२०८३ बैशाख १७ गते बिहीबार
२०८३ बैशाख १७ गते बिहीबार

३१ वैशाख, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले बुधबार स्याङ्जाको बिरुवा गाउँपालिका र अर्जुनचौपारी गाउँपालिकामा २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बिरुवा शाखा उद्घाटन बिरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवर र बैंकका अध्यक्ष दीलिपप्रताप खाँडले संयुक्त रूपमा गरे । त्यसैगरी अर्जुनचौपारी शाखा उद्घाटन अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरुङ र बैंकका अध्यक्ष खाँडले संयुक्त रूपमा गरे ।

उद्घाटन कार्यक्रममा गाउँपालिका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजीवि लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो ।

सञ्चालनमा आएका नयाँ शाखा कार्यालबाट उक्त क्षेत्रका स्थानीयवासिन्दा, व्यावसायिक फर्म/कम्पनी तथा अन्य संघसंस्थालाई उत्कृष्ट सेवा प्रवाहमा बैंक प्रतिबद्ध रहेको र उक्त क्षेत्रको समग्र आर्थिक विकासमा बैंकले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास बैंकले लिएको छ ।

 

काठमाडौं । कुमारी बैक लिमिटेडको अगुवाइमा ९० मेगावाटको मर्स्याङ्दी अर्धजलाशययुक्त जलविद्युत् आयोजनाका लागि बुधबार लगानी सम्बन्धी सम्झौता भएको छ ।

एमए पावर प्रालिले उक्त आयोजना गोरखाको पालुङटार नगरपालिका, लमजुङको राइनास नगरपालिका र तनहुँको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा निर्माण गर्नेछ ।

लगानी सम्झौता एमए पावर प्रालिका अध्यक्ष अनुप आचार्य र कुमारी बैंकका प्रमुख व्यवसाय अधिकृत क्षीतिज खड्काको उपस्थितिमा कुमारी बैक, प्रभु बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, सानिमा बैंक, कर्मचारी सञ्चय कोष, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको १५ अर्ब १८ करोड ७५ लाखको संयुक्त लगानीमा आयोजना निमार्ण हुने गरी ऋण सम्झौता भएको हो ।

स्वपूँजी लगानीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दीपक बरालको हुनेछ । साथै, डोल्मा इम्प्याक्ट फन्डले पनि कम्पनीमा संस्थापक सेयरको ४९ प्रतिशतसम्म स्वपूँजी लगानी रहने कम्पनीका अध्यक्ष आचार्यले बताए ।

यही समूहबाट हाल सेतीखोला हाइड्रोपावर लिमिटेड मार्फत २२ मेगावाट सेतीखोला जलविद्युत आयोजना निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

आयोजनाको नेपाल विद्युत प्राधिकरणसँग १ कात्तिक २०८० मा विद्युत खरिद–बिक्री सम्झौता सम्पन्न भई व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मिति (आरसीओडी) २२ वैशाख २०८६ रहेको छ ।

आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआईए) स्वीकृतिका लागि सम्बन्धित निकायमा अन्तिम चरणमा रहेको कम्पनीका अध्यक्ष आचार्यले बताए ।

आयोजनाबाट उत्पादित विद्युत् विद्युतगृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दुरीमा प्राधिकरणको मार्किचोक सबस्टेसनमा २२०/१३२ केभीमा जोडिने छ ।

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सालपा विकास बैंक लिमिटेडबीच ‘एससीटी–यूपीआई कार्ड’ जारी गर्न सम्झौता भएको छ ।

२३ वैशाखमा एससीटीको कार्यालयमा आयोजित कार्यक्रममा एससीटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र सालपा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत योगेन्द्र पुनले हस्ताक्षर गरेका छन् ।

यस सम्झौतापछि सालपा विकास बैंकका ग्राहकका लागि कार्ड जारी गर्ने प्रक्रिया सुरु गरिएको र ग्राहकले आउने दिनमा सजिलै बैंकबाट आफ्ना लागि एससीटी–यूपीआई कार्ड लिन सक्ने प्रयत्न गरिएको स्मार्ट च्वाइस टेक्नोलोजिजले जनाएको छ ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामा प्रवृत्त गराउनेछ। सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मनिश्चय गर्ने समय छ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् र जीवनशैलीमा परिवर्तन आउनेछ।

 

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आलस्य बढ्नाले कमजोरीको अनुभूति हुनेछ। व्यवहारमा केही चुनौतीपूर्ण कामको जिम्मेवारी आउन सक्छ। गोपनीयतामा ध्यान पुर्याउनुहाेला। मिहिनेत गर्दा केही काम बन्नेछन् र आकस्मिक लाभ पनि हुनेछ। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। पछि फाइदा हुने काम गर्न सकिनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
बौद्धिक चिन्तनले नयाँ विचार जन्माउन सक्छ। तार्किक क्षमता बढ्नेछ र अध्ययनमा प्रगति हुनेछ। आजको कामबाट साेचेकाे लाभ भने नहुन सक्छ। दिन रमाइलाे देखिए पनि वादविवादमा अलमलिनुपर्ला। अरूको फाइदाका लागि उपयोग भइएला। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला।

 

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। विशेष अध्ययन तथा नयाँ ज्ञानको खोजीमा समय बित्नेछ। गुरुजनको सहयोगले बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान लिन सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। आफ्ना सूचना बाहिरिने समय छ, गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। काम राेकिनाले पारिवारिक असमझदारी देखापर्ने सम्भावना छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनग्य धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। दाम र नाम कमाउने समय छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। पहिलेको सफलताले पनि काममा विशेष अवसर दिलाउन सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पछिका लागि खर्चको जोहो गर्नुपर्ला। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर-छिमेकमा असमझदारी बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ला। उधारोमा व्यापार हुन सक्छ। आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। सरसापट र सहयोगमा केही नगद बाहिरिने देखिन्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा मनग्गे फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। विभिन्न स्रोत–साधन जुट्नेछन्। थन्किएका वस्तुको उपयोग हुनेछ। समाजसेवा र सत्कार्यमा केही खर्च गर्नुपर्ने हुन सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। नोकरी तथा व्यवसायमा लाग्नेहरूलाई फाइदा हुनेछ। भौतिक साधन संग्रह हुनेछन्। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। रुचिका विषयमा लगानी बढाउन सकिनेछ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।