२०८३ बैशाख १७ गते बिहीबार
२०८३ बैशाख १७ गते बिहीबार

अफ्रिकी मुलुक मालीको स्वास्थ्य मन्त्रालयले आफ्नो देशकी एक जना २५ वर्षीया महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएको बताएको छ।

मालीकी स्वास्थ्य तथा सामाजिक विकास मन्त्री डाक्टर फान्ता सिबेले मोरोक्कोको एक अस्पतालमा हालिमा सिसे नामकी महिलाले पाँच छोरी र चार छोरालाई एकैसाथ जन्म दिएको उल्लेख गरेकी छन्। सिसेको मंगलबार अप्रेशन गरिएको थियो।

यसअघि गरिएको अल्ट्रासाउन्डमा उनको पेटभित्र सात वटा बच्चा रहेको देखिएको थियो। उनको पेटमा त्यति धेरै बच्चा रहेको कुराले मालीका नेताहरूको ध्यान तानेको थियो। डाक्टरहरूले उनलाई विशेष विशेषज्ञता चाहिने बताएपछि मालीका अन्तरिम राष्ट्रपतिले सरकारले खर्च व्यहोर्ने गरी उनलाई मोरोक्को पठाएका थिए।

मालीको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म सबै नवजात शिशु र आमाको स्वास्थ्य अवस्था राम्रो छ। तर उनीहरू केही सातापछि मात्रै घर फर्किन सक्नेछन्।

मोरोक्कोको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भने आफ्नो देशको अस्पतालमा एकै आमाले त्यति धेरै बच्चा जन्माएको आफूलाई जानकारी नभएको बताएका छन्।

डाक्टरहरूले एकै पटक नौ बच्चा जन्मिनु दुर्लभ घटना भएको भन्दै आमा र सबै बच्चाहरूलाई बचाउनु चुनौतीपूर्ण हुने बताएका छन्।

चार हजार ५०० मिटरको उचाइमा अवस्थित रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१ मा अवस्थित अर्बिजा यार्सा क्षेत्रमा चर्दै गरेका तकसेराका किसानले व्यावसायिक रुपमा पालेका भेडा ।

वैशाखदेखि भदौसम्म बेसीमा खेतीपाती गरिने, चरनको समस्या र गर्मी हुने भएकाले भेडालाई हिमाली भेगमा ल्याइन्छ । तस्बिरः कुलदीप न्यौपाने

ढोरपाटन । बागलुङ नगरपालिका–४ कुँडुले र म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने गरी निर्माण भएको झोलुङ्गे पुल । पुल निर्माणपछि एक घण्टाको दूरी पाँच मिनेटमा छोटिएको छ । तस्बिरः डम्मर बुढामगर

ताप्लेजुङको टिप्ताला भञ्ज्याङबाट देखिएको नेपाल-चीन सीमावर्ती हिमाल । जलवायु परिवर्तनका कारण हिउँ घट्दै जाँदा हिमाल कालो पत्थर जस्तै देखिन थालेको छ । तस्बिरः दिलकुमार लिम्बू

 

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पर्ने कञ्चनजङ्घा हिमालको दक्षिणी आधार शिविर पदमार्गअन्तर्गतको लाप्साङ पोखरी क्षेत्रबाट देखिएका छ हजार ६८२ मिटर उचाइको राथोङ पिक र सात हजार ३३५ मिटर उचाइको काब्रु पिक हिमालको मनमोहक दृश्य। तस्बिरः दिलकुमार लिम्बू

काठमाडौं । संविधान दिवसको अवसरमा सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।

बिहीबार संविधान दिवसको मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विशिष्ट अतिथिहरु सहभागी भएका छन् ।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले साँस्कृतिक झाँकी प्रस्तुत गरेका छन् भने शान्तिको प्रतीक सेतो परेवा पनि उडाइएको थियो ।

संविधानसभाबाट २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको स्मरणमा सरकारले ३ असोजलाई संविधान दिवस तथा राष्ट्रिय दिवसको रूपमा मनाउने गरेको छ ।

Pro Krm sambidhan diwabash18 1 2048x1365 1 https://newskhari.com/storage/2024/09/Pro_Krm_sambidhan_diwabash142-1-2048x1365-1-e1726735315682.jpg

 

 

Pro Krm sambidhan diwabash10 1 2048x1365 1 https://newskhari.com/storage/2024/09/Pro_Krm_sambidhan_diwabash142-1-2048x1365-1-e1726735315682.jpg

Pro Krm sambidhan diwabash6 2 2048x1365 1 https://newskhari.com/storage/2024/09/Pro_Krm_sambidhan_diwabash142-1-2048x1365-1-e1726735315682.jpg

घोराही उपमहानगरपालिका–१४ झिंगौराका लोकेन्द्र रोका मगरले तिहारलाई लक्षित गरेर व्यावसायिक रुपमा गर्नुभएकाे सयपत्री फूल खेती । तस्बिर : सुशीला ओली

काठमाडौं । परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ ।

मन्त्रालयले एक विज्ञप्तिमार्फत हालै विकसित घटनाक्रमका सन्दर्भमा नेपालीको सुरक्षा र हित सुनिश्चित गर्न सरकार पूर्णरुपमा सचेत रहेको जनाएको छ । पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेको विद्यार्थी र नेपालीसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको उल्लेख गरेको छ ।

मन्त्रालयले तत्कालै कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा अभिभावकले इस्लामावादस्थित नेपाली दूतावासमा सम्पर्क गर्न भनेको छ ।

त्यस्तै, भारतमा अवस्थित नेपाली दूतावासले नेपालीलाई सचेत र सुरक्षित रहन आग्रह गरेको छ । दूतावासले एक विज्ञप्तिमार्फत संकटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न आग्रह गरेको हो ।

भारतको जम्मू कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै दूतावासले आवश्यक सर्तकता अपनाउन ध्यानाकर्षण गराएको हो ।

दूतावासले भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशनको पालनासमेत गर्न भनेको हो । नेपाली नागरिकले नेपाली दूतावस र महावाणिज्यदूतावास कोलकातामा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

वीरगञ्ज । परराष्ट्र मन्त्रालयले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत वीरगञ्जकी प्रिसा साहको मृत्यु भएको घटनाको छानबिनका निम्ति कूटनीतिक पहल प्रारम्भ गरेको छ । छात्रा साह बिहीबार बेलुका आफ्नै कोठामा मृत भेटिएकी थिइन् ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत भारतको आइआइटीमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह आफ्नै होस्टेल कोठामा मृत भेटिएको घटनाबाट आफू मर्माहत भएको बताउँदै “परराष्ट्र मन्त्रालयले घटनालगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्य, तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको छ”, उल्लेख गरेकी छन् ।

काठमाडौं । भारतको ओडिशा राज्यस्थित केआईआईटी (कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्राको मृत्युको घटनापछि राज्य सरकारले छानबिन थालेको छ।

कम्प्युटर साइन्स विषयमा स्नातक तहको पहिलो वर्षमा अध्ययनरत उक्त छात्राले आत्महत्या गरेको आशंकासहितको सूचना बिहीबार साँझ ८ः१० बजे स्थानीय प्रहरीले दिएसँगै छानबिन थालिएको राज्य सरकारको भनाइ छ ।

घटनाको जानकारी पाएलगत्तै विश्वविद्यालय प्रशासनले मृतक छात्राका अभिभावकलाई तुरुन्तै जानकारी गराएको ओडिशा सरकारको सूचना तथा जनसम्पर्क विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

ओडिशा सरकारले यस दुःखद घटनाप्रति गहिरो समवेदना प्रकट गर्दै मृतकका परिवारजनप्रति ऐक्यभाव व्यक्त गरेको छ। साथै, घटनाको गम्भीरताका साथ छानबिन सुरु भएको विज्ञप्तिमा उल्लेख छ।

घटनास्थलमा फरेन्सिक टोलीले पनि प्रमाण सङ्कलनको कार्य गरिरहेको छ। राज्य सरकारले घटनाको निष्पक्ष र विस्तृत छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। उक्त घटनामा नेपाली छात्रा प्रिसा साह बिहीबार मृत फेला परेकी थिइन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।