२०८२ बैशाख ६ गते शनिबार
२०८२ बैशाख ६ गते शनिबार

पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

आज (मंगलबार) राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ घटाइएको हो ।

यो सँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको १ सय ६० र मट्टितेलको १ सय ४६ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा पेट्रोलको १ सय ५९ र मट्टितेलको १ सय ४५ रुपैयाँ पर्नेछ ।

त्यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीगञ्जमा भने पेट्रोलको १ सय ५७ रुपैयाँ ५० पैसा र मट्टितेलको १ सय ४३ रुपैयाँ ५० पैसा पर्नेछ ।

काठमाडौँ । चैत २० देखि सडक आन्दोलन गरिरहेका शिक्षक र सरकारबीच सहमति हुन नसक्दा ७० लाख विद्यार्थीको शैक्षिक गतिविधि ठप्प बनेको छ। 

शिक्षक आन्दोलनले कक्षा ८ र एसइई परीक्षाको उत्तरपुस्तिका परीक्षण, कक्षा १२ को परीक्षा र भर्ना अभियान प्रभावित बनेको छ।  धेरै विद्यालयको लिने वार्षिक परीक्षाको उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशन पनि रोकिएको छ।

शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच सहमति हुन नसक्दा विद्यालयहरूले भोली (वैशाख तीन) गतेबाट सुरु हुने विद्यार्थी भर्ना कार्यक्रम स्थगित गरेका छन् । 

महांघको पूर्व घोषित कार्यक्रम अनुसार बैतडीको ज्ञानेश्वर माध्यमिक विद्यालयले पनि विद्यार्थी भर्ना कार्यक्रम स्थगित गरेको छ । 

विद्यालयका सहायक प्रधानाध्यापक धन बहादुर महराले एक विज्ञप्ति जारी गर्दै विद्यालयद्वारा पूर्व घोषित २०८२ वैशाख तीन गतेदेखी सुरु हुने विद्यार्थी भर्ना अभियान स्थगित गरेको जानकारी गराएका हुन् ।

विद्यार्थी भर्नासँगै विद्यालयका अन्य शैक्षिक तथा प्रशासनिक कामकाजहरू पनि अर्को सूचना जारी नहुन्जेल सम्मका लागी स्थगित गरिएको सहाय प्रधानाध्यापक महराले विज्ञप्तिमा उल्लेख गरेका छन् । 

‘शिक्षक महासंघद्वारा संघिय शिक्षा ऐनको माग तथा सामुदायिक विद्यालय शिक्षक कर्मचारीहरूका पेशागत विभिन्न शैक्षिक माग र मुद्वाहरु पुरा गर्नका लागी मिति २०८१/१२/२० गते देखी निरन्तर रूपमा काठमाडौँ केन्द्रित शैक्षिक आन्दोलन भइरहेको र मिति २०८१/१२/२५ गते देखी आम शैक्षिक हडतालको कार्यक्रम समेत रहेको हुँदा विद्यालयद्वारा पूर्व घोषित मिति २०८२/०१/०३ गते देखीको विद्यार्थी भर्ना तथा भर्ना अभियानको कार्यक्रम र विद्यालयका अन्य शैक्षिक तथा प्रशासनिक कामकाजहरू अर्को सूचना जारी नहुन्जेल सम्मका लागी स्थगित गरिएको ब्यहोरा जानकारी गरिन्छ, ’विज्ञप्तिमा लेख गरिएको छ । 

महासंघको संयोजनमा भइरहेको आन्दोलनअन्तर्गत चैत २५ गतेदेखि अनिश्चित कालीन शैक्षिक हडताल नै घोषणा गरिएको छ । 

१७ महिनादेखि संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा छलफल भइरहेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सहमति जुटाउन लागिपरेको छ। संसदको शिक्षा समिति अन्तर्गतको उपसमितिमा पनि छलफल चलिरहेको छ। तर, सहमति जुट्न सकेको छैन।

काठमाडौं । सरकार परिवर्तनको चर्चाकाबिच प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीले सभापति देउवालाई बालुवाटार बोलाएर एक घण्टा छलफल गरेका हुन् ।

कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सरकारले गति लिन नसकेको बताइरहँदा प्रधानमन्त्री ओलीले सभापति देउवासँग छलफल गरेका हुन् ।

छलफलमा के विषयमा कुराकानी भयो भन्नबारे भने सार्वजनिक गरिएको छैन । यद्पी भेटमा सरकार परिवर्तनको हल्लाबारे दुई नेताबिच गहन छलफल भएको स्रोतले बतायो ।

छलफलमा सरकारलाई थप प्रभावकारी बनाउन राजनीतिक संयन्त्रलाई सक्रिय बनाउने कुरा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नयाँ सरकार बन्ने दाबी गरिरहेका छन् । नयाँ सत्ता समीकरणका लागि प्रचण्डले कांग्रेस नेताहरूसँग छलफल समेत गरिरहेका छन् ।

त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अनलाइन मार्फत प्रदान गर्ने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा प्रदान गरिने सेवाहरूको लागि सेवाग्राहीले परीक्षा नियन्त्रण कार्यालयमै आउनु पर्ने अवस्थालाई न्यूनीकरण गर्न गत वर्षदेखि नै अनलाइन सेवा सञ्चालन गरिएकोमा प्राविधिक कारणले गर्दा निरन्तरता दिन नसके पनि आजबाट उक्त सेवालाई निरन्तरता दिइएको विश्वविद्यालयले जनाएको छ ।

हेर्नुहोस् सूचना :

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पछिल्ला दिनहरूमा हावाहुरी र मौसमी प्रतिकूलताका कारण देखिएका विद्युत अवरोधलाई लोडसेडिङको रूपमा गलत व्याख्या नगरिदिन आग्रह गरेको छ ।

सोमबार सार्वजनिक गरिएको विज्ञप्तिमा प्राधिकरणले मौसमका कारण सिर्जना भएको छोटो अवधिको अवरोधलाई सामाजिक सञ्जालमा लोडसेडिङ भनेर अतिरञ्जित ढंगले प्रस्तुत गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘प्रि-मनसुन र हावाहुरीका कारण केही क्षेत्रमा विद्युत सेवा केही समयका लागि अवरुद्ध हुन पुगेको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर यसलाई लोडसेडिङ भएको भन्ने अभिव्यक्ति अनावश्यक डर र भ्रम सिर्जना गर्ने खालको हो ।’

प्राधिकरणले अवरुद्ध क्षेत्रहरूमा सेवा पुनः सुचारु गर्न वितरण केन्द्रका कर्मचारीहरू दिनरात खटिएको जानकारी दिँदै अधिकांश ठाउँमा आपूर्ति पुनर्स्थापित भइसकेको जनाएको छ । त्यसैगरी, यदि कुनै स्थानमा विद्युतीय संरचना क्षतिग्रस्त भएको पाइएमा तुरुन्तै नजिकको कार्यालय वा हटलाइन नम्बर ११५० मा जानकारी गराउन पनि प्राधिकरणले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

काठमाडौं । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको छ । महासंघको (सोमबार) बसेको बैठकले कक्षा १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको हो । कक्षा १२ को परीक्षामा कोही पनि शिक्षक कर्मचारी सहभागी नहुने निर्णय गरिएको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सुरु हुँदैछ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छन् । कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सुरु हुँदैछ । नयाँ शैक्षिक सत्र पनि सुरु भएको छ ।

सरकारले भर्ना अभियान घोषणा गरेको छ । तर महासंघले विद्यालय बन्द गर्ने निर्णय गरेको छ। ‘स्कुल बन्द गर्ने निर्णय गरेका छौं,’ अध्यक्ष सुवेदीले भने । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छन् । महासंघले शैक्षिक हड्ताल समेत घोषणा गरेको छ ।

काठमाडौं । हलिउडकी चर्चित पप गायिका केटी पेरी, पत्रकार, वैज्ञानिक र फिल्म निर्मातालगायत विभिन्न क्षेत्रका ६ जना महिलाको समूहले अन्तरिक्ष यात्रा गरेर फर्किएको छ ।

उनीहरु पृथ्वीको सतहभन्दा एक सय किलोमिटर माथि पगेर सोमबार फर्किएका हुन्। यो टोलीलाई अमेजनाका मालिक जेफ बेजोसको अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनले ‘न्यू शेपर्ड रकेट’मार्फत् अन्तरिक्ष पुगेर फर्किका हुन् । करिब ११ मिनेटको यात्रा सफलता पूर्वक गरेका उनीहरुलाई बेजोसले अन्तरिक्षको ढोका खोलेर स्वागत गरेका थिए ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार महिलाहरूको यो टोलीले अन्तरिक्षमा यात्रा गरेको यो पहिलोपटक हो । यसअघि सन् १९६३ मा रुसी अन्तरिक्ष यात्री भ्यालेन्टिना तेरेशकोभाले एक्लै अन्तरिक्ष यात्रा गरेकी थिइन् । टोलीमा पप गायिका केटी पेरी, पत्रकार गेल किङ, नागरिक अधिकार वकिल अमान्डा इन्गुएन, पूर्वनासा रकेट वैज्ञानिक आइशा बोवे र फिल्म निर्माता करिन फ्लिनर्थि। यो टोलीको नेतृत्व लरेन सान्चेजले गरेका थिइन् ।

यी महिलाले न्यू शेपर्ड–३१ नामक यस मिसनमा ब्लू ओरिजिनको न्यू शेपर्ड रकेटमा यात्रा गरेका हुन् । न्यू शेपर्ड रकेट पश्चिम टेक्सासमा रहेको कम्पनीको प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । सफलता पूर्वक फर्किका उनीहरुलाई परिवारका आफन्त कप्मनीका मालिक लगायतले स्वागत गरेका थिए ।

काठमाडौं । राजसंस्थाका पक्षमा नारा लगाउने क्रममा काठमाडौं माइतीघरबाट पक्राउ परेका अमेरिकी नागरिकलाई सरकारले देश निकाला गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले अमेरिकी नागरिक ५८ वर्षीय जुलियन किर्पाललाई नेपाल प्रवेशमा दुई वर्ष प्रतिबन्ध लगाउँदै निष्काशन (डीपोर्ट) गर्ने निर्णय गरेको हो ।

नेपालको राजनीतिक गतिविधिमा संलग्न भएको भेटिएपछि किर्पालविरुद्ध प्रतिबन्धसहितिको डीपोर्ट गर्ने निर्णय गरिएको गृह स्रोतले जनाएको छ । ‘विदेशी नागरिक भएर उहाँ राजनीतिक गतिविधिमा संलग्न भएको भेटियो । कुनै पनि विदेशी नागरिकले नेपालको आन्तरिक मामिलामा दखल दिन मिल्दैन,’ स्रोतले भन्यो ।

गत चैत १४ गते अमेरिकी नागरिक किर्पाल माइतीघरबाट पक्राउ परेका थिए । उनले राजसंस्थाको पक्षमा नाराबाजी लगाउनुको साथै पम्पलेट पनि प्रदर्शन गरेका थिए । लगत्तै उनलाई काठमाडौं प्रहरीले पक्राउ परेको थियो । प्रहरी अध्यागमनमा बुझाएपछि किर्पालविरुद्ध अनुसन्धान गरिएको थियो । पर्यटक भिसामा नेपाल बस्दै आएका उनले पछिल्लो समय राजावादीहरूसँग निरन्तर भेटघाट गरेको स्रोतको भनाइ छ । किर्पाललाई (मंगलबार) अमेरिका फर्काइनेछ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।