
वर्षाका कारण अवरुद्ध भएको बिपी राजमार्ग करिब १६ घटनापछि सुचारु भएको छ ।
सोमबार रातिको वर्षाका कारण रोशी खोलमा आएको बाढीले सो सडकको माम्ती, डालाबेसी र बोक्सी डाँडामा क्षति पुर्याएको थियो । ती मध्ये अन्य ठाउँमा सडक मर्मत र डाइभर्सन मर्मत गरेर सडक खुलाइएको छ ।
असोज महिनामा आएको बाढीले बीपी राजमार्ग बगाएपछि खोलामा निर्माण गरिएको डाइभर्सन सोमबारको बाढीले बगाएपछि सडक दुई तर्फी रुपमा नै अवरुद्ध भएको थियो ।
बीपी मार्ग स्थायी रूपमा निर्माणको काम नहुँदासम्मको लागि अस्थायी बाह्रै महिना यातायात सञ्चालन हुनेगरी सडक निर्माणको काम भइरहेको छ ।
काठमाडौं- राजनीति केवल भाषण, नाराजुलुस र पदको होडमात्र होइन, सादा व्यवहार र मानवताको अभ्यास पनि हो भन्ने उदाहरण बनेका छन् नेपाली कांग्रेसका युवा सांसद डा. सुनिल शर्मा। भर्खरै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोले यो कुरा अझ स्पष्ट पारेको छ। भिडियोमा डा. शर्मा गाडीबाट झर्दै थिए। त्यहीबेला अग्रज नेता चन्द्र भण्डारीले उहाँका लागि ढोका खोलिदिए। यसप्रति कृतज्ञता प्रकट गर्दै डा. शर्माले चन्द्र भण्डारीलाई ढोग गरे — नेपाली संस्कार र विनम्रताको जीवन्त प्रदर्शन।
यो सामान्य जस्तो देखिने तर अत्यन्तै प्रभावशाली दृश्य एक छ वर्षीया बालिकाको मनमा गहिरो छाप छोड्यो। उनले आफ्ना बाबुलाई सोधिन् — “बाबा, उहाँ नै होइन र राम्रो नेता?” जब बाबुले मुस्काउँदै सोधे — “किन त छोरी?” छोरीको उत्तर थियो — “उहाँले गाडीको ढोका खोलिदिएको अंकललाई फेरि ढोग गर्नु भयो नि” बाल मनले सादगी र सम्मानलाई राजनीतिभन्दा अग्लो मूल्यका रूपमा बुझेको यो दृश्य अहिले सामाजिक सञ्जालमा आशाको कथा बनिरहेको छ।
यही घटनाले मन छोएका समाजसेवी तथा लेखक डिलाराम आचार्य ‘इच्छुक’ ले सामाजिक सञ्जालमा लेखे — “गाडिबाट उहाँ झर्ने बेलामा एउटा बूढो नेताले ढोका खोलिदिनु भयो, अनि उहाँले फेरि ती बूढो मान्छेलाई ढोग गर्नु भयो। राम्रो कुराको त यसरी छाप पर्ने रहेछ त।” आचार्यको यो टिप्पणीले अहिलेको राजनीतिक वातावरणमा संस्कार र मानविय मूल्यहरू कति महत्वपूर्ण छन् भन्ने कुरामा फेरि एकपटक प्रकाश पारेको छ।
सांसद डा. शर्मा आफ्ना सार्वजनिक व्यवहारले मात्रै होइन, सेवाभावले पनि फरक नेता भनेर चिनिएका छन्। उनी प्रतिनिधिसभाका एकमात्र सांसद हुन् जसले अहिलेसम्म आफ्नो तलब भत्ता लिएका छैनन्। सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म उनले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन्।
शिविरमार्फत उपचार सम्भव नभएका बिरामीहरूको काठमाडौं मेडिकल कलेज र विराटनगरस्थित नोबेल मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था समेत उनले मिलाउँदै आएका छन्।
उनको पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका बिरामीका लागि ५० शय्याको निःशुल्क क्याबिन समेत व्यवस्था गरिएको छ। पार्टीगत सीमाना नहेरी, देशका विभिन्न स्थानका जनतालाई समान रूपमा सेवा पुर्याउने उद्देश्यले हालै बेलबारीमा उनले एम्बुलेन्स हस्तान्तरण गरे । उनले निजी लगानीमै देशका सात स्थानमा एम्बुलेन्स प्रदान गरिसकेका छन्, जुन आफैँमा प्रेरणादायी छ।
नेताहरूको भाषण भन्दा व्यवहारले धेरै कुरा बोल्छ। डा. शर्माको नम्रता, संस्कार र समर्पणको भावनाले राजनीतिमा आशा र मानवता अझै बाँकी रहेको अनुभूति दिलाएको छ। यस्तो व्यवहारले बालबालिकादेखि वृद्धसम्म सबैको मन जित्न सकिन्छ भन्ने उदाह
लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन्। गुरुङ जनमत पार्टीकी समानुपातिक सांसद हुन्। उनले सभामुखलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको व्यहोरा उल्लेख छ । ‘राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो,’ उनले लेखेकी छन्, ‘…जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन। तसर्थ आजै मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु।’
प्रदेश सभा सदस्य गुरुङको मोबाइल नम्बरमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन। उनको नम्बर डायल गर्दा स्वीच्डअफ भएको सन्देश सुनिन्छ। जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकेश गुप्ताले भने गुरुङले सभामुखलाई राजीनामा पत्र पठाएको जानकारी दिए। आफूले सभामुखलाई गुरुङको राजीनामा स्वीकृत गर्न भनेको जानकारी पनि उनले दिए।
‘गुरूङ पार्टीको सम्पर्कमा नरहेको र दलको बैठकमा बोलाउँदा नआएको सत्य हो, सदनमा पनि अधिकांश दिन उपस्थित हुनुहुन्न। राजीनामा आए स्वीकृत गर्ने हो, विधिमा बस्नु पर्छ नि !’, उनले भने। प्रदेशसभा सचिव दुर्लभकुमार पुनले राजीनामा कार्यालय आइनसकेको र आफूले मिडियाबाट सुनेको बताएका छन्। ‘सभामुखसँग सम्पर्क गर्दैछु, उहाँ कार्यालय आउँदै हुनुहुन्छ, मिडियाबाट जानकारी पाएका छौं, औपचारिक छैन’, उनले भने ।
.jpeg)
अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार उक्त बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक राति थप क्षति पुर्याएपछि राजमार्ग खुलाउन सकिएको थिएन ।उनले प्रहरी टोली तथा स्थानीयको पहलमा आज बिहानैदेखि एकतर्फी भए पनि राजमार्ग खुलाउने प्रयास भइरहेको बताए । गतवर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो । प्रहरीले उक्त राजमार्गमा अलपत्र १७ यात्रुको उद्धार गरेको जनाएको छ ।
यसैबीच, सोमबार दिउँसोको अविरल वर्षापछिको बाढीमा बेपत्ता यहाँकी एक महिलाको आज पनि खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । साँझ ६ः०० बजे पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा ढलमले खोलाले बगाउँदा सोही ठाउँ निवासी ३३ वर्षीया रेनुका गिरी बेपत्ता भएकी थिइन् ।
मेला गएर फर्कने क्रममा उक्त खोलामा आएको बाढीले उनलाई बगाएको हो । कार्यालयका अनुसार प्रहरी टोली र स्थानीयले निरन्तर खोजी गरे पनि सोमबार राति अबेरसम्म फेला नपरेपछि खोजीकार्य स्थगित गरिएको थियो। आज बिहानदेखि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी प्रहरीसहितको टोली परिचालित गरी पुनः खोजीकार्य सुरु गरिएको प्रनाउ घलेले बताए । सोामबारको वर्षाले पनौती बसपार्क आसपासका केही क्षेत्र डुबानमा परेको थियो । यस्तै आलु लगाइएको खेतमा खोलाको बाढी पस्दा क्षति भएको छ ।
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।
आज (मंगलबार) पनि देशका केही भागमा वर्षा तथा हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिअनुसार यस्तो छ आज दिउँसो र राति हुने मौसम, वर्षा र हिमपातको सम्भावना :
आज दिउँसो–कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भेगमा आंशिक (पातलो बादल लाग्ने) देखि साधारणतया बदली (बाक्लो बादल) रही बाँकी स्थानमा मुख्यतया सफा (लगभग आकाश सफा) देखि आंशिक बदली रहनेछ ।
यस क्रममा दिउँसो कोशी प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा / हिमपात हुने सम्भावना छ ।
आज राति–कोशी प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी ठाउँमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।
यस क्रममा राति कोसी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन / चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । साथै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷ हिमपात हुने सम्भावना छ।
मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो ।
यस्तै केही स्थानमा वर्षा भन्नाले सम्बन्धित भू–भागको ५० प्रतिशत, थोरै स्थान भन्नाले २५ देखि ३० प्रतिशत र एक–दुई स्थान भन्नाले २५ प्रतिशतभन्दा कम ठाउँमा वर्षा हुन्छ भनेर बुझ्न सकिने मौसमविद् बताउँछन्। हिजो (सोमबार) देशका केही ठाउँमा ठूलो पानी परेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गुल्मी, स्याङ्जा, काभ्रेपलाञ्चोक, बारा, सिराहालगायतका ठाउँमा ठूलो पानी परेको हो। वर्षासँगै काभ्रेको पनौती र रोशीमा बाढी आएको छ। पनौतीमा कुलो तर्ने क्रममा एक महिलालाई बाढीले बगाएको काभ्रे प्रहरीले जनाएको छ। बाढीले डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध भएको छ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पनि स्थिर छ । अमेरिकी डलरको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ २७ पैसा र बिक्रीदर १५१ रूपैयाँ ९४ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रूपैयाँ ४० पैसा र बिक्रीदर १८० रूपैयाँ १९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६१ रूपैयाँ ३७ पैसा र बिक्रीदर १६२ रूपैयाँ आठ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ १३ पैसा र बिक्रीदर ८७ रूपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ५० पैसा र बिक्रीदर ९७ रूपैयाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ ३२ पैसा र बिक्रीदर १०४ रूपैयाँ ७८ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रूपैयाँ २० पैसा र बिक्रीदर नौ रूपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ९२ पैसा र बिक्रीदर १९ रूपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५० पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५६ पैसा तोकेको छ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ सात पैसा र बिक्रीदर चार रूपैयाँ नौ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३१ रूपैयाँ ८६ पैसा निर्धारण भएको छ।
यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ६० पैसा र बिक्रीदर नौ रूपैयाँ ६४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ८९ पैसा र बिक्रीदर १३ रूपैयाँ ९५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ २८ पैसा र बिक्रीदर २० रूपैयाँ ३७ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ४९ पैसा र बिक्रीदर १७ रूपैयाँ ५७ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रूपैयाँ १८ पैसा र बिक्रीदर ४४५ रूपैयाँ १३ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३६३ रूपैयाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ६१ पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शरीरमा कमजोरी अनुभूति हुनेछ। लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। पहिलेका समस्या दोहोरिनाले पनि अलमल बढ्न सक्छ। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट पनि अलि फुर्सद पाइनेछ। व्यवसायले मनग्य आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त होला। टाढिएका साथीभाइसँग भेटघाट हुने समय छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
हिम्मतले काम लिँदा मनग्य लाभ हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौडमा सफलता दिलाउनेछ। भौतिक साधन जुट्नेछन्। बलजफ्ती गरेरै भए पनि चिताएको काम बनाउन सकिनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट पनि छुटकारा मिल्नेछ। आवेशमा संयमित हुनुहोला, मुद्दा–मामिलामा विजयी भइनेछ। व्यवसायमा मनग्य फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीसँग सम्झौता हुन सक्छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। मिहिनेत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। आफन्तले उत्साह जगाउनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। टाढिएका साथीभाइ नजिकिनेछन्।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
नयाँ काम प्रारम्भ गर्ने समय छ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। पहिले लगानी गरिएकाे व्यवसायमा मनग्य धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। कामको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। नहुने काममा बलजफ्ती प्रयत्न गर्दा नयाँखाले समस्या आउन सक्छन्। बुद्धिकाे उपयाेग तथा सावधानीले समस्याबाट बच्न सकिनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्न सकिनेछ। नीति–नियमलाई समयमै ध्यान दिनुहाेला।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारमा अलमलिनुपर्ला। खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। नतिजामा सुधार ल्याउन काम दोहोर्याउनुपर्ला। अरूको भरले मात्र सफलता प्राप्त नहुन सक्छ। केही सहयोगीहरू पनि भेटिनेछन्। तर धेरै फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ। दिगो योजनाका लागि ऋण लिने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। तापनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। फाइदाका पछि लाग्दा धनमाल गुम्न सक्छ। काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
पुरुषार्थी काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुन सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। मेहनतले नाम, दाम र इनाम दिलाउनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई फाइदा होला। पेसा–व्यवसायमा लगानी बढाउने समय छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला। दिगो कामको जग बसाउन सकिनेछ।





