
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।
पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ भने हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर सात रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले घटाइएको छ ।

गत शुक्रबार तीनकुने क्षेत्रमा भएको आन्दोलन र तोडफोडका क्रममा भाटभटेनी सुपरमार्केट्समा भएको क्षतिबारे मिनबहादुर गुरुङले दिएको अभिव्यक्ति भाटभटेनीले ‘करेक्सन’ गरेको छ।
सोमबार एक सूचना जारी गर्दै त्यसका अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले क्षतिको बारेमा मिडिकर्मीले गरेको प्रश्नमा जवाफ दिने क्रममा ७०-७५ लाख हुनुपर्नेमा करोड बोलेको भनी ‘करेक्सन’ गरेको हो।
इन्जिनिएर र अन्य साथीहरूले पूरा विवरण तयार पारिरहेको बताउँदै गुरुङले करिब ७०-७५ करोडको क्षति भएको बताएपछि उक्त विषयमा गुरुङको आलोचना भइरहेको थियो।
यसैबीच भाटभटेनीले यसबारे एक सूचना जारी गरी बोल्ने क्रममा गल्ती भएको बताएको हो।
‘केही पत्रकार मित्रहरूले गरेको प्रश्नको जवाफ दिने क्रममा भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरूङले ७५-८० लाख बराबरको क्षति भएको अनुमान गरिएको भन्नुपर्नेमा तोडफोड र लुटपाटलगत्तैको समय पनि भएकाले भुलवश ७०-७५ करोड भन्नुभएको विषयलाई सच्याइएको छ,’ सूचनामा भनिएको छ।
साथै, कोटेश्वर भाटभटेनीमा भएको लुटपाट र तोडफोडको प्रारम्भिक अध्ययन अनुसार ८० लाखको क्षति भएको भाटभटेनीको जिकिर छ।
यहीँ चैत्र १५ गते राजावादीहरूले तीनकुने क्षेत्रमा प्रदर्शन गरेका थिए। सोही क्रममा हुल भाटभटेनीमा छिर्दा क्षति भएको थियो। यस विषयमा अनुसन्धान भइरहेको छ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सोमबार पार्टी कार्यालयमा फर्किएका छन् । सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएपछि प्रहरी हिरासतबाट निस्किएपछि उनी पहिलो पटक पार्टी कार्यालय बनस्थलीमा फर्किएका हुन् ।
गएको कात्तिक २ गते पार्टी कार्यालयबाटै पक्राउ परेका उनी ६ महिनापछि फर्किएका हुन् । त्यतिबेला उनलाई पक्राउ गरी कास्की लगिएको थियो । पार्टी कार्यालयमा पुगेका उनी ठूला दलमाथि खनिएका थिए । ‘कति मुद्दा लगाउनुछ लगाऊ । शरीरमा एक थोपा रगत रहुञ्जेल लडिरहन्छु,’ उनले सम्बोधनका क्रममा भने । उनले दुई तिहाइको सरकाले आफूलाई जिउँदो छोड्नु नै खुशीको कुरा भएको बताएका छन् ।
‘सरकारको षड्यन्त्रको सिलसिला सकिएको छैन, जुनसुकै तराजुमा तौलन तयार छु । अदालतको आदेशको अपव्याख्या गरेका छन् । दुई तिहाइको सरकारले जिउँदै छोडेको छ यही मेरो जित हो,’ सभापति लामिछानेले भने । सभापति लामिछानेले लोकतन्त्र र गणतन्त्रको नाममा अहिले लुटतन्त्र मच्चाइएको बताएका छन् । उनले लुटतन्त्र मच्चाउनेविरुद्ध आफू कहिल्यै पछि नहट्ने बताए ।
‘लोकतन्त्र, गणतन्त्र र संघीय लोकतन्त्रिक गणतन्त्रको आडमा लुटतन्त्र मच्चाइरहेकालाई खबरदारी गर्न म कहिल्यै पछि हट्दिनँ । म जुनसुकै शक्तिसँग पनि लड्छु । तर, लुटतन्त्रलाई टुलुटुलु हेरेर बस्न सक्दिनँ,’ उनले भने । ‘राजनीतिमा हुन्थेन भने मैले यति धेरै दुःख खेप्नुपर्ने थिएन । केही समय मलाई अझ विश्राम गर्न मन थियो। तर, जसरी देशमा विकसित घटना क्रम भइरहेका छन् । त्यसले आफूलाई अघि सार्न बाध्य भएँ,’ उनले भने ।
उनले संसदमा पनि प्रतिपक्षीहरूको प्रस्तुती फितलो भएको आरोप लगाए । ‘तपाईंले दिन’ भएको माया र विश्वासलाई बेचेर खान्न, सत्ताले सुनोस्–रवि लामिछाने किस्तीमा आएको प्रधानमन्त्री पद त्यागेर कैदी हुन मञ्जुर भएको मान्छे हो,’ उनले भने, ‘प्रधानमन्त्री भएर सिंहदरबारमा फोटो टाँसिन्थ्यो होला त्यसले फरक पर्दैन । यिनीहरूसँग शिर झुकाएको भए मन्त्री, प्रधानमन्त्री हुन्थें होला, सरकार पनि ढल्दैनथ्यो होला, तर ज्यान जाला यिनका अघि शिर झुकाउँदिनँ ।’
२०७९ को चुनावपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा बनेको सरकारमा रवि लामिछाने दुई पटक उपप्रधान तथा गृहमन्त्री भने बनेका थिए । उनले आउने चुनावमा राम्रा उम्मेदवार उठाएर जहाँ उम्मेदवारी दियो त्यहीँ जित्ने गरी तयारी थाल्नुपर्ने पनि बताए । आफूले उम्मेदवारी नदिएर पनि अरूलाई ठाउँ दिने उनको दाबी थियो ।
उनले कांग्रेस–एमाले सरकारको औचित्य समाप्त भइसकेको पनि बताए । सरकारले फेरि आफूलाई थुन्न सक्ने भन्दै उनले अबचाहिँ पार्टी नेतृत्व सम्हाल्छु भनेर आएको पनि बताएका थिए।सहकारी प्रकरणमा मुछिएपछि चितवनबाट निर्वाचित लामिछाने निलम्बनमा परेका छन् । उनीविरुद्ध काठमाडौं, पोखरा, रुपन्देही, चितवन र वीरगञ्जमा सहकारीसम्बन्धी मुद्दा चलिरहेको छ । उनी सबै ठाउँबाट धरौटीमा रिहा भएका थिए ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसेवक कर्मचारीहरुको गुण/दोष टिप्पणी गर्ने स्थल संसद नभएको बताएका छन् ।
काठमाडौँ- तीनकुने घटनामा प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्र शाहले उन्मुक्ति नपाउने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीनकुने घटनामा तत्कालीन राजा शाहले पनि उन्मुक्ति नपाउने बताएका हुन् ।
प्रधानमन्त्रीले प्रारम्भिक अध्ययनमा चैत १५ गते भएका सबै घटनाले तत्कालीन राजा ज्ञानेन्द्र शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौता उल्लङ्घन गरेको भन्दै नागरिकको हैसियतमा शान्त जीवन बिताउने, नागरिकको कानुनी र संवैधानिक अधिकार प्रयोग गरी व्यापार व्यवसाय सञ्चालन गर्ने, पूर्व राष्ट्रप्रमुखको हैसियतमा सरकारले सुरक्षाको प्रबन्ध गर्ने र उनलाई नागार्जुन दरबार प्रयोग गर्न र उनकी आमालाई प्रयोग गरिरहेको नारायणहिटी दरबार परिसरको भवन प्रयोग गर्न दिने सहमति भएको बताए ।
‘हाल राष्ट्रियसभाका माननीय सदस्य एवम् तत्कालीन गृहमन्त्री श्री कृष्णप्रसाद सिटौलाले सरकारको तर्फबाट संवाद÷व्यवस्थापन गर्नु भएको थियो’, प्रधानमन्त्रीले भने,
‘आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनुहुन्न । यसमा तत्कालीन राजा शाहले पनि उन्मुक्ति पाउनुहुन्न ।’
उनले ज्ञानेन्द्रले फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ? भनेर प्रश्न समेत गरे ।
‘मानिसलाई मर्नलाई दुरुत्साहन गर्ने जनकमान्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजनको क्षति र लुटपाट–– शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुन सक्छ ?’, प्रधानमन्त्रीको प्रश्न छ ।
प्रधानमन्त्रीले सबै घटनाको मूल जिम्मेवार ज्ञानेन्द्र नै भएको र जिम्मा समेत लिनुपर्ने बताए ।
‘गत चैत १५ गते २ वटा राजनीतिक कार्यक्रमबारे प्रशासनलाई जानकारी गराइएको थियो । दुवै कार्यक्रम शान्तिपूर्ण र संवैधानिक दायराभित्रको भनिएको थियो । शान्ति, सुव्यवस्था कायम राख्दै विरोध– आलोचनाको संवैधानिक अधिकार सुनिश्चित गर्न सरकारले हुनसक्ने अवाञ्छित घटनाप्रति आयोजकहरूलाई सचेत गराएको थियो’, प्रधानमन्त्रीले सुनाए ।
प्रधानमन्त्रीले सदनमा राम्रो उपस्थिति रहेका दलहरूको मूल नेतृत्वमा ‘समाजवादी मोर्चा’ले काठमाडौँको प्रदर्शनी मार्गमा भव्य सभा गरेर आफ्नो धारणा सार्वजनिक गरेको बताए । मोर्चाको कार्यक्रम शालीन जुलुस सहित भएको भन्दै प्रधानमन्त्रीले त्यस कार्यक्रमका आयोजकहरूलाई धन्यवाद ज्ञापन गरे । ‘हाम्रो सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने विधि यस्तै हो भन्ने पनि म ठान्दछु’, प्रधानमन्त्रीको भनाइ छ ।
उनले भने, ‘काठमाडौँको तीनकुनेमा अर्को सभाको लागि स्थान दिइएको थियो । त्यस कार्यक्रममा आयोजक को हुन् भन्नेमा केही आशङ्का र द्विविधा समेत थियो । त्यस कार्यक्रमका उद्देश्य जे बताइँदै थियो, त्यसमाथि नै आशङ्काका आधार थिए । द्विविधा यस अर्थमा थियो, त्यसका आयोजक मध्ये केही नाम यस सम्मानित सदनमा उपस्थित दलका नेताहरूको पनि थियो ।’
तर तीनकुनेका आयोजकहरूले पहिले प्रशासनलाई जानकारी गराए अनुसार सभा नगरेको र उत्तेजक प्रदर्शन र अराजनीतिक नारा सहित भीड सलबलाउन थालेको बताए ।
‘सभा वा मन्तव्य हैन, प्रदर्शनको कथित “जनकमान्डर” आफैँले हाँकेको गाडी प्रहरीमाथि नै चढाउने गरी निषेधित क्षेत्र तोड्न दौडाइयो । भीड नियन्त्रण गर्न प्रशासनले गरेको प्रयासका विरुद्ध, प्रहरीको बन्दुक खोस्ने, गुण्डागर्दी र कुटपिट गर्ने, लुटपाट गर्नेजस्ता वारदात सुरु गरियो’, प्रधानमन्त्रीको भनाइ छ ।
हुँदा हुँदा निजी व्यक्तिको घर, सार्वजनिक भवन, सञ्चार गृह, पार्टी कार्यालय, औषधि कारखाना र सवारीका साधनमाथि ढुंगामुढा गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने र डिपार्टमेण्टल स्टोरहरू लुटपाट गर्ने जस्ता आपराधिक घटना सुरु गरिएको भन्दै प्रधानमन्त्रीले निजी व्यक्तिको घरमा आगजनी मात्रै नगरेर मानिसलाई भित्रै थुनेर बाहिरबाट ताला लगाई जिउँदै डढाउने हिंस्रक, आततायी कार्य भएको बताए ।
‘अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गर्ने र प्रज्वलनशील पदार्थमा आगो लगाई विस्फोट गराउने आतङ्ककारी काम समेत भयो । प्रहरीका सवारी साधन मात्रै हैन, आगो निभाउन आएका दमकलमाथि आक्रमण गरियो’, प्रधानमन्त्रीले भने, ‘यी सबै निन्दनीय र खेदजनक कार्य हुन् । यस्ता घटनामा संलग्नहरूमाथि जोसुकै होउन्, जुनसुकै कभरमा किन नहोउन्, कडा प्रशासनिक कारबाही हुन्छ । घटनाको विस्तृत विवरण उपयुक्त समयमा गृहमन्त्रीज्यूले यस सदनमा राख्नु हुने छ । ’
घटनामा संलग्नहरूमाथि छानबिन सुरु भएको जानकारी दिँदै प्रधानमन्त्रीले यसका योजनाकार को हुन् र को को संलग्न छन् ? सरकारले यस सन्दर्भमा छानबिन र अनुसन्धान गरिरहेको बताए ।
प्रधानमन्त्रीले तीनकुने घटनाको पृष्ठभूमिमा करिब १ वर्ष अघिदेखिको घटनालाई अध्ययन गर्नु आवश्यक रहेको भन्दै सरकार, व्यवस्था र संविधानप्रति अनास्था, घृणा र भ्रम फैलाउन एउटा तत्व त्यसै बेलादेखि क्रियाशील भएको र मौका खोजिरहेको बताए ।
‘ धर्म, संस्कृति, परम्पराजस्ता संवेदनशील विषयमा अनावश्यक टिप्पणी गरी साम्प्रदायिक सद्भाव बिथोल्ने र खास समुदायमाथि आक्रमणमा उक्साउने काम गर्दै थियो । ऋण तिर्न पर्दैन भन्दै ऋणीहरूको भावनात्मक संवेदना माथि खेल्ने र बैङ्क वित्तीय संस्था ध्वस्त पार्ने खेतीमा त्यो तत्त्व सक्रिय थियो’, प्रधानमन्त्रीले भने, ‘यसैबिच तत्कालीन राजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते आफू ‘अघि बढ्ने, साथ देऊ’ भन्दै वक्तव्यबाजी गर्नुभयो । त्यसको लगत्तै ठाउँ ठाउँमा स्वागत कार्यक्रम राख्दै जनमत भड्काउने काम सुरु गरियो । फागुन २५ गते कथित ‘स्वागत–सवारी’ आयोजना गरियो । र, चैत १४ गते समाज बिथोल्न लागिपरेका एक जना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित “जनकमान्डर” तोक्नुभयो र हिंसात्मक वारदातका लागि खटाउनुभयो ।’
काठमाडौं । बाजुरामा बाघको आक्रमणबाट बालकको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका-३ धुर्तोलाका ८ वर्षीय विजय रावतको आइतबार साँझ बाघको आक्रमणबाट मृत्यु भएको हो ।
काठमाडौँ । नेपालबाट चोरी गरी अमेरिका पुर्याइएका २१ वटा पुरातात्त्विक महत्वका कलात्मक वस्तुहरू नेपाल फिर्ता ल्याइएको छ ।
इस्लाम धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र महिना रमजानको समापनसँगै मुस्लिम समुदायले आज ईद उल फित्र अर्थात ईद मनाउँदै छन्।
हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ आदान-प्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ।
यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई र खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ। खुशीपूर्वक दान गरेर दीनदुःखीलाई बाँडिने भएकाले यो पर्वलाई ईद-उल-फित्र भनिएको हो।
अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि ईद-उल-फित्र मनाउने कार्यक्रम तय हुन्छ। रमजान महिनाभर सूर्योदयदेखि सूर्यास्तसम्म पानीसम्म पनि नपिई बसिने व्रत सकाउँदै एक अर्कामा खुसीयाली बाँडि इद मनाउने गरिन्छ।
ईदमा अल्लाहका नाममा विशेष नमाज पढ्ने परम्परा छ। ईदका दिन मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रोत्साहन गरिन्छ।
धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर र खजुर लगायतका मिष्ठान्न परिकार बनाएर खाने र खुवाउने चलन चल्दै आएको छ।
यसैबीच सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफन्तको सान्निध्य र अभिभावाकको स्नेह प्राप्त हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। प्रयत्न गरेको काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। व्यापारले फाइदा दिनेछ। तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ। नयाँ काम गर्ने अवसर पनि प्राप्त हुनेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मालमत्ता हराउने सम्भावाना देखिएकाले होसियारीसाथ काम लिनुहोला। प्रलाेभन देखाउनेहरूले झुक्याउन सक्छन्। आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। अनावश्यक किनमेलमा अधिक रकम खर्च हुनेछ। परिणाम विचार नगरी काम थाल्दा दुःख मात्र पाइनेछ। नियमित काम तथा व्यवसायमा ध्यान पुर्याउनुहाेला। रकम जुटाउन समय लाग्नेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ। भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। दिगो फाइदा हुने काम गर्न सकिनेछ। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। मिहिनेत गर्दा लक्ष्यअनुसार काम सम्पादन हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। भौतिक साधनहरू संग्रह हुनेछन्। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। भविष्यका लागि रुचिका विषयमा लगानी बढाउन सकिनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। मिहिनेत परे पनि काम रोकिन सक्छ। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। तर केही समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। सामाजिक दायित्व बढ्नेछ। अवसरवादीहरूले भने मौकाको फाइदा उठाउने चेष्टा गर्नेछन्।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
स्वास्थ्यका लागि आहार–विहारमा अलि सजग रहनुपर्नेछ। व्यस्तता बढ्नेछ भने शारीरिक समस्याले कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। सामान्य काममा धेरै धन र परिश्रम खर्चनुपर्ला। आफ्नो वस्तुमा अरूले दाबी गर्लान्। बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ। बलजफ्ती प्रयत्न गर्दा व्यर्थैमा दु:ख पाइनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा स मय बित्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। भौतिक साधन जुट्नाले आम्दानी बढाउने काम गर्न सकिनेछ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ। आर्थिक लाभ हुने काम पनि सम्पादन हुनेछ। प्रतिकूल परिस्थितिका बाबजुद लक्ष्य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने उपलब्धि जोगाउन सफल भइनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थितिवश चिताएको काममा विलम्ब हुनेछ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। अध्ययनमा समय दिन नसक्दा पछि परिने सम्भावना छ। लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ। शुभचिन्तकहरूले राम्रो साथ दिनेछन्। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
फाइदा मात्र हेर्दा आलोचित भइनेछ। तापनि, आज अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा अवश्यै लाभ हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ। परिश्रम परे पनि समय फलदायी रहनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मेहनतले सम्मानित स्थान दिलाउनेछ। अध्ययन र लेखनमा प्रगति हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। सम्पादित कामबाट मनग्य लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अहिलेको लगानीले पछिलाई फाइदा दिलाउनेछ।





