२०८३ बैशाख ६ गते आईतवार
२०८३ बैशाख ६ गते आईतवार

काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपाललाई हराउँदै म्यानमारले उपाधि जितेको छ । उपाधिका लागि आज (बुधवार) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा म्यानमारले खेलको दोस्रो हाफमा २-० गोलअन्तरले उपाधि जितेको हो ।

६२औं मिनेटमा लेफ्टसाइडबाट यु पर कियाङले गोल गर्दै म्यानमारलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि विङ तेइन्जी तुनले म्यानमारको अग्रता दोब्बर पारेकी थिइन् ।

लिग चरणमा अपराजित रहँदै फाइनलमा स्थान बनाएका नेपाल र म्यानमार यसअघि पनि एकअर्कासँग भिडिसकेका थिए ।

मुम्बइ । बलिउडका कमेडी र एक्सप्रेसन किङ्ग गोविन्दा आजकाल आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छन् । गोविन्दाकी श्रीमती सुनिता आहुजाले उनलाई डिभोर्सको नोटिस पठाएको बताइएको छ, जबकी गोविन्दा र सुनिता पछिल्लो ३७ वर्षदेखि सँगसँगै छन्, त्यसैले उनीहरुको सम्बन्ध विच्छेदको खबरले सबैलाई हल्लाएको छ ।

यस विषयमा गोविन्दाले आफू अहिले ब्यापारिक कुराकानीमा व्यस्त रहेको बताएका छन् । किनभने, उनी फेरि फिल्ममा काम गर्ने तयारीमा रहेका छन् । उनले समाचारबारे केही भनेका छैनन् । तर, अहिले उनको नजिकका एक व्यक्तिले भने यो सम्पूर्ण मामिलामा सत्यता खोलेका छन् ।

गोविन्दा र सुनिता दुवैले प्रेम विवाह गरेका थिए । यस विवाहबाट उनका २ सन्तान पनि छन् । गोविन्दा र सुनितालाई धेरै अवसरमा सँगै देखिएका छन् र दुवैले आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा गरेका छन् । अब उनको सम्बन्धविच्छेदको खबरको बीचमा गोविन्दाका प्रबन्धकले खुलेर कुरा गरेका छन् र यस विषयमा महत्वपूर्ण कुराहरू राखेका छन् ।गोविन्दाका म्यानेजर शशि सिन्हाले स्पष्टीकरण दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सुनिताको भनाइले जनतालाई बोल्ने मौका दिएको उनले बताए । सुनिताले पछिल्ला दिनमा धेरै बयान दिएकी छिन् । यी कथनहरू धेरै अनौठो थिए । यो सबै जनताको ध्यानाकर्षण गराउने माध्यम भएको शशिले बताए ।

भारतीय सञ्चारमाध्यमका अनुसार शशिले गोविन्दाले छुट्टिने सम्बन्धमा कुनै आधिकारिक कदम नचालेको बताए । तर, शशिले सुनिताले नोटिस पठाएको भने जानकारी दिएका छन् । सुनिताले अदालतबाट कानूनी नोटिस पठाए पनि यो नोटिसमा के लेखिएको छ र के पठाइएको हो भन्ने पूर्ण जानकारी अहिलेसम्म नखुलेको शशिको भनाइ छ । ‘आधिकारिक सूचना अझैसम्म हामीसम्म पुगेको छैन, सुनिताले भर्खरै विभिन्न किसिमका बयान दिएकी छिन्, जसले गर्दा जनतामा यस्तो अड्कलबाजी भइरहेको छ’ शशिले भने । उनका अनुसार अहिले सम्पूर्ण मामिलाको अनुगमन भइरहेको छ ।

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कुनै महत्व नदिएको बताएका छन् ।

विराटनगरमा बुधबार प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै प्रचण्डले पूर्वराजाले प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक गरेको विचारलाई आफूले कुनै महत्व नदिएको बताएका हुन् । उनले जनताको चेतना, आन्दोलन र परिस्थिति धेरै अगाडि बढिसकेको भन्दै उनले अब देशमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको प्रतिक्रिया दिएका छन् ।

पूर्वराजा ज्ञानेन्द्रलाई कसैले बोल्न लगाएको हुनसक्ने बताउदै प्रचण्डले भने, ‘छैन, पूर्व राजालाई मैले कुनै महत्व दिएको पनि छैन, उनले बोले, मानिसहरुले प्रतिक्रिया दिइरहेका छन् । किनभने इतिहास अगाडि बढिसक्यो, जनताको चेतना, आन्दोलन, परिस्थिति अगाडि बढिसक्यो, कसैले बोल्न लगाएको होला, नजिक बसेर केही पाउँला भन्ने हिसाबले केही बोल्न लगाएका होलान् । त्यसको कुनै अर्थ छैन, यो देशमा फेरि राजतन्त्र फर्किने भन्ने कुरा सम्भव ।’

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को गुइठेभिरमा ‘इको भ्यान’ दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् । बेनी–जोमसोम–कोरला सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगरदेखि नारच्याङ तर्फ जादै गरेको बा ६ च ४९४४ नम्बरको इकोभ्यान आज सडकबाट कालीगण्डकी नदीको किनारमा खसेको सिमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ ।

दुर्घटनामा परि सो भ्यानका चालक समेत रहेकी अन्नपूर्ण–४ घरापकी अन्दाजी ४० वर्षीया सुनदेवी गौचन (सरिता) को घटनास्थलमै मृत्यु भएको सीमा प्रहरी चौकी भुरुङ्ग तातोपानीका प्रमुख प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले बताए । उनले दुर्घटनामा सख्त घाइते रुपा पुन, नमिता चोचाङ्गी र बिष्णुकुमारी बुढाथोकीलाई उद्दार गरेर उपचारका लागि पोखरा अस्पतालमा पठाइएको बताए । नारच्याङमा रहेको शिव मन्दिर जाने यात्रु चढेको भ्यान सडकदेखि करिब एक सय ५० मिटर तल कालीगण्डकी किनारमा खसेको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेल नेतृत्वको टोलीले घटनास्थल पुगेर दुर्घटनाको बारेमा अनुसन्धान थालेको छ । दुर्घटनाका कारण अन्नपूर्ण –४ नारच्याङमा बुधबारदेखि शुरु गर्न लागिएको प्रथम तरुण कप भलिबल प्रतियोगिताको कार्यक्रम स्थगित भएको छ । तरुण दल म्याग्दीका कार्यवाहक अध्यक्ष श्रीप्रसाद रोकाले कार्यक्रम स्थल नजिकै भएको दुर्घटनामा स्थानीय व्यक्तिको निधन र घाइते भएकाले खेलकुद प्रतियोगिताको बुधबारका कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।

काठमाडौं । पशुपति क्षेत्रबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ । महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले ७५ जनालाई पक्राउ गरेको हो ।

उच्छृङ्खल गतिविधि गरेको, लागूऔषध गाँजा खाएर हो–हल्ला गरेको तथा अभद्र व्यवहार गरेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त गौशाला र परिसर टेकुमा राखिएको छ । अवस्था हेरेर पक्राउ परेकाहरूलाई छाड्ने तथा कारबाही प्रक्रिया अघि बढाइनेछ । पशुपतिको सुरक्षाका लागि तीन सिफ्टमा गरेर ३५ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।

हामीले सामाजिक सञ्जालमा विभिन्न प्रकारका सामग्री र खानेकुरा बनाइरहेको त देखेकै छौँ । आफूलाई मनपर्ने परिकार बनाउन पनि इन्टरनेटमा रेसिपी हेर्ने चलन छ । तर मकवानपुरका एक ३५ वर्षीय युवकले भने इन्टरनेटमा हेरेर केराको खम्बाबाट कागज उत्पादन सुरु गरेका छन् ।

वैदेशिक रोजगारीका क्रममा सात वर्ष साउदी अरबमा काम गरेका मकवानपुरगढी गाउँपालिका–३ बाबियोडाँडाका प्रेमप्रसाद तिमल्सिनाले इन्टरनेटमा भिडियो हेरेकै भरमा केराको खम्बाबाट कागज उत्पादन गरिरहेका छन् ।

साउदी अरबमा छँदा गाडी चलाएका उनले नेपाल फर्केपछि केही समय काठमाडौँमा ट्याक्सी चलाए । ट्याक्सी चलाएर भनेजस्तो कमाई नभएपछि उनी गाउँ फर्कए । गाउँमा पशु प्राविधिकसम्बन्धी तालिम लिएर बाख्रापालनसमेत गर्नुभएका तिमल्सिनाले आफूलाई मोबाइलमा केराको खम्माबाट कागज बनाइरहेको भिडियोले हौस्याएको बताउँछन् । मोबाइलमा भिडियो हेरेकै भरमा उनले खेर गइरहेको कच्चा पदार्थबाट केही गरौँ भन्ने सोचका साथ हाते कागज उद्योग स्थापना गरेको उल्लेख गरे ।

तिमल्सिनाले हाते रु आठ लाख लगानी गर्नुभएको छ । उनले यस प्रयासले केराखेती गरिरहेको किसान र बेरोजगार युवालाई प्रेरणा मिलिरहेको छ । मकवानपुरमा पहिलोपटक सुरु भएको यस उद्योगले यतिबेला सबैको ध्यान केन्द्रित गरेको छ ।

उनले उद्योग सुरु गर्दा पहिलो महिनामा जम्मा रु ५० हजारको कागज बिक्री भएको थियो । उक्त कागज धूपका लागि हेटौँडा बजारमा बिक्री गरिएको उनले बताए । विशेष गरेर लोक्ताबाट बनाइने नेपाली हाते कागज केराको खम्बाबाट परीक्षण उत्पादन गर्दा सफल भएको र उत्पादनलाई निरन्तरता दिइरहेको उनले बताए ।

लोक्ताबाट नेपाली हाते कागज उत्पादन हुन्छ भन्ने सुनेको र आफ्नो गाउँमा खेर गइरहेकाले बनाउने उत्सुकताले उत्पादनको थालनी गरेको तिमल्सिनाले बताए । उनले भने, ‘हाम्रो गाउँ केराको पकेट क्षेत्र हो, यहाँ केराको खम्बा खेर गइरहेको थियो, केराको रेसाबाट कागज बन्छ जस्तो लाग्यो, अनि इन्टरनेटको माध्यमबाट खोजी गर्दै कागज उत्पादन गर्न सुरु गरेको हुँ ।’

काठमाडौँबाट रु एक लाख ५० हजारमा फाइबर निकाल्ने मेसिन ल्याएर कागज उत्पादन सुरु गर्नुभएका उनलाई अहिले भ्याइनभ्याई छ । मकवानपुरगढी गाउँपालिकाले पालिकाका लागि आवश्यक नेपाली कागज उनीसँगै खरिद गर्ने भएपछि पहिलो मागका रूपमा पाँच हजार प्रतिकागज उत्पादनमा उनी लागेका छन् ।

पहिलो चरणमा दुई सयवटा फ्रेमबाट कागज उत्पादन गरिरहनुभएका तिमल्सिना यतिबेला लगानी बढाएर पाँच सयभन्दा बढी फ्रेमबाट कागज उत्पादन गर्ने सोचमा छन् । एउटा केराको बोटबाट औसतमा आधा किलो फाइबर निकाल्न सकिन्छ । त्यसबाट २५ वटासम्म कागज बनाउन सकिन्छ । हाल दैनिक पातलो र बाक्लो गरी एक कुरी (दुई सय पिस) कागज उत्पादन भइरहेको उनको भनाइ छ ।

केराको पकेट क्षेत्र भएकाले भविष्यमा यहाँको केराको खम्बा मूल्य निर्धारण गरेर खरिद गर्ने सोच उनले बनाएका छन् । यसरी उत्पादन भएको कागजको बजारका लागि भने समस्या छैन । उत्पादन भएका कागज स्थानीयस्तरमै खपत भइरहेको छ । स्थानीय सरकार र प्रदेश सरकारले प्राविधिक र मेसिनरी सहयोग गरेको अवस्थामा स्थानीयस्तरमा खेर गइरहेको केराको खम्बाबाट मनग्य आम्दानी गर्न सकिने उनको भनाइ छ ।

सुरुमा केराको खम्बा र डन्ठा जम्मा गरिन्छ । त्यसपछि त्यसलाई मेसिनमा हालेर फाइवर निकालिन्छ र सुकाइन्छ । फाइवरलाई कास्टिङ सोडामा हालेर बाबियोसहित पाँच घण्टा जति पकाएपछि त्यसलाई तीन–चारपटक पानीले धुनुपर्छ । त्यसपछि त्यसलाई कुटेर, मेसिनमा हालेर मसिनो हुनेगरी लेदो बनाउनुपर्छ र कागज सुकाउने काठको जालीसहितको फ्रेममा आवश्यक कच्चा पदार्थ हालेर पानीबाट छानेर घाममा सुकाउनु पर्दछ । घाम लागेको बेला करिब दुई–तीन घण्टामा सुकेपछि कागज तयार हुन्छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा सहयोगिहरूले साथ दिनेछन्। व्यापार व्यवसायमा लाभ रहनेछ। थप लगानीको लागि उपयुक्त समय रहेको छ। भगवान शिवलाई उखुको रसले अभिषेक गर्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धर्मकर्ममा रुचि बढ्नेछ। घरमा मांगलिक कार्यको शुभारम्भले मन प्रसन्न रहनेछ। व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायक रहनेछ। भगवान शिवलाई गंगाजलले अभिषेक गर्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वैदेशिक यात्रा लाभदायक रहनेछ। परिवारमा पुरानो कुरालाई लिएर विचार नमिल्ने सम्भावना रहेको छ। मन अशान्त रहनेछ। भगवान शिवलाई दुबोको रसले अभिषेक गर्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा मानसम्मान बढ्नेछ। सांस्कृतिक समारोहमा सहभागी भइएला। प्रतिष्ठित कार्य गरेर आफूलाई समाजमा चिनाउन सकिनेछ। भगवान शिवलाई पञ्चामृतले अभिषेक गर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। नोकरी वा पेशामा योजनानुरूप कार्य गर्नुहोस् सफलता मिल्नेछ। श्रमको उचित मूल्यांकन लिन संघर्ष गर्नुपर्ला। भगवान शिवलाई दूधले अभिषेक गर्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। कार्यक्षेत्रमा उच्च पदस्थ अधिकारीहरूबाट प्रशंसा पाइएला। हात लिएको काममा आलस्य नदेखाउनुहोस्। भगवान शिवलाई इत्र र कपूरको जलले अभिषेक गर्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) भावनामा आएर व्यापार व्यवसायमा कुनै निर्णय नलिनुहोला। कानुनी मामिलाहरूमा पक्ष मजबुत रहनेछ। पुरानो कुरालाई लिएर परिवारमा मनमुटाव हुन सक्ला। भगवान शिवलाई महले अभिषेक गर्नुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा आफ्नो जिम्मेवारी सकेसम्म स्वयं वहन गर्नु होला। व्यापार व्यवसायमा अरुलाई सल्लाह दिनुभन्दा अरुको कुरा सुन्न आज उपयुक्त रहनेछ। भगवान शिवलाई दूधले अभिषेक गर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा बोलीले कार्य सिद्ध गर्न सकिनेछ। आफन्तहरूको साथमा सानोतिनो कुरालाई लिएर मनमुटाव रहन सक्छ। नोकरी वा पेशामा अतिरिक्त जिम्मेवारी वहन गर्नुपर्ला। भगवान शिवलाई कुशको जलले अभिषेक गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मानसम्मानमा वृद्धि हुनेछ। अप्ठ्यारो कार्य सिद्ध हुनाले मनमा उत्साह जाग्नेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। भगवान शिवलाई गंगाजलले अभिषेक गर्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धर्म र अध्यात्ममा रुचि बढ्नेछ। कृषि र पशुपालनबाट लाभ आर्जन गर्न सकिनेछ। स्वास्थ्यलाई लिएर खानपानमा विशेष ध्यान दिनुहोला। सवारी साधन चलाउनु हुन्छ भने कागजात जाँच्नुहोस्। भगवान शिवलाई फलको रसले अभिषेक गर्नुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) व्यापार व्यवसायबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ। घरपरिवारबाट साथ र सहयोग मिल्नेछ। सञ्चित धनमा वृद्धि हुनेछ। साहसिक कार्य गर्ने समय रहेको छ। भगवान शिवलाई पञ्चामृतले अभिषेक गर्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।

 
 

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ८४ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार आज युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ५२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ८७ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ६३ पैसा, स्वीस फ्रयांक एकको खरिददर एक सय ५५ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ११ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०५ पैसा, सिंगापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १७ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७ रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २० पैसा र बिक्रीदर ३८ रुपैयाँ ३६ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १३ पैसा र बिक्रीदर चार रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०८ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७० पैसा र बिक्रीदर नौ रुपैयाँ ७५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३ रुपैयाँ १५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ  ५६ पैसा र बिक्री दर १९ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७ रुपैयाँ ९९ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ५१ रुपैयाँ ३३ पैसा र बिक्रीदर चार सय ५३ रुपैयाँ २८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६९ रुपैयाँ ४४ पैसा र बिक्रीदर तीन सय ७१ रुपैयाँ ०३ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ६१ रुपैयाँ ६६ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ २२ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदारलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताए।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्दछन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको ह्दयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।