
काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहबीच भेटवार्ता भएको छ । पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न बालेन उनको निवास भंगालमा पुगेका थिए ।
पूर्व राष्ट्रपति भण्डारी र मेयर शाहबीच गत बिहीबार भेटवार्ता भएको हो । मेयर शाहको सचिवालय स्रोतले पूर्व राष्ट्रपतिसँग मेयर शाहको भेटवार्ता भएको पुष्टि गरेको छ । ‘बिहीबार पूर्व राष्ट्रपतिको निवासमा उहाँहरूबीच भेटवार्ता भएको हो,’ सचिवालय स्रोतले सुनायो । उक्त भेटका क्रममा नेकपा (एमाले) का नेताहरू शेरधन राई, काठमाडौं क्षेत्र नम्बर ९ का सांसद कृष्णगोपाल श्रेष्ठलगायत नेताहरू पनि थिए ।
भण्डारी राष्ट्रपति रहँदा ‘राष्ट्रपति चुरे–तराई संरक्षण कार्यक्रम’ अन्तर्गत चुरे क्षेत्रमा वन्यजन्तुको अण्डरपाससम्बन्धी एक योजनामा बालेन शाह पनि कार्यरत रहेको र पुरानै चिनजान अनुसार भेटवार्तालाई निरन्तरता दिइएको मेयर शाहको सचिवालय स्रोतको भनाइ छ । ‘उहाँहरूबीच समसामयिक विषयमा कुराकानी भयो’ स्रोतले भन्यो । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालेनको तिक्तता बढिरहेका बेला एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गरेकी भण्डारीसँग उनले भेटेका हुन् ।
काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा नटुंगिएका विषयमा सहमति जुटाउन पाँच दिनको समय सीमा दिएको छ ।
आज (आइतबार) समितिबाट विधेयक टुंगो लगाउने तयारी भए पनि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले बैठक स्थगित गर्न माग गरेपछि केहि समय छलफल भएको छ । बैठकमा समितिका बहुमत सदस्यले आइतबार नै विधेयक पारित गर्नुपर्ने माग राखे पनि शिक्षामन्त्री पन्तले सहमति नजुटेका विषय सहमति जुटाउनका लागि समय मागेका थिए ।
समितिका सभापति अम्मरबहादुर थापाले आगामी ५ दिन भित्र सरकारले विधेयकमा नटुंगिका विषय टुग्याएर सहमति जुटाएर आउन निर्देशन दिएका हुन् । शिक्षामन्त्री पन्तले भने जतिसक्दो चाडैँ समिति सभापतिलाई सहमति जुटेपछि बैठकको मिति जानकारी गराउने बताएका छन् । ‘पाँच दिनभित्र सहमति गरेर आउन । त्यसअघि मलाई बैठक बोलाउन एक दिनको समय चाहिन्छ,’ समिति सभापति थापाले भने । यसअघि असार १६ गते पनि शिक्षामन्त्रीकै आग्रहमा समितिको बैठक स्थगित गरिएको थियो । फेरि शिक्षक महासंघसँग वार्ता जारी रहेको भन्दै मन्त्री पन्तले समय माग गरेका हुन्। विद्यालय शिक्षा विधेयकका केही विषयमा सहमति जुट्न नसक्दा अन्तिम समयमा समितिबाट पास हुन सकेको छैन ।
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक पास गर्नका लागि थप समय माग गरेका छन् ।
काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले आम्दानी नहुने स्थानमा लगानी गर्न नहुने बताएका छन् ।
आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सिंहले वैदेशिक ऋण लिएर आम्दानी नहुने ठाउँमा लगानी गर्न उचित नरहेको बताएका हुन् ।
उनले जनसंख्याका आधारमा भौतिक पूर्वाधारहरुको निर्माण गर्न जरुरी रहेको बताए । सांसद सिंहले भैरहवा र पोखराको एयरपोर्टमा धेरै अनियमितता भएको भन्दै अनुसन्धान हुनुपर्ने बताए ।
‘मधेस प्रदेशमा त्यत्रो जनसंख्या छ तर त्यहाँ एयरपोर्ट छैन । भैरहवामा छ, एउटै प्रदेशमा दुई वटा बनेका छन् । तर प्रयोग हुन सकेको छैन । भैरहवा र पोखराको एयरपोर्टमा धेरै अनियमितता भएको छ। विमानस्थलहरुलाई अलिकति सही ढंगले सदुपयोग हुने बनाउनु पर्छ । विदेशीको ऋण लिन्छौं भने त्यसबाट इन्कम हुनुपर्यो। ऋण भ्रष्टाचार गर्नका लागि मात्रै लिने परिपाटी छ, त्यसमा समितिमार्फत ध्यानाकर्षण गराउँछु । जहाँ धेरै जनता छन् त्यही संरचनाहरु निर्माण गर्नुपर्छ । आम्दानी नहुने ठाउँमा लगानी नगरौं,’ उनले भने । सांसद सिंहले नागरिक धेरै भएको ठाउँमा नै संरचनाहरु बढी बनाउँदा प्रयोग बढी हुने बताए ।
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हराएको भनेर गृह मन्त्रालयमा चिठी लेखेको सरकारी गाडी दुई दिनमै मन्त्रालयमै फेला परेको छ ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले नेताहरूको रगतमा नै भ्रष्टाचार रहेको टिप्पणी गरेकी छन् । आज (आइतबार) बिहान सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले यस्तो बताएकी हुन् ।
उड्दै नउड्ने विमान किन्ने र चल्दै नचल्ने विमानस्थल बनाउने स्थिति नेपालमा जारी रहेको उनले उल्लेख गरिन् । उनले यो सबैको कारण भ्रष्टाचार रहेको बताइन् । ‘हामी कस्तो स्थितिमा छौँ भने प्लेन किन्छौं उड्दै नउड्ने, एयरपोर्ट बनाउँछौं चल्दै नचल्ने’, उनले भनिन्, ‘यसको कारण के हो त भन्दा भ्रष्टाचार हो । हामी भ्रष्टाचारमा र राजनीतिक नियुक्तिमा यति लिप्त भइसकेका छौँ, हाम्रो रगतमा नै भ्रष्टाचार आइसकेको छ ।’
उनले विमान चढ्दा सुरक्षित साथ गन्तव्यमा पुगिन्छ भन्ने विश्वास गर्न सक्ने स्थिति बनाउन जोड दिइन् । ‘हामी प्लेन चढ्दा आफ्ना भगवानहरू पुकार्दै चढ्न नपरोस् । सुरक्षित गन्तव्यमा पुग्छौँ भन्ने विश्वास होस्’, उनले भनिन्, ‘हाम्रा नातागोतालाई पनि आफ्ना मान्छे सुरक्षितसाथ गन्तव्यमा पुग्छन् भन्ने विश्वास गर्न सकून् ।’ समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तासँग छलफल गरिएको हो ।
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वायुसेवालाई व्यवस्थापन करार वा शेयर निस्कासन वा बिक्री नगर्ने प्रस्ताव विधेयकमा ल्याउन माग गरेका छन् ।
आज (आइतबार) बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफलमा बोल्दै सुवालले विधेयकमा वायुसेवालाई निजीकरणको लागि बाटो खुला गरिएको बताएका हन् ।
सबै चिज निजीकरण गर्ने भए भोलि सिंहदरबार पनि कुनै विदेशीलाई सञ्चालन गर्न दिनुपर्ने अवस्था आउने उनले बताए । ‘अब सबै चिज निजीकरण गर्ने भए भोलि सिंहदरबार पनि कुनै विदेशीलाई सञ्चालन गर्न दिनुपर्ने दिन आउनेछ । सरकारले केही गर्न नसक्ने अनि एउटा व्यक्तिको कम्पनीले देश चलाउने भन्ने जुन यो विधेयकको उद्देश्य राखिएको छ । त्यो ठिक भएन । त्यसमा सचेत हुनुपर्छ,’ उनले भने ।
भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या भएको छ।भोजपुर नगरपालिका–२ हेलौंछा घर भएका राजेन्द्र राईले श्रीमतीसहित ससुराली घरका चार जनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।
राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, सासु ४५ वर्षीय मञ्जु गिरी र सालो सपन गिरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक उमेशप्रसाद यादवले जानकारी दिए । घटना राति सवा १ बजेतिर घटेको इन्स्पेक्टर यादवले जानकारी दिए । उनका अनुसार घटना संलग्न रहेका भनिएका राजेन्द्र पनि गम्भीर घाइते छन् । उनको पेटमा तीन ठाउँमा छुरी लागेको छ । राईलाई अहिले भोजपुर अस्पताल ल्याइएको र रेफरको तयारी भइरहेको उनले बताए ।
स्थानीयले प्रहरीलाई बताए अनुसार मनिषा चार/पाँच दिनअघि माइती पुगेकी थिइन् । मनिषालाई लिन भनेर ससुराली पुगेका राजेन्द्र र माइतीबीच मनिषाको विषयमा विवाद भएको थियो । ‘विवाद के थियो भन्ने खुलिसकेको छैन । चार जनाको शव फेला परेको छ । राजेन्द्र स्वयं पनि गम्भीर घाइते भएकाले धेरै कुरा खुल्न बाँकी छ’, प्रहरी निरीक्षक यादवले भने, ‘प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।’ घटनाको जानकारी पाउने बित्तिकै इप्रका बोयाङ र जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थल पुगेको थियो । घटना सवा १ बजेतिर भएको भनिए पनि प्रहरी राति अबेर मात्र खबर आएको थियो ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नोकरीमा समय खर्चिनेहरूका लागी समय राम्रो रहेको छ । व्यापार, सेयर बजार तथा औद्योगिक क्षेत्रको लगानी फस्टाएर जानेछ । नयाँ प्रकृतिको काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । इमानदारिता तथा लगानशीलताले पक्ष पहिल्याउन सहज हुनेछ । महंंगा तथा बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर तान्न सकिनेछ । साँझपख यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) ईष्टमित्र तथा आफन्तका साथ रमाइलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ । अदालती निर्णयहरू तपाईँकै पक्षमा आउने तथा शत्रु परास्त गर्दै अगाडी बढ्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीको मनोबल गिराउँदै सकारात्मक उपलब्धि हात पार्न सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरू किनारा लाग्नेछन् । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । व्यापार वा सेयर बजारमा गरिने लगानीबाट आम्दानीका स्रोतहरू बढाउँदै लान सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बौद्धिक व्याक्तीत्वहरु सामु तपाईँले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतिले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरूभन्दा एक कदम अघि बढी नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेको छ । सन्तान तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसाय फस्टाएर जानेछ भने अन्य व्यवसायमा नाफा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणसँग सन्तुलित व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ । सवारी साधनको व्यापार व्यवसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ । आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । अध्ययनमा मन जाने वा अध्ययनकै सवालमा यात्राको योग रहेको छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आÏनै मेहनेतले व्यवसायमा फड्को मार्न सकिनेछ । लगनशीलताका साथ गरिने कामको उच्च मुल्याङकन हुनेछ । दाजुभाइ तथा छिमेकीको सँगको सम्बन्धमा सुधार गर्दै नयाँ कामहरू गर्न सकिनेछ । प्रतिस्पर्धीहरू सहयोगी बन्नेछन् भने कुनै पनि प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । अध्ययन वा कामको सवालमा यात्राको योग रहेको छ । प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । साँझपख यात्रा गर्दा ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समयमा काम गरी प्रशंसक तथा समर्थकहरू जुटाउन सकिनेछ । बुद्धि तथा वाणीको माध्यमले धेरैको मन आफूतिर खिच्न सकिनेछ । परिवारका साथ रमाइलो गर्दै मिष्टान्न भोजनका साथ रमाउन सकिनेछ । गीत सङ्गीत तथा मोडलिङ पेसा व्यवसायमा समय लगानी गर्दै हुनुहुन्छ भने समय फलदायी रहेको छ । अध्ययनमा मन जानेछ भने खोजीमूलक क्षेत्रमा रुचि बढ्नेछ । व्यापार वा सेयर बजारबाट आम्दानी बढाउन सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) नयाँ प्रविधिको प्रयोग मार्फत व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक अवस्था राम्रो हुने तथा पहिलेदेखि नउठेका रकमहरू उठ्नेछन् । समाजसेवामा जनतासँगै रहेर काम गर्न सक्दा नाम कमाउन सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ । कन्फिडेन्स पावर बढ्ने हुनाले पराक्रमी काम गर्न सकिनेछ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । खर्च बढे पनि उपलब्धिमूलक कामहरू हुनेछन् । लामो दुरीको विदेश यात्राको अधिक सम्भावना रहेको छ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । वित्तीय क्षेत्रमा लगानीको लागी समय मध्यम रहेको छ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर धन कमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । समयमा कामहरू फत्ते गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नति हुनेछ । विभिन्न ठाउँबाट कामका प्रस्तावहरू आउनेछन् भने प्रशस्त रुपैयाँ पैसा कमाउने योग रहेको छ । शत्रु तथा प्रतिस्पर्धीहरू परास्त हुनेछन् भने विद्या तथा प्रतिस्पर्धामा तपाईँकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यवसायमा लगानी गरी भनेजस्तो नाफा कमाउन सकिनेछ । भनेको समयमा सामाजिक कामहरू बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने साथीभाइ सँगको सम्बन्धमा विश्वासको वातावरण बन्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफन्त तथा परिवारका साथ उपलब्धिमूलक रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउँदै जानेछ । साथीभाइ तथा इष्टमित्रको सहयोग मिल्नेछ । मान्यजनको सहयोगमा गरेको काममा सफलता मिल्नेछ । नयाँ काम गरी मनग्गे लाभ लिन सकिनेछ भने रोजगारीको खोजीमा हुनेहरूले काम पाउने प्रशस्त सम्भावना रहेको छ। काम गर्ने ठाउँमा तपाईंको कामको प्रशंसा हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समयले साथ दिने हुँदा सानो प्रयत्नले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । धर्म तथा धर्म विस्तारको लागी समय दिनु पर्नेछ भने संस्कार परिवर्तनमा तपाईँको भूमिका महत्त्वपूर्ण हुनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । प्रशासनिक क्षेत्रमा तपाईँको उच्च स्तरको सहभागिता रहनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । व्यापार वा सेयर बजारबाट नाफा कमाउन सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) भौतिक वस्तु तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । आफन्त तथा साथी भाइसँग मनमुटाब सिर्जना हुने योग रहेको छ । व्यापारमा लगानी गरी हाल्ने समय नरहेकोले गरिरहेको कामलाई निरन्तरता दिनुहोला । माया प्रेममा एक अर्कालाई शङ्का गर्नाले छुट्टिनुपर्ने बाध्यता आउनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ । साँझपख धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।