
काठमाडौँ । नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले केही वर्षयता काँग्रेस र कम्युनिष्टहरुले सत्ता चलाएकै कारण देश कंगाल हुँदै भएको आरोप लगाएका छन्।
जनवर्गीय संगठन नेपाल समाजवादी ट्रेड युनियन महासंघको आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिष्ट भन्नेहरू नै भ्रष्टाचारमा लिप्त भएको जिकिर गरेका हुन्।
उनले भने, ‘राजनीति भनेको तमासाजस्तो भएको छ कहिले, केही मान्छेहरूलाई झूटा सपना देखाउने, चुनाव जित्ने अनि सत्तामा गएर लूट मच्याउनेलाई राजनीति भन्ने गरिएको छ। देशलाई विकल्प दिने भनेर आएका यी मुख्य तीन दल नै पालैपालो सरकार चलाएर श्री ३ भएर बसेका छन्, त्यसैले अब यी सबैको विकल्पमा नयाँ शक्तिको आवश्यकता छ।’
उनले प्रधानमन्त्री केपी ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादीका अध्यक्ष ‘प्रचण्डले सत्ता आलोपालो चलाएका तीन नेताहरूकै कारणले जनतामा वितृष्ण बढेकै कारणले अहिले श्री ३ भन्दा श्री ५ नै ठिक हो कि भन्ने पर्न थालेको बताए।
पेस्तोल पड्काउँदै नाचेको भिडिओ भाइरल बनेपछि प्रहरी सोधपुछमा परेकी जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवलाई प्रहरीले छाडेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले उनलाई सोधपुछका लागि भन्दै कार्यालयमा बोलाएको थियो । सोधपुछ गरेपछि प्रारम्भिक अनुसन्धानका क्रममा सक्कली नभई बारुद मात्रै पड्किने खालको भएपछि उनलाई छाडिएको प्रहरीले बताएको छ ।
यादवले सर्लाहीमा हल्दी-मेहेन्दी कार्यक्रममा पेस्तोल पड्काएको खुलेको थियो । पेस्तोल पड्काएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि अनुसन्धान अघि बढाइएको थियो । उनकै बयानका आधारमा सर्लाहीको मलंगवा नगरपालिका-२ का अञ्जनी कुमारको घरबाट प्रहरीले पेस्तोल बरामद गरेको थियो ।
काठमाडौं । सीके राउत नेतृत्वको जमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) को एकता घोषणा केहि दिन ढिलो हुने भएको छ। रेशम चौधरी पक्राउको घटनाको समीक्षापछि मात्रै जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकताको नयाँ मिति तय हुने भएको छ । समीक्षा रिपोर्ट आएपछि मात्रै एकताको मिति तय हुने जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले जानकारी दिए ।
‘भएका सहमतिमा दुवै पार्टी प्रतिबद्ध छ । यस घटनाको समीक्षा गरेर रिपोर्ट तयार हुन्छ, त्यसपछि संयुक्त बैठक बसेर प्रक्रिया अघि बढाउँछौँ । र, एकताको मिति तय हुन्छ’, उनी भन्छन् । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच बुधबार एकता गर्ने तय भएको थियो । तर, सर्वोच्च अदालत मुद्दा शाखाका अधिकृत महिमानसिंह विष्टले लेखेको एक अनधिकृत पत्रका आधारमा चौधरी एकता कार्यक्रमस्थल प्रज्ञाभवनबाट पक्राउ परेका थिए । उनको पक्राउपछि एकता सभा नै स्थगित गरिएको थियो ।
अहिलेसम्म एकता घोषणाको अर्को मिति तोकिएको छैन । हिजो चौधरी कैदमुक्त भएपछि दुबै पार्टीका नेताहरू मध्यबानेश्वरको सनराइज क्याफेमा भेटेका थिए । तर, त्यहाँ जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत भने पुगेनन् । पूर्व निर्धारित कार्यक्रममा पुग्नुपरेकाले उनी त्यहाँ पुगेनन् । यसपछि झन् एकता घोषणा अनिश्चित बन्यो । तर, अबको तीन दिनभित्र एकता घोषणा हने नागरिक उन्मुक्तिका प्रवक्ता दामोदर पण्डित बताउँछन् । ‘अबको तीनभित्र एकता भइसक्छ,’ उनले भने, ‘म्याक्सिमम एक हप्ता हो । एक हप्ता लाग्दैन ।’
चौधरी–राउतबीच निरन्तर संवाद
जनमत अध्यक्ष चन्द्रकान्त राउत र नागरिक उन्मुक्ति संरक्षक रेशम चौधरीबीच निरन्तर संवाद भइरहेको छ । उनीहरूका बीचमा कतिपय कुराहरू टुङ्गिन बाँकी रहेको बताइन्छ । चौधरी ‘प्याकेज’ मै घोषणा गरेर जानुपर्ने पक्षमा छन् भने राउत अहिलेका लागि नाम, नेतृत्व, झण्डालगायत मात्रै घोषणा गरेर जानुपर्ने अडानमा छन् । यसमा उनीहरूबीच सहमति भइसकेको छैन ।
यसअघि गत मंगलबार राति १२ बजेसम्म उनीहरूबीच संवाद भएको थियो । तर, यस विषयमा कुरा मिलेको थिएन । चौधरीले ‘उधारो एकता गरिन्न’ भनेका छन् । स्रोतका अनुसार मंगलबार राति १२ बजे उनीहरू बिना सहमति उठेका छन् । अब फेरि पनि उनीहरूबीच संवाद हुने नेताहरूले बताएका छन् । तर, यो विषय एकता घोषणा नै रोक्नेखाले भने नभएको बताइएको छ ।
काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले शिक्षक महासंघ र सरकारबीच भएको सहमतिप्रति आपत्ति जनाएको छ।
विद्यालय कर्मचारीको माग मुद्दा सम्बोधन नगरि महासंघले एकपक्षीय ढंगले सरकारसंग सहमति गरि आन्दोलनका कार्यक्रम फिर्ता गरिएको भन्दै परिषद्ले सहमतिको भत्र्सना समेत गरेको छ।
परिषद्का अध्यक्ष गंगाराम तिवारीले आफूहरूको माग मुद्दाप्रति महासंघ गम्भीर नबनेकाले आफूहरूको आपत्ति रहेको बताए। उनले महासंघको आन्दोलनमा निरन्तर साथ र समर्थन गरिरहको अवस्थामा विद्यालय कर्मचारीकै माग सम्बोधन नहुनु उचित नभएको जिकिर गरे। तिवारीले शिक्षकहरूले आन्दोलनका नाममा शिक्षक महासंघले राजनीति गरेको आरोपसमेत लगाए।
उनले परिषद्को बैठक बसेर आगामी रणनीति तय गर्ने जानकारी दिए। यसअघि बिहीबार नै काठमाडौंमा शिक्षक महासंघको समीक्षा बैठक बसेको थियो। सो क्रममा विद्यालय कर्मचारीहरूले आफूहरूको समस्या समाधान नभएको भन्दै आपत्ति जनाएपछि होहल्लासमेत भएको थियो।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा. बबीसिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
बुधबार सामाजिक सञ्जालमा बाहिरिएको भिडिओमा सिंहसँगै अन्य मानिसहरू पनि नाचिरहेको देखिन्छ । पेस्तोलबाट सिंहले एक राउण्ड ‘हवाई फायर’ गरेको धुवाँ उडेको दृश्य पनि भिडिओमा देखिन्छ । त्यसपछि अर्का युवाले उक्त पेस्तोल समाएको देखिन्छ ।
पेस्तोल पड्काउँदै नाचेको भिडिओ भाइरल भएपछि यसबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । अहिलेसम्म उक्त भिडिओ कहाँको र कहिलेको हो भन्ने केही खुलिनसकेको उनले बताएका छन् ।
भिडिओ सार्वजनिक भएपछि सिंहलाई बोलाइएको उनले बताएका छन् । ‘हामीले उहाँलाई बोलाइसकेका छौं । उहाँ पनि आउँछु भन्नु भएको छ । त्यसपछि यसको वास्तविकता आउँला’, एसपी ढकालले भने । यस विषयमा समाचार समेत बनेपछि नेतृ डा. बबीले ‘खेलौना पेस्तोल’ रहेको दाबी गरेकी छन् । सप्तरीको बोदे बरसाइन नगरपालिका–५ की यादव जसपा नेपालकी उपाध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी हुन् ।
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ४ हजार ६ सय रुपैयाँले घटेर एक लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अब स्वास्थ्य बीमा गर्नेले आफू बसेकै स्थानमा प्रथम बिन्दु कायम गरेर सुविधा लिन सक्ने भएका छन्।
आफू रहेकै स्थानमा प्रथम बिन्दु कायम गर्ने गरी स्वास्थ्य बीमा नियमावली संसोधन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्ताव मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको हो।
यसअघि मन्त्री पौडेलले स्वास्थ्य बीमामा सहजताका लागि बीमा गरेको स्थानबाट अन्यत्र गएका व्यक्तिले आफू बसेकै स्थानमा प्रथम बिन्दु कायम गर्न सक्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका थिए। सोही अनुसार मन्त्रालयले नियमावली संसोधन प्रस्ताव लगेकामा बुधबारको मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको मन्त्री पौडेलले जानकारी दिए।
‘स्वास्थ्य बीमामा आम नागरिकको पहुँच वृद्धि गर्न संसोधन आवश्यक थियो,’ मन्त्री पौडेलले भने, ‘स्वास्थ्य बीमालाई बढी व्यवहारिक र सहज बनाउन यसले भूमिका खेल्नेछ।’
यसले रेफर लिनका लागि बीमा गराएकै स्थानमा पुग्नुपर्ने झण्झट कम हुने अपेक्षा गरिएको छ। स्वास्थ्य बीमामा आवद्ध हुने धेरै नागरिकले यस्तो व्यवस्था गर्न माग गर्दै आएका थिए।
यसैगरी, संसोधनअनुसार अब सबै तहमा स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु कायम हुनेछ। हाल स्वास्थ्य बीमा सबै तहमा पुगे पनि प्रथम सेवा बिन्दु भने सबै तहमा छैनन्।
अब संसोधनअनुसार हरेक तहमा त्यस्तो व्यवस्था हुनेछ। यसले बीमामार्फतको आधारभूत सेवा लिनका लागि टाढा जानुपर्ने अवस्थासमेत अन्त्य हुने अपेक्षा गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।
करिब १ महिना लामो शिक्षकहरुको सडक आन्दोलन आजबाट फिर्ता भएको छ।
सरकारसँग ९ बुँदे सहमति भएसँगै आन्दोलन फिर्ता भएको हो। बुधबार शिक्षामन्त्री रघुजी पन्तसँग शिक्षक प्रतिनिधिहरुले सहमति गरेका थिए।
तीनै सहमतिका विषय मन्त्रिपरिषद्बाट पारित भएका थिए। आन्दोलनका सबै कार्यक्रम स्थगित भएपछि आजबाट नै विद्यार्थी भर्ना सुरु हुने उनले बताए।
सहमति भएका विषयहरू मन्त्रिपरिषद्बाट पारित भएपछि आन्दोलन फिर्ता भएको र आजबाट विद्यार्थी भर्ना सुरु हुने शिक्षामन्त्री रघुजी पन्तले बताए।
काठमाडौं। आज मे दिवस अर्थात् यस वर्षको १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ।
श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ।
विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन्।
यसपटक पनि नेपालमा समेत विभिन्न मजदुर संगठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन्।
सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइँदै आइएको छ।
सो आन्दोलनका क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट र प्रहरीको गोली लागेर सातजना मजदुरको मृत्यु भएको थियो। मजदुर आन्दोलनले अन्ततः सफलता हासिल गर्यो।
पछि सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताहरूको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो।
नेपालमा पनि विराटननगरमा विस. २००३ मा भएको श्रमिक आन्दोलनको सफलता र विसं २००७ को परिवर्तनसँगै यो दिवस मनाइन थालिएको हो। विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदासमेत दिन थालिएको छ।
यहाँ मे दिवसको परम्परा पञ्चायती शासनको विरोध गर्दै भित्रिएको थियो। नेपाल ट्रेड युनियन महासंघका अनुसार पहिलोपटक विसं २०१९ मा नेपाल मजदुर संगठनले पहिलो पटक मे दिवस आयोजना गरेको थियो।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिदर १५३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८० रुपैयाँ २७ पैसा र बिक्रीदर १८१ रुपैयाँ ०८ पैसा, स्विस फ्र्यांक एकको खरिददर १६३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६४ रुपैयाँ २९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७३ पैसा, सिंगापुर डलर एकको खरिददर १०३ रुपैयाँ २७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिदर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८ रुपैयाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६ रुपैयाँ १२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०३ पैसा र बिक्रीदर चार रुपैयाँ ०५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ र बिक्रीदर १४ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ५६ पैसा र बिक्रीदर २० रुपैयाँ ६५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७ रुपैयाँ ४७ पैसा, कुवेती दिनार एकको खरिददर ४४० रुपैयाँ २६ पैसा र बिक्रीदर ४४२ रुपैयाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर ३५७ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ४० पैसा, ओमनी रियाल एकको खरिददर ३५० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ९३ पैसा रहेको छ । भारतीय मुद्रा एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।