२०८३ भाद्र ३० गते मंगलवार
२०८३ भाद्र ३० गते मंगलवार

राष्ट्रिय स्वतन्त्र पार्टीले जनयात्रा अभियानको शुभारम्भ गरेको छ।

शनिबार चितवनबाट रास्वपाका शीर्ष नेताहरुले जनयात्रा अभियानको घण्टी बजाएर शुभारम्भ गरेका हुन्। जनयात्रा अभियानको शुभारम्भलाई पार्टी सभापति रवि लामिछानेले विशेष सम्बोधन गर्ने भनिएतापनि उनलाई शुक्रबार राती नै प्रहरीले पक्राउ गरेपछि अन्य नेताहरुले सम्बोधन गर्दै जनयात्रा शुभारम्भ गरेका थिए।

सो क्रममा रास्वपा उपसभापति डा स्वर्णिम वाग्लेले राज्यले नियतबस लामिछानेमाथि अन्याय गरेको बताए। उच्च अदालतको आदेश जिल्ला अदालतमा नपुर्‍याई बदला लिने उदेश्यले सरकारले लामिछानेलाई रातारात पक्राउ गरेको उनले बताए।

यसअघि लामिछानेले आफूलाई पक्राउ गरेपनि जनयात्रा अभियान नरोक्न नेताहरुलाई निर्देशन दिएका थिए। जनताको कुरा सुन्ने भन्दै रास्वपाले जनयात्रा अभियान सुरु गरेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले ३५ वर्षसम्म देश लुटेकाहरूलाई पाता कसेर जेलभित्र दश दान र बैतर्नी गर्ने आफ्नो पार्टी र सभापति रवि लामिछानेको अन्तिम इच्छा रहेको बताएका छन् ।

लामिछानेलाई शुक्रबार बूढानीलकण्ठस्थित निवासबाट पक्राउ गर्ने क्रममा प्रहरीले ‘अन्तिम इच्छा के छ ?’ भनेर सोधेको प्रसंग कोट्याउँदै सो कुरा बताएका हुन् ।

चितवनमा आयोजित पार्टीको जनयात्राको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले भने, ‘अन्तिम इच्छा के छ भनेर सोधियो । रवि लामिछाने र पार्टीको अन्तिम इच्छा सुनाउन चाहन्छु । किसानको मुहारमा हाँसो ल्याउने अन्तिम इच्छा छ । युवा पलायन रोक्ने र रोजगारी सिर्जना गर्ने इच्छा छ । दलीयकरण र भ्रष्टाचारविरुद्ध सशक्त आवाज बोकेर विधिको शासन स्थापना गर्ने अन्तिम इच्छा छ । ३५ वर्षसम्म लुटेकाहरूलाई पाता कसेर जेलभित्र दश दान र बैतर्नी गर्ने इच्छा छ ।’

उनले एक जना व्यक्तिलाई ५–७ वर्षदेखि पटक–पटक लखेटिरहेको बताए । उनले टिभीमा हुँदा लखेटेर चितवन लिए पनि चितवनले सशक्त विद्रोह गर्दै न्याय दिलाएको स्मरण गराए ।

‘लखेट्न नहुनेलाई लखेटिरहेको छ । विगतमा लखेट्दा देशको चौथो ठुलो पार्टी र रविलाई देशको उपप्रधान र गृहमन्त्री बनाइयो,’ उनले भने, ‘तिनीहरूलाई हेक्का छैन । न्यायालयको प्रक्रिया र आदेशलाई मान्छु भनेर न्यायालयप्रति हार्दिकता देखाउँदा पनि साढे ७ बजे आदेश १० बजे पक्राउ गर्नुपर्ने, त्यो पनि गुण्डागर्दी शैलीसँगै, बेडरुमसम्म पुगेर दुर्व्यवहार गरियो ।’

प्रहरीको शैलीको विरोध गर्दै उनले गृहमन्त्रीलाई खबरदारी गरे ।  रविको मुटुमा रगत नभएर तेजाब रहेको र यसले उनीहरूलाई जलाउने चेतावनी पनि दिए । ‘दियो मसाल बनेको छ, डढेलो लागेको छ, ८४ मा तिमीहरू खाक बन्दैछौँ,’ उनले भने ।

उनले सिमराबाट फर्कँदा विमानमा रवि लामिछानले भनेको कुरा उद्धृत गर्दै भने, ‘सभापति नहुँदा खल्लो भएको छ  । १५ मिनेटको फ्लाइटमा सँगै सभापतिज्यूले भन्नुभएको थियो–यो समय पनि बितेर जानेछ, आउने दिन सुनौलो दिन हुनेछ । तर यिनीहरूको यो समय बितेर जान दिनेछैनौँ ।’

अछाम । अछाममा घाँटीमा मासु अड्किएर एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार साँफेबगर नगरपालिका–५ नवाठानाका ४२ वर्षीय डम्मरबहादुर कुँवरको घाँटीमा मासु अड्किएर मृत्यु भएको हो ।

चैते दसैंका अवसरमा गाउँमा काटेको खसीको मासु घरमा ल्याएर पकाई खाने क्रममा मासु अड्किएर बेहोस भएपछि बयालपाटा अस्पतालमा उपचारका क्रममा आज १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।

काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै विगतमा मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय नरहेको टिप्पणी गरेका छन् । आज (शनिबार) एक कार्यक्रममा आयोजना गरेको एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले २०८०/०९० दशक विगतमा फालिसकेको पात्र र विषयमा छलफल गरेर बस्ने समय नरहेको जिकिर गरेका हुन्।

उनले राजतन्त्रलाई नचाहिने, थोत्रो भएको टिप्पणी गर्दै गइसकेको कुरामा छलफल गर्न जरुरी नरहेको बताए। उनले अबको एक दशक आइटीको एक्सपर्टलाई ५ गुणा कसरी बनाउने, तलब तीन गुणा कसरी बढाउने रु आइटीको एन्फास्ट्रक्चर कसरी बढाउने भन्ने कुरा बहसको विषय बन्नुपर्ने बताए । उनले अबको ८-१० वर्ष भित्रमा कीर्तिपुरको डाँडा मात्रै नभई अन्य ठाउँमा पनि दुई-चार लाख रुपैयाँ कमाएको स्थिति बनाउनसक्ने बताए ।

महामन्त्री थापाले भने ‘मलाई फेरि पनि मेरो विश्वास छ । कीर्तिपुरको डाँडा मात्रै होइन । त्यस्ता थुप्रै डाँडाहरूमा साथीहरूले दुई–चार लाख रुपैयाँ कमाएको स्थिति हामी बनाउन सक्छौँ । त्यो पोर्टेन्सियल हामीसँग छ। तर त्यसका निम्ति सोच्नु पर्नेछ । त्यो डिरेक्शनमा काम गर्नुपर्नेछ। हाम्रो सुरुवात भइसक्यो । अलिकति गति बढाउनु पर्नेछ । हाम्रो गति पुगेको छैन । यो हाम्रो लागि एउटा अवसर हो। कानुनमा ल्याउनुपर्ने बदलाव पनि ल्याऔँ । अरु स्ट्रक्चरमा ल्याउनुपर्ने कुराहरू पनि ल्याऔँ । एकदम पोजेटिभ, ओपन माइण्डेट ।’

उनले भने, ‘सबै कोलाब्रेसनमा गर्ने, निजी, सरकारी भर्सेस केही पनि छैन । मिलेर गर्ने । हाम्रो भागमा परेको काम हामीले र तपाईंको भागमा परेको काम तपाईंले गर्ने हो । अबको ८-१० वर्ष भित्रमा यो २०८० देखि ०९० सालसम्मको यो १० वर्ष यो नचाहिने, थोत्रा, गइसकेको, हिजो लगेर एक ठाउँमा मिल्काइसकेको, थन्काइसकेको विषय र पात्रको बारेमा छलफल गरेर टाइम खेर फाल्ने होइन । हामीले अब गफ गर्नुपर्ने १० वर्षको विषय भनेको हाम्रो आइटीको एक्सपर्टलाई ५ गुणा कसरी बनाउने, तलब तीन गुणा कसरी बढाउने रु आइटीको एन्फास्ट्रक्चर कसरी बढाउने भन्ने कुरा बहसको विषय बन्नपर्छ ।’ महामन्त्री थापाले अर्थतन्त्रमा अप्ठेरो परेको बेला पनि आइटी क्षेत्रले आशा देखाएको बताए । आइटी क्षेत्रमा नेपाललाई धेरै अवसर रहेको उल्लेख गरे ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ।

 

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता आउनेछ। मान-सम्मान पनि प्राप्त हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
सुन्दर पहिरन र आगन्तुकहरूकाे उपहारमा मन रमाउनेछ। स्वादिष्ट खानपानकाे आनन्द प्राप्त हुनेछ। सानाे प्रयासले ठूलाे काम बन्नेछ। पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनत गर्दा अवसर प्राप्त हुनेछ र मनग्य धन आर्जन गर्न सकिनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ र दैनिकीमा पनि परिवर्तन आउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ।

 

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमलिनुपर्ला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रयत्न गर्दा आयस्रोत बढाउन सकिनेछ। व्यापारमा अड्किएको रकम उठ्नेछ। भविष्यका लागि केही लगानी बढाउन सकिनेछ। तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। आंशिक फाइदा भए पनि काम पूरा गर्न अनुमानभन्दा बढी लगानी र समय लाग्नेछ। लाभांश अरूका लागि खर्चनुपर्ला। सरसापटमा पनि रकम बाहिरिन सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापार-व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। व्यवसायमा लाभ हुनेछ। भाग्योन्नतिको समय छ। रोकिएकाे काम बन्नेछ र नयाँ काम थालनी हुनेछ। धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने सम्भावना छ। आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ला। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। अतिथिका रूपमा मानसम्मान पाइनेछ। एउटै कामबाट दोहोरो लाभ उठाउन सकनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। अवसरवादीहरूबाट अलि सजग रहनुहोला। मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन हुनेछ। काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ। प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान तथा अनुयायीले साथ दिनेछन्।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ। विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज (शनिबार) भैरहवा लगिदैछ । हिजो राति काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई आज जहाजबाट भैरहवा लैजान लागिएको हो । शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगीको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।

न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् । जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ । उच्चको आदेशसँगै लामिछाने पक्राउ परेका थिए। बुटवलको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही जिल्ला अदालतले एक करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए । आज र भोलि सार्वजनिक बिदा परेकाले उनलाई मंगलबार मात्र लामिछानेलाई रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइने भएको छ ।

हिजो उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको हो । यसअघि शुक्रबार केन्द्रीय अनुसन्धान ब्युरोका एसपी सुधीरराज शाही र उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्ट नेतृत्वको प्रहरी टोली उनलाई पक्राउ गर्न उनको घरमा पुगेका थिए ।

उच्च अदालतले लामिछानेलाई थुनामा राख्नका लागि दिएको आदेशमा जिल्ला अदालतले धरौटीमा छोड्दा दिइएका आधारलाई खण्डन गरेको छ । ‘हाम्रो संहिताले केही खास अवस्थामा थुनालाई धरौटीको विकल्पका रूपमा स्थान दिई अन्य अवस्थामा धरौटीलाई पृथक रूपले राखेको छ,’ आदेशमा भनिएको छ, ‘थुना वा धरौटीमध्ये कुनै एक विकल्पलाई अदालतले आफ्नो रोजाइमा प्रयोग गर्न सक्दैन । वास्तवमा थुना वा धरौटी निरपेक्ष रूपमा एकअर्काका विकल्प पनि होइनन् । थुनामा राख्नुपर्ने अवस्थाको अभियुक्त वा प्रतिवादीलाई अदालतले धरौटी माग गर्न मिल्दैन र हुँदैन पनि ।’

धरौटी वा थुनाको विकल्पको चयन मुद्दा तथा आरोपित कसुरको प्रकृति, घटना हुँदाको परिस्थिति, पीडितको अवस्थालगायत विभिन्न सान्दर्भिक पक्षको सापेक्षतामा निर्भर गर्ने उच्च अदालतको व्याख्या छ । ‘आरोपित कसुरको विषय (कन्टेन्ट) वा वरदातको सम्बन्ध (कन्टेक्स), विवादको चुरो (क्रक्स) र धरौटी वा जमानतको अवधारणा (कन्सेप्ट) समेतका आधारमा अदालतले निश्चित गर्छ,’ आदेशमा भनिएको छ ।

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।
 
वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्छन् ।
 
आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दसैँलाई बडादसैँ भनिन्छ । बडादसैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ ।
 
चैते दसैँमा भने त्यो परम्परा धेरै परिवारमा छैन । हनुमानढोकाको दसैँघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ । चैते दसैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दसैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रूपमा श्रीरामको जन्म भएकाले रामनवमीका रूपमा मनाउने गरिएको हो ।
 
बडादसैँ जस्तै चैते दसैँको पूजा उपासनाका मुख्य उद्देश्य पनि यो लोकमा सुख शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वादन लिनु हो । बडादसैँमा जस्तै चैते दसैँमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ ।
 
उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा चैते दसैँका अवसरमा विशेष पूजा हुन्छ ।
 
यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवी लगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिन्छ । चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।
 
चैत्र शुक्ल प्रतिपदादेखि नै दसैँ घरमा विशेष पूजा र दुर्गा सप्तशती (चण्डी) पाठ भइरहेको छ । विसं २०६३ सम्म नारायणहिटी राजदरबार अन्तर्गत रहेको दसैँघर त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय मातहत छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।