
जनकपुरधाम । महायज्ञको नाममा दलित परिवारको घरमा डोजर लगाएको आरोपमा पक्राउ परेका सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का पूर्व वडाध्यक्षलाई पाँच दिन थुनामा राख्न म्याद थप भएको छ ।
सिरहा जिल्ला अदालतबाट पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेश यादवले जानकारी दिए । औरही गाउँपालिका ५ मा विष्णु महायज्ञ आयोजन गर्न गत फागुन १० गते स्थानीय दिपक मरिक डोमको घर भत्काएका थिए ।
त्यहाँको माटो समेत ताछेर फालेको समाचार सार्वजनिक भएपछि गत शुत्रबार साँझ दुवै जनालाई सिरहा प्रहरीले पक्राउ गरेको थियो । गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्षसहित पीडित दिपक मरिकले शनिबार जिल्ला प्रहरी कार्यालय सिरहामामा जातीय भेदभाव तथा छुवाछुत कसुरमा जाहेरी दर्ता गराएका थिए ।
काठमाडौं महानगर प्रमुख बालेन शाहले उप्रपधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई आफुलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र र देश नहराउन आग्रह गरेका छन् ।
महानगर प्रमुख शाहले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सो कुरा बताएका हुन् ।
काठमाडौं । इन्स्ट्यान्ट मेसेजिङ एप ‘व्हाट्सएप’ ले चाँडै नै एन्ड्रोइड प्रयोगकर्तालाई व्यक्तिगत च्याट, समूह र च्यानलमा ‘मोशन फोटो’ साझेदारी गर्न अनुमति दिने नयाँ सुविधा विकास गर्दैछ । मोशन फोटो एक मिडिया ढाँचा हो, जसले स्थिर तस्बिर खिच्नु अघि र पछि दुवै गतिको छोटो क्षण कैद गर्दछ । परम्परागत तस्बिरभन्दा फरक, मोशन फोटोहरूमा केही सेकेन्डको भिडियो र अडियो समावेश हुन्छ ।
‘वाबबीटाइन्फो’ का अनुसार मोशन फोटोहरूको लागि एपको मिडिया–साझेदारी क्षमताहरू विस्तार गर्ने लक्ष्य व्हाट्सएपले राखेको छ । व्हाट्सएपमा फोटो र भिडियो ग्यालरी खोल्दा मोशन फोटोहरूको लागि समर्पित नयाँ बटन देखा पर्नेछ, जसले प्रयोगकर्ताहरूलाई छविको स्थिर वा गति संस्करण पठाउने विकल्प प्रदान गर्दछ ।
यो सुविधा विशेष गरी केही मोबाइल उपकरणमा लोकप्रिय छ, किनकि यसले स्थिर तस्बिरहरूमा गतिको स्पर्श थपेर स्थिर तस्बिर र भिडियोहरू बीचको खाडललाई कम गर्छ । मोशन फोटो सुविधा सामान्यतया विभिन्न स्मार्टफोनहरूमा उपलब्ध छ, जस्तै सामसुङ ग्यालेक्सी । यो सुविधा हाल आईफोनका लागि आइओएसमा उपलब्ध भए पनि एन्ड्रोइडका लागि व्हाट्सएपमा मोशन फोटो–सेयरिङ सुविधा अझै विकासको क्रममा छ ।
धनुषा । ससुराली हिंडेका एक युवकको अपहरणपछि विभत्स हत्या भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–८ दिगम्बरपुरका २५ वर्षीय शिवशंकर महतोको हत्या भएको हो ।
उनको शव गौशाला नगरपालिका–८ सागरनाथ वनमा रेल्वे ट्रयाकको करिब एक सय मिटर दक्षिणतर्फ भेटिएको छ । शव शुक्रबार साँझ फेला परे पनि उनको सनाखत भने शनिबार मात्र भएको थियो । शव र घटनास्थलको प्रकृति हेर्दा हत्या भएको महोत्तरी प्रहरीको प्रारम्भिक अनुमान छ ।
हत्या भएको प्रारम्भिक अनुमान गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । शिवशंकरको शव नग्न अवस्थामा, खुकुरीले शरीरको विभिन्न भागमा आक्रमण गरेको र मुखमा आगो लगाएको जस्तो देखिन्छ । शिवशंकर बिहीबार दिउँसो श्रीमती सिर्जना, १० महिने छोरासहित घरबाट ससुराली बर्दिबास नगरपालिका ५ पशुपतिनगर बन्द्रका लागि निस्केका थिए । मृतकका भाइ राम महतोका अनुसार घरबाट एउटा मोटरसाइकलमा दाइ शिवशंकर, भाउजु र १० महिने छोरासहित महेन्द्रनगरसम्म पुगेका थिए ।
त्यहाँबाट श्रीमती सिर्जनाले माइतबाट दुई वटा मोटरसाइकल बोलाएकी थिइन् । एउटामा १० महिने छोरासहित सिर्जना चढेकी थिइन् भने अर्कोमा शिवशंकर । शिवशंकरको घरमा सबैले ससुराली पुगे भनेर ढुक्क थिए । तर, शुक्रबार जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट मान्छे पहिचानका लागि शिवशंकरको घरबाट मान्छे बेलाउँदा त्यहाँ पुगेपछि मात्र छोरा ससुराली नपुग्दै हत्या भइसकेको परिवारले थाहा पाएका थिए ।
‘हिजो दिउँसो २ बजेतिर मात्र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट फोन गरेर आउन भन्यो । पुगेपछि दाइको शव देखायो। त्यसपछि मात्र थाहा पायौं ससुराली नपुग्दै दाइको हत्या भइसकेको रहेछ,’ मृतकका भाइ राम महतोले भने । केही दिनअघि ससुरालीमा विवाद हुँदा शिवशंकरमाथि कुटपिट भएको बताइएको छ । विवादपछि श्रीमती र बच्चासहित घर फर्किंदा शिवशंकर पुनः ससुराली जान मानेका थिएनन् । उनलाई श्रीमती सिर्जनाले नाना (हजुरबुबा) को मृत्यु भयो भनेर ससुराली जान बाध्य बनाएकी भाइ रामको भनाइ छ ।
काठमाडौंमा चैत १५ गते राजनीतिक माहोल तात्ने देखिएको छ । एकातिर, राजावादीहरू उत्साहित हुँदै सडक प्रदर्शनको तयारीमा जुटिरहेका छन् भने अर्कोतिर, सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)सहितका समाजवादी घटकहरूले समेत शक्ति प्रदर्शन गर्ने घोषणा गरेका हुन् ।
राजनीतिक ध्रुवीकरण तीव्र बन्दै गएको परिप्रेक्ष्यमा दुबै पक्षले एकैदिन राजधानीमा प्रदर्शन गर्न लागेको कारण सुरक्षाकर्मीहरू सतर्क बनेका छन् । समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा व्यापक प्रदर्शनको तयारी गरेको छ । गणतन्त्र पक्षधर शक्ति एकजुट भएर सडकमा उत्रन लागेका छन् । यसै दिन, राजसंस्थाको पुनर्स्थापनाका लागि अभियान चलाइरहेको दुर्गा प्रसाईं नेतृत्वको समूहले पनि राजधानीमा विरोध प्रदर्शन गर्ने योजना बनाएको छ । यसले राजनीतिक वातावरण तनावग्रस्त बन्न सक्ने सम्भावना बढाएको छ ।
राजनीतिक प्रदर्शनहरूमा अप्रत्याशित घटना घट्न सक्ने भएकाले सुरक्षाकर्मीहरूले व्यापक सतर्कता अपनाएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयले राजधानीका तीनवटा जिल्ला प्रहरी परिसर (काठमाडौं, ललितपुर, भक्तपुर) साथै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई उच्च सतर्क रहन निर्देशन दिएको छ । सुरक्षा संयन्त्रले समाजवादी मोर्चाको प्रदर्शनमा अनावश्यक घुसपैठ हुनसक्ने भन्दै गोप्य निगरानी बढाएको छ ।
तीनवटै प्रहरी परिसरका अधिकारीहरूलाई आ-आफ्नै स्रोत परिचालन गरेर राजनीतिक गतिविधिहरू निगरानी गर्न भनिएको छ । प्रहरी स्रोतका अनुसार, कुनै पनि अप्रिय घटना हुन नदिन, प्रदर्शनको प्रकृति र सम्भावित असरबारे गहन अध्ययन भइरहेको छ । राजनीतिक गतिविधिहरूले काठमाडौंको सुरक्षा अवस्थालाई अस्थिर तुल्याउने जोखिम रहेकोले विभिन्न सुरक्षा निकायहरूबिच समन्वयात्मक निगरानी बढाइएको हो ।
चैत १५ गतेको प्रदर्शनलाई लिएर आम सर्वसाधारण नागरिकहरू भने चिन्तित छन् । दैनन्दिन जीवनमा अवरोध नहोस् भन्ने उनीहरुको अपेक्षा छ । राजनीतिक दलहरूका प्रदर्शनले राजधानीको ट्राफिक व्यवस्थापनमा समेत असर पार्नसक्ने भएकाले ट्राफिक प्रहरीले समेत विशेष योजना बनाइरहेको छ ।
राजनीतिक माहोलको संवेदनशीलता र सुरक्षासम्बन्धी चासोलाई ध्यानमा राख्दै, सुरक्षा अधिकारीहरूले आवश्यक परे थप सुरक्षा बल परिचालन गर्ने तयारी समेत गरिरहेका छन् । चैत १५ को दिन काठमाडौंका मुख्य क्षेत्रहरूमा सुरक्षा उपस्थिति बढाइनेछ र प्रदर्शनकारीहरूको गतिविधि निगरानीमा राखिनेछ ।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि रोकिएको करिब ५५ करोड डलर अनुदान (करिब साढे ७५ अर्ब रूपैयाँ) को अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट परियोजनाले निरन्तरता पाउने भएको छ ।
अमेरिकाको वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला त्यहाँको सरकारले एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति दिएको एमसीए नेपालले जनाएको छ । ‘रोकिएका एमसीसीअन्तर्गतका परियोजनाहरू अगाडि बढाउन अनुमति दिइएको छ,’ एमसिए नेपालका एक उच्च अधिकारीले भने, ‘एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतका केही कार्य अगाडि बढेका छन् ।’
अमेरिकी राष्ट्रपतिको कार्यालयले गत जनवरी २० (पुस ७) मा ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार एमसिसी रोकेको थियो । अमेरिकी सरकारले अन्य कार्यक्रमहरूलाई रोकेको अवस्थामा एमसिसी अघि बढ्ने प्रस्ट संकेत देखिएको ती अधिकारीले बताए ।
एमसीसीमा अमेरिकाको ५० करोड डलर अनुदान दिने सम्झौता भएकोमा पछि पाँच करोड डलर थपेर कुल ५५ करोड डलर अनुदान दिने निर्णय गरिएको थियो। नेपालले गर्ने लगानीसहित एमसीसीमा कुल लगानी ७४.६७ करोड डलर रहेको छ । यसमा नेपाल सरकारको १९ करोड ६७ लाख डलर लगानी हुनेछ । अमेरिकी सरकारको अनुमतिपछि धानखोला–लमही सडकको सुपरिवेक्षण परामर्शदाता नियुक्त गर्न यसै साता सूचना प्रकाशित भएको छ ।
एमसीए नेपालले कामहरूको पुनः थालनीका लागि व्यवस्थापन भइरहेको जनाएको छ । तर अहिलेको अनुमतिले समीक्षाबाट निस्किने कुनै निश्चित परिणामप्रति कुनै संकेत भने नगर्ने एमसिए नेपालको दाबी छ । एमसिसी र नेपाल सरकारको संयुक्त लगानीमा तीन सय १५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन, चार सय केभीकै तीन वटा सबस्टेसन तथा दाङको भालुवाङदेखि बाँकेको शिवखोलासम्म ७७ किलोमिटर सडक स्तरोन्नति गर्ने परियोजना निर्माण हुनेछन् ।
नेपालमा एमसीसी परियोजना सुरु गर्ने बेलामा निकै ठूलो विवाद भएको थियो । १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित एमसिसी नेपाल कम्प्याक्ट अनुमोदन भएको थियो । एमसिसी रोकिएपछि सरकारलाई पनि बजेट व्यवस्थापनमा कठिन हुने देखिएको थियो। आगामी आवमा १९ खर्ब सिलिङको बजेटका लागि वैदेशिक अनुदान २२ प्रतिशत र वैदेशिक ऋण ३० प्रतिशतले वृद्धि गर्न राष्ट्रिय योजना आयोगले भनेको छ ।
सन् २०२२ मा युएसएआइडी र नेपालबिच ६५९ मिलियन डलरबराबरको पाँच वर्षे विकास उद्देश्य सम्झौतामा हस्ताक्षर भएको थियो । यीमध्ये २०२२ देखि अहिलेसम्म दुई वर्षको अवधिमा केही रकम भने खर्च भइसके पनि अरू रकम रोकिएको छ । अमेरिकाको प्रमुख वैदेशिक सहायता संस्था युनाइटेड स्टेट्स एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट (युएसएआइडी) मार्फत नेपाल बजेटरी प्रणालीबाट सम्झौता भएर सञ्चालनमा रहेका करिब तीन दर्जन कार्यक्रम प्रभावित भएका छन् । बजेटरी प्रणालीबाट सात करोड १७ लाख डलर र ५८ करोड ७३ लाख डलर अमेरिकी विकास साझेदारसँगको सहकार्यमा कार्यान्वयनमा रहेका थिए ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ अवसर पाइनेछ। तर चुनौती समेत देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला। छिद्र खोतल्नेहरूले दु:ख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला। शुभचिन्तकहरूको साथ–सहयोग जुट्नाले काम सम्पादन गर्न सकिनेछ। सामाजिक जिम्मेवारी बढ्नेछ। पहिलेकाे काम बन्नाले नयाँ अवसर प्राप्त हुनेछ। सेवा, धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
समस्या र अर्थअभाव एकसाथ सामना गर्नुपर्ने देखिन्छ। आँटेकाे काम राेकिने भयले सताउनेछ। गरेकाे श्रमबाट उचित लाभ नहुन सक्छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूकाे साथ–सहयाेग प्राप्त हुनेछ र तत्कालकाे अभाव पनि टर्नेछ। सञ्चित रकम खर्चनुपरे पनि पछि आउन सक्ने समस्या बेलैमा समाधान हुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
रमाइलाे भेटघाटले नयाँ अवसर पनि जुटाउन सक्छ। भौतिक साधन जुट्नाले पेसा–व्यवसायमा उत्साहजनक परिवर्तन आउनेछ। व्यापार बढ्नाले मनग्य लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलाे हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिस्थितिवश केही समस्यामा अल्झनुपर्ने देखिन्छ। काम अड्किनाले उद्देश्य प्राप्त गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। कमजाेर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तत्काल फाइदा नहुने काममा अलमल हुनेछ। तापनि पछिका लागि पूर्वाधार तयार गर्न सकिनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसरले पछ्याए पनि माैकाकाे फाइदा उठाउन निकै मिहिनेत गर्नुपर्ला। स्वास्थ्यका लागि खानपान र विश्राममा ध्यान पुर्याउनुहाेला। मिहिनेतकाे परिणाम भने राम्रै हुनेछ। प्रतिष्ठित काम सम्पादन गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। झमेला बेहोर्नुपरे पनि शुभचिन्तकहरूले राम्रो साथ दिनेछन्। मनको डर उत्साहमा रूपान्तरित हुनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
घर–परिवारमा असमझदारी बढ्न सक्छ। फजुल खर्च बढ्नेछ भने काममा पनि उल्झन आउन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउनेछ। मान–सम्मानमा समेत आघात पुग्ने सम्भावना छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। कामतर्फ श्रमअनुसार सोचेको फाइदा नहुन सक्छ। वादविवादले आफ्नै प्रतिष्ठामाथि प्रश्न उठ्नेछ, सजग रहनुहाेला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। प्रतिस्पर्धामा उत्रनुपरे पनि मिहिनेतले उपलब्धि हातपार्न सकिनेछ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहाेला। विभिन्न अवसरले सफलताको यश पनि दिलाउन सक्छ। भौतिक साधन जुट्नाले दिगो योजना अघि बढ्नेछ। कामले प्रतिष्ठा दिलाउनेछ। नियमित काम बने पनि आफ्नै सहयोगीहरू काममा बाधक बन्न सक्छन्।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा भने सामान्य फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। विवादास्पद जिम्मेवारी आउला। सावधानीले मात्र कार्यसिद्धि हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन गर्न सकिनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। खर्च लागे पनि रोकिएका काम बन्नेछन्। लामो यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। चुनौतीका बाबजुद स्वाभिमान रक्षा गर्न सकिनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
मिहिनेतले राम्रो परिणाम दिलाउनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। कृषि, पशुपालनमा आदिमा फाइदा हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
विशेष कर्म प्राप्तिको योग छ। तर अवसर र चुनौती एकसाथ देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला। कुनै विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। लगनशीलताले समाधान दिलाउन सक्छ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा फाइदै हुनेछ। तर विराेधीहरूले दुःख दिनेछन्, सजग रहनुहाेला।





