२०८२ आश्विन २८ गते मंगलवार
२०८२ आश्विन २८ गते मंगलवार

सुक्खा पहिरो जाँदा काभ्रे नमोबुद्ध नगरपालिका-१ कानाकोटमा आज (बिहीबार) एक मजदुरको घटनास्थलमै मृत्यु भएको छ।

वृद्धाश्रमको भवन बनाउने क्रममा माथिबाट सुक्खा पहिरो आई भवनको दोस्रो तलाको पिल्लर ढलेर किच्दा पर्साको सखुवापर्सेनी गाउँपालिका–३ स्थायी ठेगाना भएका ३८ वर्षीय दुर्जन माझीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार सुक्खा पहिराले पिलर ढल्दा रडले टाउकोमा लागी घटनास्थलमै माझीको मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मुगु। यहाँस्थित रारा तालको किनारमा अवस्थित होटेलमा बुधबार राति आगलागी भएको घट्नापछि यहाँको अवस्था सामान्य बन्दै गएको छ । यहाँ घुम्न आएका सबै आन्तरिक तथा बाह्य पर्यटक सुरक्षित रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक अचुतराज आचार्यका अनुसार गोपाल बमले सञ्चालन गरेको ‘डाँफे’ होटलमा आगो लागेको थियो । आगलागी भएपछि ग्यास सिलिण्डर पड्किँदा पाँचवटा घर जलेर नष्ट भएका थिए । “काठका चार घर र ढुङ्गा माटोबाट निर्मित एउटा घर जलेर पूर्ण रुपमा नष्ट भएको छ”, उनले भने ।

आगो निभाउने क्रममा होटल सञ्चालक बम र होटलका भान्से जगत थापा सामान्य घाइते भएका प्रहरी निरीक्षक आचार्यले जानकारी दिए । दुवैजनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । आगालागीबाट पाँचवटै घरका सम्पूर्ण सामान नष्ट भएका छन् ।

“आगलागी हुँदा त्यहाँ ७९ पर्यटक रहेका थिए । उनीहरु सबैलाई त्यहाँ सुरक्षार्थ खटिएको हनुमानध्वज गुल्मका सैनिकले सुरक्षित स्थानमा लगेका थिए”, उनले भने । राति नै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले घट्नास्थलमा पुगेर आगो निभाएका थिए ।

आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे, प्रहरी नायब उपरीक्षक सरोज गिरीसहितको टोली रारा पुगेको थियो । आगो निभाउन ताल्चा विमानस्थल सुरक्षार्थ खटिएको टोली पनि त्यसतर्फ गएको प्रहरी निरीक्षक आचार्यले बताए । 

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी, नेपालले संगठन विस्तार, प्रशिक्षण तथा अर्थ संकलन अभियान सञ्चालन गर्ने भएको छ। बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष राजेन्द्र महतोले ४५ दिने संगठन विस्तार अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए ।

‘२०८१ माघ ८ गते निर्वाचन आयोगबाट विधिवत रूपमा दल दर्ता भइसकेकाले अब संगठनलाई स्थानीयस्तरसम्म मजबुत बनाउन चैत १ देखि वैशाख १५ गतेसम्म अभियान सञ्चालन गरिनेछ,’ उनले भने । अध्यक्ष महतोका अनुसार अभियानमार्फत पार्टीलाई स्थानीयस्तरमा सक्रिय बनाइने छ । ‘संगठनलाई गाउँ–गाउँसम्म पु र्‍याउने, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र आवश्यक आर्थिक स्रोत संकलन गर्ने मुख्य लक्ष्य रहेको छ,’ उनले बताए ।

महतोले विचार मिल्ने राजनीतिक दलहरूसँग एकता तथा एकीकरणका लागि वार्ता भइरहेको जानकारी दिए । ‘विश्व राजनीतिमा भइरहेका परिवर्तनहरूले नेपालमा बहुआयामिक दबाब सिर्जना गरिरहेको छ । त्यसैले, समसामयिक परिस्थितिलाई मध्यनजर गर्दै दलहरूबीच सहकार्य र एकता आवश्यक देखिन्छ,’ उनले थपे ।

काठमाडौं । ओस्कर विजेता अमेरिकी अभिनेता जीन ह्याकम्यान, उनकी श्रीमती बेट्सी अराकावा र उनीहरूको कुकुर एक घरमा मृत फेला परेका छन्।

९५ वर्षीय जीन आफ्नी श्रीमती ६४ वर्षीया बेट्सीसँग न्यु मेक्सिकोको सान्ता फेमा रहेको आफ्नो घरमा बस्थे। जीनको फिल्म करियर छ दशकभन्दा बढी समयसम्म फैलिएको थियो।

आफ्नो फिल्मी करियरमा उनले दुई एकेडेमी अवार्ड, दुई बाफ्टा अवार्ड, चार गोल्डेन ग्लोब अवार्ड र एक स्क्रिन एक्टर्स गिल्ड अवार्ड जितेका छन्।

न्यू मेक्सिकोको सान्ता फे काउन्टी प्रहरीले यस घटनाको बारेमा एक विज्ञप्ति जारी गरेको छ।

यसमा प्रहरीले भन्यो, “हामी पुष्टि गर्न सक्छौं कि जीन ह्याकम्यान र उनकी श्रीमती बुधबार दिउँसो आफ्नो घरमा मृत फेला परेका थिए। अनुसन्धान अझै जारी छ। यद्यपि, यस बिन्दुमा हामीलाई घटनास्थलमा कुनै अपराध भएको विश्वास छैन।”

ह्याकम्यानले १९७१ को थ्रिलर द फ्रेन्च कनेक्सनका लागि उत्कृष्ट अभिनेताको अवार्ड जिते। साथै, उनले १९९२ को फिल्म ‘अनफर्गिभन’ को लागि सर्वश्रेष्ठ सहायक अभिनेताको पुरस्कार जिते।

गृहमन्त्री रमेश लेखकले भूकम्पपछिको क्षति आकँलन, पुर्ननिर्माण र पुर्नस्थापनालाई तिव्रता दिइएको बताएका छन् ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षमा बिहीबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९ औं बैठकले जाजरकोट, डोटी र बझाङ्गमा भूकम्पपछिको क्षतिको आँकलन, पुर्ननिर्माण र पुर्नस्थापनालाई सरकारले तिव्र रुपमा अघि बढाएको जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीहरुसित बोल्दै गृहमन्त्री लेखकले भूकम्पपछिको पुर्ननिर्माण एवं पुर्नस्थापनाका लागि जाजरकोट, डोटी र बझाङ्गमा पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्ने तयारी गरिएको जानकारी दिए ।

गृहमन्त्री लेखक आगामी फागुन २३ गते बझाङ्ग, २४ गते अछाम र २५ गते जाजरकोट पुगेर पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्ने गृह मन्त्रालयले जनाएको छ । जाजरकोटमा गत २०८० कार्तिक, बझाङ्गमा २०८० असोज र डोटीमा २०७९ कार्तिकमा केन्द्रबिन्दु भएर भूकम्प भएको थियो ।

‘हामीले बितेको ६ महिनामा विस्तृत क्षति आँकलन र नीजि घरहरुको पुर्ननिर्माण एवं पुर्नस्थापन गर्न लागि आवश्यक मापदण्ड बनाउने, नियमावली बनाउने र बजेट व्यवस्थापन भएको छ ।” गृहमन्त्री लेखकले भने, “ अब जाजरकोट, बझाङ्ग र डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पबाट नीजि घरहरुमा भएको क्षति आँकलन गर्ने काम अगाढी बढ्नुका साथै पुर्ननिर्माण र पुर्नस्थापनको काम अगाढी बढाउछौं ।’

गतवर्ष जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पपछिको पुनःनिर्माणलाई प्रभावकारी रुपमा अघि बढाउने गरी कार्ययोजना ल्याएको छ । ‘पहिलो भूकम्प भएको दुई र पछिल्लो भूकम्प भएको एक बर्ष बितिसक्दा पनि क्षति आकँलन गर्ने र पुर्ननिर्माण एवं पुर्नस्थापना अगाढी बढ्ने सकेको स्थिती थिएन ।’ उनले भने ।

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल आएको छ । आज नेप्से एकै दिन ४९.१५ अंकले बढेर बजारमा उछाल आएको हो । मौद्रिक नीतिको दोस्रो समीक्षा पछि आएको शेयर बजारमा उछाल आएको छ । 

आज एकै दिन नेप्से १.७७ प्रतिशतले बढेर २८१५ विन्दुमा पुगेको छ । आज नेप्सेमा उछाल आउँदा ११ अर्ब २९ करोड २४ लाख रुपैयाँ बराबरको २ करोड ६१ लाख ९९ हजार ७८० कित्ता शेयर कारोबार भएको छ । 

आज १८६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ५२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज ३०० वटा कम्पनी कारोबारमा आउँदा १ लाख १२ हजार ३२ पटक शेयर किनबेच भएको छ ।

आज सबै समूहमा हरियाली छाउँदा सबैभन्दा बढी वाणिज्य बैंक समूहमा उछाल आएको छ । आज वाणिज्य बैंक समूह ३.३२ प्रतिशतले बढेको छ भने सबैभन्दा कम फाइनास समूह ०.२८ प्रतिशतले बढेको छ ।

काभ्रेपलाञ्चोक । सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डको ठेक्का रद्द गरेको छ । आज कार्यालयले सार्वजनिक सूचनामार्फत विस्तारको क्रममा रहेको उक्त चार किलोमिटर दूरीको सडकको ठेक्का रद्द भएको जानकारी गराएको हो ।

कार्यालयको मङ्गलबार बसेको बैठकले उक्त सडकको ठेक्का रद्द गर्ने निर्यय गरेको थियो । जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको सडक विस्तारको गौरी पार्वती निर्माण सेवा प्रालि नामक कम्पनीले विसं २०७९ जेठ २० मा २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी रु २० करोड १९ लाख ४६ हजार पाँच सय एकमा ठेक्का लिएको थियो । ठेकेदार कम्पनीले निर्माणमा आलटाल गर्दै आएका कारण समय सीमा सकिएको ११ महिना बितिसक्दा पनि निर्माण सकेको थिएन । पछिल्लो वर्षदेखि उक्त सडक खण्डको निर्माणको काम ठप्पप्राय नै थियो ।

सडक उपभोक्ताले पटक पटक गुनासो गरेपछि तथा यात्रुले सास्ती बेहोरेपछि संसद्को पूर्वाधार समितिले समेत अनुगमन गरेको थियो । सडक डिभिजनको ताकेतापछि पनि ठेकेदार कम्पनीले निर्माणमा आलटाल गरेपछि पछिल्ले पटक गत माघ १९ गते पुनः स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कम्पनीले लिखित स्पष्टीकरण दिए पनि सन्तोषजक, भरपर्दो विश्वसनीय नदेखिएपछि ठेक्का रद्द गर्ने निष्कर्षमा पुगिएको हो ।

‘अब प्रक्रिया पुर्‍याएर पुनः एक दुई हप्तामै पुनः ठेक्का खोल्नेछौँ, भौतिक एवं वित्तीय प्रतिशतका आधारमा हेरफेर समेत हुनेछ’, कार्यालयका प्रमुख सुमन योगेशले भने । उनका अनुसार हालसम्म २५ प्रतिशत वित्तिय प्रगति भएको छ। हालसम्म धुलिखेल बसपार्कदेखि जिपलाइनसम्म डाँडा कटिङको काम मात्रै भएको छ भने केही स्थानमा नाली तथा ड्रेन–वाल लगाउने काम गरिएको छ भने जिपलाइनदेखि तल खावासम्मको करिव सडक मात्रै भत्काइएको तर एक किलोमिटर भागमा कटिङ नै बाँकी रहेको छ । गत जेठमा धुलिखेलतर्फबाट बेस, सब–बेस हाल्ने काम सुरु गरिए पनि बर्षामा सबै बगाएर खण्डहरझैं बनाएको थियो ।

समयमै निर्माण सम्पन्न नहुँदा यस राजमार्ग भएर गुड्ने सवारीका यात्रुले दुई वर्षदेखि निकै सास्ती खेप्दै आउनुपरेको छ। सडक निर्माणको काम समयमा नसकिँदा पुनर्निर्माणका लागि भत्काइएको सडकमा सयौँ दुर्घटना हुँदा यात्री घाइते भएका छन् । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्रे गर्न लागिएको थियो ।

उक्त सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलो पटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्रे डिबिएम र आस्फाल कालोपत्रे गर्ने योजना बनाएको थियो । अरनिको राजमार्ग हुँदै नेपालको चिनसँगको उत्तरी नाकाअर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा दोलखा, रामेछाप पुग्ने यही सडक हो ।

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालयमा प्रष्टीकरण बुझाएका छन्। बुधबार उर्जा मन्त्रालयले २४ घण्टे प्रष्टीकरण सोधिएका कुलमानले केही समय अघि प्रष्टीकण बुझाएका हुन्।

कुलमानले आफ्नो ऊर्जा मन्त्रालयलाई आफूलाई स्पष्टिकरण सोध्ने अधिकार नभएको जवाफ दिएका छन्।

उनले भनेका छन्-‘निवेदकलाई सेवाबाट हटाउने विषयमा स्पष्टिकरण सोध्ने र कारवाही गर्ने अधिकार कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा १६, नेपाल सरकारको कार्य सञ्चालन नियमावली, २०६४ को नियम २१ (अनुसूची-१ को क्र.स. ३३) र नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रवन्धकको सेवा शर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ को विनियम २४ बमोजिम मन्त्रालयलाई नभएको व्यहोरा पुनः निवेदन गर्दछु।’

उनले नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रवन्धकको सेवा शर्त तथा सुविधा सम्वन्धी विनियमावली, २०६१ को विनियम २२ मा उल्लिखित अवस्था मध्ये कुन आरोपमा कारवाही गर्न लागिएको हो? भन्ने प्रश्न गर्दै स्पष्टिकरणमा कसुर एकिन नगरी गोश्वरा आरोपमा कारवाही गर्न नमिल्ने जवाफ दिएका छन्।

घिसिङलाई ऊर्जा मन्त्री दीपक खड्काले मन्त्री स्तरीय निर्णय गरेर स्पष्टीकरण सोध्दै आन्तरिक तथा बाह्य भ्रमण, काज र बिदाका विषयमा प्रश्न सोधेका थिए।

दुबईबाट काठमाडौं आएका तीन महिला र एक विदेशी पुरुष साढे  तीन किलो सात सय ७५ ग्राम सुनसहित पक्राउ परेका छन्।

फ्लाई दुवईको एफजेड ५७५ उडानबाट बुधबार साँझ आएका उज्वेकिस्तानका नागरिकहरुलाई प्रहरीले पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौंरले जानकारी दिए।

चेकजाँच सकेर भन्सारबाट पास भइसकेका उनीहरुलाई नेपाल प्रहरीको सादा पोशाकका प्रहरीले पक्राउ गरेको हो। उनीहरुले मलद्वारामा सुन लुकाएर ल्याएको एसएसपी राठौंरको भनाइ छ।

उनीहरु अहिले गौशाला प्रहरी हिरासतमा रहेको प्रहरीको भनाइ छ।

 स्रोतको चर्को चापका बीच सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणको तयारी तीव्र पारेको छ। अर्थ मन्त्रालयका अनुसार वैदेशिक सहायतामा पछिल्लो समय उल्लेखनीय कटौतीदेखि राजश्वसमेत प्रभावकारी रुपमा उठ्न सकिरहेको छैन।

राष्ट्रिय योजना आयोगले दिएको करिब १९ खर्ब हराहारीको सिलिङमा राखेर बजेट निर्माणको तयारीलाई सरकारी अधिकारीहरुले तीव्र पारेका छन्। यद्यपि यो बजेट सिलिङ चालु बजेटभन्दा ठूलो हो।

सरकारले यो आर्थिक वर्षका १८ खर्ब ६० अर्बको बजेट ल्याएको थियो। यसलाई वर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मध्यावधि समीक्षामार्फत करिब २ खर्बले घटाएका थिए। चालु बजेट अहिलेसम्म ७ खर्ब ९० अर्ब मात्रै खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाउँछ। 

अहिले बजेट घाटा १ खर्ब २२ अर्बमाथि पुगेको छ। सरकारले ७ खर्ब ९० खर्च गर्दा फागुन १३ गतेसम्म जम्मा ६ खर्ब ६८ अर्ब आम्दानी गरेको छ। यसरी सरकारी खर्च र आम्दानीको अन्तर ठूलो मात्रमा बढ्दै जाँदा सरकारलाई आगामी बजेट बनाउनसमेत चुनौतीपूर्ण बन्दै गएको हो।

अधिकारीहरुका अनुसार आगामी बजेट निर्माणको तयारीमा जुटेका अर्थ मन्त्रालयका अधिकारीहरूअनुसार यसपटक पनि सरकारले मनसुनजन्य प्रभावमा ठूलो बजेट छुट्याउनुपर्ने स्थिति छ। अनिवार्य दायित्वअन्तर्गत पेन्सन, वृद्ध भत्ताजस्ता सामाजिक सुरक्षाका कार्यक्रम, वैदेशिक ऋणको दायित्वमा ठूलो बजेट जाँदै छ।  

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।