
बागलुङ । सत्ता साझेदार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसमा देश र जनताका लागि काम गर्ने नेता–कार्यकर्ता पाउन मुस्किल भएको बताएका छन् । बागलुङका संस्थापक नेता गोविन्दप्रसाद शर्मा कँडेलको निधन भएको १३ औं दिनको श्रद्धाञ्जली सभामा आएका देउवाले कँडेलको जस्तो त्याग र निष्ठा अब नपाइने बताए । कँडेलले राजनीतिमा लागेर कहिल्यै पनि केही नमागेको बताएका छन् । काठखोला गाउँपालिका–५ करलिमस्थित कँडेलकै निवासमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका देउवाले सबैलाई लोकतन्त्रको चिन्ता गर्न समेत आग्रह गरे । उनले लोकतन्त्र संस्थागत गर्न सकेमा सबैको राजनीतिक भविष्य सुरक्षित बन्ने धारणा राखेका थिए ।
कार्यक्रममा अर्का नेता कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य चम्पा खड्का, अर्जुन जोशीलगायतले पनि कँडेलप्रति श्रद्धाञ्जली दिए । श्रद्धाञ्जलीसभाका लागि कांग्रेसका नेता तथा कार्यकर्ता कँडेल निवास पुगेका थिए । कँडेल २०४८ सालमा बागलुङ क्षेत्र नं १ बाट विजयी सांसद समेत थिए ।
तत्कालीन संसद् विघटन हुँदा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई गल्ती गरेको भन्दै औल्याउने कँडेल थिए । बीपी कोइरालाले मेलमिलापको नीति लिएर आउने बेलामा पनि कँडेल एयरपोर्टबाटै पक्राउ परेर ७ वर्ष जेल बसेका थिए । कँडेल पछिल्लो पटक बीपी चिन्तन प्रतिष्ठानको अध्यक्ष थिए । कँडेलकै अध्यक्षतामा असार २ गते बीपी चिन्तन प्रतिष्ठानमार्फत तीन तहको बजेट निर्माण प्रक्रियाका समस्याबारे छलफल कार्यक्रम सम्पन्न भएको थियो । असार १५ गते कँडेलको निधन भएको हो ।
काठमाडौं । शिक्षा, विज्ञान तथा संस्कृतिको क्षेत्रमा काम गर्दै आएको संयुक्त राष्ट्रसंघीय संगठन–युनेस्कोले विश्व सम्पदास्थल लुम्बिनीलाई सम्भावित खतराको सूचीबाट हटाएको छ । फ्रान्सको पेरिसमा भइरहेको युनेस्को वल्र्ड हेरिटेज कमिटीको ४७औं सत्रले लुम्बिनीमा संरक्षणमैत्री र सुधारका काम भइरहेकाले एक वर्षका लागि खतराको सूचीमा नराख्ने निर्णय गरेको हो ।
बुल्गेरियाका प्राध्यापक निकोले नेनोवको अध्यक्षतामा बिहीबार सम्पन्न बैठकले लुम्बिनीको समग्र अवस्था बुझ्न ‘रिएक्टिभ मनिटरिङ मिसन’ पठाउने निर्णय समेत गरेको छ । यो मिसनले स्थलगत अवलोकन गरेर दिने प्रतिवेदनका आधार पुनः लुम्बिनी खतराको सूचीमा पर्ने वा नपर्ने निर्णय हुने सत्रमा सहभागी लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिए । यसअघि सन् २०२२ मा वल्र्ड हेरिटेज सेन्टर र सम्पदा क्षेत्रको संरक्षणमा काम गर्ने संस्था इकोमसले सम्पदाविज्ञ रोलेन लिन र प्राध्यापक कारिया संलग्न रिएक्टिभ मनिटरिङ मिसन लुम्बिनी पठाएको थियो । उनीहरूले दिएको प्रतिवेदनका आधारमा सन् २०२४ मा लुम्बिनीलाई सम्भावित खतराको सूचीमा राखिएको थियो ।
यसपछि लुम्बिनीलाई खतराको सूचीबाट हटाउन विभिन्न पहल गरिएको थियो । लुम्बिनी संरक्षणका लागि बनाइएको एकीकृत व्यवस्थापन संरचना र खण्डित रणनीतिक योजनालाई युनेस्कोले सकारात्मक मानेको जनाइएको छ । यस्तै लुम्बिनीमा पुरातात्त्विक वस्तुको संरक्षण, आगन्तुक व्यवस्थापन साथै अशोक स्तम्भको संरक्षण, सरसफाइ र सिपेज हुन नदिन प्रविधि प्रयोग गरिएकामा युनेस्कोले राम्रो मानेको छ । लुम्बिनीलाई सम्भावित खतराको सूचीबाट हटाउन गहन, विस्तारित र नतिजामुखी योजना बनाएर काम गरिएको थियो ।
काठमाडौं । माथिल्लो जलाधार क्षेत्रमा हिमताल विष्फोट भएर रसुवामा मङ्गलबार आएको बाढीमा परेर मृत्यु हुने ११ जना पुगेका छन् ।
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आफ्ना कर्मचारीहरूका लागि आजदेखि नैतिक संहिता लागू गरेको छ ।
अध्यागमन सेवालाई प्रभावकारी बनाउने उद्देश्यले नैतिक संहिता बनाई आजदेखि लागू गरिएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।
उनका अनुसार अध्यागमन प्रशासनसँग सम्बन्धित अन्तर्राष्ट्रिय मूल्य, मान्यता तथा सिद्धान्तअनुरूप कर्मचारीलाई विद्यमान राष्ट्रिय कानुन, सामाजिक तथा सांस्कृतिक मूल्यप्रति जिम्मेवार र संवेदनशील बनाई कर्मचारीको असल व्यक्तिगत, पदीय एवं पेसागत आचरणका साथै व्यवहारका माध्यमबाट आम नागरिकले अनुभूति गर्ने गरी सेवा प्रवाहलाई छिटोछरितो, निष्पक्ष, पारदर्शी, वस्तुनिष्ठ, अनुमानयोग्य र नतिजामूलक बनाउन आचारसंहिता लागू गरिएको हो ।
विभागका अनुसार प्रस्थान गर्ने यात्रुलाई कम्तीमा शुयात्रा (ह्याब अ नाइस जर्नी) भन्ने, नेपालभित्र प्रवेश गर्नेलाई कम्तीमा नेपालमा स्वागत छ (वेलकम इन नेपाल) भन्ने तथा कम र आवश्यक प्रश्नमात्र गर्ने आचारसंहितामा उल्लेख छ ।
उनका अनुसार अध्यागमन प्रशासनसँग सम्बन्धित अन्तर्राष्ट्रिय मूल्य, मान्यता तथा सिद्धान्तअनुरूप कर्मचारीलाई विद्यमान राष्ट्रिय कानुन, सामाजिक तथा सांस्कृतिक मूल्यप्रति जिम्मेवार र संवेदनशील बनाई कर्मचारीको असल व्यक्तिगत, पदीय एवं पेसागत आचरणका साथै व्यवहारका माध्यमबाट आम नागरिकले अनुभूति गर्ने गरी सेवा प्रवाहलाई छिटोछरितो, निष्पक्ष, पारदर्शी, वस्तुनिष्ठ, अनुमानयोग्य र नतिजामूलक बनाउन आचारसंहिता लागू गरिएको हो ।
विभागका अनुसार प्रस्थान गर्ने यात्रुलाई कम्तीमा शुयात्रा (ह्याब अ नाइस जर्नी) भन्ने, नेपालभित्र प्रवेश गर्नेलाई कम्तीमा नेपालमा स्वागत छ (वेलकम इन नेपाल) भन्ने तथा कम र आवश्यक प्रश्नमात्र गर्ने आचारसंहितामा उल्लेख छ ।
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट असार २९ गते (पर्सि आइतबार) ल्याउने भएको छ ।
शुक्रबार बसेको कार्यपालिकाको ४५ सेकेन्ड लामो बैठकले बजेट आइतबार ल्याउने निर्णय गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई लिएर मेयर बालेन्द्र साह र अन्य जनप्रतिनिधिबीचको विवादबीच शुक्रबार बसेको कार्यपालिका बैठकमा नयाँ बजेट असार २९ गते पेश गर्ने सहमति बनेको हो ।
काठमाडौँ महानगरकी उपप्रमुख सुनीता डङ्गोलले नगर सभामा उक्त बजेट पेश गर्नेछिन् । शुक्रबार बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले आगामी आर्थिक वर्षका लागि बजेटको आकार निर्धारण गरिसकेको छ ।
उपमेयर सुनिता डंगोल र केही प्रतिनिधि वडाध्यक्षहरू सहितको बैठकले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँको बजेट ल्याउने गरी सीमा निर्धारण गरेको हो ।
मेयर बालेन्द्र साहको कार्यकक्षमा समितिका सदस्य सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसहितको बैठकले बजेटको आकार तय गरेको हो ।
बैठकले आर्थिकतर्फ तीन प्रतिशत, पूर्वाधारतर्फ ५१ प्रतिशत, सामाजिक विकासतर्फ २० प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धतर्फ १२ प्रतिशत र कार्यसञ्चालन तथा प्रशासनतर्फ १४ प्रतिशत हुने गरी सीमा निर्धारण गरेको महानगरपालिका स्रोतले जानकारी दिएको छ ।
गत पुस पहिलो सातादेखिको किचलोले पूर्णविराम पाउँदै महानगर बजेट ल्याउने बिन्दुमा पुगेको हो । यसअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई बाइपास गरेर मेयर साहले बैठक राख्न खोजेपछि बजेट रोकिएको थियो ।
यही विवादका कारण निर्धारित मिति अर्थात् असार १० मा महानगरले बजेट ल्याउन सकेको थिए ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसंख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरेका छन् । विश्व जनसंख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसंख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले विकास र जनसंख्याको गति सँगै हुनुपर्नेमा जोड दिँदै हरेकले आफ्नो सन्तानवृत्तिलाई धर्तीका लागि उत्तरदायित्वका रुपमा लिनुपर्ने बताए ।
‘मानिस भएकाले हरेक देशको अर्थ छ, धर्तीको अर्थ छ । जनसंख्या हुँदैनथ्यो भने देश हुँदैन । हामीले मानव जातिको अस्तित्व र सुखपूर्ण अस्तित्व रक्षाका लागि उपयुक्त नीति र कदमहरु चाल्नु पर्छ।’ प्रधानमन्त्री ओलीले भने, ‘सृष्टिको सिर्जनाका लागि मानव जाति जति मूल्यवान अर्काे छैन । कृपया आफ्नो स्वार्थका लागि मान्छे मार्नेहरु यो धन्दा छोड । जनसंख्याका बारेमा गोष्ठी र सेमिनार पनि गर्ने अनि आम विनासका हतियार बनाएर मान्छे पनि मारिरहने क्रमले मानव संसारको अस्तित्व बच्दैन । जनसांख्यिक असन्तुलनलाई कायम रहन दिनु हुँदैन ।’
प्रधानमन्त्री ओलीले सरकारले २० वर्षपछि विवाह गर्न कानुनी प्रबन्ध गरेकाले समयमा विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न र ४० कटेपछि रमाउला भन्ने गीतमा नअल्मन आग्रह गरे । उनले सन्तानले डाँडाकाँडा ढाकुन् नभन भनेर जनचेतना फैलाउँदा उल्टो असर परेर सन्तान नै नपाउने स्थिति भएकातर्फ चिन्ता व्यक्त गर्दै विकास भएका देशमा पनि जनसंख्या ऋणात्मक हुँदा मानव अस्तित्वको खतरा देखिएकाले जनसंख्याको उचित व्यवस्थापनका लागि यस नीतिको कार्यान्वयनमा लाग्नुपर्ने बताए ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेटको सीमा निर्धारण गरेको छ । महानगर प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षमा महानगरको कार्यालय काठमाडौं प्लाजामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्बको बजेट ल्याउने तय गरेको हो ।
बैठकमा प्रमुख शाहले विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएका थिए । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णय गरेको छ ।
काठमाडौं । सत्तारुढ नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेलाई र एमालेबाट ललकार्ने दुवै काम बन्द हुनुपर्ने बताएका छन् । उनले आपसमा विमर्श गर्न र सहकार्यमार्फत् समस्याको समाधान खोज्न आह्वान पनि गरेका छन् ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्किने घोषणा गरेसँगै स्वयं भण्डारी र एमाले नेताहरुबाट एकअर्काप्रति आइरहेका कडा सार्वजनिक अभिव्यक्तिप्रति लक्षित गर्दै भट्टराईले सामाजिक सन्जाल फेसबुकमार्फत् एकअर्कालाई नलल्कार्न भनेका हुन् । उनले लेखेका छन्, ‘च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने, कृपया यो तरिका बन्द गरौं ।’ ललितपुरको च्यासलमा नेकपा एमालेको केन्द्रीय कार्यालय छ । भट्टराईले थप लेखेका छन्, ‘बसौं, आपसमा विमर्श गरौं, सहकार्यमार्फÞत समाधान खोजौं, जबजको मर्म पनि यही हो ।’
महासचिव शंकर पोखरेल पनि कित्ताकाट नगर्न चेतावनी दिएका छन् । यस्तै, स्थायी कमिटी सदस्य भानुभक्त ढकालले संस्थागत निर्णय नमान्नेहरू नोटिसमा रहेको बताएका थिए । उनले नेतृत्वको विरोध नगरी नेता भइन्न भन्ने मानसिकता त्याग्न पनि निर्देशन दिएका थिए । नेता गोकुल बास्कोटाले व्यंग्य गर्दै ‘बजारमा नोटिस हिट भएछ तर मान्छेहरु नो निड टू टिच भन्न थालेछन्’, भन्दै सामाजिक सञ्जालमार्फत लेखेका छन् ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गरिरहेको छ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केरुङमा अलपत्र परेका नेपालीहरूको उद्धार गर्न सरकारलाई आग्रह गरेका छन् ।
रसुवागढीमा आएको बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएपछि व्यवसाय र कामको लागि केरुङ गएका नेपालीहरू अलपत्र परेकाले उनीहरूको उद्धार गर्न आग्रह गरेका हुन् ।
कोइरालाले शुक्रबार आफ्नो ट्विटरमा लेखेका छन्, ‘रसुवागढीमा आएको बाढीका कारण उक्त नाकाबाट नेपाल चीन आवत जावत बन्द भएको छ । जसले गर्दा व्यवसाय र कामको लागि केरुङ गएका धेरै नेपालीहरू त्यहीँ अलपत्र परेका छन्, ती नेपालीहरूलाई तुरुन्त वैकल्पिक मार्गबाट नेपाल ल्याउन म सरकारसँग आग्रह गर्दछु ।’
साथै उनीहरूलाई खाद्यान्न, बास र औषधीको समेत अभाव हुन थालेको भन्दै चीन सरकारसँग समन्वय गरेर अलपत्र नेपालीहरूलाई स्वदेश ल्याउनुपर्ने बताएका छन् ।




