२०८३ बैशाख १९ गते शनिबार
२०८३ बैशाख १९ गते शनिबार

राजनीतिक दलले आम्दानी र खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका छन्। आयोगमा राजनीतिक दलले बुझाएको आर्थिक वर्ष २०८०/८१ को आम्दानी र खर्चको विवरण अनुसार नेकपा एमाले सबैभन्दा धनी दल हो।

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस दुई वर्षदेखि निरन्तर घाटामा गएको छ। नेकपा माओवादी केन्द्र को आम्दानी घटेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आम्दानीको दोब्बर खर्च गर्दा करिब पौने दुई करोड रुपैयाँले घाटामा गएको छ। 

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले आव समाप्त भएको छ महिनाभित्र राजनीतिक दलले आयव्ययको लेखा परीक्षण गर्नुपर्ने र सोको एक महिनाभित्र निर्वाचन आयोगमा प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था गरेको छ । सो व्यवस्थाबमोजिम माघभित्र ८८ राजनीतिक दलले लेखा परीक्षण प्रतिवेदन बुझाएको छ । 

आयोगमा बुझाइएको प्रतिवेदन अनुसार नेकपा (एमाले) ले गत आवमा १४ करोड ७९ लाख पाँच हजार ८०९ रुपैयाँ आम्दानी गरेको छ। आव २०७९/८० मा करिब दुई करोड ६२ लाख ८४ हजार रुपैयाँले घाटामा रहेको एमालेले यस वर्ष करिब सात करोड २८ लाख रुपैयाँले बचतमा गएको छ। 

२०७९/८० मा सो दलले आठ करोड ९७ लाख २२ हजार ६५ रुपैयाँ आम्दानी गरेको थियो । एमालेले सोही आवमा सात करोड ५० लाख ३८ हजार तीन रुपैयाँ खर्च गरेको छ। आव २०७९/८० मा एमालेको खर्च करिब ११ करोड ६० लाख थियो। 

एमालेको आम्दानीको मुख्य स्रोत कार्यकर्ताबाट सङ्कलित सदस्यता शुल्कबापतको हो। उसले सो शीर्षकमा ११ करोड ५४ लाख ३० हजार ४३७ रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही शीर्षकबाट एमालेले एक करोड २१ लाख १६ हजार ४१८ रुपैयाँ आम्दानी गरेको थियो । 

नेकपा एकीकृत समाजवादीले गत आवमा चार करोड २४ लाख ५३ हजार ६९१ रुपैयाँ आम्दानी गरेको छ तर आम्दानीभन्दा उसले खर्च बढी गरेको छ। आयोगमा बुझाइएको प्रतिवेदन अनुसार उसले सोही आवमा चार करोड ५७ लाख ४० हजार रुपैयाँ खर्च गरेको छ । २०७९/८० को मौज्दातबाट घाटा कट्टी गराएको एकीकृत समाजवादी हाल ९९ लाख ६१ हजार ५८३ रुपैयाँले बचतमा छ। 

नेपाली कांग्रेस भने दुई करोड ३२ लाख ४७ हजार ५९९ रुपैयाँले घाटामा गएको छ। कांग्रेसले आव २०८०/८१ मा दुई करोड ५९ लाख आठ हजार ७७५ रुपैयाँ आम्दानी गरेको छ । उसको खर्च चार करोड ९१ लाख ५६ हजार ३७५ रुपैयाँ छ । 

माओवादी केन्द्रले आव २०८०/८१ मा एक करोड ८६ लाख ५३ हजार १४६ रुपैयाँ आम्दानी गरेको छ। उसले २०७९/८० मा तीन करोड ४८ लाख ४१ हजार ९३ रुपैयाँ आम्दानी गरेको थियो । विवरणबमोजिम नेकपा (माओवादी केन्द्र) दुई हजार ४४३ रुपैयाँले बचतमा छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले भने आम्दानीको दोब्बर खर्च गरेको छ। उसले आव २०८०/८१ मा तीन करोड ७९ लाख ५९ हजार ४८७ रुपैयाँ आम्दानी गरेको छ । छ करोड ५० लाख १७ हजार ७८ रुपैयाँ उसको खर्च हो। एक करोड ६९ लाख ३० हजार ३७६ रुपैयाँले घाटामा गएको राष्ट्रिय स्वतन्त्र पार्टीले आव २०७९/८० मा करिब पाँच करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको थियो । गोरखापत्र दैनिकमा समाचार छ

महाशिवरात्रीको अमृत स्नानसँगै भारतको प्रयागराजमा ४५ दिनदेखि जारी महाकुम्भ मेला समापन भएको छ।

विश्वकै सबैभन्दा विशाल र धार्मिक आस्थाले भरिएको यो अदभुत महाकुम्भ मेलामा ४५ दिनको अवधिमा ६४ करोडभन्दा बढी मानिसले गंगा, यमुना र अदृश्य पौराणिक नदी सरस्वतीको संगममा पवित्र स्नान गरेका छन्।

यति ठूलो संख्यामा श्रद्धालु भेला भएको यो विश्वकै सबैभन्दा ठुलो धार्मिक मेला हो।

मेला भर्न आएका साधुसन्त, नागा साधु, विदेशी नागरिक र सेलिब्रिटीहरु भारतीय र विदेशी समाचारमाध्यमको आकर्षण बनेका थिए।

महाकुम्भ स्नानका लागि भारत मात्र नभई नेपाल लगायत विश्वका थुप्रै देशबाट असंख्य श्रद्धालु प्रयागराज पुगेका थिए। यो त्रिवेणी संगममा स्नान गर्नाले पापको प्रायश्चित भइ पुण्य प्राप्ति हुने र मृत्युपछि मोक्ष प्राप्ति हुने धार्मिक मान्यता रही आएको छ। महाकुम्भ हिन्दु संस्कृति, अध्यात्म र आस्थाको प्रतिक हो।

महाकुम्भलाई व्यवस्थित गर्न नदीको तटीय क्षेत्रको चार हजार हेक्टर खुला भूमीमा डेढ लाख टेन्टको स्थापना गरी एक अस्थायी शहरका रुपमा परिणत गरिएको थियो।

गत जनवरी १३ देखि शुरु भएको महाकुम्भ फेब्रुअरी २६ मा सकिएको हो। यो ४५ दिनको अवधिमा पौष पूर्णिमा, मकर संक्रान्ति, मौनी अमावस्या, बसन्त पञ्चमी, माघि पूर्णिमा र महाशिवरात्रीमा गरी ६ वटा विशेष वा अमृत स्नान भएका थिए।

यति विशाल र अभूतपूर्व मानव भेलालाई व्यवस्थित गर्न उत्तर प्रदेश सरकारका लागि ठुलो चुनौतिका रुपमा रहेको थियो। मौनी अमावस्याको अमृत स्नानको अघिल्लो रात भागदौड मच्चिँदा जनवरी २९ मा कम्तिमा ३० जनाले ज्यान गुमाए भने अन्य ६० जना घाइते भएका थिए।

यस्तै महाकुम्भ मेला भर्न जानका लागि प्रयागराज जाने विशेष रेल चढ्ने क्रममा भएको धकेला–धकेलमा दिल्ली रेलवे स्टेशनमा फेब्रुअरी १५ मा कम्तिमा १८ जनाको मृत्यु भएको थियो।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने मौका प्राप्त हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ।

 

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अस्वस्थताले काममा जुट्न नसकिएला। आफ्नो कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्लान्। होसियारीसाथ काममा जुट्नुपर्ला। छिद्र खोतल्नेहरूले दु:ख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय लाग्नेछ। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। दोहोर्याएर प्रयत्न गर्दा काम बन्नेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। काम बिग्रने भयले सताउनेछ परिस्थितिले चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। सानो कमजोरीले सुनिश्चित प्रतिफलसमेत हातपार्न नसकिएला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ। धन र भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। प्रेम र मित्रताको बन्धन कसिलाे हुनेछ। काममा साथीभाइबाट सहयोग मिल्नेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। लोकप्रिय कामले समाजमा स्थापित बनाउन सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
हिम्मतले काम लिँदा मनग्य लाभ हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौडमा सफलता दिलाउनेछ। भौतिक साधन जुट्नेछन्। बलजफ्ती गरेरै भए पनि काम बनाउन सकिनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट छुटकारा मिल्नेछ। आवेशमा संयमित हुनुहोला, मुद्दा–मामिलामा विजयी भइनेछ। व्यवसायमा मनग्य फाइदा हुनेछ। पेसागत प्रतिस्पर्धीसँग सम्झौता हुन सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कामको अवसर प्राप्त भए पनि परिस्थितिले अलमल्याउन सक्छ। वादविवादमा अघि नसर्नुहाेला। परिस्थिति सामान्य अनुकूलै रहे पनि अस्वस्थताले काममा बाधा पुग्न सक्छ। घर–व्यवहारले पनि अल्मल्याउन सक्छ। नयाँ काम थाल्न समय पर्खनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। सन्तान वा अनुयायीको सल्लाह, सहयोगले लाभ दिलाउनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। काम बिग्रने डरले सताउनेछ। अरूको फाइदाका लागि उपयोग भइएला। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। साथीभाइ टाढिनाले रोकिएको काम बनाउन समस्या पर्ला। साझेदारीको सामान्य समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
हिम्मतले काम बन्नेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धी परास्त हुनेछन्।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्नेछन्। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्ला। परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आफन्तको सान्निध्य र अभिभावाकको स्नेह प्राप्त हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। प्रयत्न गरेको काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। व्यापारले फाइदा दिनेछ। तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ। नयाँ काम गर्ने अवसर पनि प्राप्त हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ। आकस्मिक समस्याले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नुपर्ला। समयको प्रतिकूलताले काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। आवश्यक पर्दा शुभचिन्तकहरू समेत टाढा हुनेछन्।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट मनग्य नाफा उठाउन सकिनेछ। परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन्। व्यापार तथा साझेदारीमा लाभ हुनेछ। मिहिनेत गर्दा काममा अनुमानभन्दा बढी फाइदा उठाउन सकिनेछ। लाभांशबाट अरूको समेत सेवा गर्न सकिनेछ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।