१४ जेठमा २०–२५ जनाको समूहले उपकुलपतिको कार्यालयमा तोडफोड गरेको थियो। सो समूहमा नेविसंघमा आबद्ध विद्यार्थी थिए। उनीहरूले स्नातक तहमा भर्नाको समय थप गर्नुपर्ने भन्दै तोडफोड गरेका थिए । उपकुलपति केसी कार्यकक्षमा नभएको समयमा तोडफोड भएको थियो।
प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।
मंगलवार सिंहदरबारमा बसेका समितिको बैठकले उक्त विधेयक सर्वसम्मत रुपमा पारित गरेको हो ।
समितिका सभापति रामहरी खतिवडाले विधेयकले नागरिकता नभएका व्यक्तिलाई नागरिकता प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले सर्वसहमतिबाट विधेयक पारित गराउन सहयोग गर्ने सांसदहरूलाई धन्यवाद दिए ।
समितिबाट पारित भएको नागरिकसम्बन्धी विधेयकलाई छिट्टै संसदमा पेस गरिने गरिने समेत उनले जानकारी दिए ।
काठमाडौं । त्रिवि उपकुलपतिको कार्यालयमा तोडफोड गरेको आरोपमा नेविसंघका दिपाल कार्की पक्राउ परेका छन्। कार्कीलाई भक्तपुरबाट पक्राउ गरिएको काठमाडौं परिसरका एसएसपी विश्व अधिकारीले जानकारी दिए ।
काठमाडौं । सत्तारुढ नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा सहमति नजुटेपछि निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। बन्द सत्रमा अध्यक्ष मण्डलले सर्वसम्मतिका लागि भन्दै अध्यक्ष भानुभक्त ढकालले अध्यक्षमा डा. सुजन कडरिया, उपाध्यक्ष प्रकाश पौडेल र अन्जना शिवाकोटी साथै महासचिव दीपक धामीको नाम सर्वसम्मतिका लागि प्रस्ताव गरे पनि सहमति नजुटेपछि निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको हो।
पार्टी हाइ कमाण्डले अनेरास्ववियुको नेतृत्व सर्वसम्मत चयन गर्न निर्देशन दिएको थियो। तर, अध्यक्षका दाबेदार प्रकाश पौडेल, दीपक धामी पक्षले चुनावको माग गर्दै होहल्ला र नाराबाजी गरे।कार्यतालिका अनुसार उम्मेदवारको दर्ता फारम ३ देखि ५ बजेसम्म वितरण गर्ने, ४ देखि ६ बजेसम्म दर्ता गर्ने उल्लेख छ। मतदान भोलि बिहान १० बजेदेखि ५ बजेसम्म हुने उल्लेख छ।
काठमाडौं- रुकुम पश्चिमको सानिभेरी गाँउपालिकास्थित बेलटापुमा जारी सांस्कृतिक महोत्सवमा गीत गाउन मंगलबार पुगेकी रचना रिमाल बिरामी परेकी छन् ।
गीत गाउन पुगेकी उनी अचानक बिरामी परेपछि तत्लका उपचारका लागि चौरजहारी अस्पताल लगिएको थियो।
त्यहाँबाट उनलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत् नेपालग्ज लगिएको थियो ।
चिकित्सकका अनुसार उनलाई एपेण्डिसाइड भएको छ । उनलाई चौरजहारी अस्पतालबाट नेपालगञ्ज लगिएकोमा त्यहाँबाट काठमाडौं ल्याइएको छ।
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनामा मात्र विप्रेषण आप्रवाह (रेमिट्यान्स) एक खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ भित्रिएको छ। अघिल्लो वर्षको वैशाखको तुलनामा यसपालि ४९ अर्ब ३१ करोड रुपैयाँले रेमिट्यान्स बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
गत वर्षको वैशाखमा एक खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। उक्त वैशाख मसान्तसम्मको तुलनामा यो वर्षको १० महिनामा रेमिट्यान्स १३.२ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।
वैशाख मसान्तसम्म वैदेशिक रोजगारीका निम्ति संस्थागत तथा व्यक्तिगत गरी नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या चार लाख पाँच हजार ६१० छ। पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ८० हजार ३१४ छ। अघिल्लो वर्षको सोही अवधिमा संस्थागत तथा व्यक्तिगत गरी नयाँ अन्तिम श्रम स्वीकृति लिनेको संख्या तीन लाख ७३ हजार ३०७ थियो। र, पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ३६ हजार ३९८ थियो।
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको बताएका छन्।
आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको उल्लेख गर्दै माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको बताए । उनले भने, ‘समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको छ, यो अभियानमा जोडिन म सबैलाई आग्रह पनि गर्दछु।’
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देवीकृष्ण न्यौपानेसहित जसपा कर्णालीका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले सो पार्टी प्रवेश र समायोजनले पार्टीको अभियानमा थप ऊर्जा तथा उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरे। उनले पार्टी प्रवेश र समायोजनले थप ऊर्जा र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले माओवादीप्रति आकर्षक बढ्दै गएको उल्लेख गर्दै पार्टीमा समायोजन हुन आउनेहरूलाई उचित जिम्मेवारी दिइने बताए।
उनले भने, ‘हामी सबैलाई यो पार्टीमा एकताबद्ध गराएर आउने दिनमा माओवादीलाई देशको पहिलो बनाउने बनाउने, जसरी ०६४ को निर्वाचनमा एक नम्बरको बनेको थियो, त्यो बच्न सकेन, फेरि एक नम्बरको पार्टी बनाउने, जनताले खोजे जस्तो सुशासन, समृद्धि, सामाजिक न्याय दिने र समाजवादको यात्रा तय गर्ने भनेर लागेका छौं।’ उनले विप्लव नेतृत्वको नेकपा, माधव नेपाल नेतृत्वको नेकपा एस र महेन्द्रराय नेतृत्वको नेसपाबीच समाजवादी मोर्चा बनेको उल्लेख गर्दै एकताबारे पनि छलफल भइरहेको बताएका छन्।
कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी आज र भोलि नगरभित्र विद्यालय बिदा दिने निर्णय गरिएको हो।
नगर प्रमुखस्तरीय निर्णयअनुसार विद्यालयमा बिदा दिइएको नगर प्रमुख पोतिलाल चौधरीले जानकारी दिए। बर्खे बिदाबाट मिलान हुनेगरी नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिइएको उनले बताए।
गर्मी बढेसँगै सर्वसाधारणलाई बाह्य क्षेत्रमा हिँडडुल गर्न समस्या हुने गरेको छ।
दिउँसोका बेला बजार तथा राजमार्ग क्षेत्रमा सर्वसाधारणको आगमन कम हुँदै गएको छ। गर्मीका कारण रिङ्गटा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, आँखा पाक्नेलगायत स्वास्थ्य समस्या लिएर अधिकांश बिरामी स्वास्थ्य संस्थामा पुग्ने गरेका स्वास्थ्यकर्मीले बताएका छन्।
पाल्पा । पाल्पा निस्दी गाउँपालिकाका युवाले सडक स्तरोन्नति गर्न अनुरोध गरेका छन् । यसका लागि उनीहरुले गाउँपालिकाको कार्यालयमा अगाडि प्रदर्शन एवम् धर्ना दिएका छन् ।
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने रामपुर बेलडाँडा, ढुङ्गानाबेँसी, मित्याल अरुणखोला सडकखण्डअन्तर्गत पर्ने सडक समयमा नै स्तरोन्नति नहुँदा आवातजावत गर्नेले सास्ती भोग्नुपरेको छ । नवलपुर क्षेत्रको भागमा सडक स्तरोन्नति सम्पन्न भइसकेको छ भने पाल्पा खण्डका भागमा स्तरोन्नतिको काम भएको छैन ।
करिब पाँच दशकअघि नक्सा तयार भएर सडक मार्ग (ट्रयाक) खुलेको लामो समय भइसक्दा पनि स्तरोन्नतिको काम हुन सकेको छैन । सो सडकखण्ड भएर यात्रा गर्ने यात्री तथा स्थानीयवासीले झमेला बेहोर्नु परेकाले सडक स्तरोन्नति छिटो गर्न माग गर्दै गाउँपालिका कार्यालयलाई ध्यानाकर्षण गराएको युवा कमल सारुले बताए ।
‘निस्दीलाई विकास भिरमाथिको फल बन्यो, निस्दीलाई उपहार धुलो र हिलो, सडक स्तरोन्नतिमा किन ढिलो, जनतालाई सास्ती भो’ जस्ता लेखिएका प्लेकार्डसहित युवाले कार्यालयमा धर्ना दिएका हुन् । आगामी बजेटबाट सरकारले यस सडक खण्डलाई प्राथमिकता दिएर स्तरोन्नतिको काम गर्नुपर्ने युवाको माग छ ।
निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुका अनुसार यो सडक संघ सरकारको मातहतमा रहेकाले प्रदेश र गाउँपालिका आफैँले खर्च गर्न नपाउने हुँदा स्तरोन्नतिको काम नभएको हो । दुई प्रदेशलाई जोड्ने सहज पहुँचमार्गको सडक स्तरोन्नति गर्न संघीय सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा समस्या भइरहेको छ । सडकखण्डलाई प्राथमिकतामा राखेर संघीय सरकारले बजेट उपलब्ध गराउनुपर्छ ।
उनले सम्बन्धित निकायमा जानकारी गराउने र छिटोभन्दा छिटो सडक स्तरोन्नतिको माग गर्ने जानकारी दिए । सडक स्तरोन्नतिका सम्बन्धमा जनस्तरबाट सरोकारवाला निकाय तथा व्यक्तिलाई पटक–पटक ध्यानाकर्षणपत्र बुझाउँदा पनि समयमै दिगो र प्रभावकारी काम हुन नसक्दा स्थानीय, यात्री तथा व्यवसायीले कष्टसँग यात्रा गर्न बाध्य बनेका छन् ।
क्षतिग्रस्त सडकखण्डको तत्काल अनुगमन गरी मर्मतसम्भार, उचित ढल निकास गर्दै सडकको दीर्घकालीन स्तरोन्नति र उपयुक्त समय सीमा निर्धारण, बाह«ै महिना सडक सञ्चालन गर्न नियमित मर्मत, आगामी बजेटबाट यस सडक खण्डलाई विशेष महत्वका साथ पर्याप्त बजेट विनियोजन, काममा भइरहेको ढिलासुस्ती, लापरवाही र अनियमितताका सम्बन्धमा पालिकाबाट नियमित अनुगमन तथा निगरानी गर्न युवाहरूले ध्यानाकर्षणपत्र गाउँपालिकामा बुझाएका छन् ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कर्तव्यप्रति सचेत हुने तथा जिम्मेबारी बोध हुने राम्रो दिन छ, सरकारी कामका माध्यमबाट लाभ लिन सकिने छ, अझ समाजसेवा वा राजनीति नै कार्यक्षेत्र हो भने मानसम्मान पाउन सक्नुहुन्छ । हाकिमको सद्भाव र सहानुभूति प्राप्त हुनाले महत्त्वाकाङ्क्षी काम सुरु गर्न सकिन्छ । कार्य सम्पादनमा निखार आउनाले थप अवसर मिल्नसक्छ । व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो, पार्टनरका तर्फबाट पनि कुनै खुसी हुने कुरा सुन्न पाइने छ र प्रसन्नता बढ्नेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यक्तित्व विकास हुने वा सफलता र सम्मान प्राप्त गर्ने समय हो, मान्यजन वा सिनियर्सको सद्भाव लिन सकेमा भविष्य सुन्दर बन्ने सङ्केत छ । धार्मिक-सामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्नो कामप्रतिको लगनशीलताका कारण कारोबारमा कुनै प्रभाव पर्नेछैन । फूर्तिका साथ जिम्मेबारी र दायित्व पूरा गर्ने दिन हो, सहयोगी र मिलनसार स्वभावको विकास हुनेछ । मान्यजनबाट प्रशंसा र सहानुभूति बटुल्न सक्नुहुन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
किताब, प्राक्टीकल र ल्यापटपमा मात्र घोरिएर दिमाग भारी हुने समय छ, एकाग्रताका लागि ध्यान, मेडिटेशन र योग गर्नु राम्रो हुन्छ । मित्र र परिवारसँग सम्बन्धित भावनाले तपाईलाई चिन्तित बनाउन सक्छ, त्यस्तै अप्ठ्यारो र झञ्झटिलो मार्गमा अघि बढ्ने समय हो, तर जोखिम र सङ्कट मोल लिएर गरेको कामको परिणाम लाभदायी हुनसक्छ । सहकर्मीहरूसँग समन्वय गरी अघि बढ्ने समय हो, याद राख्नुपर्छ, आज दबाब वा करकापमा गरेको कामले भविष्यमा धोका हुनसक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेमभाव प्रकट गर्न अनुकूल समय छ, पार्टनरको इच्छानुसार चल्नुपर्दा कार्यक्षेत्रमा समस्या आउने भएकाले महत्त्वपूर्ण काम बेलैमा गरिहाल्नु ठीक हुनेछ । निरङ्कुश बानी र कडापन तपाईंका कमजोरी बन्न सक्छन् । खानपान र आहारविहारको अनुशासन पालना गरेको जाती हुन्छ । भौतिक उपकरण वा सुखसुविधाको वस्तु खरिद गर्ने समय हो, नयाँ लगानी गर्नु छ भने जीवनसाथीको नाममा सुरु गर्नुहोस्, फाइदा हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
घमण्ड र क्रोधमा बृद्धि हुनसक्छ, तर पनि व्यक्तिगत कार्य र पारिवारिक जिम्मेबारीका बीच तालमेल मिलाउन सकेमा विवाद एवं अपजसबाट बच्न सकिन्छ । आइपरेका चुनौती र परीक्षाहरूमा खरो उत्रेर अघि बढ्ने समय हो, आजको दिनअध्ययनप्रति मात्र होइन, स्वास्थ्यस्थिति एवं आहार÷विहारप्रति पनि ध्यान दिनु ठीक हुन्छ । आफूलाई अरुभन्दा फरक साबित गर्न प्रयास गर्ने दिन हो, मनोद्वेग र रिसराग बढ्ने समय भएकाले घरव्यवहारमा आफूलाई संयमित ढंगले प्रस्तुत गनुपर्छ, तर्क वा बहसमा विजय प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आन्तरिक प्रतिभाको प्रस्फूटन हुने राम्रो दिन छ, कला र साहित्यप्रति झुकाव छ भने फुरेको विषयवस्तु टिपोट गर्नुहोला, भविष्यमा काम लाग्नेछ । भावुक र संवेदनशील बन्न सकिन्छ तर पनि बौद्धिक क्षमता वा सीप बढाउने प्रयत्न गर्नुपर्छ, जस्तै चुनौतीपूर्ण काम भए पनि सफलता मिल्नेछ, परीक्षा र प्रतिस्पद्र्धामा विजय प्राप्त हुने दिन हो । गोपनीयता कायम राखी काम गर्न सके कार्यक्षेत्रमा प्रशंसा बटुल्न सकिने छ, तर आज घरपरिवार र छोराछोरीलाई समय दिनुपर्ने हुन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अरुको भरमा पर्दा काममा बाधा र धोका हुने समय छ । विगतका कमजोरी सुधार गरी कुनै काम दोहोर्याउने परिस्थितिसमेत बन्नसक्छ । व्यवहारिक कारणले कारोबारमा बाधा हुनसक्छ, तर सागपात, फलफूल, रत्नमाणिक्य, फोटोग्राफी वा भिडियोमिक्सिङ आदिको कारोबारमा मनग्ये लाभ पाउने समय हो । आराम गर्ने फुर्सद पाइँदैन, शरीर अस्वस्थ भए पनि घरायसी बन्दोबस्तीका लागि खट्नैपर्ने परिस्थिति छ, तर घरपरिवारका सदस्यको सहयोग जुटाउन सकिने छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धार्मिक र सामाजिक प्रयोजनका काममा चासो बढ्ने समय छ, रमाइला गतिविधिमा आजको दिन व्यतीत हुनेछ, प्रतिभा र सीपको कदर हुनेछ । महत्वपूर्ण कार्य सम्पन्न हुनाले आत्मविश्वास बढ्नेछ । सामाजिक क्षेत्र वा फाल्तु विषयमा केन्द्रित हुँदा कार्यक्षेत्र प्रभावित बन्नसक्छ, तथापि कूटनीतिक बुद्धिको उपयोग गर्दा हाँके÷ताकेका काममा सफल भइने छ । सामूहिक काम वा सामाजिक क्रियाकलापमा संलग्न हुँदा फुर्सद पाइँदैन र लवमेटलाई छुट्टै समय दिन नपाउनाले वैचारिक मतभेद हुनसक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
गरेको कामको सर्वत्र प्रशंसा हुनेछ, सिनियर स्टाफ र सेवाग्राही दुवै पक्षलाई सन्तुष्ट तुल्याउन सकिने छ । कुनै उपहार वा सम्मान प्राप्त गर्ने सम्भावना छ । मनले चाहेको व्यक्तिबाट कुनै नौलो कुरा सुन्न पाउँदा अझ हर्षित हुने वा कुनै उपहार प्राप्त गरेर दङ्गपर्ने समय हो । घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्धलाई सुदृढ बनाउन सम्बन्ध÷सम्पर्क राख्ने दिन हो, कार्यक्षेत्रमा खटेबमोजिम लाभ पाउन सकिने छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कार्यस्थल र घरपरिवारमा खुसी र उमङ्गको वातारवरण रहेको छ । आर्थिक मन्दी चल्दैछ भने नयाँ रणनीति कार्यान्वयन गर्नुहोस्, सफलता पाउन सक्नुहुन्छ । जीवनसाथी र परिवारका सदस्यहरूको पूर्ण सहयोग रहने दिन छ । तर तपाईंको हठ र जिद गर्ने बानी छ भने समस्या निम्तिनसक्ने समय हो । आफ्नो रुचिको विषयमा अगाडि बढ्ने थुप्रै अवसरहरू देखा पर्नेछन् । प्रयास गरेमा खूबी र क्षमताको पहिचान हुने समय छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
लगानी गर्दा जोखिम र सङ्कटका बारेमा चिन्तन गर्नुहोला, व्यवसाय तर्फ मार्केटिङ, यातायात व्यवसायी र ढुवानीको क्षेत्रमा लाभ लिन सक्नुहुन्छ । तालमेलमा केही कमी रहने दिन हो । सकेसम्म हरेक व्यवहारमा ठूलाबडाको मर्यादा र सम्मानप्रति सचेतता अपनाउनु आवश्यक देखिन्छ । मनको हठ र कुण्ठामा भुलिने समय छ, तर पढाइ छाडेर अन्त भुलिनु भविष्य बिगार्ने कुरा हो भन्ने हेक्का राख्नुपर्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पदोन्नति हुने वा विशेष जिम्मेवारी पाउन सकिने समय हो, कामविशेषले कतै काजमा जाने वा देश÷विदेशको यात्रामा निस्कने संयोग जुरेको छ । सबै कार्य योजनानुसार सम्पन्न हुँदै जानेछन्, आपसी समन्वय र आन्तरिक सुख बढ्ने समय छ, पार्टनरसँग सानोतिनो यात्राको कार्यक्रम बन्नसक्छ । खर्चमा अचानक बृद्धि हुने समय छ, जोखिम मोलेर कुनै पनि काम नगर्नु होला, धैर्य र संयमता आजका मित्र हुन् ।