पश्चिम नवलपरासी पालिनन्दन गाउँपालिका–३ मा आज (मंगलबार) भएको झडपमा घाइते भएका एक जनाको मृत्यु भएको छ ।
झडपका बेला गाडीले किचेर घाइते विजय धवलको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो ।
उनलाई अस्पतालले सवा ५ बजे मृत घोषणा गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् । मंगलबार दिनभर उक्त स्थानमा दुई समूहबीच झडप भएको थियो ा स्थानीय युवक र युवतीको प्रेम सम्बन्धको विषयमा दुई समूहबीच केही समय पहिलेदेखि बढेको विवादले आज उग्ररुप लिएको हो ।
झडप नियन्त्रण लिन पुगेको प्रहरीको गाडी नै स्थानीयले जलाइदिएका छन् । यस्तै एउटा गोदाममा समेत आगजनी गरेका छन् । त्यसक्रममा ११ जना नेपाल प्रहरी, ६ जना सशस्त्र प्रहरी र ६ जना स्थानीय घाइते भएका छन् । स्थिति नियन्त्रण लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले अश्रुग्यास र हवाई फायर गरेको थियो ।
सशस्त्र प्रहरीले एसएलआरबााट १ राउण्ड हवाई फायर र ६ सेल अश्रुग्यास फायर भएको जनाएको छ । बाँकी नेपाल प्रहरीले हवाई फायर र अश्रुग्यास हानेको थियो । प्रस्तावित सीमा सुरक्षा गुल्म हरपुरबाट डीएसपीको कमान्डमा ६३ जना, नं २६ गण पश्चिम नवलपरासीबाट डीएसपीको कमाण्डमा ४५ जना, नं २७ गण रुपन्देहीबाट इन्सपेक्टरको कमाण्डमा ३५ जना र सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटबाट इन्सपेक्टरको कमाण्डमा ३५ गरी १७८ जना सशस्त्र प्रहरी खटिएको सहप्रवक्ता थापाले बताए ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ सदरमुकाम फुङलिङ क्षेत्रमा लागु गरेको निषेधाज्ञा हटाएको छ।
जिल्ला सुरक्षा समितिको आज (मंगलबार) बसेको बैठकले राति ११ बजेदेखि लागु हुने गरी निषेधाज्ञा हटाएको हो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले साँझ एक सूचना जारी गर्दै जिल्ला सुरक्षा समितिको सिफारिस बमोजिम राति ११ बजेदेखि लागु हुने गरी निषेधाज्ञा हटाइएको उल्लेख गरेका छन् ।
‘नो केबलकार’ पक्षधरले मंगलबार दिउँसो वार्ताका लागि विभिन्न चार शर्त अघि सार्दै पूरा भए मात्र वार्तामा बस्ने बताएका थिए । सोही शर्तमा उल्लेख भएअनुसार प्रशासनले निषेधाज्ञा तत्काल फिर्ता लिएको हो । ‘नो केबलकार’ पक्षधरले आन्दोलन तीब्र बनाएपछि ताप्लेजुङ प्रशासनले गत आइतबार बिहान ५ बजेदेखि लागु हुनेगरी फुङलिङ क्षेत्रमा निषेधाज्ञा लागु गरेको थियो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ महाशिवरात्रि, पर्व, २०८१ को पूर्व सन्ध्यामा पावन पशुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गरेका छन् ।
प्रधानमन्त्री ओलीले मन्दिरमा पूजा र आरती गर्नुका साथै महाशिवरात्रिको व्यवस्थापन तयारीबारे पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग जानकारी लिई पर्वलाई सुरक्षित, अनुशासित, मर्यादित तथा व्यवस्थित बनाइ सहजरुपमा भक्तजनको दर्शनको व्यवस्था मिलाउन निर्देशन दिए ।
प्रधानमन्त्री ओलीका साथ संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलगायत पशुपतिनाथ मन्दिर पुगेका थिए । हिन्दु धर्मावलम्बीका आराध्यदेव भगवान पशुपतिनाथ मन्दिरमा दर्शनार्थीका रुपमा प्रधानमन्त्री ओलीलाई पाउँदा मन्दिर परिसरमा रहेका सर्वसाधारण भक्तजनले प्रसन्नता र उत्सुकता व्यक्त गरेका थिए ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरी यही फागुन १२ गतेदेखि १५ गतेसम्म पशुपतिनाथ मन्दिरको चार किल्लाभित्र मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न निषेध गरेको छ ।
प्रेम विवाहको विषयमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा आज दुई पक्षबीच झडप हुँदा १९ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय महेशपुरको बा१झ ७४४८ नम्बरको गाडीमा आगजनी भएको छ । नेपाल प्रहरीका ११, सशस्त्र प्रहरीका चार र स्थानीय चारजना घाइते भएको प्रहरीले जनाएको छ । झडपमा घाइते भएका पाल्हीनन्दन गाउँपालिका–३ कुश्माका ३५ वर्षीय विजय धवलको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण थापाले बताए ।
धवलको भैरहवास्थित सिटी अस्पतालमा उपचार भइरहेको छ । केटीपक्षका सोवराती पवरियाले चलाएको लु १ त ७७०० नम्बरको पिकअपले ठक्कर दिँदा धवल गम्भीर घाइते भएका हुन् । धवलको पेटमा चोट लागेको छ । धवलसँगै सोही स्थान बस्ने ४५ वर्षीय बैजनाथप्रसाद लोनियलाई पनि गाडीले ठक्कर दिएको हो । लोनियको दुवै खुट्टामा चोट लागेको छ ।
प्रहरीले घटनालाई नियन्त्रणमा लिन पाँच राउन्ड अश्रु ग्यास र तीन राउण्ड हवाई फायर गरेको प्रहरी निरीक्षक थापाले जानकारी दिए । केटाकेटीको प्रेम सम्बन्धलाई लिएर सुरु भएको विवादले झडपको रुप लिएको थियो । केही दिनअगाडि एक स्थानीय केटा र केटीबीच भागी विवाह भएको थियो । पछि दुवै जनालाई प्रहरीले छलफलपश्चात् अभिभावकको जिम्मा लगाएको थियो । तर केही दिनपछि उनीहरु फेरि भागेपछि दुई परिवारका बीचमा मनमुटाव सुरु भएको हो ।
सोमबार केटीपक्षले केटाका दाइलाई कुटपिट गरेका थिए । सोही विषयमा आज झडप भएको हो । केटापक्षका सयौं मान्छेहरु मोहरम पवरियाको घर घेर्न आउँदा ढुङ्गा हानाहान भएको थियो । पवरियाको कवाडी सङ्कलन स्थलमा पनि आगजनी भएको छ । केटी पक्षका सोवराती पवरियाले केटापक्षका मान्छेलाई गाडीले ठक्कर दिएपछि झडपले उग्ररुप लिएको प्रहरीले जनाएको छ । ठक्कर दिने चालक पवरिया र गाडी दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाकोे सम्बन्धमा सोधपुछका लागि प्रहरीले चार महिलालाई नियन्त्रणमा लिएको जनाएको छ ।
काठमाडौं । साथीको कोठामा अचेत अवस्थामा भेटिएका बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको उपचारको क्रममा मृत्यु भएको छ ।
कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा उनको सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । धादिङको धुनीबेसी नगरपालिका–९ घर भएका ३६ वर्षीय थापा कलंकीस्थित साथीको कोठामा अचेत फेला परेका थिए। धादिङको धुनीबेसी नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–१४ लिगमार्गस्थित कलंकीमा कोठा लिएर बसेका शिव कुँवरको कोठामा उनी अचेत भेटिएका हुन् ।
उनलाई उपचारका लागि सहिद मेमोरियल अस्पताल लगिएको थियो । उपचारको क्रममा अस्पतालमै उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । थापाको साथबाट एक पेजको पत्र समेत बरामद भएको बोहराको भनाइ छ । सो पत्रमा सहकारीको पैसा लेनदेनको विषयमा आफूलाई जोडिएको र त्यसले आफ्नो बेइज्जत भएको उल्लेख रहेको उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिसास्थित केआईआईटी विश्व विद्यालयको छात्राबासा मृत भेटिएकी प्रकृति लम्सालका आमा–बुवासँग टेलिफोनमा कुराकानी गरेका छन् । कुराकानीको क्रममा प्रधानमन्त्री ओलीले प्रकृतिका आमा–बुबालाई सान्त्वना दिँदै घटनाबाट आफूलाई निकै दुःख लागेको बताए ।
सम्हालिन आग्रह गर्दै ओलीले भने, ‘भइसकेको कुरा फर्काउन सकिँदैन, नहुने कुरा भइसक्यो ।’ प्रकृति लम्सालका परिवारलाई भेट्न पुगेका नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रधानमन्त्रीसँग फोन संवादको वातावरण मिलाई दिएका हुन् । भैरहवा स्थिति उनीहरूकै घरमा पुगेर शोकमा रहेका प्रकृतिका आमा–बाबु तथा परिवारका सदस्यसँग बस्नेतले भेट गरेका हुन् । प्रकृतिकी आमा सरिता शर्मा लम्साल र बुबा सुनिल लम्सालसँग भेटेर बस्नेतले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
बस्नेत लम्साल परिवारलाई भेट्न गएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रकृतिका आमा–बुबासँग फोनमा कुरा गरेका हुन् । बस्नेतको फोनबाट कुरा गर्दै प्रधानमन्त्री ओलीले घटनाप्रति दुःख व्यक्त गरेका हुन् । प्रधानमन्त्रीले सो घटनाको निष्पक्ष छानबिनको लागि सरकारको तर्फबाट पनि अनुरोध गरिएको र कारबाहीको आवश्यक प्रक्रिया अघि बढिरहेको जानकारी आएको बताए ।
टेलिफोन वार्तामा प्रकृतिका बुबा सुनिलले आफूहरू सम्हालिन प्रयत्न गरिरहेको प्रधानमन्त्रीलाई जानकारी दिए । सो घटनाको बारेमा अनुसन्धान भइरहेको भन्ने जानकारी आएको लम्सालले प्रधानमन्त्रीलाई बताए । ‘पोष्टमार्टम रिपोर्ट पनि आयो, फरेन्सिक रिपोर्ट के भयो अपडेट भइसकेको छैन, विभिन्न चारवटा विषयमा मुद्दा दर्ता हुने भन्ने आएको छ’, उनले भने ।
प्रधानमन्त्रीले घटना सुनेर धेरै दुःख लागेको बताउँदै यसबाट देश नै दुःखित भएको बताए । ओलीले सिङ्गो देश लम्सालको साथमा रहेको आश्वासन दिए । लम्सालले आफ्नो छोरीको ज्यान गइसकेको बताउँदै सो विश्व विद्यालयमा धेरै नेपालीका छोरा–छोरी पढिरहेकाले उनीहरूले त्यो पीडा भोग्नु नपरोस् भन्ने तर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। प्रधानमन्त्री ओलीले सरकारले त्यस विषयमा चासो लिएको र त्यस विषयमा सजग रहेको बताए । ‘हामीले चासो लिएका छौँ, सुरुदेखि नै सार्वजनिक ढङ्गले नै चासो लिएका छौं, सरकारी हिसाबले पनि लागेका छौँ’, प्रधानमन्त्रीले भने ।
नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिकास्थित बेलासपुरमा दुई समूहबिच झडप भएको छ । झडपका क्रममा प्रहरीको गाडी नै जलाइएको छ ।
स्थानीय एक जोडीको प्रेम विवाहको विषयलाई लिएर बेलासपुर र प्रसौनीको समुहबीच झडप भएको प्रहरीले जनाएको छ ।
झडप नियन्त्रणका लागि प्रहरीले ३ राउन्ड हवाई फायर गरेको थियो । लुम्बिनी प्रदेशका एसएसपी जनार्दन जिसीले प्रहरीको गाडी जलेको बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झडपलाई नियन्त्रणमा लिन रुपन्देहीबाट समेत ५० प्रहरी खटाइएको छ ।
सशस्त्र प्रहरी बलकी इन्सपेक्टर सन्तोषी महतको मृत्यु प्रकरण अनुसन्धानका लागि सशस्त्रकै इन्सपेक्टर विवेक जोशी पक्राउ परेका छन् ।
ब्यारेकमै झुण्डिएको अवस्थामा मृत फेला परेकी सन्तोषीको परिवारले जोशीविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका थिए । उजुरी दर्ता भएपछि जोशीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तत शर्माले जानकारी दिएका छन् ।
पक्राउ परेका इन्सप्क्टर २३ नं.गण तनहुँमा कार्यरत छन् । उनी १६ बेसिकका इन्सपेक्टर हुन् । जोशी र सन्तोषी प्रेमी–प्रेमिका रहेको परिवारको दाबी छ । उनैका कारण सन्तोषीले आत्महत्या गर्नु परेको दावी जाहेरीमा छ । यो घटनाको छानबिन गर्न सशस्त्र प्रहरी हेडक्वाटरले समेत राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।
इन्स्पेक्टर बेसिकको तालिम गर्दै आएकी महत सन्तोषी पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकमै मृत भेटिएकी थिइन् । सिन्धुपाल्चोक घर भएकी महत १७ बेसिक (२०८१) की इन्स्पेक्टर हुन् । इन्स्पेक्टरको बेसिक तालिम गरिरहेकी उनी ब्यारेकको महिला शौचालयको नजिकको बिममा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
चितवन। आजैदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार किसानसहितको बैठकले अण्डाको मूल्य बढाउने निर्णय गरेको हो ।
मूल्य बढेसँगै अब मध्यम अण्डा प्रतिक्रेट (३० वटा) को रु तीन सय ९०, ठूलो अण्डा रु चार सय १० र एक्स–एल अण्डा प्रतिक्रेटको मूल्य रु चार सय २५ पुगेको छ। यसअघि मध्यम अण्डा प्रतिक्रेट रु तीन सय ५०, ठूलो अण्डा रु तीन सय ७० र एक्स–एल अण्डा प्रतिक्रेट रु तीन सय ८५ रहेको थियो। यो फार्म मूल्य हो।
बजारमा अण्डाको माग बढेको र लागतसमेत बढी रहेकाले मूल्य बढाउनुपरेको अध्यक्ष पोखरेलको भनाइ छ।
पेट्रोल र ग्यासको खपत बढे पनि डिजेलको खपत घटेको छ। नेपाल आयल निगमका अनुसार डिजेलको खपतमा ६६.९ प्रतिशतले कमी आएको छ।
चालु आर्थिक वर्ष २०८१/८२ को माघ १५ सम्म पेट्रोल ९.४९ प्रतिशतले र खाना पकाउने एलपी ग्यास खपत छ प्रतिशतले बढेको निगमको तथ्याङ्कले देखाएको छ। माघ १५ सम्म छ लाख ९३ हजार ४६२ किलोलिटर डिजेल आयात भएको छ।
यो अवधिसम्म १५ लाख १६ हजार ९६७ किलोलिटर कुल पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, ग्यास, हवाई इन्धन मटितेल) आयात भएकोमा झण्डै आधा हिस्सा डिजेलको रहेको छ।
निगमका अनुसार पेट्रोलियम पदार्थको कुल कारोबारमध्ये सबैभन्दा धेरै ५० प्रतिशत कारोबार डिजेलको हुने गरेको छ। २४ प्रतिशत पेट्रोल, १९ प्रतिशत ग्यास, छ प्रतिशत हवाई इन्धन र एक प्रतिशत मटितेलको कारोबार हुन्छ।
निगमका अनुसार गत वर्ष मासिक एक लाख १४ हजार किलोलिटर डिजेल खपत हुने गरेकामा हाल घटेर मासिक एक लाख छ हजार ६८६ किलोलिटरमा झरेको छ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आव २०८१/८२ को सात महिनामा ६६ अर्ब ४८ करोड दुई लाख रुपैयाँ बराबरको डिजेल आयात भएको छ। गत वर्ष सो अवधिमा ७७ अर्ब ४१ करोड ९८ लाख १९ हजार रुपियाँको डिजेल आयात भएको थियो।
गत आवको तुलनामा चालु आवको सात महिनामा १० अर्ब रुपियाँको डिजेल आयात कम भएको छ। गत वर्षको तुलनामा यो वर्ष अन्तर्राष्ट्रिय बजारमा डिजेलको मूल्य घटेकाले पनि कम रकमको डिजेल आयात भएको हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्छ। हाल बजारमा डिजेल प्रतिलिटर १५३ रुपैयाँ छ। गोरखापत्र दैनिकमा समाचार छ