२०८२ असार २७ गते शुक्रबार
२०८२ असार २७ गते शुक्रबार

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एकीकृत समाजवादी) पार्टी संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई प्रदेशसभाबाट निलम्बन गरिएको छ ।

प्रदेशसभाको आजको बैठकमा सभामुख भीमबहादुर भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारीउपर आयोगको ऐन र भ्रष्टाचार निवारण ऐनबमोजिम मुद्दा दायर भएको भन्ने जानकारी आएकाले उनलाई प्रदेशसभा सदस्य पदबाट निलम्बन गरिएको बेहोरा जानकारी गराए।

प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका सोडारी निलम्बनमा परेसँगै प्रदेशसभामा अब सो पार्टी तीन प्रदेशसभा सदस्यमा सीमित भएको छ। तत्कालीन नेकपा विभाजन हुँदा नेकपा (एमाले) बाट प्रदेशसभा प्रतिनिधित्व गर्ने अधिकांश सदस्य सोडारीको नेतृत्वको पार्टीमा लागेका थिए । सोडारीलाई पदको दुरुपयोग गरेर अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै आयोगले विशेष अदालतमा केही दिनअघि आरोपपत्र दायर गरेको थियो ।

काठमाडौं । अमेरिकामा आजदेखि नयाँ भिसा प्रतिबन्ध नीति लागू हुँदैछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन ४ मा जारी गरेको कार्यकारी आदेश आज (सोमबार) देखि कार्यान्वयनमा आउन लागेको हो ।

ट्रम्पको आदेशअनुसार अफगानिस्तान, इरान, सोमालिया, यमन, लिबिया, सुडान, हाइटी, म्यानमार, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी र इरित्रिया लगायतका १२ राष्ट्रका नागरिकलाई अमेरिकी भिसा आवेदनमा पूर्ण प्रतिबन्ध लगाइँदै छ।

यसका अतिरिक्त बुरुन्डी, क्युबा, भेनेजुएला, लाओस, सिएरा लियोन, टोगो, तुर्किमेनिस्तान र भेनेजुएलाका नागरिकहरूको भिसा आवेदनमा आंशिक प्रतिबन्ध लगाइँदै छ। राष्ट्रपति ट्रम्पले यो निर्णय विदेशी आतंकवादी र अन्य सुरक्षा खतराहरूबाट देशलाई जोगाउन आवश्यक भएको बताउँदै आएका छन् । त्यसअघि जारी गरिएका भिसा भने खारेज नहुने ट्रम्प प्रशासनले प्रस्ट पारेको छ।

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले एकात्मक मानसिकताका कारण संघीयता कार्यान्वयन प्रभावकारी हुन नसकेको बताएका छन्। संघीयताको दृष्टिले आगामी आर्थिक वर्ष २०८२/८३ को सन्दर्भमा सोमवार काठमाडौँ भएको कार्यक्रममा उनले संघीय सरकारमा बसेकाहरुको मानसिकता नै एकारात्मक रहेको बताउँदै यसले संघीयतालाई नोक्सानी गरिरहेको बताए।

उनका अनुसार आगामी वर्षका लागि सरकारले ल्याएको बजेट संघीयताको मर्मअनुरुप छैन। उनले आगामी आवको बजेटमा शक्तिशाली मन्त्रीको जिल्लामा बजेटको खोलो बगाइएको बताएका छन्। यसले गर्दा बजेट असन्तुलित बनेको भन्दै यस्तो लुट बन्द हुनुपर्ने उनले बताए।

‘मैले बजेट हेरें । जो पावरफुल मन्त्री छ, त्यसको जिल्लामा बजेट नै बजेट। अल्ली दुब्लो–पातलो मन्त्री भएकोमा कम बजेट । सांसद पनि सत्तारूढवालालाई अलि बढी, बाँकीलाई त छैन। यो न्यायोचित हो त ? प्रधानमन्त्रीको क्षेत्रमा बजेट नै बजेट। भूपू प्रमको जिल्लामा बजेट नै बजेट तर अरू ठाउँमा बजेटको सन्तुलन छैन । यसलाई न्यायोचित भन्न मिल्दैन। यो परम्पराले बजेट बनाउन थालियो भने बजेटको लूटै हो । डकैटी नै हो,’ उनले भने।

काठमाडौं । मनसुन लागेसँगै डेङ्गी संक्रमण देखिन थालेको छ। जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेङ्गी संक्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ संक्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा डेङ्गी संक्रमण पुष्टि भइसकेको छ।

सबैभन्दा धेरै संक्रमितको संख्या काठमाडौँमा देखिएको छ । काठमाडौँमा १३२, कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० वटा संक्रमित भेटिएका छन् । ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेङ्गीलाई शून्यमा नै ल्याउने र डेङ्गी गराउने लामखुट्टे सखाप नै पार्न भन्ने अवस्था सिर्जना गर्न नसकिए पनि नियन्त्रण भने गर्न सकिने बताए। उनले भने, ‘डेङ्गीको संक्रमण र मृत्युदर घटाउन सकिन्छ । यसका लागि सबै जनाको समन्वय आवश्यक हुन्छ। नागरिक, समुदाय, सरकारी–गैरसरकारी संस्था सबैले हातेमालो गर्नुपर्छ।’

डा. दाहालले यो वर्ष मनसुन छिट्टै सुरु भएको र मौसमविद्ले पानी धेरै पर्न सक्ने आंकलन गरेकाले संक्रमण बढ्न सक्ने सम्भावना रहने सक्ने बताए । ‘यो वर्ष डेङ्गी संक्रमण बढ्छ वा स्थिर रहन्छ भनेर आंकलन गर्न हामीसित भेक्टरको पर्याप्त तथ्याङ्क छैन । यद्यपि मनसुन केही अघि सुरु भएको र धेरै पानी पर्ने भनिएको हुनाले पानी जम्मा हुने र सञ्चित भएर बस्ने र लामखुट्टेको विकास हुने सम्भावनालाई नकार्न मिल्दैन’, उनले भने । डा. दाहालकाअनुसार सबैले डेङ्गी नियन्त्रणमा सबैले आ–आफ्नो ठाउँबाट बराबर सहभागिता जनाए तीनै तहले डेङ्गी नियन्त्रणसम्बन्धी आवश्यक कार्यक्रम डेङ्गी संक्रमण र यसबाट मृत्यु हुने दर पनि कम गर्न सकिन्छ।

डेङ्गी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । डेङ्गीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ। यसबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नाले पानी जम्मा गरी राखिएका पानीको ट्याङ्की, ड्रम, गाग्री, बाल्टिनलाई लामखुट्टे छिर्न नपाउने गरी राम्रोसँग छोपेर राख्ने, आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक स्थानमा फाएिका काम नलाग्ने भाँडाकुँडा, सिसी, बोतल, टिका बट्टा, प्लास्टिकजन्य वस्तुहरु तथा पानी जन्म नसक्ने अन्य भाँडा तथा सामग्रीलाई पानी नजम्ने गरी व्यवस्थापन गर्न विज्ञको आग्रह छ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखक जोडिएको भिजिट भिसा प्रकरणमा सत्तारुढ नेपाली कांग्रेसलाई पाँच बुँदे प्रस्ताव पठाएको छ।

रास्वपाले संसद् अवरोध हटाउन सहमतिका लागि सत्तारुढ नेपाली कांग्रेसलाई विभिन्न पाँच बुँदे प्रस्ताव पठाएको हो । रास्वपाले यसअघिका वार्ताका आधारमा सहमतिको खाका तयार गरी कांग्रेसलाई पठाएको हो।

जसमा भिजिट भिसाको नाममा भएको मानव तस्करी र सांगठनिक अपराधमा सरकारी संयन्त्र, ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, एयरलाइन्स र नेपाली तथा विदेशी नियोगहरूको संलग्नताका विषयमा बहुआयमिक अनुसन्धान गर्न पाँच दिनभित्र उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने प्रस्ताव गरेको छ। उक्त समितिको कार्यक्षेत्र, संरचना, व्यवस्थापन र अधिकार निर्धारण गर्न कार्यसम्पादन समिति एक दिनभित्र गठन गर्नुपर्ने प्रस्ताव छ। त्यस्तै, कार्यसम्पादन समितिले छानविन समितिको कार्यविधि पाँच दिनभित्र तयार गरी समिति गठन गर्ने र कार्यारम्भ गर्नुपर्ने प्रस्ताव गरेको छ ।

रास्वपाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल अध्यागमन कार्यालयमा भइरहेको भ्रष्टाचारजन्य कार्यहरूमा गरिरहेको अनुसन्धानमा हस्तक्षेप नगरी सरकारले पूर्ण सहयोग र सहजीकरण गर्नुपर्ने समेत प्रस्ताव गरेको छ। त्यस्तै, छानविन समिति गठन, अनुसन्धान प्रक्रिया र अध्ययन प्रतिवेदन सार्वजनिक गर्दा पारदर्शिताको उच्च मापदण्ड अपनाउनु पर्ने प्रस्ताव गरेको छ।भिजिट भिसामार्फत मानव तस्करी भएको विषयमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने, छानबिन समिति बनाउनुपर्नेलगायत माग राखी विपक्षी दलहरूले संसद्‍मा अवरोध गर्दै आएका छन्। भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभामा १३ जेठदेखि लगातार अवरोध जारी छ।

हेर्नुस् रास्वपाका प्रस्तावहरु

काठमाडौं । राष्ट्रियसभाबाट पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित भएको छ। सभाको आजको बैठकमा भैतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राखेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो।

त्यसअघि बैठकले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो।

उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरु सुरेशकुमार आले मगर, रुक्मिणी कोइराला, तारामान स्वाँर, डा. बेदुराम भुसाल र विष्णुबहादुर विश्वकर्माले भाग लिएका थिए। सो प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री दाहालले प्रस्तुत विधेयकले आन्तरिक जलमार्गमा जलयान सञ्चालन गर्न मार्गप्रशस्त गर्ने तथा जलमार्गमार्फत नेपालको पहुँच समुन्द्रसम्म पुग्ने विश्वास व्यक्त गरे ।

चितवन । चितवनको राप्ती नगरपालिकाले आन्तरिक स्रोतको अभाव र अख्तियारको चासोका कारण भन्दै ७२ जना दैनिक ज्यालादारी कर्मचारीलाई एकै पटक हटाएको छ। त्यसमा चार जना चिकित्सक, एक इन्जिनियरलगायत रहेका छन्। नगरपालिकाका प्रमुख शम्शेर लामाका अनुसार प्रमुख, उपप्रमुख, एम्बुलेन्सलगायत चालकसमेत हटाउनु पर्नेको सूचीमा छन्। नगरपालिकाले सूचना जारी गर्दै आजदेखि लागू हुनेगरी सबै ज्यालादारी कर्मचारीलाई कार्यालय नआउन र हाजिरी नगराउन निर्देशन दिएको छ।

नगरपालिकाका पशुपंक्षी विकास शाखाका प्रमुख शैलेन्द्र भण्डारीद्वारा जारी सूचनामा आन्तरिक आम्दानीको सुनिश्चितता नभएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत प्रश्न उठाएकाले बाध्य भएर कर्मचारी हटाउनु परेको उल्लेख छ। ज्यालादारी कर्मचारी हटाउने निर्णय नगरपालिकाको १४औं नगरसभाबाट गठित सहजीकरण समितिले गरेको हो। समितिले जेठ १९ गते निर्णय गर्दै हटाउने प्रक्रिया अघि बढाएको हो। प्रमुख लामाले ज्यालादारी कर्मचारीलाई करारमा लैजान कार्यपालिकाबाट ‘ओएनएम’ गरेको भए पनि परिषद् हुन नसक्दा निर्णय गर्न नसकिएको बताए।

गत आर्थिक वर्षदेखि अहिलेसम्म परिषद् हुन सकेको छैन। उनीहरूको चैतसम्म म्याद रहेकामा थप निर्णय गर्न नसक्दा समस्या परेका उनले बताए। नगरपालिकाको सो निर्णयसँगै नगरका स्वास्थ्य संस्था, शाखा–उपशाखा, वडा कार्यालय र कृषि तथा पशुसेवा केन्द्रको सेवा प्रभावित हुने देखिएको छ। नगरपालिकाले दैनिक मिर्गौला, मुटु र क्यान्सरका बिरामीलाई अस्पताल लैजाने गरेकोमा सो कार्यसमेत प्रभावित भएको लामाले जानकारी दिए।

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई कडा प्रश्न तेस्र्याएका छन्।

आज सामाजिक सञ्जालमा लेख्दै मेयर राईले सत्तारूढ दल नेपाली कांग्रेस निकट नेपाल तरुण दलको भवन बनाउन सहरी विकास मन्त्रालयले तीन करोड विनियोजन गरेको प्रसंग निकाल्दै उनले धरानको सिटी अस्पताल बनाउन कति रकम दिने रहेछ भन्दै प्रश्न गरेका छन् । मेयर राईले सो सम्बन्धमा स्वास्थ्यमन्त्री पौडेललाई पत्र बुझाएको पनि स्टाटसमा उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘आफ्नो कार्यकर्ताको लागि भवन बनाउन तीन करोड दिने कांग्रेसले धरानको सिटी अस्पताल बनाउन कति दिँदो रैछ ! हेर्छु ! पत्र बुझाएको छु अस्ती ! स्वास्थ्य मन्त्री ज्यू !’ केही दिनअघि मात्र कांग्रेस निकट नेपाल तरुण दलको भवन बनाउन सहरी विकास मन्त्रालयले तीन करोड विनियोजन गरेको समाचार बाहिरिएको थियो । उक्त रकम गणेशमान सिंह स्मृति भवनका लागि विनियोजित बजेट तरूण दल भवनका लागि आएको भन्दै चर्को आलोचना समेत भएको थियो । आलोचनापछि तरूण दलका अध्यक्ष विद्वान गुरूङले तरूण दलको भवन नभई तरूण दलको आग्रहमा गणेशमान सिंह स्मृति भवनका लागि बजेट विनियोजन भएको बताउँदै विज्ञप्ति सच्याएका थिए ।

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोट र वडा नं. ३ रिमिघा लेकमा यार्सागुम्बा फेला परेको छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरको परीक्षणले यो बहुमूल्य जडीबुटी यार्सागुम्बा भएको पुष्टि भएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले बताए।

गत साता रिमिघा लेकमा झाडी सफाइ गरी सुन्तलाको बिरुवा लगाउन खाल्डो खन्दा यार्सागुम्बा जस्तो वस्तु भेटिएको थियो । उक्त वस्तुको पुष्टिका लागि प्रयोगशालामा पठाइएको थियो। गाउँपालिकाले सो क्षेत्रमा प्रवेश निषेध गरेको छ र सूचना जारी गरी सर्वसाधारणलाई रोक लगाएको छ।

प्रयोगशालाको प्रतिवेदनपछि जिल्ला सुरक्षा समितिको बैठकले यार्सागुम्बा भेटिएको क्षेत्रमा केही दिन प्रवेश निषेध गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए। ‘रिमिघा लेकमा यार्सा नै भएको प्रमाणित भएको छ,’ प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले भने, ‘तर त्यो कस्तो प्रजातिको हो, साथै त्यसको मेडिसनल भेल्यु कति छ भन्ने यकिन भएको छैन।’

१,८०० मिटर उचाइमा यार्सागुम्बा भेटिएपछि जिल्लावासी उत्साहित छन्। हिमाली र उच्च पहाडी क्षेत्रमा पाइने यार्सागुम्बा विश्वकै बहुमूल्य औषधिजन्य जडीबुटी हो । आपूर्तिको दृष्टिकोणले चीनपछि नेपाल दोस्रो स्थानमा छ। यार्सागुम्बाको औषधीय गुणले शक्तिवर्धक, क्यान्सर, रक्तअल्पता, क्षयरोग, फोक्सोको संक्रमण, मिर्गौला, कलेजो, मुटु जस्ता रोगको औषधि बनाउन प्रयोग हुन्छ। यो समुद्री सतहबाट ३,५०० देखि ५,५०० मिटर उचाइमा पाइन्छ। आयुर्वेद चिकित्सकका अनुसार यो च्याउ र लार्भा अवस्थाको पुतलीको संयुक्त रूप हो। रासस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

व्यक्तित्व निर्माणको समय हो, प्रतिस्पर्द्धा बढ्दै गएको विचार गरी कुनै ज्ञानमूलक क्रियाकलापमा दिलचस्पी राख्नु र अझ धेरै मिहिनेत गर्नु राम्रो हुन्छ । सँगीसाथीसँग रमाउन पाउँदा दिन बितेको पत्तो पाउनुहुन्न । आज व्यक्तिगत खुसीका लागि लवमेटसित कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ । कल्पना र भावनालाई व्यवहारमा उतार्न र प्रस्फूटन गर्ने राम्रो समय छ । आज कुनै पुस्तकविशेष वा लेखरचना प्रतिको आकर्षण समेत देख्न पाइने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

घरजग्गा, स्थिर सम्पत्ति र वाहनसुखको व्यवस्थापन गर्ने मनसाय बन्नसक्छ । दौडधूप गर्नुपर्ने काम वा भ्रमणमूलक कामबाट आर्थिक सन्तुलन कायम हुनेछ । दाम्पत्यजीवन सुखद रहने एवं परिवारमा सुखशान्ति र सम्मृद्धि छाउने राम्रो समय छ, तर बुढाबुढी र बुजुर्ग सदस्यको भावनाको कदर गर्नुहोला । घरपरिवारमा सँगै बस्नेले बाध्यात्मक काममा अलमलिने परिस्थिति देखिन्छ, यद्यपि उच्च शिक्षाका विद्यार्थी एवं वैदेशिक प्रयोजनको अध्ययन गर्नेले राम्रो परिणाम पाउनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

दाजुभाइ, दिदीबहिनी वा छरछिमेकीको सहयोग गर्ने हुँदा केही समय बित्नसक्छ । आज व्यक्तिगत पहिचान र प्रतिष्ठा एवं व्यवसायिक स्तरोन्नतिका लागि चालेको हरेक कदमले सफलताको शिखर चुम्नसक्ने दिन हो । आन्तरिक समस्याका कारण वा फाँटको कामविशेषले सहकर्मी वा जुनियर स्टाफसँग विचार÷विमर्श हुने वा कुनै कार्यक्रममा सहभागी भई रामरमाइलो गर्ने दिन हो । कामको चाप बढ्ने समय छ । परिस्थिति हेरी कार्य गर्ने प्रयास गर्नुपर्छ, नत्र आफ्नै कमजोरीले मन दुःखित बन्नसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

बोलीमा सामर्थ्य भएको दिन हो । कलात्मक कुरा गरेर कुनै काम बनाउन सक्नुहुन्छ । आँखाको सङ्केत र हाउभाउद्वारा पनि व्यवहार गर्ने परिस्थिति बन्नसक्छ । कामबाट फाइदा हुनेछ, रकम व्यवस्थापनका लागि गरिएका प्रयासहरू सफल हुनेछन्, तर नातागोता र करकुटुम्बका काममा खट्नुपर्दा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ । आर्थिक पक्ष सुदृढ रहनुका साथै इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । पतिपत्नीमा एक किसिमको समझदारी कायम हुने दिन हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

क्षमता प्रदर्शन गरी आफूलाई सर्वश्रेष्ठ साबित गर्ने दिन हो, नौलो विषयको जानकारी लिएर प्राज्ञिक क्षमतालाई तिखार्ने अवसर मिल्नेछ । सुसुप्त चाहना र सपनालाई जीवन्त तुल्याउने राम्रो समय छ । सपनाको झिल्को निभ्यो भने प्रगति र विकासका सबै द्वार बन्द हुन्छन् भनी सचेत भई काम गर्नुहोला । लामो समयदेखि सुल्झाउन नसकेको मुद्दालाई किनारा लगाउन सकिने छ, मुल्तवी र तामेलीमा परेका फाइलमा घोत्लिंदा धन र मान दुबै पक्षमा बढोत्तरी हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

हरेक क्रियाकलापमा आर्थिक पक्ष बाधक बन्ने दिन हो । ठूला आशा र महत्त्वाकाङ्क्षा त्यागी अघि बढ्नु होला, गरेका प्रयास र उद्यममा अलिबढी सङ्घर्ष र चुनौती झेल्ने समय छ । कुनै काम गर्दै जाँदा कुनै त्रुटि वा कमजोरी पनि हुनसक्छ, अनाहकमा नगरेको कामको अवगालसमेत खेप्नुपर्ने परिस्थिति देखिन्छ । तालमेल र पारदर्शिता राखेर सम्बन्ध राख्नु ठीक हुनेछ, ससाना कुरा पनि लुकाउने वा छल्ने काम गर्नु हुँदैन, नत्र विश्वासको सङ्कट हुनसक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सरकारी कामका माध्यमबाट धनार्जन गर्न सकिने छ, कुनै प्रतिष्ठान वा कार्यालयको बाँकीबक्यौता उठाउनु छ भने प्रयास गर्नुहोला । दाजुभाइ र दिदीबहिनीसँग सहायता आदान÷प्रदान गर्ने समय हो । काम छैन भने पनि माइतीपक्षसँग सम्पर्क गरी खैखबर बटुल्नु राम्रो हुन्छ । कमीकमजोरी र असफलताहरू पन्छाउँदै क्षमताअनुरूप परिश्रम गर्नुहोस्, लक्ष्यप्रति केन्द्रित भएर लागी परेमा ठूलो सफलता पाउने दिन हो ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

इच्छाएको फाँट वा कार्यालयको जिम्मेवारी प्राप्त हुने दिन हो, कामप्रतिको अभिरुचिका कारण छोटो समयमा कार्यसम्पादन गरी प्रशंसा बटुल्न सकिने छ । आनन्द वा मनोरञ्जनमा भन्दा पनि कार्यक्षेत्रमा व्यस्त रहने दिन हो, व्यस्तताका बारेमा सुरुमा नै बताएर लवमेटको मन राख्न सकिने छ । बौद्धिक क्रियालाप र आध्यात्मिक पक्षमा आकर्षण देखापर्नसक्छ । प्राविधिक विषयवस्तु र आधुनिकतम ज्ञानका क्षेत्रमा सक्रियता जनाउने समय छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

प्रेमीसँग कुनै विशेष समारोहका बीचमा भेटघाट हुनाले आन्तरिक आनन्द र प्रसन्नतामा बृद्धि हुनेछ, अचानक वैवाहिक बन्धनमा बाँधिने योजना पनि बनाउन सक्नुहुन्छ । आफ्ना उद्देश्य परिपूर्तिका लागि धनखर्च गर्न मन हौसिने दिन हो । मनपर्ने वस्त्रालंकार, उपकरण र सांसारिक सुखसुविधाको सौख जाग्नेछ । इज्जत र प्रतिष्ठालाई दाउमा राखेर काम नगर्नुहोला, जीवनमा पैसा नै सबथोक होइन, आफ्नो कर्तव्य र स्वास्थ्यका बारेमा पनि ध्यानकेन्द्रित गर्नुपर्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

जीवनसाथी वा परिवारका सदस्यसँग ठास्सठुस्स र मतभेद बढ्ने समय हो । आज यात्राको कार्यक्रम छ भने यथासम्भव रोक्नु ठीक हुन्छ । परीक्षा नजिकै आएको छ भने हरेक कुरा र योजनालाई सार्वजनिक नगर्नु होला, नत्र तपाईंको प्रयास र मिहिनेत खेर जानसक्छ । शरीरमा थकान र उत्साहमा कमी आउने समय छ, तथापि आफूलाई सक्दो प्रसन्न बनाउन प्रयास गर्नुपर्छ, किनभने आज आफ्ना लागिमात्र होइन, आफन्तका निमित्तसमेत तपाईंको दृढता र हौसला आवश्यक देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पारिवारिक भ्रमणमा निस्कनुपर्ने हुन्छ, अथवा भविष्यमा हुने कुनै यात्राको योजना बनाउन सकिन्छ । तपाईंको प्रस्तावमा छोराछोरीको पूर्ण समर्थन रहनेछ । कला, साहित्य र अभिनयका क्षेत्रमा रुचि बढ्ने दिन हो, तथापि अहिले बाह्य विषयवस्तुमा भन्दा पनि निर्धारित पाठ्यक्रममा ध्यानकेन्द्रित गर्नुपर्ने समय हो । सरल व्यवहारको प्रदर्शन गर्दा लाभ हुनेछ, मन उत्सुक र आशावादी बन्ने दिन हो, त्यसैले महत्त्वपूर्ण निर्णय लिनुअघि दोधारमा नरहनु होला, किनकि आजको निर्णयले भाग्यको ढोका उघ्रिने समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आपसी समन्वय र तालमेलका लागि कुनै कुरालाई त्याग्नसमेत सक्नुपर्छ, नत्र बेकारका कुरामा आफ्नो जिद्दीपना प्रस्तुत गर्नाले अन्त्यमा निराशा र खिन्नता बढ्नसक्छ । भोगविलासका सरसामाग्रीको जोहो गर्ने इच्छा जाग्नेछ, त्यस्तै आज मनोरञ्जनात्मक र उच्छृङ्खल क्रियाकलापमा नजानिंदो आकर्षण बढ्ने दिन हो । कानुनी वा लगानी सम्बन्धी जटिलता देखा पर्नेछ । काम गर्ने तौरतरिका र व्यवस्थापन पक्षमा पनि सुधार ल्याउनु आवश्यक छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।