
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।
शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो ।
एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ ।
नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् ।
बोर्डका अनुसार १२६ जना परीक्षार्थीको परीक्षा भने रद्द भएको छ ।
२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो ।
परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
चितवन । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्धारित समयमै पार्टीको महाधिवेशन हुने बताएका छन् । आज (बिहीबार) चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग सभापति देउवाले निर्धारित समयमा नै महाधिवेशन हुने बताएका हुन् ।
उनले कांग्रेस र एमाले फरक–फरक दल भएकाले कतिपय निर्णयमा एकमत नहुनु सामान्य कुरा भएको धारणा राखेका छन् । सभापति देउवाले कांग्रेसको आग्रहपछि टेक एन्ड पे हटाएको भन्दै यसलाई सामान्य रूपमा लिन आग्रह समेत गरे । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे सोधिएको प्रश्नमा भने, ‘कहाँबाट हुनु नि । बेकारको झूटा कुरा हो । सभापति देउवाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकविरुद्ध झुटा आरोप लगाउने प्रयास भएको आरोप लगाए ।
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर अभियानका लागि ‘ऐक्यबद्धता डेस्क’ सञ्चालन गरेको छ।
शुक्रवार काठमाडौँको कलंकीमा पार्टीका नेताहरू उपस्थित भई हस्ताक्षर अभियानका लागि ऐक्यबद्धता डेस्क शुभारम्भ गरेका हुन्। रास्वपाले पार्टी सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै त्यसविरुद्ध जनताको हस्ताक्षर अभियान शुरु गरेको हो।
सभापति लामिछाने सहकारी ठगी प्रकरणमा जेलमा छन्। बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले उनलाई थुनामा राख्न आदेश दिएको थियो।
शुक्रवारबाट काठमाडौँका १४ ठाउँमा ऐक्यबद्धता डेस्क सञ्चालनमा ल्याइएको रास्वपाले बताएको छ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शुक्रबार) साँझ ६ बजे प्रकाशित हुने भएको छ । केहीबेरअघि बसेको परीक्षा बोर्डको बैठकले साँझ नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रक गणेश भट्टले जानकारी दिएका छन् ।
२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । एसईईको नतिजा हेर्नका लागि विभिन्न २० माध्यमको व्यवस्था गरिएको छ ।
नुवाकोटमा गए राति सुतेकै ठाउँमा बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् भने उनका श्रीमान गम्भीर घाइते भएका छन् ।
नुवाकोटको ककनी गाउँपालिका–१, भसिबुस्थित बिमचना खोलामा आएको बाढीले गोठ बगाउँदा श्रीमानसँगै सुतिरहेकी ३२ वर्षीया कमला बलामी बेपत्ता भएको नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।
उनका पति अशोक बलामी भने बाढीमा परी गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौँ पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ।
नतिजा प्रकाशनको निर्णय गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए।
अर्यालका अनुसार बैठक आज बस्ने भए पनि समय भने निर्धारण भएको छैन। स्रोतका अनुसार आज अपरान्ह ५ बजे बैठक बसेर आजै नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी छ।
यस वर्षको एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। बगैंचा, फूलबारी र घरको साजसज्जामा समय बित्नेछ। टाढिएका आफन्त, साथीभाइ नजिकिन सक्छन्। दोहोर्याएर प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ।
वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँ तथा दिगो फाइदा हुने काम हातलागी हुनेछ। सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। मिहिनेतले राम्रो परिणाम प्राप्त हुनेछ। भौतिक साधन पनि जुट्नेछन्। उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीबाट जाेगिएर काम गर्नुहाेला। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। सामाजिक दायित्व बढ्नेछ। लाेकप्रिय कामले उचाइमा पुर्याउनेछ।
मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह
अध्ययनमा विशेष प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।
कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।
सिंह : मा, मि, मु, मे, मो, टा, टि, टु, टे
खर्च लागे पनि काम बन्नेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा अवरोध हट्न सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन सकिनेछ। भेटघाटका लागि समय अनुकूल नदेखिए पनि टाढाका साथीभाइले काममा साथ दिनेछन्। केही खर्च बढ्नेछ। समयमा आलस्य गर्ने बानीले पछि परिनेछ। अरूकाे विश्वास गर्दा धनमाल हराउन सक्छ।
कन्या : टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कर्मयोगको विशेष फल प्राप्त गर्ने समय छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आयआर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। ऋण तथा कर्जा पनि चुक्ता गर्न सकिनेछ।
तुला : र, रि, रु, रे, रो, ता, ति, तु, ते
विशेष कर्म प्राप्तिको योग छ। सामाजिक जिम्मेवारी बढ्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। आँटेको काम सिद्ध हुनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। नयाँ कामकाे याेजना बन्नेछ। भौतिक साधन जुट्नाले काममा सहजता आउनेछ। व्यापार बढ्नुका साथै मनग्य लाभ हुनेछ। पेसा–व्यवसायले उचाइमा पुर्याउनेछ।
वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु
सम्भावना र अवसर खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजका लागि फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ। अध्ययनमा राम्राे प्रगति हुनेछ।
धनु : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
स्वास्थ्य कमजोर रहनेछ भने केही प्रतिकूल परिस्थितिसँग जुध्नुपर्नेछ। अशक्त अवस्थामा व्यस्तता बढ्नेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। हुलमुलमा धनमाल हराउन सक्छ। प्राथमिकताका आधारमा काम अघि बढाउन नसकिएला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। शुभचिन्तकहरू समेत टाढा हुने सम्भावना देखिन्छ।
मकर : भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथ जुट्नाले अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। नयाँ काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ।
कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, द
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त भइरहनेछन्। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ।
मीन : दि, दु, थ, झ, ञ, दे, दो, च, चि
श्रम परे पनि सुखद् समाचारले उत्साह जगाउनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत पनि बढ्नेछन् र दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ।





