२०८३ बैशाख ५ गते शनिबार
२०८३ बैशाख ५ गते शनिबार

भैरहवा । रुपन्देहीको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दुई महिनायता अन्तर्राष्ट्रिय उडानविहीन भएपछि यहाँका निजी क्षेत्रका संघसंस्था आन्दोलनमा उत्रिएका छन्। नियमित अन्तर्राष्ट्रिय उडान माग गर्दै उद्योगी–व्यवसायीको संघसंस्थाले दबाबपूर्ण कार्यक्रम सुरु गरेका छन्।

यसअघि ज्ञापनपत्र, छलफलमार्फत विमानस्थल सञ्चालनका लागि दबाब सिर्जना गर्दै आएका संघसंस्थाले विमानस्थलको प्रवेशद्वारमा एक घण्टा प्रदर्शन गरेका छन्। उद्योग–व्यापार संगठन रुपन्देही (चेम्बर अफ कमर्स) को अगुवाइमा गरिएको दबाबमूलक धर्ना कार्यक्रममा जिल्लाका दुई दर्जन बढी संघसंस्था ब्यानरसहित सहभागी भएका थिए। प्रदर्शनमा सहभागीले अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिन यसअघि गरिएका वाचा पूरा गर्न सरकारसँग माग गरेका थिए।

विमानस्थल सञ्चालनका लागि मुलुकका सबै राजनीतिक दलका प्रमुख र पूर्व र वर्तमान प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदा समेत कुनै सुनुवाइ नभएपछि दबाबपूर्ण आन्दोलनमा उत्रिनु परेको उद्योग–व्यापार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले बताएका छन् । अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वार छेकेर उनीहरूले ब्यानर र प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले विमानस्थल सञ्चालनका लागि आवश्यक म्यानपावर, भिसा र मेडिकल सेन्टर तत्काल खोल्न माग गरेका थिए।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले सरकारले पटक–पटक अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने वाचा गरेर स्थानीय बासिन्दा र निजी क्षेत्रको आँखामा धुलो छयाप्ने काम गरिरहेको बताएका छन् । ‘ज्ञापनपत्र र छलफल कार्यक्रमले दबाब पुग्नै छाडेपछि निजी क्षेत्र सडकमा उत्रिन बाध्य भएको हो, ‘उनले थपे, ‘अब पनि सुनुवाइ नभए कडा आन्दोलनमा उत्रिन तयार छौं ।’ चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले विमानस्थल के कारणले ठप्प भइरहेको छ भन्नेबारे सरकारले जानकारी दिनुपर्ने बताए । ‘यो चर्को घाममा सडकमा दबाब कार्यक्रम गर्ने हाम्रो पनि रहर होइन,’ उनले भने, ‘तर, सरकारले हाम्रो माग सुनेन, व्यावसायी ऋणमा डुबेको देखेन, त्यसैले बाध्य भएर संघर्षका कार्यक्रम गर्नु परेको हो ।’

 व्यापारी अमित अग्रवाल कारागार चलान भएका छन्। हिजो काठमाडौं स्वयम्भूबाट पक्राउ परेका उनी जरिवान तिर्न नसकेपछि कारागार चलान भएका हुन्। जिल्ला अदालत काठमाडौँले उनलाई बैंकिङ कसुर र चेक अनादरका दुईटा मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको थियो । २०८० जेठ २२ गते बैंकिङ कसुर मुद्दामा ३० दिन कैद र एक करोड ५० लाख जरिवाना हुने फैसला भएको थियो ।

अदालतले तोकेको डेढ करोड जरिवाना तिर्न नसकेपछि उनलाई डिल्लीबजार कारागार चलान गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले बताए। जिल्ला अदालत काठमाडौँले उनलाई बैंकिङ कसुर र चेक अनादरका दुईवटा मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको थियो । काठमाडौँ महानगरपालिका ३० बस्ने ४७ वर्षका अग्रवाल अदालतबाट दोषी ठहर भएपछि फरार रहँदै आएका थिए ।

काठमाडौं । धितोपत्र बोर्डले आईपीओ जारी गर्नका लागि जलविद्युत आयोजनाहरुबाट कमिसन माग भएको विषयको भरपर्दो संयन्त्रबाट छानबिन गराउन प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रले माग गरेको छ। माओवादीका सांसद माधव सापकोटाले उक्त विषयको छानबिन गर्न प्रतिनिधिसभाको बुधबारको बैठकमा माग गरेका हुन्

धितोपत्र बोर्डले आईपीओ जारी गर्नका लागि ५ देखि ७ प्रतिशतसम्म कमिसन मागिएको भन्ने समाचार प्रकाशित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सांसद सापकोटाले छानबिनको माग गरेका हुन्। ‘इप्पानका अध्यक्ष र सदस्यले नै खुला गर्नु भएको छ कि धितोपत्र बोर्डले ठूला आयोजनाबाट ५ प्रतिशत र साना आयोजनाबाट ७ प्रतिशत माग्दै बार्गेनिङ भयो । यो समाचारप्रति प्रतिपक्षको गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भने ।

सरकारले २८ हजार मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य लिएको अवस्थामा सरकारको संयन्त्रले नै कमिसन मागेको विषय गम्भीर रहेको उनको भनाइ थियो । उनले सभामुखसँग माग गरे, ’यो विषयमा भरपर्दो संयन्त्रले छानबिन गर्नपर्‍यो । यो छानबिनका लागि रुलिङको माग गर्दछु ।’ धितोपत्र बोर्डमा कमिसनको खेलका कारण २२ महिनादेखि १००९ मेगावाट क्षमता रहेका ४३ जलविद्युत आयोजनाका ९३ कम्पनीको ५६ अर्ब ७ करोड बढीको आइपीओको अनुमति रोकिएको थियो ।

जलविदयुत परियोजनाका लगानीकर्तालाई हतोत्साहित गर्नका लागि बिचौलियालाई प्रयोग गरिएको उनको भनाइ थियो । ’सरकारलाई बिचौलियाले चलाइरहेको छ’ भन्ने कुरा यो घटनाले पनि पुष्टि भएको उनले बताए। राप्रपा सांसद रोशन कार्कीले पनि धितोपत्र बोर्डको उक्त प्रकरणको छानबिनका लागि माग गरेकी छन्। ‘आईपीओ निस्कासन गर्नको लागि धितोपत्र बोर्डका प्रमुखले ५ देखि ७ प्रतिशतसम्म कमिसन माग गरेको भन्ने कुरा आइरहेको छ । धितोपत्र बोर्डले राम्रोसँग काम गर्न सकेको छैन। पुँजीबजारमा अर्बौंको पैसा फसेको छ । ती लगानीकर्तालाई अन्याय हुन पुगेको छ,’ उनले भनिन्, ’धितोपत्र बोर्डको अध्यक्षले खुलेआम कमिसन मागेका छन्।’ प्रधानमन्त्री अध्यक्षताको सुशासन आयोगले धितोपत्र बोर्डका अध्यक्षमाथि कारबाही गर्नुपर्ने उनको माग थियो।

काठमाडौंको न्युरोडस्थित विशाल बजारबाट हुण्डी कारोबारको ४० लाख ३२ हजारसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको कलकता घर भई हाल काठमाडौँ महानगरपालिका–२३ ओमबहाल बस्दै आएका ६७ वर्षीय सुरज दत्त र रुपन्देहीको देवदह नगरपालिका घर भइ काठमाडौँको चन्द्रगिरि–१५ तीनथाना बस्दै आएका ६३ वर्षीय धर्मप्रसाद ढकाल रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।

विशाल बजारको भुइँतलामा रहेको पसलबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट २ थान मोबाइल र विभिन्न सहकारी संस्थाका चेकबुक र पासबबुक बरामद भएको जिल्ला प्रहरी एसपी बोहराले बताए ।

काठमाडौं । भारतले बुधबार बिहान पौने २ बजेतिर पाकिस्तानको नियन्त्रित क्षेत्र कश्मीरमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाउँदै गरिएको आक्रमणपछि भारत–पाकिस्तान तनाव चुलिएको छ। केद्र सरकारले एक विज्ञप्ति जारी गर्दै ९ ठाउँमा एअर स्ट्राइक गरेको जनाएको छ । भारतीय सञ्चारमाध्यमले १०० भन्दा बढी मारिएको दाबी गरेका छन्।

यता अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले कम्तिमा ३५ जना मारिएको बताएका छन् । तर पाकिस्तानले भने दुई बालबालिकासहित ७ जना मारिएको दाबी गरेको छ । अहिलेसम्म कति मानवीय क्षति भयो भन्ने आधिकारिक रुपमा कतै पुष्टि भइसकेको छैन । सन् १९७१ मा पाकिस्तानमा गरिएको आक्रमणपछि पहिलो पटक भारतका तीनै तहका सुरक्षा निकायले संयुक्त रुपमा काम गरिरहेका छन् । जसमा भारतीय सेना, नेभी र एअरफोर्स रहेका छन् । चीफ अफ डिफेन्स स्टाफ अनिल चौहानले दिल्लीमा रक्षामन्त्री राजनाथ सिंहसँग भेट गरेका छन् । भेटमा सुरक्षाका विषयमा चर्चा भएको थियो ।

इस्लामाबादमा सबै स्कुल–कलेज बन्द
पाकिस्तानको राजधानी इस्लामाबादमा सबै सरकारी र निजी स्कुल र कलेज बन्द गरिएको छ । यद्दपि पाकिस्तान सरकारले सबै निर्धारित परीक्षा तय भएकै समयमा हुने बताएको छ। यस्तै पाकिस्तानी सेनाले एलओसी र अन्तर्राष्ट्रिय सीमामा लगातार फायरिङ गरिरहेको छ । जम्मू–कश्मीरको केही क्षेत्रमा पाकिस्तानी सेनाको आक्रमणमा परी ६ जना भारतीय नागरिकको मृत्यु भएको छ। २४ जना घाइते भएका छन् । यता पञ्जाबको सीमामा बीएसएफ हाई अलर्टमा रहेको छ । पाकिस्तानका तर्फबाट कुनै पनि गतिविधि भए त्यसको जवाफ दिन बीएसएफ तयार रहेको बताइएको छ ।

पाकिस्तानको एयर स्पेस बन्द

भारत पाकिस्तानबीचको ताजा अवस्थालाई मध्यनजर गर्दै पाकिस्तानले एयर स्पेसमा कुनै पनि फ्लाइट उडेका छैनन् । यता भारतले पनि बढ्दो तनावलाई मध्यनजर गर्दै पाकिस्तानको सीमासँग जोडिएका राज्यमा उडान रद्द गरेको छ। भारतले सात राज्यका ११ एयरपोट्र्समा फ्लाइट्स अप्रेशन बन्द गरेको छ । श्रीनगर,जम्मू, लेह, चन्डीगढ, बीकानेर, जोधपुर, राजकोट, धर्मशाला, अमृतसर, भुज र जामनगरमा सबै उडान रोकिएका छन् । यी विमानस्थल पाकिस्तानको सीमाबाट नजिक पर्छन् । एजेन्सी

भारतले ‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण गरेको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार, ती सबै स्थानहरूबाट भारतमाथि हुने आतंकी आक्रमणहरूको योजना र निर्देशन भइरहेको थियो। यो कारबाही अप्रिल २२ मा भारत-नियन्त्रित कश्मीरमा भएको आक्रमणपछि गरिएको हो, जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो। भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ।

भारतको वाशिङ्टनस्थित दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आक्रमण पूर्णरूपमा लक्षित र सटीक थियो। केवल चिनिएका आतंकी शिविरहरूलाई मात्र निसाना बनाइएको हो।”

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको घोर उक्साहट भन्दै कडा निन्दा गरे र बलियो जवाफ दिने चेतावनी दिएका छन्। संयुक्त राष्ट्रसंघले दुबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ। उसले भनेको छ, “दुई आणविक शक्तिहरूबीच युद्ध विश्वका लागि अत्यन्त खतरनाक हुन सक्छ।”

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज (बुधबार) दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी प्रदेशलगायत मुलुकका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ट्वाइलेटमा लडेर घाइते भएका छन्। 

सोमबार राती खुमलटारस्थित निवासमा रहेको ट्वाइलेटमा उनी लडेका हुन्। उनको निधार र टाउकोमा चोट लागेका कारण उपचारका लागि मेडिसीटि अस्पताल लगिएको थियो। 

निधारमा टाँचा लगाइएको र अवस्था सामान्य रहेको बताइएको छ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। व्याहारिक समस्याले याेजना रोकिन सक्छ। कामकाे चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिन सक्छ। मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नआउन सक्छ। अध्ययनतर्फ मिहिनेत गर्दा नतिजा सकारात्मक हुनेछ। गुरुजनको सहयाेग लिँदा फाइदा हुनेछ।

 

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। अरूको फाइदाका लागि उपयोग भइनेछ, परिस्थिति आफ्ना लागि भने प्रतिकूल रहनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ। मिहिनेतले आँटेको काम बन्नेछ। शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने अप्ठ्यारो स्थितिमा सुधार आउनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
आँटले काम लिँदा राम्रै प्रतिफल प्राप्त हुनेछ। सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ। कृषिमा कामको चाप देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

 

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मिहिनेतले मानसम्मान दिलाउनेछ। अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ। बुद्धिको उपयोगले विद्या, धन आर्जन हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। मिहिनेत गर्दा आयआर्जनका स्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। अध्ययनमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने अवसर जुट्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ, क्रियाशील रहनुहाेला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ला। सरसापट तथा किनमेलमा रकम बाहिरिन सक्छ। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। दिगो काम गर्न समयले साथ दिनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
पेसा–व्यवसायमा मनग्य फाइदा उठाउने समय छ। व्यापार बढ्नेछ, रोकिएको काम बन्नेछ र जिम्मेवारी समेत बढ्न सक्छ। विशेष भेटघाटले नयाँ कामकाे अवसर दिलाउन सक्छ। काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व हातलागी हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश पनि प्राप्त हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
विशेष काममा जग बसाउने अवसर छ। मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। पद-प्रतिष्ठा प्राप्त गर्ने बेला छ। अवसरले मन प्रफुल्लित गराउनेछ। धेरैले कामको तारिफ गर्नेछन्। टाढिएका साथीभाइ नजिकिनेछन्। पुरानो मित्रता दिगो परिवर्तनको संवाहक बन्न सक्छ। शुभचिन्तकहरू प्रशस्तै फेला पर्नेछन्। चुनौतीहरू हट्नेछन् भने आयस्राेत सबल बन्नेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थितिवश आँटेको काम राेकिन सक्छ। सहयोगको नाममा झुक्याउनेहरूले दु:ख दिनेछन्। अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ। तापनि फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। नयाँ काम थाल्न केही समय पर्खनुपर्ला। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। पछाडिबाट अवरोध पुर्याउनेहरू सक्रिय रहने हुँदा सजग रहनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। गोपनीयता बाहिरिनाले समस्या आइपर्ला। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्नेछ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। कामको चाप पनि बढ्न सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
केही खर्च लागे पनि खानपान तथा मनोरञ्जनको समय छ। साेख र भौतिक साधनले खर्च बढाउन सक्छ। अरूको मुख ताक्नाले पछि परिनेछ। बलजफ्ती गर्ने बानीले पनि समस्या आउन सक्छ। केही समय प्रतीक्षा गर्नुपरे पनि बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ। प्रयत्न गर्दा गुमेको स्थान प्राप्त हुनेछ। तापनि उपलब्धि हातपार्न समय लाग्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिष्ठा जोगाउन सफल भइनेछ। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्न सक्छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।