कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) को छात्रावासमा मृत भेटिएकी भैरहवाकी प्रकृति लम्सालको शव नेपाल–भारत नाका बेलहिया हुँदै घर ल्याइएको छ । लु १ च ९८३६ नम्बरको एम्बुलेन्समा उनको शव ल्याइएको हो ।
बुधबार अपराह्न ५ बजेतिर गोरखपुर ल्याइएको प्रकृतिको शवलाई राति ९ बजेतिर ल्याइएको हो । भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँगको समन्वयमा उनको शव भैरहवा ल्याएको प्रकृतिकी फुपू सीता ढकालले जानकारी दिएकी छन् । केआइआइटीमा स्नातक अन्तिम वर्षमा अध्ययनरत लम्सालको शव दाहसंस्कारको लागि भैरहवास्थित घरमा ल्याइएको हो । सीताका अनुसार प्रकृतिको शव आज भैरहवास्थित युनिभर्सल मेडकिल कलेजमा राखिनेछ ।
प्रकृतिको शंकास्पद मृत्यु भएको खबरपछि बुबा सुनिल लम्साल ओडिसा पुगेका थिए । उनले मंगलबार प्रहरी अधिकारीहरुसँग भेटेर न्याय पाउनु पर्ने बताएका थिए । गत आइतबार अपराह्न २० वर्षीया प्रकृति होस्टलको कोठामा मृत भेटिएकी थिइन् । साँझबाटै विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन गरेका थिए । तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि उल्टै दमन गरेको थियो ।
चर्को आलोचनापछि विश्वविद्यालय प्रशासनले केही कर्मचारीलाई बर्खास्त गरेको छ भने केहीलाई निलम्बन गरेको छ । नेपाली विद्यार्थीलाई धम्क्याएको विश्वविद्यालय र प्राध्यापक मन्जुशा पाण्डेले पनि माफी मागेकी छन् । प्रकृतिको मृत्युबारे ओडिसाको विधानसभामा समेत प्रश्न उठेको थियो । ओडिसा सरकारले नै यो घटनाको छानबिनका लागि उच्चस्तरीय समिति बनाएको छ ।
प्रकृतिलाई ब्ल्याकमेल गरेको आरोप लागेका अड्विक श्रीवास्तवलाई प्रहरीले पक्राउ गरेर न्यायिक हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । श्रीवास्तवले पटक पटक यातना दिएको विषय प्रमाणसहित उजुरी दिंदा पनि कलेजले लापरबाही गर्दा प्रकृतिले मृत्युवरण गर्नु परेको भन्दै केआईआईटीको आलोचना भएको छ । कलेजले उल्टो पीडकलाई नै साथ दिएको आरोप छ । यो घटनालाई लिएर नेपाल र भारतका विद्यार्थी आन्दोलित छन् भने संसदमा पनि प्रश्न उठेको छ
भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका पाँच जना धरौटीमा छुटेका छन् ।
केआईआईटी युनिभर्सिटीका तीन जना निर्देशक र दुई सुरक्षागार्डलाई अदालतले २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको ओडिसा टीभीले उल्लेख गरेको छ ।
युनिभर्सिटीमा आइतबार अपराह्न २० वर्षीया प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् । आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे उनले दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन् । तर, कलेजले गम्भीरतापूर्वक नलिँदा उनको मृत्यु भएको थियो ।
यसपछि प्रकृतिको न्याय माग्दै भएको प्रदर्शनमा कलेज प्रशासनले दमन गरेको थियो । पछि भुवनेश्वर प्रहरीले कलेजको मानव स्रोत विभागका कार्यकारी निर्देशक शिवानन्द मिश्र, प्रशासनका निर्देशक प्रतापकुमार चम्पाठी, होस्टलका निर्देशक सुधिरकुमार राठ, सुरक्षागार्ड रमाकान्त नायक र जोगिन्द्र बेहेरालाई पक्राउ गरेको थियो ।
भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआइटी)मा अध्ययरत एक सय २६ जना विद्यार्थी रक्सौल नाका हुँदै नेपाल फर्किएका छन्।
केआईआइटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएसँगै नेपाली विद्यार्थीहरु असुरक्षाका कारण देखाउँदै स्वदेश फर्किएका हुन्।
जिल्ला प्रशासन कार्यालय पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले आज एक सय तीन छात्र र २३ छात्रा फर्किएको जानकारी दिए।
निमित्त प्रजिअ गौतमले फर्किएका विद्यार्थीले केआईआइटीका प्रशासनले धम्की र मानसिक यातना दिएको गुनासो गरेको जानकारी दिए।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले आज वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासदेखि घण्टाघर चोकसम्म मृत्यु भएकी विद्यार्थी लम्सालले न्याय पाउनुपर्ने भन्दै विरोध प्रदर्शनी गरेका थिए।
हिमाली जिल्ला सङ्खुवासभाको एकमात्र तुम्लिङटार विमानस्थलमा मौसममा सुधार आएपछि तीन सातापछि उडान भएको छ । आज बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले उडान भरेको हो ।
विमानस्थल वरिपरि बाक्लो हुस्सु लागेपछि गत माघ १४ गतेपछि तुम्लिङटारमा उडान अवरुद्ध भएको थियो । विमानस्थलको धावनमार्ग छेउछाउका डाँडामा ढाकिएको तुवाँलो केही हटेपछि काठमाडौँ–तुम्लिङटार उडान भएको विमानस्थल कार्यालयले जनाएको छ ।
तुम्लिङटारमा पछिल्लो समय बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले उडान भर्दै आएको छ । बाक्लो तुवाँलो हट्दै गएपछि उडान सञ्चालन गरिएको नागरिक उड्डयन कार्यालय तुम्लिङटारका प्रमुख नवराज दाहालले बताए।
उनका अनुसार विमानस्थल वरिपरि कम्तीमा पाँच किलोमिटर भिजिबिलिटी भएपछि उडान अनुमति दिइएको हो । तुवाँलो बढ्दा यसअघि विमानस्थलमा पाँच सय मिटर मात्रै भिजिबिलिटी थियो । तुवाँलो केही हटे पनि पूर्णरुपमा मौसम भने खुलेको छैन ।
गोरखा । गोरखामा झण्डै २० वर्षदेखि सञ्चालन हुँदै आएको नेपाली हाते कागज उद्योगलाई कच्चा पर्दाथको अभाव हुन थालेको छ । गोरखा नगरपालिका–६, स्थित नयाँबस्तीमा सञ्चालन हुँदै आएको गोरखा मनकामना नेपाली हाते कागज उद्योगले आवश्यकता अनुसार कच्चा पर्दाथको नपाउँदा समस्या हुँदै आएको उद्योगका सञ्चालक पासाङ निमा शेर्पाले बताए ।
उद्योगले कच्चा पर्दाथको अभावमा माग अनुसार उत्पादन गर्नसक्ने अवस्था नरहेको उनको भनाई छ । ‘‘नेपाली हाते कागज उत्पादनका लागि हिमाली भेगका जंगलबाट लोक्ता खोजेर ल्याउनुपर्छ’, शेर्पाले भने, ‘‘जंगलमा बाह्रै महिना लोक्ता पाउन पनि गाह्रो छ ।’ उद्योगले उत्तरी गोरखाको धार्चे, चुमनुब्री र अजिरकोट गाउँपालिका क्षेत्रका जंगलबाट कच्चा पर्दाथ ल्याएर नेपाली कागज उत्पादन गर्दै आएको छ ।
‘बर्षभरी तीन महिना फागुन चैत र बैशाख महिनामा जंगलमा अरु बेला भन्दा धेरै कच्चा पर्दाथ पाइन्छ’, उनले भने, ‘तर जङ्गलमा गएर झिक्ने, सुकाउने र यहाँसम्म ल्याउने मान्छे नै पाउन गाह्रो छ ।’ जङ्गलबाट झिकेर ल्याएको कच्चा पर्दाथ उद्योगसम्म ल्याउन सडक समस्याका कारण थप कठिनाइ हुने गरेको छ ।
शेर्पाको उद्योगमा उत्पादित नेपाली कागज बिक्रीका लागि बजारको भने कुनै समस्या नरहेको शेर्पाले बताए । ‘उद्योगले जति उत्पादन गरेपनि बजारमा बिक्रीका लागि भने कुनै समस्या छैन’, उनले भने, ‘बरु सधैँ कच्चा पदार्थको अभाव हुने गरेको छ ।’ मजदुरहरुले जङ्गलबाट झिकेर ल्याएको लोक्ता प्रतिक्विन्टल १५ हजार रुपैयाँमा उद्योगले खरिद गदै आएको छ ।
‘रोजगारीका हिसावले त कच्चा पर्दाथ संकलन गर्ने मजदुरहरुको पनि आम्दानी राम्रो हुन्छ’, उनले भने, ‘जंगलमा गएर खोज्नुपर्ने हुनाले अलि दुःख हुने भएकाले जो कोही तयार हुँदैनन् ।’ उद्योगमा एक ‘क्विन्टल‘ कच्चा पदार्थबाट दुई हजार थान (२०-३० साइज) को कागज उत्पादन हुने शेर्पाले जानकारी दिए । शेर्पाको उद्योगमा उत्पादित ४० ग्राम तौलका कागज भने नेपाल बाहिर समेत निर्यात हुँदै आएको छ ।
काठमाडौं । काठमाडौंको कालीमाटी तरकारी बजारमा काम गर्ने एक मजदुर मृत फेला परेका छन् । उनको शरीरका विभिन्न भागमा निलडाम र चोटपटक रहेका छन् । उनलाई कुटपिट गरी हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका रहेको छ ।
दिनभर कालीमाटी बजारमा काम गर्ने मकवानपुरका ४१ वर्षीय रामकृष्ण दाहाल बुधबार बिहान मृत भेटिएको प्रहरीले जानकारी दिएको छ । उनी राति साथीहरूसँग समूहमा बस्ने गर्थे । बुधबार बिहान कोठा नजिकै शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
तरकारी बजारमा भारी बोक्ने काम गर्ने दाहालको हत्या आशंकामा प्रहरीले उनीसँगै बस्ने चार जनालाई नियन्त्रणमा लिएको काठमाडौँ परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए । पक्राउ परेका चार जना पनि तरकारी बजारमै काम गर्ने र सँगै बस्ने व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ । अहिले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।
काठमाडौँ । बेलुनमा हाइड्रोजन ग्यास भरेर बेचेको आरोपमा एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतीय नागरिक कमलेशकुमार रहेको जिल्ला प्रहरी कार्यालय कास्की प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय बैदामका अनुसार कमलेशकुमारमाथि अनुसन्धान अघि बढेको छ ।
सरकारले सुपारी, केराउ र मरीचको परिमाणात्मक बन्देज हटाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर आयातको अनुमति दिएको हो ।
आर्थिक वर्ष २०८१/८२ मा औद्योगिक प्रयोजनका लागि केराउ, सुपारी र सेतो तथा कालो मरीच आयातमा लगाइएको प्रतिबन्ध हटाइएको मन्त्रालयले जनाएको छ ।
सुपारी, केराउ, मरीच र छोकडाको तस्करी बढेपछि सरकारले २०७६ चैत २४ गते वस्तु पैठारीमा बन्देज लगाएको थियो । व्यवसायीको मागका आधारमा आयातमा लगाइएको बन्देज हटाइएको हो ।
उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि मात्र कच्चा पदार्थका रूपमा केराउ, सुपारी र मरीच आयातका लागि अनुमति दिइएको हो । उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थको परिमाण यकिन गरी केराउ, सुपारी र मरीच आयातका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको छ । गोरखापत्र दैनिकमा समाचार छ ।
आज ७५औं ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।
प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ।
कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न संघर्षमा जीवन उत्सर्ग गरेका ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिने छ।
प्रजातन्त्र दिवस समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम छ । सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ। नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ ।
प्रजातन्त्र दिवसकै उपलक्ष्यमा राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई संघर्ष र सहिदको बलिदानबाट स्थापित भएको स्मरण गराएका छन्।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्य प्रारम्भ हुनेछ। सामूहिक जमघटमा आफ्नो उपस्थितिलाई जनाउन सकिनेछ। कार्यक्षेत्रमा दीर्घकालीन योजनाहरू बन्नेछन्। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मन प्रसन्न रहनेछ। रचनात्मक कार्यमा मन लाग्नेछ। अवसरवादीहरूबाट सावधान रहनुहोला। कार्यक्षेत्रमा प्रभाव बढ्नेछ। पढाइ र प्रेममा सफलता मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पारिवारिक कारणले मनमा अशान्त भावना जागृत हुनेछ। विवाद र झगडाबाट टाढा रहनुहोस्। सन्तानको स्वास्थलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सुख र धनको प्राप्ति हुनेछ। आफन्त वा मित्रहरूको सहयोग मिल्नेछ। यात्रा गर्दा सावधान रहनुहोस्। पारिवारिक जीवनमा सामान्य उतारचढाव रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनोबलमा वृद्धि हुनेछ। पौष्टिक भोजनको सेवन गर्नुहोस् रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुनेछ। रुचिको कार्यमा मन लाग्नेछ। सल्लाह दिनदेखि बच्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेम सम्बन्धमा असमझदारीले गर्दा समस्या निम्त्याउन सक्छ सचेत हुनुहोस्। आफन्तहरूको साथ र सहयोग मिल्ला। विद्यार्थीवर्गले गुरुजनको सुझावलाई ध्यान दिनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रोकिएका काम बन्नाले मनमा उत्साह जाग्नेछ। आफ्नो सिद्धान्तलाई लिएर अडिग रहनुहोस्। व्यावहारिक पक्ष सबल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रतिस्पर्धीहरू हार खानेछन्। वैदेशिक रोजगारबाट लाभप्राप्त हुनेछ। स्वास्थ्यको ध्यान राख्नुहोस्। सवारी साधनमा धन खर्चका योग छन्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) भावुकतामा आएर निर्णय नलिनुहोला। कार्यक्षेत्रमा उन्नति हुनेछ। शेयर बाजारबाट मनग्य लाभ मिल्नेछ। नयाँ कार्यको रूपरेखा बन्नेछ। वरिष्ठ व्यक्तिहरूको साथ र सहयोग मिल्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नोकरी वा पेशामा इच्छाशक्तिले गर्दा बिग्रेका काम पनि बनाउन सक्नुहुनेछ। धैर्य र पराक्रममा वृद्धि हुनेछ। छात्र नयाँ प्रतियोगी परीक्षाको तैयारीमा व्यस्त रहनुहुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विदेशतिरबाट कुनै शुभ सूचना मिल्न सक्छ। सामाजिक क्षेत्रमा मानसम्मान बढ्नेछ। सञ्चित धनमा वृद्धि हुनेछ। निर्णयात्मक कार्य गर्दा हतार नगर्नुहोला। आजको शुभ रंग बैजनि हो भने शुभ अंक ८ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) व्यापार व्यवसायको लागि गरिएको यात्रामा सफलता मिल्नेछ। परिवारलाई समय दिने प्रयास गर्नुहोला। मांगलिक कार्यको रूपरेखा बन्नेछ। घरको साज सजावटमा धन खर्चका योग छन्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ।