२०८३ बैशाख १७ गते बिहीबार
२०८३ बैशाख १७ गते बिहीबार

काठमाडौं । भारतको जम्मू-कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको शव बिहीबार बिहान बुटवलस्थित घरमा ल्याइएको छ ।

रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले सुनौली नाका हुँदै सुदीपको शव बिहीबार बिहान घरमा ल्याइएको जानकारी दिए । उनको पार्थिव शरीर बिहीबार नै अन्त्येष्टि गर्ने तयारी छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका १४ घर भए पनि उनी बुटवल ११ मा बस्दै आएका थिए ।

आमा बहिनी र ज्वाइँसहित घुमघामका लागि कश्मीर गएका बुटवलका युवा सुदीप न्यौपानेको आतंककारी हमलामा ज्यान गएको थियो । आतंककारीहरूले पर्यटकलाई लक्षित गर्दै गरिएको हमलामा उनी पनि मारिएका हुन् ।

काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण गरेकी छन् ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि गरेकाे सङ्घर्षदेखि मुलुकको समृद्धिका लागि देखिएका सपना र गरेकाे नेतृत्वदायी पहललाई समेटेर पुस्तक तयार गरिएको हो ।

पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद्, सामाजिक व्यक्तित्वहरुका लेख–रचनासमेत समावेश गरिएको छ । सो पुस्तक अल्केमी प्रकाशनले गरेको हो । कार्यक्रममा प्रधानमन्त्री ओली, एमालेका महासचिव शङ्कर पोखरेललगायत सहभागी छन् ।

मन्दिरमा हात फैलाउनेहरू सँग
सायद भगवान पनि रुष्ट हुँदा हुन्
त्यसैले त उनीहरू अविसप्त छन्
जिवनभर मन्दिरको सँघारमा
सम्पन्नता मागिरहन ।

बाच्नै परेको छ
रहर नभएको यो सहरमा,
जहर पिइएर ।
भर नभएका मान्छेहरू सँग,
उ कहिले किनेर बाँच्दैछ
उ कहिले बेचेर बाँच्दैछ,
रहर अनि वाद्यता।

-मधुसुदन घिमिरे 

काठमाडौं । कवि मधुसुदन घिमिरेको कविता सङ्ग्रह ‘मायाको आयतन’ सार्वजनिक भएको छ । आज काठमाडौंमा एक कार्यक्रमका बीच उक्त कविता सङ्ग्रह सार्वजनिक भएको हो ।

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले मधुसुदन घिमिरे दृष्टिविहिन भएपनि मनको आँखाले सामान्य मानिसको भन्दा धेरै महशुस गर्ने गरेको कार्यक्रममा बताए ।

उनले भने, ‘मधुसुदन घिमिरे दृष्टिविहिन भएर पनि सामान्य मानिसको भन्दा धेरै महशुस गर्ने क्षमत लेखकमा रहेको छ । उहाँले लेखेको हरेक कवितामा मर्म लुकेको छ । यस्ता कविताहरु धेरै धेरै र नेपाली साहित्यका सबै विधामा योगदान गर्न पनि शुभकामना गर्न चाहन्छु ।’

१२५ थान छोटा कविताहरु सङ्ग्रहित कवितासङ्ग्रहलाई साहित्यपोस्टले प्रकाशन गरेको हो । सङ्ग्रहमा प्रेम सम्बन्ध, सामाजिक समस्या, देश तथा युवाहरुको वर्तमान अवस्था सहित कविताहरु छन् ।

काठमाडौं । गायिका सुम्निमाको गीत तारा सार्वजनिक गरिएको छ। क. टमोटको शब्द, गायिका स्वयंकै संगीत रहेको गीतको भिडिओलाई अभि साम्पाङ राईले निर्देशन गरेका छन्।

बिकेश मगर र समन महर्जनले संयुक्त छायांकन गरेको भिडिओमा विराज घिमिरेको सह–निर्देशन छ। बिकेश, समन र सुम्निमाले मिलेर भिडिओको सम्पादन गरेका हुन्।

भिडिओमा रंग संयोजन पनि बिकेश मगरकै रहेको छ। यसमा सुमित तामाङ, रजिन तामाङ, दीपेन्द्र तामाङ, राजाराम तामाङ र सम्राट तामाङको नृत्य छ।

केही दिनअघि सार्वजनिक गीत सुम्निमाको अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ।

काठमाडौं । प्रख्यात गजलकार प्रकट पंगेनी (शिव)को ६८ वर्षको उमेरमा निधन भएको छ । मणिपाल शिक्षण अस्पताल, पोखराको भेन्टिलेटरमा उपचाररत उनको मंगलबार दिउँसो निधन भएको हो । निमोनिया र जन्डिस बिग्रिएपछि उनी उपचारका लागि सोमबार अस्पताल भर्ना भएका थिए ।

पंगेनीको बुधबार बिहान १२ बजे मणिपाल अस्पतालबाट शवयात्रा सुरु गर्ने र फूलबारी घाटमा अन्त्येष्टि गरिने पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए ।

उनी कास्कीको रूपा गाउँपालिका–५ मा जन्मिएका हुन् । प्रकट प्रणयमय गजलका लागि प्रख्यात छन् । उनको ‘जूनको चिठी जुनालाई’ र ‘यो मन कतै अल्झेको छ’ नामक २ गीत संग्रह प्रकाशित छन् । यसका साथै प्रणयवेदका ऋचाहरू (गजल संग्रह) र अक्षरभरि अक्षता (कविता संग्रह) उनका प्रकाशित कृति हुन् ।

प्रकटले रचना गरेका ५० भन्दा बढी गीत रेकर्ड भएका छन् । तीमध्ये ‘तगारो छेउ आएर पनि’ लगायत केही गीत लोकप्रिय छन् ।

काठमाडौं । नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर-३ मा प्रवेश गरेको छ ।

थाइल्यान्डमा जारी छनोटअन्तर्गत हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएसँगै नेपाल सुपर-३ मा प्रवेश गरेको हो ।

हङकङसंग समान ५ अंक भए पनि नेपाल बढी जितका आधारमा अघि सुपर-३ मा पुगेको हो ।

नेपालले ४ खेलमा २ जित, १ हार र १ खेलमा अंक बाडेर ५ अंक जोड्यो । यस्तै हङकङको ४ खेलमा १ जित र ३ अंक बाड्दा समान ५ अंक बनाएको थियो । नेपालले अब सुपर- ३ मा यूएई र थाइल्याण्डसँग खेल्नेछ । सुपर-२ का शीर्ष-२ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा प्रवेश गर्नेछ ।

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले क्रिकेट खेलाडी सिद्धान्त लोहनीको उपचारका लागि पाँच लाख सहयोग गर्ने भएको छ ।

मधेस प्रदेश क्रिकेट सङ्घको आयोजनामा गत २०८० जेठ १५ देखि २६ गतेसम्म जनकपुरमा प्रतियोगिता सञ्चालन भएको थियो । सोही प्रतियोगिताका दौरान क्रिकेटर सिद्धान्त घाइते भएका थिए । उनले सो प्रतियोगिता कोशी प्रदेशबाट खेलेका थिए ।

गण्डकी प्रदेशविरुद्धको खेलमा उनको घुँडामा चोट लागेका थियो । उनको उपचारका लागि रु पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय गरिएको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । सिद्धान्तको हाल भारतमा उपचार भइरहेको छ ।

काठमाडौं । यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। सोमबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपालले ओमानलाई ८ विकेटले पराजित गरेको हो।

३८औँ ओभरमा ११७ रन बनाउँदा ओमान अलआउट भएपछि नेपालले ११८ रनको लक्ष्य पाएको थियो। जुन १४।३ ओभरमा मात्रै २ विकेटको क्षतिमा पूरा गर्यो।

नेपालको जितमा ओपनर शाहिल पटेल र निरजकुमार यादवले उत्कृष्ट ब्याटिङ गरे। पटेलले ४२ बलमा ४४ र यादवले ३१ बलमा ४६ रनको योगदान गरे। नरेन भट्ट १२ तथा सन्तोष यादव १० रनमा अविजित रहे।

ओमानका सौम्या भाविन सम्पतले २ विकेट लिए। त्यसअघि युवराज खत्रीको घातक बलिङसामु ओमान निर्धारित ५० ओभरसम्म पनि टिक्न सकेन।

सिद्धार्थ सौवण्र्य शंकरले १६, रिषभ गुप्ता ९, जित व्रजेश शाह ५२, सौम्य भविन सम्पत ८, राहिल दानियल हबिबुल्ला १, प्रतिश हेमा रमेश १०, नितिश नदेन्ड्ला ४, पुलाडिथ ओमिदु मेदागोदा रालालागे ० रनको योगदा गरे। नटआउट रहेका कविश राजेशकुमार शाहले ९ रन बनाउँदा यरशेठ साई दिनेश ४ र विज्ञेश कार्तिकेयनले ० रन बनाए।

नेपालका युवराज खत्रीले ५ विकेट सन्तोष यादवको नाममा २ विकेट रह्यो। दयानन्द मण्डल, अपराजित पौडेल र अशोक धामीले समान १÷१ विकेट लिए। यसअघि नेपालले पहिलो खेलमा आइतबार युएईलाई पराजित गरेको थियो।

काठमाडौं । यू-१९ विश्वकप एसिया छनोटमा नेपालले आइतबार विजयी सुरुवात गरेको छ । मूलपानी मैदानमा आइतबार भएको खेलमा नेपालले यूएईलाई ५ रनले पराजित गरी विजयी सुरुवात गरेको हो । वर्षाका कारण ढिला सुरु भएको खेल अन्तिममा पनि वर्षा तथा ब्याड लाइटको प्रभाव परेको थियो ।

४०–४० ओभरमा खेलाइएको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै ९ विकेटमा २०० रन बनाएको थियो । जवाफमा यूएईले ३६ ओभरमा १७१ रन बनाउँदा खेल रोकियो । त्यसपछि खेल फेरि हुन नसक्दा नेपाल डीएलएसअनुसार ५ रनले विजयी भएको हो । यूएईका यायिन किरण राईले नटआउट १०३ रन बनाएका थिए । तर, खराब प्रकाशका कारण रोकिएको खेल फेरि सुरु हुन नसकेपछि नतिजा नेपालको पक्षमा गएको हो ।

यो छनोट प्रतियोगिताबाट एक टिम आगामी वर्ष हुने विश्वकपका लागि छनोट हुनेछ । नेपाल, यूएई, अफगानिस्तान, हङकङ र ओमानबीच प्रतिस्पर्धा भइरहेको छ । आइतबार भएको अर्को खेलमा अफगानिस्तानले ओमानमाथि जित निकालेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।