२०८३ असार ११ गते बिहीबार
२०८३ असार ११ गते बिहीबार

सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको पुरै टोली परिवर्तन गरेको छ । सशस्त्र प्रहरी बलका डीएसपी जगदीश हमाल नेतृत्वको टोली हटाइएको स्रोतले जानकारी दिएको छ।

सशस्त्र प्रहरी स्रोतका अनुसार, त्यहाँ अर्थात् पूर्वराजाको सुरक्षामा अर्का डीएसपी प्रमोदप्रकाश पाठकको नयाँ टोली परिचालन गरिएको छ । पूर्व विशिष्टलाई मापदण्डानुसार दिइने १६ जनाको टोली योपल्ट पठाइएको छ। विशेष गरी भीभीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले उनीहरूको निगरानीको सूचना संगठनलाई दिन छाडेपछि हेरफेर गर्नुपरेको उच्च सुरक्षा स्रोतले जानकारी दियो। ​

पूर्वराजाको सुरक्षामा यसअघिको सशस्त्रको टोली १६ जना भन्दा बढीको थियो । शुक्रबार (चैत १५) काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शन हिंस्रक भएपछि कतिपयले शाहलाई कारबाही गर्न माग गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा शान्ति सुरक्षा खलबल्याएको र हिंसात्मक आन्दोलन गराउन योजनाबद्ध भूमिका खेलेको भन्दै सरकारले उनलाई अघोषित नजरबन्दमा राखेको छ। शुक्रबार रातिदेखि नै पूर्वराजाको निवास र वरिपरिको क्षेत्रमा सुरक्षाकर्मी परिचालन गर्नुका साथै बाहिर निस्कन नदिने गरी अघोषित नजरबन्दमा राखेको हो। त्यहाँ भेटघाटका लागि जानेहरूलाई समेत निगरानीमा राखिएको छ। सरकारले शुक्रबारबाटै उनका गतिविधिमा निगरानी बढाएको हो। सरकारले पूर्वराजाको राहदानी रद्द गर्ने प्रक्रिया पनि अघि बढाएको छ। उनलाई मुलुकबाहिर समेत जान नदिने नीति सरकारले लिन लागेको छ। सरकारले पूर्वराजा ज्ञानेन्द्रको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी कटौती गरिदिएको छ। सशस्त्र प्रहरीले शुक्रबार राति ११ः३० मा सरकारको निर्देशनमा पूर्वराजाको १० सुरक्षाकर्मीलाई फिर्ता बोलाएको हो।

डिएसपी जगदीशचन्द्र हमाल नेतृत्वको २५ जनाको सुरक्षा टोलीलाई फिर्ता गरी त्यसमा १० जना कटौती गरेर डिएसपी प्रमोदप्रकाश पाठकको नेतृत्वमा १५ जनालाई मात्र त्यहाँ पठाइएको छ। ‘फौज अदलीबदलीका क्रममा थपघट गरिएको हो। केही दिनमा अर्को निर्णय हुनेछ,’ सशस्त्र प्रहरीका एक उच्च अधिकारीले भने। पूर्वराजा ज्ञानेन्द्रले फागुन ७ गते प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा एक वक्तव्य जारी गरेपछि राजवादी समूहहरूले उत्साहित भएर राजाको समर्थनमा नाराबाजी गर्दै आएका थिए। ‘देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण, निष्ठा सदैव हुनेछ। राष्ट्ररक्षाका निम्ति सबैको अनुशासन र प्रयत्न हुनुपर्छ।

हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौं,’ पूर्वराजाले त्यसबेला भनेको थिए, ‘अब नेपालको उन्नतिका लागि हामीबाट अरू के–के त्याग गर्नुपर्ने हो, तयार छौं। अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीलाई आह्वान गर्छौं।’

यही अभिव्यक्तिपछि राजावादीको एक समूहले ज्ञानेन्द्रकै निर्देशनमा पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा आन्दोलनका लागि समिति बनाएको थियो। विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं आन्दोलनको कमान्डर बनाइए । शुक्रबार प्रदर्शन गर्नुअघि पूर्वराजा ज्ञानेन्द्रको निर्देशन लिन बिहीबार उनीहरू निर्मल निवास पुगेका थिए।

निर्मल निवासबाट फर्केर आएपछि पत्रकार सम्मेलन गरेको सो समूहले शुक्रबार दुई जनाको ज्यान जाने गरी हिंसात्मक आन्दोलन गरेको थियो। सोही विषयलाई लिएर सरकारले राज्यविरुद्धको कसुरमा पूर्वराजा ज्ञानेन्द्रविरुद्ध अनुसन्धान गर्ने भएको छ। नागरिक दैनिकमा समाचार छ।

काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले दुर्गा प्रसाईका अराजक तत्वहरुले गरेको अपराधिक क्रियाकलाप सुरक्षाकर्मीलाई बोकाएर पानीमुनीको ओभानो बन्न खोजेको बताएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘बंगलादेशको मोडेलमा सत्तापलट गर्ने पूर्व राजा ज्ञानेन्द्रको योजना कार्यान्वयन गर्न ‘जनकमाण्डर’ तोकिएका दुर्गा प्रसाईद्वारा परिचालित गरिएका हुल्लडवाजहरुले गरेको अपाधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई बोकाएर पानीमुनीको ओभाने बन्न खोजिरहेका छन् राजावादीहरु । तर खुला समाजमा सबै कुरा छर्लङ्ग नै छ ।’

उनले राजावादी र पूर्व पञ्चहरुले यो सबै अपराधको भारी दुर्गा प्रसाई र उनका अनुचरलाई बोकाएर उम्कन खोजेको समेत आरोप लगाएका छन् । उनले लेखेका छन् ‘घटना घटेको दिनसम्म राप्रपाको संस्थापन पक्षलाई लागेको त यस्तै थियो । तर निर्मल निवासको थ्रेटका सामु उनीहरु निरही देखिए र भन्न थाले प्रहरी दमनको प्रतिरोध गरेका हुन् आन्दोलनकारीले ।’ उनले यो सत्यलाई निर्मल निवासको भयले थिच्दा यस्तै भएको बताएका हुन् ।

मेष : आजको लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ। वैदेशिक कार्यमा सफलता पाइएला। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन तर महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ। साँझमा पैसा खर्च पनि हुनसक्छ।

 

वृष : आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। पुनर्मिलनको योग रहेको छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ। सामाजिक उत्तर दायित्व वा पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ।

मिथुन : लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। नयाँ भौतिक सुख मिल्नुका साथै बोलीको प्रभावमा वृद्धि हुने देखिन्छ। अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला।

कर्कट : आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ र सुन्न पाइनेछ। वैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। नोकरी गर्नेले मानसम्मान पाउनेछन्। चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ।

सिंह : आज जिद्दीपनाले गर्दा काम बिग्रिने डर छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। मनमा निराशा र शरीरमा आलस्य आउला। स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ।

कन्या : आज दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। मन पर्ने व्यक्तिसँगको भेटघाटले कार्यक्षेत्रमा उत्साह जगाउनेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ।

तुला : आज दिन भाग्यशाली भएर देखा पर्नेछ। तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ। शुभ चिन्तकले पूर्ण साथ दिनेछन्। वैदेशिक काम र प्रक्रिया सहजै अघि बढ्नेछन्। सरकारी निकायको भय रहनेछ, आत: सावधान रहनुहोला।

वृश्चिक : आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ ठीक समयमा सही निर्णय लिन सकिनेछ तर पढाइलेखाइमा प्रगति गर्न नसकिने देखिन्छ।

धनु : राम्रै काम गरेपनि कार्यमा अवरोध आउला। आर्थिक कारोबारमा मन्दी आउनेछ। नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला। महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। साँझमा भने प्रतिष्ठित व्यक्तिहरूसँगको अन्तर्क्रियाले मनोबल उच्च बनाउनेछ।

मकर : आज लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। कला र मनोरञ्जनमा अभिरुचि जाग्नेछ। प्रेमसम्बन्ध र प्रणयप्रसंगका लागि श्रेष्ठ समय छ। ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन्। धार्मिक यात्राको योग पनि छ।

कुम्भ : आज कुनै कुराले मनमा शान्ति छाउनेछ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। बोलीको प्रभावले स्वरोजगार पाइनेछ तर विश्वास पात्रले भाषा परिवर्तन गर्न सक्छन्।

मीन : आज सामाजिक कार्यमा रुचि जाग्नुका साथै सफल यात्राको योग देखिन्छ। बोलीको भरमा सङ्कल्प सिद्ध हुनसक्छ। शुभ समाचार सुन्नमा आउला। कूटनीतिक नियोगको सहयोग मिल्ला। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।