विचारले परिस्थिती अनुकूल बनाउन सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।