
शिक्षामन्त्री विद्या भट्टराईको राजीनालगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जालमार्फत कडा व्यंग्य प्रहार गरेकी छन् ।
श्रेष्ठको सचिवालयद्वारा फेसबुकमा लेखिएको स्टाटसमा भनिएको छ, ‘राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको । तर, ‘त्यो पर्दैन’, हैन त ?’ भन्दै सरकारको नेतृत्वप्रति असन्तुष्टि जनाइएको छ ।
शिक्षामन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री समक्ष पदबाट राजीनामा दिएकी हुन् । शिक्षक आन्दोलन उत्कर्षमा पुगेका बेला उनको राजीनामा सार्वजनिक भएको हो ।
मेषः मुद्धामामिलामा सफलता मिल्ने योग छ । राम्रो कर्मफल प्राप्त हुनाले उत्साह जाग्नेछ । विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्नेछ । मनमा अहंकार बढ्नाले दुराचारको भावना पनि जाग्रित हुन सक्नेछ ।
बृषः वैदेशिक यात्राको सम्भावना छ । सरकारी पक्षमुद्धामामिलामा अवरोध आउला । नयाँ काम थाल्ने र पछिका लागि सम्भावना खोजी गर्ने समय छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।
मिथुनः यात्रा तथा प्रवासमा कष्ट हुने योग छ । वायुविकार तथा पेटजन्य समस्या आउने छ । केही अप्ठ्यारो परिस्थितिसँग जुध्नुपर्ला । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला ।
कर्कटः शैया सुख मिल्नेछ । अध्ययन अध्यापन फलदायी रहनेछ । भ्रमण र तीर्थाटनको योग रहेको छ । परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भईनेछ ।
सिंहः आज लाभदायीक यात्रा हुनेछ । उत्तम वस्त्र प्राप्त हुनेछ । व्यावसायी तथा विद्यार्थीहरुका लागि आजको दिन फलदायी रहनेछ । मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ ।
कन्याः पतिपत्नि बिचको आपसी सांठगाँठमा अवरोध निम्ताउला । पेटमा वायु विकारले सताउनेछ । तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ । मनमा चञ्चलता रहने देखिन्छ ।
तुलाः पारिवारिक झमेलाले सताउला । जलको भय देखिन्छ । ढाड तथा कम्मरको समस्या देखिएला । ईष्र्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् ।
बृश्चिकः नयाँ काम तथा रोजगारीको अवसर मिल्नेछ । प्रतिस्पर्धामा सम्मानजनक स्थान हात पर्नेछ । लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । बेलैमा योजना बनाएर कार्य प्रारम्भ गर्दा दिगो फाइदा हुनेछ ।
धनुः आजको दिन मध्यम छ । आफ्ना कमजोरी बाहिर आउनाले समस्या पर्न सक्नेछ । मेहनतले परिस्थितिलाई आनो अनुरूप ढाल्न सक्नुहुनेछ । बोलिचालिमा विशेष ध्यान पुर्याउनु राम्रो कुरा हुनेछ ।
मकरः कार्य सम्पादनमा सहजता मिल्नेछ । पारिवारिक सम्बन्ध कसिलो हुनेछ । बौद्धिक प्रगतिको दिन रहेको छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् ।
कुम्भः बहुमुल्य सामान हराउन सक्नेछ । परिवारमा वेमेलको स्थिति आउने छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । तर, अनावश्यक धन र परिश्रम भने खर्च हुने समय छ ।
मीनः इच्छा र आकांक्षा पूरा हुनेछ । शैक्षिक एवं प्रविधिको क्षेत्रमा उन्नति हुने देखिन्छ । व्यापार व्यावसायमा राम्रै फड्को मार्ने समय छ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ ।





