
काठमाडौँ । तीनकुने घटनामा दुर्गा प्रसाईं सहित ६१ जनाविरुद्ध काठमाडौ जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको छ । चार बालबालिकाविरुद्ध बाल अदालत भक्तपुरमा अभियोग दर्ता हुँदैछ । प्रसाईलाई पत्रकार सुरेश रजकको हत्यामा संलग्न कसुरमा पनि प्रतिवादी बनाइएको छ ।
प्रदर्शनमा जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंले आफू तीनकुने पुग्नुअगावै कार्यक्रम स्टेजमा टियरग्यास र गोली चलेर भागदौड भएको जिकिर गरेका छन् । सरकारी वकिलको रोहबरमा प्रहरीलाई दिएको बयानमा प्रसाईंले भनेका छन्, ‘म कार्यक्रमस्थलमा आउनुभन्दा अघि नै अतिथिहरुलाई आसनग्रहण गराइ कार्यक्रम सुरु भइ राष्ट्रिय गान बज्न थालेपछि स्टेजमै टियरग्याँस र गोलीहरू चलेर मान्छेहरू भागदौड भइसकेको थियो, त्यस कारण कार्यक्रमस्थलमा मेरो कुनै भूमिका पनि भएन ।’
आफू सुरुमा कार्यक्रम स्थलमा जाने स्थिति समेत नभएको भन्दै उनले भने, ‘नवराज सुवेदी नेतृत्वको समितिले नै कार्यक्रमको स्वामित्व र अपनत्व लिएर दुवै संस्थाको संयुक्त ब्यानरमा गर्ने भनिए अनुसार तयारी र योजना गरेर कार्यक्रम आयोजना गरिएको हो ।’
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंले तीनकुनेमा भिडलाई आपराधिक काम गर्न उक्साउने र तोडफोड गर्न लगाउने व्यक्ति सन्तोष सिलवाल ‘राजावादी’ हुनुपर्ने बयान दिएका छन् । बयानमा उनले भनेका छन्, ‘हुलभीडको समूहलाई आपराधिक कार्य गर्न उक्साउने र तोडफोड गर्न लगाउने मानिस सन्तोष सिलवाल र निजको समूह हुनुपर्छ ।’
प्रदर्शनकारीले आगजनी गरेपछि मृत्यु भएका पत्रकार सुरेश रजकलाई आफूले नचिनेको प्रसाईंले बताएका छन् । बयानमा उनले भनेका छन्, ‘मैंले कसैलाई पनि उत्तेजित बनाई तोडफोड तथा आगजनी गर्नको लागि निर्देशन दिएको पनि थिएन ।’
आफू कार्यक्रमस्थलमा रहुञ्जेलसम्म तोडफोड र आगजनी नभएको प्रसाईंले जिकिर गरेका छन् । उनले भनेका छन्, ‘म सुरक्षित स्थलतर्फ हिँडेपछि सामाजिक सञ्जालमा पोष्ट भएको भिडियोहरू हेर्दा रवीन्द्र मिश्र र डा. धवल शमशेर समेतको नेतृत्वमा संसद कब्जा गर्ने भनी हुलभीडको समूहलाई लिई बानेश्वरतर्फ जाँदा प्रहरीसँग झडप भएपछि उत्तेजित समूहले तोडफोड तथा आगजनी गरेको जस्तो देखिन्छ ।’
.jpg)



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री सुमना श्रेष्ठ र प्रशिक्षण विभाग प्रमुख अनिल केशरी शाहको राजीनामा स्वीकृत गरेको छ । आज (आइतबार) बसेको पार्टी केन्द्रीय समिति बैठकले श्रेष्ठ र शाहले पदबाट दिएको राजीनामा स्वीकृत गरेको हो ।
श्रेष्ठले पार्टीमा ‘एक पद, एक व्यक्ति’ हुनुपर्ने बताउँदै सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् । उनी अहिले प्रतिनिधिसभा सदस्य हुन् । यस्तै शाहले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारीमा रहेर नेतृत्व विकासका लागि काम गर्ने सोचे पनि पार्टीले त्यसप्रति प्राथमिकता नदिएकाले राजीनामा दिएको बताएका छन् ।
रास्वपा प्रवेश गरेर छोटो समयमा महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेका पूर्व बैंकर शाह पार्टीको विभागको जिम्मेवारीबाट अलग हुने जानकारी केही दिनअघि दिएका थिए । प्रशिक्षण विभाग प्रमुख रहेका उनले पदीय भूमिकाअनुसार जिम्मेवारी निर्वाह गर्न नसकेको आरोप समेत लाग्ने गरेको थियो ।
बाहलवाला सभामुख रहेका बेला बलात्कार प्रकरणमा पूर्पक्षका लागि थुनासम्म पठाउने तत्कालिन संसदकी कर्मचारी रोशनी शाही भक्तपुरमा मृत फेला परेको दाबी गरिएको छ।
आइतबार भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने उनी कोठाभित्रै मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
अहिले घटनास्थलमा प्रहरी पुगेको छ भने श्रीमान विराटनगरमा रहेकाले आउन लागेको बताइएको छ।
२०७६ असोजमा संसद सचिवालयमा कार्यरत रोशनीले आफूमाथि बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन्।
महराले मादक पदार्थ सेवन गरेर आफू बसोबास गरिरहेको कोठामा आएर जबरजस्ती गर्न खोजेको उनको आरोप थियो।
अन्ततः २०७६ फागुनमा जिल्ला अदालत काठमाडौंले कृष्णबहादुर महरालाई सफाइ दिँदै रिहा गरेको थियो।
त्यसबेला अनेक विषयमा बयानबाजी गर्ने शाही मृत फेला परेको दाबी गरिएको छ। एउटा सुसाइड नोट पनि भेटिएको छ। प्रहरीले अहिले अनुसन्धान जारी राखेका कारण सुसाइड नोटमा के लेखिएको छ भन्ने खुलाइसकेको छैन।
काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाले प्रहरी सेवाबाट हालै सेवा निवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक लालमणी आचार्यलाई एक कार्यक्रम बिच बिदाइ गरेका छन् ।
बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले सेवा निवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक आचार्यले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका साथ सम्पन्न गरेको चर्चा गरेका थिए ।
सो अवसरमा प्रहरी महानिरीक्षक दिपक थापाले सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक लालमणी आचार्यलाई मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा सेवा निवृत्त प्रहरी अतिरिक्त महानिरीक्षक लालमणी आचार्यले आफ्नो सेवा अवधिमा गरेका अनुभव सहितको मन्तव्य व्यक्त गरेका थिए ।
सेवा निवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक आचार्य वि.सं. २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी अतिरिक्त महानिरीक्षक आचार्य उमेर हदका कारण जेठ १० गतेबाट सेवा निवृत्त भएका हुन् ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।
काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राज्यको सामथ्र्य वृद्धि नगरी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न नसकिने बताएका छन् । राज्यको सामथ्र्य वृद्धिका लागि बजेटका माध्यमबाट चाल्नु पर्ने कदमका विषयमा महासचिव पोखरेलले महत्वपूर्ण १५ बुँदे सुझाव दिएका हुन्। अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउनका लागि विशेष योजना आवश्यक रहेको उनको धारणा छ।
अनौपचारिक अर्थतन्त्र सबै कालो धन नहुने पनि उनले स्पष्ट पारेका छन् । नेपालको प्राकृतिक श्रोत ढुङ्गा, गिट्टी र बालुवा समेतलाई आय आम्दानीको दिगो श्रोत बनाउने आँट गर्नुपर्ने उनको सुझाव छ। ‘निर्माण सामाग्रीको सहज आपूर्ति नहुँदा विकास निर्माण समेत प्रभावित हुने गरेको छ’, सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले लेखेका छन्।नेपालको वन पैदावारको दिगो उपयोगको नीति र योजना अघि बढाउन पोखरेलले सुझाव दिए।
निकुञ्ज र संरक्षण क्षेत्र बाहेकको वन क्षेत्रको व्यावसायिक उपयोग गर्ने सहज नीति आउनु पर्ने उनले बताए। वन क्षेत्रमा रहेका तर विकासका दृष्टिकोणबाट रणनीतिक महत्वको जमिनलाई वन क्षेत्रबाट अलग गरी त्यसको प्रयोग गर्ने सहज व्यवस्था आवश्यक छ रहेको उनले उल्लेख गरेका छन् । नेपालको उत्पादनको बजारीकरण र कच्चा पदार्थमा आधारित उद्योगलाई प्रतिकूल असर पुग्ने भन्सार राजश्वमा सुधार गर्नु पर्ने उनको सुझाव छ। विदेशबाट आयात हुने कच्चा पदार्थको तुलनामा तयारी वस्तुमा आयत कर छुट दिने अवस्था अन्त्य गरिनु पर्ने महासचिवले धारणा राखेका हुन् ।
‘भन्सार दरमा न्यून विजकीकरणको व्यवस्था अन्त्य गरिनु पर्दछ, वास्तविक मूल्यमा आधारित रहेर भन्सार दर लागु गरिनु पर्दछ’, उनले भने। भारतीय पर्यटकहरूले नेपाल आउँदा ल्याउन पाउने नगद रकमको सीमा बढाउनु पर्ने सुझाव पोखरेलले दिए । भारतीय पर्यटकहरूले ल्याउने सवारी साधनलाई भन्सार विन्दुमा नै निश्चित समयका लागि रोड पर्मिटको व्यवस्था मिलाउनु पर्ने सुझाव उनको छ।
भारतबाट आयात हुने तरकारी र फलफूलमा अनिवार्य रूपमा विषादी परीक्षणको व्यवस्था मिलाउनु पर्ने र हरेक वस्तुको ब्राण्डिङ र लेवलिङ अनिवार्य गरिनु पर्ने उनको धारणा छ । ‘नेपालबाट निर्यात हुने सबै प्रकारका वस्तुहरूको व्राण्डिङ र लेवलिङ गरेर मात्र निर्यात गर्ने व्यवस्था मिलाउनु पर्दछ’, पोखरेलको सुझाव । नेपालका प्रमुख सहरहरूमा व्यवसाय दर्ता गरी गरिने सबै प्रकारका आर्थिक कारोबार विद्युतीय प्रणालीबाट गर्ने व्यवस्था गरिनु सुझाव उनले दिएका हुन्।
उच्च पहाडी र हिमाली क्षेत्रमा मास टुरिजमको विकासका लागि संरक्षण क्षेत्रको जमिन निजी क्षेत्रलाई निश्चित समयका लागि लिजमा दिने व्यवस्था अघि बढाइनु पर्ने सुझाव पोखरेलको छ । कृषि उत्पादनलाई प्रवर्धनका लागि अनुदानको व्यवस्था गरिनु उनले सुझाव दिएका छन् । ‘साना किसानसम्म सहजपुरमा उत्पादनमा आधारित अनुदान पुग्ने व्यवस्था गर्नु पर्दछ’, पोखरेलले दिएको सुझावमा उल्लेख छ। स्टार्ट अप योजनालाई वस्तु र सेवाको उत्पादन क्षेत्रमा विस्तार गर्ने गरी पर्याप्त रकमको व्यवस्था गर्नु पर्नु सुझाव उनले दिए। यसबाट राष्ट्रिय समाथ्र्य वृद्धि भई समृद्ध नेपाल सुखी नेपाली निर्माणको अभियानमा सार्थक योगदान पुग्ने उनको धारणा छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले कम्बोडियामा मेरो लगानी भएको हल्ला फिजाएको आरोप लगाएका छन् ।
नेकपा एमालेका बागमती प्रदेशका वडा अध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डले कम्बोडियाको टेलिकममा ३२ अर्ब आफ्नो लगानी भएको हल्ला फिजाएको र माधव नेपाल र झलनाथहरु त्यसको पछाडी कुदेको आरोप लगाएको बताएका हुन् ।
उनले- कम्बोडियाको टेलिकममा ओलीको ३२ अर्ब छ भनेर हल्ला भिजाउने प्रचण्ड हो । त्यसको पछाडी कुद्ने माधव नेपाल र झलनाथ खनाल हुन् । के त्यो साचो कुरा हो ? साचो भए ३२ अर्ब मैले टेलिकममा लगेको थाहा हुदैन थियो ? त्यसको हिसाब सबै खुलस्त हुन्छ त ।’
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा भएको आदेशमा त्रुटि देखिएपछि सच्याउनका लागि आजै पेशी तोकिएको छ ।
शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नहकुल सुबेदीको इजलासले गरेको आदेश सच्याउन उनीहरुकै इजलासमा पेसी तोकिएको हो ।
लामिछानेलाई पुर्पक्षमा जेल चलान गर्ने उच्च अदालतको आदेशलाई सर्वोच्चले शुक्रबार सदर गरेको थियो । तर, लिखित आदेश सार्वजनिक हुँदा ‘आदेश’ नलेखेको ‘फैसला’ लेखिएपछि सच्याउनका लागि आइतबार पेशी तोकिएको हो ।
सर्वोच्च अदालतका सहायक प्रवक्ता समेत रहेका उपरजिष्ट्रार निराजन पाण्डेले आदेश हुनुपर्नेमा फैसला भनेर उल्लेख भएका कारण त्यसलाई सच्याउनका लागि पेशी तोकिएको बताए ।
कसैको निवेदनबिना सर्वोच्च आफैँले पेशी तोकेको हो ।
नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। तोलामा एक हजार ४ सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुनको मूल्य १ लाख ९० हजार ४ सय रुपैयाँमा कायम भएको थियो। यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार चाँदी तोलामा २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सोही मूल्यका कायम भएको थियो ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
ईर्श्या गर्नेहरूले आफ्ना प्रयास जारी राख्दासमेत तपाईंको बुद्धि र मिहिनेतले रङ देखाउने समय हो । व्यक्तित्व विकास वा थप अध्ययनको अवसर प्राप्त हुनेछ । मनको कुरो साथीले बुझिदिंदा आपसी सम्बन्धमा विश्वास र भरोसाको वातावरण बन्नेछ, एकान्तमा रमाउँदै भावना आदानप्रदान हुने समय हो । आमा र नातागोताको सम्झना भइरहने समय हो, घरायसी समस्याले पनि बारबार मन बिथोलिन सक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सहकार्य वा साझेदारीको काममा दौडधूप गर्नुपर्ने समय हो, कारोबारमा ध्यानकेन्द्रित हुनसक्दैन, तर पनि आर्थिक सन्तुलन कायम रहने दिन हो । दाम्पत्यसम्बन्धमा तालमेलको कमी रहने छ, तर घरको वातावरण व्यवस्थित र रमाइलो नै हुनेछ । कुनै गोपनीय कुरा सार्वजनिक हुँदा अप्ठ्यारोमा परिने छ । घुमघाम वा मनोरञ्जनका लागि केही रकमको खाँचो पर्नसक्छ, घोरिएर बस्नुभन्दा अभिभावकसमक्ष आफ्ना कुरा राखी निकास खोज्नु राम्रो हुन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ योजना प्रारम्भ गर्न उत्तम समय छ, प्रयास गरेमा कार्यप्रणालीमा सकारात्मक परिवर्तन हुनेछ । सामाजिकता र सामूहिक क्रियाकलापमा दिलचस्पी बढ्नाले पुराना साथीभाइ वा दौंतरीको काममा समेत दौडधूप गर्न सकिन्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा सफलता हासिल हुनेछ, त्यस्तै देखिएका चुनौती निवारण गर्न सहकर्मी वा हाकिमको सहयोग प्राप्त हुनेछ । सामूहिक काम वा सामाजिक क्रियाकलापमा संलग्न हुँदा फुर्सद पाइँदैन र लवमेटलाई छुट्टै समय दिन नपाउनाले वैचारिक मतभेद हुनसक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामान्य भनाभनमा ठूलै झगडापर्ने दिन छ । खासगरी घनिष्ठ साथीभाइ र नातागोताका मानिससित नम्र बोलीको प्रयोग गर्नु राम्रो हुन्छ । दैनिक आम्दानीमा बढोत्तरी हुनेछ, कतिपय विषयमा बोलीकै भरमा काम सम्पादन हुनेछ, साथै हाकिम र सेवाग्राही दुवै पक्ष प्रसन्न रहनेछन् । एउटा स्मरणीय आनन्द प्राप्त हुने दिन हो, अझ बोली र व्यवहारमा नम्रताको प्रयोग गर्नुहोस्, केही दिनमा नै घरमा नवीन सुखको आभास हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफूलाई कमजोर या नजान्ने नठान्नु होला । मिहिनेत नै त्यस्तो साँचो हो, जसले असम्भवलाई पनि सम्भवमा परिणत गर्दछ । नयाँ उत्साह र उमङ्ग जाग्ने समय हो, खुसी र प्रसन्नताको सीमा हुनेछैन । विजय र सफलताले जताततै पछ्याउन सक्छ तर रिसराग, घमण्ड र अहङ्कारबाट टाढा रहनु ठीक हुन्छ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइने छ । अनुभवको प्रयोग गरेमा ठोस उपलब्धि प्राप्त हुनेछ, प्रतिष्ठित जिम्मेवारी हातलागी हुने समय हो ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिबन्द र बाध्यताका काममा रुमल्लिनु पर्ने हुन्छ, नियमित र व्यवहारिक खर्च बढ्न सक्छ, तर वैदेशिक प्रयोजनको कामबाट मनग्ये लाभ हुनेछ, विदेशी सम्पत्तिको उपयोग गरी फाइदा बटुल्ने समय हो । महत्त्वाकाङ्क्षा राख्नुहुँदैन, नत्र व्यावहारिक समस्या र अपजस खेप्नुपर्ने समय छ । कतिपय स्थितिमा थालेको काम पनि बीचमा नै छाड्नुपर्ने हुन्छ । पार्टनरको भावनालाई बेवास्ता नगर्नुहोला, नत्र आनन्द र मनोरञ्जनको वातावरणमा अचानक निराश हुनुपर्ने र तनाव झेल्ने परिस्थिति आइपर्ने दिन हो ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कारोबारमा राम्रै फड्को मार्ने समय छ, लागी परेमा रोकिएको काम बन्नेछ तर दायित्व र जिम्मेवारी भने बढिरहने समय हो । चाहेबमोजिम सबै कामहरू सम्पन्न हुनेछन्, पारिवारिक माहौल पनि ठीकै छ, तथापि अहङ्कार र घमण्डलाई कन्ट्रोल गर्ने समय हो । वैदेशिक यात्रा वा छात्रवृत्तिका लागि प्रयास गर्दै हुनुहुन्छ भने नबुझेको÷नजानेको विषयवस्तुका बारेमा अनुभवी र सिनियरसँग छलफल गर्ने समय हो ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
हाकिम वा वरिष्ठ कर्मचारीसँग निकटता बढ्नाले विशेष लाभ लिनसक्ने समय हो, अतिरिक्त आम्दानी हुनाले तत्कालको गर्जो टार्न सघाउ पुग्नेछ । व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो, पार्टनरका तर्फबाट पनि कुनै खुसी हुने कुरा सुन्न पाइने छ र प्रसन्नता बढ्नेछ । पेसागत र व्यवसायिक जीवन सन्तोषजनक रहनेछ । सानोतिनो यात्राको योजना बन्नेछ, आज नयाँ सृजना र परिवर्तनका लागि मष्तिष्क सक्रिय रहने समय हो ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शरीर हलुका र मन प्रसन्न रहनेछ, लामो समयदेखि एकान्तमा बसेर भलाकुसारी भएको छैन भने अब निराश हुनुपर्दैन, भेटघाटको अनुकूलता मिल्नेछ । कला वा सिर्जनासँग सम्बन्धित कामबाट प्रतिष्ठा र सम्मान पाउने दिन हो, धर्म र अध्यात्मतर्फ पनि मनको आकर्षण रहनेछ । जनसम्पर्क, सार्वजनिक सम्बन्ध वा नेटवर्किङका माध्यमबाट आयस्रोतमा बढोत्तरी हुनेछ, परिस्थिति बुझेर स्थिर सम्पत्ति वा सेयर कारोबारमा चासो राख्नु ठीक हुन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
झिनामसिना काम र घरेलु काममा अलमलिंदै दिन बित्नसक्छ, तर भान्साको काममा वा आगो र हातहतियारको प्रयोगमा निकै सचेतता अपनाउनु होला । नयाँ र नौलो विषयवस्तुको जानकारी लिन सकिने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता हानिकारक बन्नसक्छ । जोखिम र सङ्कटले घेरेको समय छ, धेरै बटुल्ने इच्छा गर्दा मूल धन नै गुमाउने परिस्थिति बन्नेछ, त्यसैले दुराशा र महत्त्वाकाङ्क्षालाई थाती राखी संयमताका साथमा आफ्नो कामलाई निरन्तरता दिनुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने छ । गीतसङ्गीत, साहित्य वा कुनै कलासम्बद्ध विषयमा रुचि जाग्ने दिन हो । कल्पना र भावुकतामा धेरै समय बित्नसक्छ, अलि मिहिनेत गरेमा मात्र सफलता मिल्ने दिन भएकाले मनोरञ्जन र खेलवाड त्यागेको ठीक हुन्छ । कल्पनाशील र भावुक बन्ने दिन हो, फाल्तु कुरामा समय बिताउनुभन्दा काममा ध्यान दिने समय हो । थालेको कामलाई पूर्ण गर्ने प्रयास गर्नुपर्छ, नत्र तपाईंका अपेक्षाहरूमा कमी आउनसक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आडम्बर देखाउनु हुँदैन, नत्र सामान्य मानेको विषयलाई प्रमाणित गर्न गाह्रो हुन्छ र बेकारको तर्कबितर्कमा दिन बित्ने परिस्थिति बन्नेछ । घरपरिवारबाट शुभ समाचार प्राप्त हुनेछ । प्रतिस्पद्र्धा, खेल र तर्कमा सहभागी हुने दिन हो, झैझगडा, विवाद र प्रतियोगितामा पनि जीत हुनेछ । गरेको मिहिनेतले सार्थक परिणाम प्राप्त हुनेछ, साथै प्रभाव र प्रभुत्व बढ्ने समय छ । तर हडबड र शीघ्रता शत्रु बन्नसक्छन् ।




