२०८३ बैशाख १७ गते बिहीबार
२०८३ बैशाख १७ गते बिहीबार

नेपालकै नं. १ सोफा फ्याक्ट्री ‘सोफा हब काठमाडौं’ द्वारा सामाजिक सञ्जालमा सक्रिय ‘रेगुलर भ्युअर्स’ का लागि घोषणा गरिएको ३५ हजार रुपैयाँ बराबरको सोफा उपहार योजनाअन्तर्गत आयोजित लक्की ड्र मा लोलाङ हाइटकी संगीता खनाल विजेता बन्नुभएको छ।

टिकटकमा लाईभ मार्फत् गरिएको लक्की ड्र प्रक्रियामा संगीता खनालको नाम निस्किएसँगै उहाँले आफैंले रोजेर मनपर्ने सोफा पनि छान्नुभयो र उपहारस्वरूप घर लैजानुभएको छ।

‘सोफा हब काठमाडौं’ ले टिकटक, फेसबुक, युट्युब तथा इन्स्टाग्राममार्फत आफूलाई फोलो गर्ने, रेकुलर भिडियोमा लाइक, कमेन्ट तथा शेयर गर्ने दर्शकहरूका लागि यस्ता योजनाहरू ल्याउँदै आएको छ।

हाल ‘सोफा हब काठमाडौं’ को टिकटकमा ५० हजारभन्दा बढी फलोअर्स छन् भने फेसबुक पेजमा ३४ हजार फलोअर्स पुगिसकेका छन्।
१ लाख फलोअर्स पुगेपछि ६५ हजार रुपैयाँ बराबरको अर्को सोफा पनि निःशुल्क उपहार दिइने घोषणा गरिएको छ।

विजेता संगीता खनाललाई सोफा हब काठमाडौं परिवारले बधाई अनि शुभकामना दिएको छ ! तपाईं पनि सहभागी हुन चाहनुहुन्छ भने अहिले नै सोफा हब काठमाडौंलाई टिकटक, फेसबुक, युट्युबमा फोलो गर्नुहोस्, भिडियोमा लाइक, कमेन्ट र शेयर गर्न नबिर्सनुहोस्।

नेपालभर १० वटा शाखा रहेका सोफा हब काठमाडौंमा गुणस्तरीय, टिकाउ र सस्तो मूल्यमा आधुनिक डिजाइनका सोफा तथा फर्निचर उपलब्ध छन्।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिबाट पछि नहट्ने बताएकी छन् ।

मंगलबार भंगालमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले आफू एमालेको राजनीतिमा फर्किएको र अब पछि नहट्ने बताएकी हुन् । आफूलाई रोक्न गरिएको प्रयासको आलोचना गर्दै उनले भनिन्, ‘म सक्रिय राजनीतिमा आइसकेको छु, अब पछि हट्ने कुरा हुँदैन ।’

भण्डारीले कार्यकर्तालाई आतङ्कित पार्ने काम भइरहेको भन्दै अध्यक्ष ओलीको आलोचना गरिन् । ‘अहिले कार्यकर्ताहरूलाई जसरी आतङ्कित पार्ने काम भइरहेको छ, यो ठिक होइन’ उनले भनिन् ।

एमालेको केन्द्रीय कमिटीमा पनि पूर्व राष्ट्रपतिले पार्टी राजनीतिमा लिएको सक्रियता र त्यसको सम्भावित प्रभावमाथि गहिरो बहस भइरहेको छ ।

नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जित कर्णले पार्टी नेताहरूमाथि अनुशासनको डण्डा चलाइएको प्रकरणमा पार्टी सभापतिको कुनै हात नरहेको दाबी गरेका छन्।

प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले अनुशासन समिति कांग्रेसको केन्द्रीय कार्यसमिति भन्दा फरक र अधिकार सम्पन्न भएकोले कसैले प्रमाणसहित उजुरी दिएमा प्रमाणको आधारमा कारबाही गर्न सक्ने बताए।

अनुशासन समितिको कारबाहीलाई केन्द्रीय समितिले अनुमोदन गर्ने/नगर्ने निर्णय गर्ने भएकोले समितिमा छलफल हुन बाँकी गरेको उनले बताए।

उनले देउवा पार्टीको जिम्मेवार नेता भएकाले नेपाली कांग्रेस नफुटाउने ठोकुवा गरे। देउवाकै नेतृत्वमा कांग्रेस सबभन्दा ठूलो पार्टी बनेको उनको भनाइ छ।

त्यस्तै संसदीय दलको नेता बन्न शेखर कोइरालाले सक्रियता बढाएको विषयमा ‘कांग्रेसमा जसको बहुमत छ उसले दलको नेतृत्व गर्ने’ भएकोले बहुमत भए गर्न सक्ने बताए।

उनले भने ‘शेखर दाईसँग संसदीय दलको नेता बन्न कति संख्या छ उहाँलाई नै थाहा होला। यदी उहाँसँग बहुमत छ भने संसदीय दलको निर्वाचन समितिमा दर्ता गर्नुहोला, प्रक्रियामा जानुहुन्छ होला। नेपाली कांग्रेसमा जसको बहुमत छ उसले नेतृत्व गर्नुहुन्छ।’

उनले एमालेसँग गठबन्धन गर्दा गरिएको वाचाअनुसार सरकारले काम गर्न नसकेको भनेर शेखर कोइरालाले उठाएको कुरा जायज रहेको बताए।

उनले अहिले संविधान संशोधन गर्ने र राजनीतिक स्थायित्व कायम गर्ने सवालमा कांग्रेस पनि चुकिरहेको शेखरको निश्कर्षमा आफ्नो समर्थन रहेको उल्लेख गरे।

उनले अब सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्नेमा जोड दिए। उनले शेरबहादुर देउवा आफैं ओली सरकारको कार्यशैलीप्रति सन्तुष्ट नरहेको जिकर गरे। उनले देउवा नेतृत्वको सरकार बनाउदा पहिलो प्राथमिकता एमालेलाई नै दिने बताए। त्यसपछि नभए अन्य विकल्पमा जाने बताए।

‘केपी ओलीजीले आफैंले स-सम्मान नैतिक रुपमा राजीनामा दिएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर ‘देउवाजी तपाईं संविधान संशोधनको नेतृत्व गर्नुस्, अगाडि बढ्नुस् म सहयोग गर्न तयार छु’ भन्नुपर्छ।’

काठमाडौं । मिर्गौला रोगका बिरामीले स्वास्थ्य सेवामा अब साढे आठ लाखसम्मको सहुलियत पाउने भएका छन् । यसअघि विपन्न कार्यक्रममार्फत सरकारले एक लाखको सुविधा दिँदै आएको थियो । कडा रोगका लागेका नागरिकलाई स्वास्थ्य उपचार गर्न आर्थिक सकस परेपछि सरकारले स्वास्थ्य बीमामार्फत थप एक लाख दिने भएको हो ।

उक्त एक लाखको सहुलियत क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया,पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले पाउने भएका छन् । यसअघि स्वास्थ्य बीमामा आवद्ध भएकाले मानिसले नियमित एक लाखसम्मको सेवा पाउँदै आएका थिए । स्वास्थ्य बीमा नियमावली २०७५ सुविधा सम्बन्धीको व्यवस्था अनुरुप थप एक लाख दिइने घोषणा गरिएको हो । नियमावलीमा भनिएको छ,‘ १ साउन २०७६ देखि लागु हुने गरी कडा रोग लागेका बीमितलाई थप एक लाख दिइने छ ।’

तर यसका लागि अनिवार्य रूपमा स्वास्थ्य बीमा भने आवद्ध हुनुपर्ने छ । स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार चिकित्सकले कडा रोग लागेको पुष्टि गर्दै स्थानीय तहलाई सिफारिस गर्नुपर्ने छ । त्यसपछि स्थानीय तहले जिल्ला रहेको स्वास्थ्य बीमा बोर्डको कार्यालयलाई सिफारिस गर्नेछ ।

मल्लका अनुसार पछिल्लो निर्णयको सहुलियत दिन केही प्राविधिक काम भइरहेकाले बीमितले सेवा पाउनका लागि केही हप्ता कुर्नुपर्ने हुन्छ । यसो हुँदा कडा रोगका लागेका मानिसले तीन लाखसम्मको सेवामा सहुलियत हुने भयो । यस्तै सबैभन्दा बढी भने मिर्गौला प्रत्यारोपण गर्ने बिरामीलाई हुने देखिन्छ । किनकि सरकारको राष्ट्रिय कार्यक्रम मार्फत प्रत्यारोपण गर्ने बिरामीलाई ५ लाख ५० हजार दिने व्यवस्था छ ।

अबदेखि मिर्गौलाका बिरामीले ८ लाख ५० हजारसम्मको सुविधा पाउने भएका छन् । उसो त प्रदेश सरकारले पनि कडा रोग लागेका बिरामीका लागि थप सहुलियत दिँदै आएका छन् । मिर्गौला फेल भएपछि उपचारका दुईटा मात्र विकल्प रहन्छन्, डायलासिस र प्रत्यारोपण । मिर्गौैला बिरामीका लागि सबभन्दा राम्रो विकल्प प्रत्यारोपण हो, जुन सहज र सुलभ छैन । प्रत्यारोपण नभइञ्जेल डायलासिस गरेर बाँच्नु पर्छ ।

विज्ञका अनुसार नेपालमा वार्षिक तीन हजार मिर्गौला बिरामी थपिन्छन् । हाल ३५ हजार हाराहारी मिर्गौला रोगी रहेको सरकारी अनुमान छ । प्रत्यारोपण गर्न सहज नहुँदा साताको दुई–तीनपटकसम्म नियमित गराउनुपर्ने डायलासिसमा बिरामीको चाप बढ्दै गएको छ । उसो त, प्रत्यारोपणपछि बिरामीले नियमित रूपमा औषधि सेवन गर्नुपर्ने हुन्छ । जुन सर्वसाधारण नेपालीको पहुँचमा छैन ।

प्रत्यारोपणपछि खाने औषधि महँगो भएकै कारण पनि निःशुल्क प्रत्यारोपण सुविधा हुँदाहुँदै पनि डायलासिसबाटै जीवन लम्ब्याइरहने अवस्था बनेको छ । हाल स्वास्थ्य सेवा विभागको तथ्यांक अनुसार ८ हजार बिरामीले डायलासिसको भरमा जीवन लम्बाइरहेका छन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले विपन्न र बीमाको कार्यक्रमलाई एकै ठाँउमा राखेर जटिल रोग लागेका नागरिकलाई सहुलियत दिने काम भइरहेको बताए ।

काठमाडौं । ठमेलबाट दुई किलो सुन र २४ लाख नगदसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन् ।

ज्याठास्थित चिनियाँ नामको होटलबाट सोमबार साँझ उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कुलिङ पिरियड लागू गर्ने विषयमा कांग्रेसले कुनै कम्प्रमाइज नगर्ने बताएका छन् । निजामती विधेयकबाट कुलिङ पिरियडको व्यवस्था हटाउन राष्ट्रिय सभामा एमालेका सांसदहरूले संशोधन प्रस्ताव राखेकोप्रति उनले आपत्ति जनाएका छन् ।

बीपी कोइराला ४३औं स्मृति दिवसको अवसरमा बीपी फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘गठबन्धनको सरकार बनाउनको लागि एक अर्काको दृष्टिकोण स्वीकार गरेर मात्रै गठबन्धन सफल हुन सक्छ । म जे चाहन्छु त्यही नै हुनुपर्छ भनेर हुँदैन । यसमा प्रधानमन्त्रीले नेतृत्वदायी भूमिका खेल्नु पर्छ ।’

कांग्रेसको जायज दृष्टिकोण प्रधानमन्त्रीले स्वीकार्नु पर्ने बताए । उनले सात बुँदे सहमतिमा संविधान संशोधनको विषय पनि परेको भन्दै ढिलै भए पनि कार्यान्वयनमा लानुपर्ने बताएका छन् । उनले भने, ‘नचाहिने माग कांग्रेसले राख्दै राख्दैन । यसै पनि उदार पार्टी हो, प्रधानमन्त्रीले कांग्रेसको माग सम्बोधन गर्नुपर्छ । कुलिङ पिरियड सर्वसम्मत रूपमा समितिबाट अगाडि बढेको हो । त्यसमा कांग्रेसले कम्प्रमाइज गर्न सक्दैन । लागू हुनुपर्छ । अरू भूमि विधेयकमा पनि समग्र छलफलपछि मात्रै निष्कर्षमा पुग्न सकिन्छ । एकलौटी लाद्ने कुरा स्वीकार्य हुन छैन ।’

यो गठबन्धनको सरकार ०८४ जाने निर्णय गरेर अघि बढेको भन्दै त्यसको प्रभावकारिता बढ्नुपर्ने बताएका छन् । उनले नियुक्तिहरूमा पनि सन्तुलित भएर गर्नुपर्ने भन्दै प्रधानमन्त्रीले ध्यान दिनुपर्ने बताए ।

काठमाडौं । गत वैशाख १ देखि यही साउन ५ गतेसम्म देशभरका विभिन्न क्षेत्रमा भएका विपदजन्य दुई हजार ३२६ घटनामा एक सय दुई जनाले ज्यान गुमाएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती विपद्मा परेर अझै २० जना हराइरहेका छन् । कुल पाँच सय १२ जना घाइते भएका छन्भने चार हजार ३२३ परिवार प्रभावित भएका प्राधिकरणका प्रवक्ता एवं उपसचिव सुरेश सुनारले जानकारी दिए ।

उनका अनुसार मनसुनी विपद्सहितका विभिन्न प्रकारका विपद्जन्य घटनाबाट यसरी जनधनको क्षति भएको हो । बाढीका मात्रै एक सय ५१ घटनामा १३ जनाको मृत्यु र २० जना बेपत्ता भएका छन् । यो धेरैजसो रसुवा बाढीले क्षति पुर्याएको उनले बताए ।

त्यसैगरी पहिरोका दुई सय सात घटनामा नौ र भारी वर्षाका एक सय तीन घटनामा दुई जनाको मृत्यु भएको छ । चट्याङका दुई सय २९ घटनामा २८, सर्पदंशका ६३ घटनामा पाँच, आगलागीका नौ सय ७६ घटनामा १४ जनाको मृत्यु भएको छ ।

यस्तै, हुरीबतासका दुई सय ७३ घटनामा आठ, जनावर आक्रमणका एक सय २१ घटनामा १२, लेक लागेका ३६ घटनामा ११ जनाको मृत्यु भएको पनि उनले बताए । अन्यमा र डढेलोका एक सय ५८ वटा घटना, भूकम्पका चार, डुङ्गा पल्टिएका दुई, असिनापानीका दुई घटना भएको तर मानवीय क्षति नभएको पनि प्राधिकरणले जानकारी दिएको छ ।

ती घटनाबाट सबैभन्दा बढी बाढीले एक हजार २५४ घर प्रभावित बनाएको छ । यस्तै पहिरोले दुई ४१, भारी वर्षाले पाँच सय ४७, चट्याङले दुई सय ६४, सर्पदंशले ७० र आगलागीले एक हजार ८९ परिवारलाई प्रभावित बनाएको पनि प्राधिकरणले जानकारी दिएको छ ।

डढेलोबाट २७, हुरीबतासबाट पाँच सय ३१, जनावरको आक्रमणबाट एक सय ८६, लेक लागेर ३२, डुङ्गा पल्टिएर पाँच, असिनापानी र हुुरीबाट ७७ परिवार प्रभावित भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

सञ्चार वा नेटवर्किङका विभिन्न माध्यमले अल्मल्याउन सक्छन् । पराईसँग व्यवहार गर्दा शब्दहरूको चयन र प्रस्तुतिमा ध्यान दिनुहोला । धनको सहजता देखिए पनि खर्च गर्नुपर्दा होस राखेर चल्नुपर्ने समय छ । आन्तरिक क्षमताको प्रयोग गरी वा मुख र हाउभाउकै माध्यमबाट कुनै विशेष अवसर फुत्काउन सक्नुहुन्छ, अतिरिक्त आम्दानीका लागि मिहिनेत गर्ने दिन हो । सकेसम्म समुचित कार्यका लागि कम बोलेको ठीक हुन्छ, तर बोल्न नपाए पनि हाउभाउ र सङ्केतका आधारमा काम निकाल्न सकिने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सरकारी वा प्रशासनिक समस्या हल हुनेछन्, व्यक्तिगत प्रतिष्ठा र धनधान्यमा पनि बृद्धि हुनेछ, तर अहङ्कार र आडम्बरबाट जोगिनु बेस हुन्छ । बिक्रीबट्टामा बढावा हुने र थप हौसला जाग्ने समय हो । हिसाबकिताबमा देखिएको कमजोरी र त्रुटि सच्याएर अघि बढेमा अझ धेरै फाइदा लिन सकिने छ । आत्मबल र जोसजाँगर बढ्नेछ, घरायसी काम समयमैं टुङ्ग्याइने छ, भावना साटासाट गर्दै पतिपत्नी एकान्तमा रमाउन पाउने र घुमफिरमा निस्कने समय हो ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मनमा दुविधा छ वा बढी थकान र बोझको अनुभूति भएको छ भने आराम गरेर तन्दुरुस्त हुनु जायज हुन्छ । धनको मामिलामा उदासीन बन्नुहुँदैन, त्यस्तै कुनै पनि ठूला निर्णयहरू लिनुहुँदैन । कुनै काम गर्ने हो भने केही समय योजना बनाउनुहोस्, अनुभवी र सिनियर्सको सुझाव ग्रहण गर्नुहोस्, अनिमात्र काम थाल्नुहोस् । बाध्यात्मक काममा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ । समयमा काम गर्न नसक्दा विशेष अवसर फुत्कन सक्छ । आर्थिक सङ्कटले पनि तनाव बढ्नसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

एकअर्काका भावना बुझेर चल्नुपर्ने दिन हो, सहकर्मी वा सहपाठीका बीचमा प्रेम सम्बन्ध रहेको छ भने आजको दिन विशेष दिन बन्नसक्छ । लक्ष्य र उद्देश्यको मूल्याङ्कन र परिमार्जन गर्ने समय हो, नयाँ काम सुरु गर्ने हो भने पहिले योजना बनाउनुहोस्, अनिमात्र प्रयास गर्नुहोला । कारोबारमा राम्रै फड्को मार्ने समय छ, लागी परेमा रोकिएको काम बन्नेछ तर दायित्व र जिम्मेवारी भने बढिरहने समय हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कामधन्दामा मज्जाले खट्नुपर्ने हुन्छ, जीवनसाथीले आफ्‌नो विवशता नबुझिदिंदा झन दिक्क लाग्नसक्छ, तर बृद्धबृद्धाको सद्भाव र सहानुभूति बटुल्न पाइने छ । भाग्य भरोसामा रहने होइन, स्वयं आफूलाई विश्वास गर्ने समय हो, परीक्षाको तैयारी गर्दै हुनुहुन्छ भने उत्तम परिणाम प्राप्त हुनेछ । प्रतिष्ठा बढ्ने दिन हो, वंश, कुल र पितृपक्षका विषयमा आकर्षण देखिने छ, कार्यक्षेत्रमा पनि वरिष्ठ कर्मचारी प्रसन्न रहनेछन् । अझ बृद्धबृद्धा वा मान्यजनको सेवाचाकरी गरेमा भाग्यबल बढाउन सकिने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

परिश्रम र मिहिनेत गरेअनुरूप भाग्यबृद्धि गर्ने दिन हो, धार्मिक वा आध्यात्मिक विषयको कुनै जानकारी प्राप्त गरेमा समेत ज्ञानबृद्धिमा सघाउ पुग्नेछ । शान्त र स्थिर मतिको उदय हुनेछ, परोपकारी समय हो, प्रेम र भाइचारालाई समेत जीवन्त तुल्याउन सकिने छ । ठूलाबडाको सहयोग लिन सके नबन्ने काम पनि बन्नसक्छ । आम्दानीको मार्गमा बढोत्तरी हुनाले जीवनमा नयाँ आयाम थपिने दिन हो । विदेशी परियोजनामा काम गरेमा सुसुप्त चाहनालाई जीवन्त तुल्याउन सकिने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

निरङ्कुश बानी र कडापन तपाईंका कमजोरी बन्न सक्छन् । खानपान र आहारविहारको अनुशासन पालना गरेको जाती हुन्छ । लेनदेनका क्रममा दबाबमा हुनुहुन्छ भने पनि समझौता गर्नुहुँदैन, बरु परिस्थिति विपक्षमा छ भने पुनर्विचार गर्नुहोस्, समय बित्दै जाँदा दैनिकीमा सुधार आउने छ । चिन्तारशङ्का र डरले जरो गाड्नेछ, दिक्क लागेको छ भने बरु एकान्तमा बस्नु वा आध्यात्मिक गतिविधिमा सहभागिता जनाउनु राम्रो हुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सबैको सहयोग प्राप्त हुनाले ताकेको कामबाट छिट्टै फुर्सद पाइने छ र नयाँ काममा हात हाल्ने मानसिकतासमेत बन्नसक्छ । यो रचनात्मक उर्जाले भरिपूर्ण समय हो, प्रियजनसँगको भेटघाटले वातावरण रमाइलो बन्नेछ । नयाँ कामतर्फ अग्रसर भइने छ, आफ्‌नो पुरुषार्थ बढ्नाले प्रतिद्वन्द्वीको मनोबल कमजोर बन्नेछ, आजको केही समय आफन्त वा घरपरिवारका लागि छुट्याउनुपर्ने हुन्छ । मस्ती गर्ने समय हो, पार्टनरको भावनालाई कदर गर्दै आज कतै रेस्टुरेन्ट वा भोजनालयमा गएर समय बिताउनु राम्रो हुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

कार्यालयमा सहयोगी साथीहरू र घरमा परिवारका सदस्यहरूले तपाईंका कुरा नबुझिदिंदा दिक्क मान्न सक्नुहुन्छ, तर आज रिस र आवेगमा नियन्त्रण गरेको असल हुन्छ । भेटघाट र मिलनको समय हो, तथापि मानसिक उलझन र चिडचिडेपन बढ्ने दिन छ, त्यसैले बेकारका कुराकानी र ख्यालठट्टामा कन्ट्रोल गर्नुपर्छ । सम्मान र साख प्राप्त गर्न सकिने सुन्दर दिन छ । नोकरी र व्यवसायिक जीवनमा सुधार आउने तथा प्रतिष्ठाप्राप्ति वा पदोन्नतिको सम्भावना देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मन्दी र नोक्सानीका बारेमा पुनर्मूल्याङ्कन गरी अघि बढ्ने समय हो, नयाँ कामको प्रस्ताव आउनसक्छ, बुद्धिको प्रयोग गरेमा लाभसमेत पाइने छ । प्रेमभाव, शान्त वातावरण, खुसी र सद्भाव कायम रहने राम्रो दिन छ । कनिष्ठ नातेदार वा छोराछोरीका तर्फबाट थप प्रसन्नता पाउन सक्नुहुन्छ । अलि धेरै मिहिनेत गर्नुपर्ने समय हो, किनभने आजको प्रयासले भविष्यका लागि स्कलरसीप, सहुलियत वा विशेष अवसर प्राप्त हुनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

सहकार्य वा साझेदारीको काममा दौडधूप गर्नुपर्ने समय हो, कारोबारमा ध्यानकेन्द्रित हुनसक्दैन, तर पनि आर्थिक सन्तुलन कायम रहने दिन हो । घरपरिवारमा राम्रो देखिन्छ, विभिन्न कुराको लाभ पाउने समय हो, तर कुरा काट्ने र खिसीट्युरी गर्नेहरूको क्रियाकलाप देखेर खिन्न बन्न सक्नुहुन्छ । रमझममा भुलिंदा पढाइ बिथोलिन सक्छ, तर कुनै पाठमा कमजोरी देखिएमा सहपाठी साथीहरू वा शिक्षकको सहयोग लिनु जाती हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

व्यक्तित्व विकासका निमित्त प्रयास गर्ने समय हो । परीक्षारअन्तर्वार्ता आदिमा सफलता हात पर्नेछ, काममा सहयोगीको साथ पाइने समय छ । एकआपसका सुखदुःख एवं चाहना बुझी कार्य गर्ने प्रयास गर्नुपर्छ, एकअर्काका त्रुटिप्रति सचेत हुने र माफ गरी अघि बढेमा सम्बन्ध मजबुत हुनेछ । घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्धलाई सुदृढ बनाउन सम्बन्ध र सम्पर्क राख्ने दिन हो, कार्यक्षेत्रमा खटेबमोजिम लाभ पाउन सकिने छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।