
काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णयको कार्यान्वयन नगर्न आदेश दिएको छ।
काठमाडौं । चैत १५ गते तीनकुनेको राजावादी आन्दोलनका क्रममा दुर्गा प्रसाईँको गाडीभित्र बसेर उनको उत्तेजक हर्कतको भिडिओ खिच्ने नेपाल पुकार युट्युव च्यानलका सञ्चालक प्रकाशचन्द्र दाहाललाई ५ हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक बहसपछि दाहाललाई धरौटीमा छाड्न आदेश दिइएको हो ।
प्रसाईँसहित ६१ जनाविरुद्ध मुद्दा दर्ता हुँदा प्रकाशचन्द्र दाहाल पनि परेका थिए । उनीविरुद्ध राज्यविरुद्धको कसूर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधसहित ६ वटा मुद्दा लगाइएको थियो । सोही दिनदेखि फरार दाहाल अदालतमा बयानका लागि हाजिर भएका थिए ।
प्रसाईँ बानेश्वरतर्फ आफ्नो गाडीमा बसेर आन्दोलनकारीहरूलाई ‘आओ आओ’ भन्दै उक्साइरहेको भिडिओ प्रकाशचन्द्रले प्रसारण गरिरहेका थिए । प्रसाईँको गाडीले प्रहरीलाई नै किचेर अघि बढ्न खोजेपछि स्थिति भड्किएको थियो ।
दाहालले भने आफूले पत्रकारका रूपमा एक्सक्लुसिभ भिडिओ खिच्नेबाहेक अरु भूमिका नरहेको भन्दै प्रहरीले आफ्नो कमजोरी लुकाउन उल्टो मुद्दा चलाएको गुनासो गर्दै आएका थिए ।
काठमाडौं । सरकारले इजरायलबाट स्वदेश फर्किन चाहाने इच्छुक नेपालीहरुको विवरण संकलन सुरु गरेको छ ।
तेल अविवस्थित नेपाली दूतावासले सूचना जारी गर्दै नेपालीको उद्धार तथा स्वदेश फिर्ती प्रयोजनका लागि अनलाइन दर्ताको व्यवस्था गरेको हो । स्वदेश फर्किन चाहाने नेपालीहरुले दूतावासले सार्वजनिक गरेको अनलाइन फारम भर्न मिल्ने याे लिंकमा आफ्ना विवरण भर्न सक्नेछन् ।
इजरायल र इरानबीचको युद्ध बढ्दै गएपछि विभिन्न देशले आफ्नो नागरिकको उद्धार कार्य थालेका छन् । इजरायलमा करिब ५५० र इरानमा १२ जना नेपाली छन् । परराष्ट्र मन्त्रालयले अहिलेसम्म नेपालीहरु सकुशल रहेको जनाएको छ ।
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी रहेकी छन् ।
एयर अरेबियाको उडानमार्फत दुबईबाट काठमाडौं आएकी उनलाई मंगलबार राति विमानस्थलको आगमन भन्सार एरियाको टनेलबाट १ किलो १५९ ग्राम सुनसहित प्रहरीले पक्राउ गरेको हो ।
शंका लागेर जाँच गर्दा मलद्वारमा प्लाष्टिकले ¥याप गरेका तीन वटा डल्ला अर्धठोस सुन बरामद भएको विमानस्थल सुरक्षा प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
कर्णालीका जनताको आवाज बोकेर जेष्ठ ४ गते सुर्खेतबाट नाङ्गो खुट्टा यात्रा सुरु गरेका नवराज बोहरा ३१ दिनपछि काठमाडौं आइपुगे।
कर्णालीका समस्या र जनताको पीडा प्रधानमन्त्रीसम्म पुगोस् भन्ने उद्देश्यसहित उनी लामो यात्रामा निस्किएका थिए।
तर राजधानी आइपुगेपछि बोहोराको मुख्य उद्देश्य अधुरै रह्यो। प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गर्ने उनको अपेक्षा पूरा भएन। प्रधानमन्त्रीले उनीसँग भेट गर्नुको सट्टा उनलाई एकजोर जुत्ता उपहारसहित उच्च पदस्थ सरकारी कर्मचारीमार्फत पठाइदिए।
“म प्रधानमन्त्रीसमक्ष कर्णालीका जनताको व्यथा सुनाउन चाहन्थें, तर त्यो अवसर पाइनँ,” बोहोराले गुनासो गरे।
उनले आफू कुनै पद वा सुविधा होइन, केवल राज्यको ध्यान कर्णालीतर्फ खिच्न खोजेको बताए।
उनले भने, “जुत्ता त दिइयो, तर मुद्दा कतै गुम भयो। म आवाज बोकेर आएको थिएँ, उपहार लिन होइन।”
नवराज बोहोरा सामाजिक सेवामा सक्रिय छन्।
उनी कर्णालीका मुद्दाहरू एवम् अनियमितता र भ्रष्टाचारका विषयहरू लिएर काठमाडौं आएका थिए।
काठमाडौं । आगामी तीन दिन देशका अधिकांश क्षेत्रमा पानी पर्ने र नदी तथा खोलाहरुमा बाढी आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
काठमाडौँसहित ४५ जिल्लामा बाढीको जोखिम देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको हो। विभागको बाढी पूर्वानुमान महाशाखाले हरेक दिन जस्तै आज पनि सम्भावित बाढीबारे जानकारी र होसियारीका लागि चेतावनी गर्दै आगामी ३ दिन कोशी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूमा जलसहत बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो।
यसैगरि पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने भए पनि घटबढ भइरहने तथा नारायणी नदी र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास रहने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता आवश्यक रहेको पनि महाशाखाले जनाएको छ।
बाढी महाशाखाले जारी गरेको चेतावनीमा भनिएको छ : आज इलाम, पाँचथर, तेह्रथुम, खोटाङ, ओखलढुंगा, रामेछाप, ताप्लेजुङ, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, काभ्रे, मकवानपुर, काठमाडौँ, ललितपुर, भक्तपुर, गोरखा, धादिङ, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, नवलपुरपूर्व, नवलपुरपश्चिम, चितवन, अर्घाखाँची, पाल्पा, रुपन्देही, बाँके, दाङ, प्युठान, जाजरकोट, बैतडी, दार्चुला, बझाङ, बाजुरा, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई वहने अधिकांश ससाना नदीहरूमा बहाब सामान्य बढ्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनहुन अनुरोध छ।
यी जिल्लामध्ये सिन्धुपाल्चोकसहित १८ वटालाई भने बाढी महाशाखाले पहेँलो रङ अर्थात् एल्लो वारेन्ट दिएको छ। यो सूचीमा संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, काभ्रे, मकवानपुर, तनहुँ, लमजुङ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, नवलपुरपूर्व, नवलपुरपश्चिम र चितवन छन्।
.jpg)
काठमाडौं । नेपाल पुकार डटकमका सम्पादक प्रकाशचन्द्र दाहाल आज काठमाडौँ जिल्ला अदालतमा आफै उपस्थित भएका छन्।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजित विरोध प्रदर्शनको प्रत्यक्ष रिपोर्टिङ गरेका दाहालमाथि झुटा मुद्धा लगाइएको छ ।
दाहालविरुद्ध आपराधिक उव्द्रव र साङ्गठनिक अपराधसम्बन्धी गम्भीर अभियोगमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
न्यायाधीश रेशराज शर्माको इजलासमा दाहाल विरुद्धको मुद्धाको सुनुवाई हुँदैछ ।
सम्पादक दाहालले दुर्गा प्रसाईँको गाडी भित्र बसेर तिनकुने घटनाको भिडियो खिचेका थिए । आफूले घटनास्थलमा “पत्रकारिताको धर्मअनुसार” मात्र रिपोर्टिङ गरेको दाबी गर्दै उनले भनेका छन्, “मैले एक्सक्लुसिभ भिडियो खिचें, त्यसबाहेक मेरो कुनै संलग्नता थिएन। प्रहरीले प्रदर्शनमा हस्तक्षेप गर्न नसकेको कमजोरी ढाकछोप गर्न मलाई गलत रूपमा फसाइएको हो।”
उनले घटनास्थलमा खिचिएका तस्बिर र भिडियोहरू अनुसन्धानका प्रमाणका रूपमा प्रयोग गरिएको जनाउँदै, त्यसै आधारमा आफूलाई अभियुक्त बनाइएकोमा आपत्ति जनाएका छन्।
काठमाडौं- हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशका पश्चिमी भागमा पश्चिमी तथा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ।
भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज (बुधबार) दिउँसो देशभर साधारणतया बदली हुनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बदलीदेखि पूर्णयता बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
ज्ञानको भण्डार पूर्ण हुने तथा दार्शनिक भावना जाग्ने समय हो, साथीहरू र गुरुसँग छलफल गरेमा दिमागलाई अझ तिखार्न पाइने छ। शान्त र स्थिर मतिको उदय हुनेछ, परोपकारी समय हो, प्रेम र भाइचारालाई समेत जीवन्त तुल्याउन सकिने छ। ठूलाबडाको सहयोग लिन सके नबन्ने काम पनि बन्नसक्छ। क्षमता प्रदर्शन गरी अरुमाथि छाप छोड्ने समय हो। कार्य सम्पादनका माध्यमबाट सिनियरलाई समेत आकर्षित तुल्याउन सकिने छ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कुनै कुरालाई लिएर वैचारिक मतभेद हुनसक्छ, आफूलाई चित्त नबुझेको कुरामा ‘हँ मा हँ’ मिलाउनुभन्दा ‘नाइँ’ पनि भन्न सक्नुपर्छ। लड्ने वा चिप्लने डर भएकाले सचेत हुनुपर्ने दिन हो, घरपरिवारमा सम्पर्क राखी खरखाँचोका बारेमा पनि जानकारी बटुल्नु ठीक हुन्छ। लेनदेनका क्रममा दबाबमा हुनुहुन्छ भने पनि समझौता गर्नुहुँदैन, बरु परिस्थिति विपक्षमा छ भने पुनर्विचार गर्नुहोस्, समय बित्दै जाँदा दैनिकीमा सुधार आउने छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पारिवारिक भ्रमणमा निस्कनुपर्ने हुन्छ, अथवा भविष्यमा हुने कुनै यात्राको योजना बनाउन सकिन्छ। तपाईंको प्रस्तावमा छोराछोरीको पूर्ण समर्थन रहनेछ। नयाँ साथी बनाउन पाइने तथा नौलो विषयको जानकारी बटुल्ने दिन हो, मित्रवर्ग र सँगीसाथीको सहयोगमा नजानेको कुनै विषयको ज्ञानसमेत पाउन सकिन्छ। सबैको सहयोग प्राप्त हुनाले ताकेको कामबाट छिट्टै फुर्सद पाइने छ र नयाँ काममा हात हाल्ने मानसिकतासमेत बन्नसक्छ। यो रचनात्मक उर्जाले भरिपूर्ण समय हो, प्रियजनसँगको भेटघाटले वातावरण रमाइलो बन्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
हाकिम वा सेवाग्राहीको रिसको चक्रमा पर्न सकिन्छ, समस्या देखिएमा कलह वा विवादलाई होइन, बुद्धिकौशलको उपयोग गरी मिलनसार बनिदिनु राम्रो हुन्छ। दोधारेपन, अलमल र चिडचिडेपन हाबी हुने दिन हो, अझ पार्टनरका क्रियाकलाप वा कुनै कुराप्रति शङ्का उब्जनाले दिक्क लाग्ने समय छ। स्वास्थ्य अनुकूल रहनेछ, आकस्मिक यात्राबाट भाग्य बढ्ने दिन हो, प्रतिस्पद्र्धी र शत्रुले आँखा तरे पनि सामना गर्ने साहस गर्ने छैनन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मन्दी र नोक्सानीका बारेमा पुनर्मूल्याङ्कन गरी अघि बढ्ने समय हो, नयाँ कामको प्रस्ताव आउनसक्छ, बुद्धिको प्रयोग गरेमा लाभसमेत पाइने छ। बाल्यावस्थाका मित्रहरू, आत्मीयजन वा छोराछोरीसित सम्पर्क वा भेटघाट हुने तथा रामरमाइलोमा सरिक हुने दिन हो, भावना र इच्छाहरूको कदर हुनेछ। पठनपाठन र सीप देखाएर भाग्य चम्काउने समय हो। सिनियर विद्यार्थी वा गुरुजनको सहयोग पाउनाले आत्मबल र हौसलामा समेत बृद्धि हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दाम्पत्यजीवन सुखद रहने एवं परिवारमा सुखशान्ति र सम्मृद्धि छाउने राम्रो समय छ, तर बुढाबुढी र बुजुर्ग सदस्यको भावनाको कदर गर्नुहोला। सोच्ने शक्ति र निर्णयात्मक क्षमतामा कमी आउने दिन हो। आज हरेक कुरामा यो गरौं कि त्यो गरौं भन्ने अलमल हुनसक्छ। आवेगहरूमा नियन्त्रण गर्न नसक्नाले निराशा र खिन्नताको अनुभूति हुनसक्छ, अतः आफ्ना लागि समय प्रदान गर्नु र चिन्तन गरी वर्तमान समस्याको हल गर्ने प्रयास गर्नु उपयोगी हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ एवं पुराना मित्रसित भुलिनाले पार्टनरलाई समय प्रदान गर्न सकिंदैन, तर कुनै व्यक्तिगत कार्य सम्पन्न हुने दिन छ। हर्षित हुने समाचार आउने छ, सानो प्रयासले मात्र भाग्य बढ्ने समय छ, त्यसैले मिहिनेत गरेर आम्दानीका मार्ग सुधार्न सकिने छ। सहयोगी र साझेदारहरूसँग राम्रो सम्बन्ध कायम हुनेछ। बिजुलीका उपकरण, खेलकुद सामाग्री र फलामसम्बद्ध निर्माणको कामबाट फाइदा लिन सकिने दिन हो।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अभिव्यक्ति, कला र मनोरञ्जनसम्बद्ध विषयमा रुचि जाग्ने समय हो, अझ स्पष्टसँग मानसिक धारणा व्यक्त गरेमा आफ्नो सही पहिचान कायम गर्न सकिने छ। सञ्चार वा नेटवर्किङका विभिन्न माध्यमले अल्मल्याउन सक्छन्। पराईसँग व्यवहार गर्दा शब्दहरूको चयन र प्रस्तुतिमा ध्यान दिनुहोला। धनको सहजता देखिए पनि खर्च गर्नुपर्दा होस राखेर चल्नुपर्ने समय छ। मुखका माध्यमले नै महत्त्वपूर्ण काम बन्नसक्ने राम्रो समय छ, सिनियर कर्मचारी वा वरिष्ठ कर्मचारीलाई खुसी पारेर आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
महत्त्वाकाङ्क्षा र अदम्य उत्साह जाग्ने दिन हो। अल्छीपन बढ्न सक्छ। याद गर्नुहोला, कल्पना गरेरमात्र केही पनि हुँदैन। प्रतिफल प्राप्त गर्न मज्जाले खट्नुपर्ने हुन्छ। अध्ययनप्रतिको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ, प्रतिस्पद्र्धामा जीत हुनेछ, विगतका कमीकमजोरीमा सुधार गरी प्रयत्न गरेको काममा सफल भइने छ। व्यक्तिगत उन्नति र प्रगतिको समाचारले मन प्रसन्न हुनेछ। अझ पार्टनरबाट शुभकामना प्राप्त गर्नाले थप सन्तुष्टि र आनन्दको अनुभूति हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खर्चको मात्रा बढ्नुका साथै वैचारिक अस्थिरता देखिने दिन छ, तथापि सँगीसाथीको मद्दत लिएर हिम्मतका साथमा प्रयास गरेमा पेसागत र व्यवसायिक परिस्थितिमा सुधार आउने छ। सानोतिनो यात्रामा जानुपर्दा व्यापारमा ध्यानकेन्द्रित हुनसक्दैन। दण्ड वा जरिवानामा पर्न सकिने वा कुनै कानूनी बाधाअड्चन व्यहोर्नुपर्ने हुन्छ। आर्थिक दृष्टिले कमजोर समय भएकाले हरेक काममा तौलेर खर्च गर्ने दिन हो, आज कुनै योजना कार्यान्वयन गर्न वा नयाँ कुरा किन्न अनुकूल समय देखिंदैन।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मोटो धनमाल हातपार्ने समय हो, इच्छा पूर्ति गर्न वा शारीरिक सुख प्राप्त गर्ने बहानामा केही धन खर्च पनि हुनेछ। कारोबारमा राम्रै फड्को मार्ने समय छ, लागी परेमा रोकिएको काम बन्नेछ तर दायित्व र जिम्मेवारी भने बढिरहने समय हो। दाजुभाइ र दिदीबहिनीसँग सहायता आदान/प्रदान गर्ने समय हो। काम छैन भने पनि माइतीपक्षसँग सम्पर्क गरी खैखबर बटुल्नु राम्रो हुन्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतिष्ठा बढ्ने दिन हो, वंश, कुल र पितृपक्षका विषयमा आकर्षण देखिने छ। कार्यक्षेत्रमा पनि वरिष्ठ कर्मचारी प्रसन्न रहनेछन्। अझ बृद्धबृद्धा वा मान्यजनको सेवाचाकरी गरेमा भाग्यबल बढाउन सकिने छ। समुचित योजनाका साथ आफ्ना जिम्मेबारी र दायित्वलाई कार्यान्वयन गर्नुपर्छ। रामरमाइलोमा आकर्षण देखिंदैन। बरु कार्यस्थलमा बोझ बढ्ने सम्भावना छ। व्यवसायिक र आन्तरिक जीवनमा तालमेल मिलाउन हम्मेहम्मे पर्नेछ। घरायसी कामको चापसमेत बढ्नेछ, समय निकालेर लवमेटसँग कुराकानी गर्नु बेस हुनेछ।







