२०८३ बैशाख १९ गते शनिबार
२०८३ बैशाख १९ गते शनिबार

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै कामको दोष नेताको टाउकोमा थुपार्न नमिल्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपाली कांग्रेसको नेतृत्वमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उदारीकरणको नीति लिएको र त्यसबापत धेरै गाली खानुपरेको स्मरण गरे ।

‘केही समस्या छन् भने भन्नुस्, के गर्नुपर्छ सरकारले । हामी सरकारमा छौँ, हामी तयार छौँ, सहयोगका लागि,’ उनले भने, ‘सबै कुराको दोष नेताको टाउकोमा राख्न पाइँदैन नि फेरि । आफू गर्नुपर्‍यो नि । आफू केही नगर्ने अनि हामीलाई दोष दिने ? काम गर्नुपर्‍यो, मेहनत गर्नुपर्‍यो । बिना मिहेनत हुँदैन व्यापार होस् चाहे उद्योग होस् ।’

उनले व्यापार गर्ने, उद्योग खोल्ने काम सरकारको नभएको र त्यसका लागि सहयोग गर्न भने सरकार सदैव तयार रहेको बताए । व्यापारी, उद्योगीहरू मिहेनत नगर्ने अनि सबै दोष नेतामाथि खन्याउने काम बन्द गर्न आग्रह गरे ।

‘नेपाली कांग्रेसको नेतृत्वमा गिरिजाबाबु प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँले नै उदारीकरणको नीति लिनुभएको छ । व्यापार व्यापारीले गर्ने, उद्योग उद्योगपतिले गर्ने भन्ने नीतिअनुसार सारा उहाँले निजीरकण गर्नुभयो,’ उनले भने, ‘यति गाली पाउनुभयो उहाँहरूले, सारा व्यपारीलाई पोस्यो, निजीकरण गरेर सबै सक्यो भने गाली धेरै पाउनुभयो । हामीलाई गाली गर्दै हुनुहुन्छ, हामीले छोएकै छैन ।’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधिएको भन्दै गराइरहेको हस्ताक्षर अभियानप्रति कटाक्ष गरेका छन् ।

आज (मंगलबार) कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले रास्वपाले तीन करोड बढी हस्ताक्षर पुर्‍याउने हो कि भनेर डर लागेको भन्दै कटाक्ष गरेका छन् ।

‘विभिन्न प्रकारका अपराध गर्‍यो अनि सरकारलाई गाली गर्‍यो। सरकार अदालत होइन, अदालतले थुन्छ कि छोड्छ सरकारको हातमा हुँदैन । ठगी गरेपछि अदालतले थुन्छ त हामी के गर्नु! गर्ने बेलामा नचाहिने काम गर्ने, अनि पछि लौ प्रतिशोध ! केको प्रतिशोध ? तथाकथित हस्ताक्षर क्याम्पेन, मलाई डर लागेको छ, तीन करोड माथि हस्ताक्षर क्याम्पेन गयो भने, म उहाँहरूलाई सचेत गराउन चाहन्छु, हस्ताक्षर क्याम्पेन बढ्दै जाँदा तीन करोडभन्दा माथि नपुगोस् है, त्यसभित्रै राख्नुहोला । दुई–चार जनालाई सही गरायो, घरमा गएर दनादन..!,’ उनले भने ।

उनले सभापति रवि लामिछानेको नाम नलिई आफूले उपप्रधानमन्त्री, गृहमन्त्री बनाएको बताए । राजनीतिमा पनि आफूले नै ल्याएको दाबी गरे । ‘मैले ल्याएको राजनीतिमा, केको प्रतिशोध ? के साँध्नु थियो ? असभ्य ढंगले बोलेको छ !,’ उनले भने ।

‘विभिन्न किसिमका अपराध गर्‍याे अनि सरकारलाई गाली गर्‍यो, सरकार अदालत होइन, अदालतले थुन्छ कि छोड्छ सरकारको हातमा हुँदैन, ठगी गरेपछि अदालतले थुन्छ त, गर्ने बेलामा नचाहिने काम गर्ने, गर्ने बेलामा आँखा नदेख्ने, अनि पछि लौ प्रतिशोध, के को प्रतिशोध ?’, उनले प्रश्न गरेका छन् ।

उनले नयाँ दलहरू अर्काले लडेर, निर्वासनमा बसेर, जेलनेल भोगेर, पिटाइ–यातना, क्षति, बलिदान सहेर ल्याएको लोकतन्त्रमा तर मारेको टिप्पणी गरे ।

‘तर माराहरू, व्यवस्था विरोधी तरमाराहरू । तसर्थ भ्रममा नपरिकन, हाम्रो देश हामीले विकास गर्नुपर्छ,’ उनले भने, ‘स्ट्याटस लेख्न पाए भयो । एकछिन बुरुक्क उफ्रिएर गाली गर्न पाए भयो । हाम्रो सभ्यता, सामाजिक सभ्यता, सामाजिक मर्यादा, सामाजिक संस्कृति, यसमाथि ख्याल नगरेर, यसमाथि धावा बोल्न पाए भयो । झूट र भ्रम फिँजाउन पाए भयो । हामी त्यस्ता कुरामा ध्यान दिँदैनौं ।’

जनताको सुरक्षा र आपतकालीन सहायताका लागि प्रयोग हुने नेपाल प्रहरीको इमरजेन्सी नम्बर ‘१००’ भोलि बुधवार चार घण्टाका लागि बन्द हुने भएको छ।

मर्मत सम्भार भन्दै प्रहरीले इमरजेन्सी नम्बर नै बन्द हुने सूचना सार्वजनिक गरेको हो।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले मर्मत सम्भारको कारण देखाउँदै भोली बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म यो सेवा बन्द हुने जनाएको छ।

प्रहरीले सेवा अवरुद्ध अवधिमा सम्पर्क गर्न वैकल्पिक नम्बरहरू प्रहरी कन्ट्रोल कक्षको नम्वर ९८५१२८३०२६, ट्राफिक कन्ट्रोलको नम्वर १०३ वा ९८५१२९५१००, महिला तथा बालबालिका खोज तलास केन्द्र (भृकुटीमण्डप)को नम्वर १०४, जिल्ला प्रहरी परिसर काठमाडौंको नम्वर ९८५१२८३०१२, ललितपुरको ९८५१२८३०१७ भक्तपुरको ९८५१२८३०२० नम्वर प्रयोग गर्न अनुरोध गरेको छ ।

सूचना

 

 

काठमाडौँ । सर्लाही क्षेत्र निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद रामप्रकाश चौधरी र मधेश प्रदेश सभा सदस्य उर्मिला सिंहलाई मंगलबार प्रहरीको भेषमा आएका महिलाले पक्राउ गरे ।

त्यसपछि उनीहरूलाई गाउँलेले हलो जोत्न लगाए । अझ रोचक त महिलाहरू नै हल गोरु बनेर हलो तानेका थिए । लामो समयदेखि वर्षा हुन नसकेपछि ईश्वरपुर नगरपालिका-९ रामनगरका स्थानीयले जनप्रतिनिधिलाई पक्राउ गरेर हली बनाएका हुन् ।

त्यसो त यो स्थानीयले कुनै कारबाही गरेको वा जबर्जस्ती गरेका भने होइनन् । स्थानीय थारु समुदायमा लामो समयसम्म पानी परेन भने गाउँका महाजन, पटवारी र मुखियाजस्ता गन्यमान्यलाई त्यसरी पक्राउ गरी हलो जोत्न लगाउने प्राचीन परम्परा हो ।

सो समुदायमा पूजा गरेपछि इन्द्रदेवता खुसी हुने र पानी पर्ने विश्वास रहिआएको छ । खडेरी पर्दा स्थानीयले सांसद मात्रै होइन वडाध्यक्षलगायतका गन्यमान्यलाई समेत हली बनाएर रोपाइँको नक्कलको अभ्यास गराएका थिए ।

महिलाहरूले दुवै सांसदलाई घरबाटै पक्राउ गरेर खेतमा पुर्‍याएका थिए । हलो जोत्ने क्रममा हलीको भूमिकामा रहेका जनप्रतिनिधिलाई गोरुको भूमिकामा जुवामा नारिएका महिलाले गोरुले झैँ लात्तीले हिर्काउने र रनफन पारेको सांसद चौधरीले बताए ।

मधेश प्रदेशमा लामो समयदेखि वर्षा कम हुँदा सुक्खापन बढेर धान रोपाइँ प्रभावी बनेको छ । “गएराति परेको हल्का वर्षाबाट कृषकलाई केही राहत पुगे पनि रोपाइँका लागि मनसुन अनुकूल नहुँदा बीउ डढेको र रोपिएका धानका रोपो चिराचिरा परिसकेको छ,” सांसद चौधरीले भने ।

कृषि विभागले यही साउन ११ गतेसम्म गत वर्षको तुलनामा सबैभन्दा कम रोपाइँ मधेश प्रदेशमा भएको जनाएको छ ।

विभागका अनुसार गत वर्षको तुलनामा मधेश प्रदेशमा यस वर्ष ४०.१८ प्रतिशत कम रोपाइँ भएको छ । गत वर्ष यस अवधिमा ९२ प्रतिशत रोपाइँ सम्पन्न भएकामा यस वर्ष ५१.८२ प्रतिशत मात्र रोपाइँ भएको हो ।

यस प्रदेशमा तीन लाख ७२ हजार ६४५ हेक्टरमा रोपाइँ हुनेमा हालसम्म एक लाख ९३ हजार ११६.११ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।

मकवानपुर । मुख्यमन्त्री बहादुरसिंह लामा बागमती प्रदेश कांग्रेस संसदीय दलको नेतामा पराजित भएका छन् । आज (मंगलबार) प्रदेश कांग्रेस संसदीय दलमा भएको मतविभाजमा मुख्यमन्त्री लामाले संसदीय दलको नेताको हैसियत गुमाएका हुन् ।

मुख्यमन्त्री लामाका पक्षमा १५ सांसदले मात्र मत दिएका छन् । त्यस्तै इन्द्रबहादुर बानियाँका पक्षमा भने बहुमत अर्थात २२ सांसद देखिए । बागमतीमा मुख्यमन्त्री परिवर्तनका लागि कांग्रेसकै मन्त्रीहरूले राजीनामा समेत दिएका थिए। मंगलबार मात्र खानेपानी, ऊर्जा तथा सिँचाईमन्त्री श्यामबहादुर खड्काले सोमबार दिएका थिए । यसअघि ९ साउनमा प्रदेशका ४ जना मन्त्रीले राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए।

मुख्यमन्त्री लामाले आफ्नो विरुद्धमा हस्ताक्षर गर्ने चार जना मन्त्रीलाई पदमुक्त गरिसकेका छन् । उनले रिक्त चार मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गरी अविश्वासको प्रस्ताव सामना गर्ने रणनीति तय गरेका थिए । तर मंगलबार संसदीय दलको नेतामा पराजित भएसँगै उनलाई मुख्यमन्त्रीबाट राजीनामा दिएर मार्गप्रशस्त गर्न दबाब बढेको छ ।

बागमतीमा रहेका कांग्रेसका ३७ प्रदेश सांसदमध्ये २२ जनाले अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेका छन् । कांग्रेस प्रदेश सभापति तथा प्रदेश सांसद बानियाँको नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता भएको हो । मुख्यमन्त्री लामा र बानियाँ दुवै कांग्रेस सभापति शेरबहादुर देउवा निकट नेता हुन् ।

अविश्वासको प्रस्ताव पारित भएपछि मुख्यमन्त्री समेत रहेका लामाले आफ्नो मन्त्रीहरू सबैलाई नेताले करकापमा पारेको टिप्पणी गरेका छन् । लामाले आफ्नै मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरू असन्तुष्ट हुँदै अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नुमा नेताहरूले करकापमा पारेर गर्न लगाएका बताए ।

अविश्वासको प्रस्ताव पारित भएपछि मुख्यमन्त्री लामाले नेपाली कांग्रेसका नेताहरूले प्रपञ्च रचेर अविश्वासको प्रस्ताव दर्ता गर्न निर्देशन दिएको आरोप लगाए । ‘मैले त सबैलाई मिलाएर जाऔँ भनेकै थिएँ, तर यहाँ त सांसददेखि नेताहरूसम्मले मविरुद्ध प्रपञ्च रचेका रहेछन्,’ लामाले भने, ‘मेरै क्याबिनेटमा बसेका मन्त्रीहरू पनि कसैको जालोमा फसेका रहेछन् । कसैको धेरै प्रेसर पनि रहेछ । सोही कारण उहाँहरूले अर्को पक्षलाई सघाउन तयार बन्नु पर्ने अवस्था आयो ।’ लामाले आफ्नो दलको नेताबाट पद गए पनि मुख्यमन्त्रीबाट भने राजीनामा नदिने बताए ।

हेटौंडा- बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता एवम् मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएका छन् ।

मंगलबार बसेको संसदीय दलको बैठकमा मतविभाजन हुँदा लामाको पक्षमा १५ मात्रै सांसद उभिएका हुन्। उता उनको विपक्षमा २२ जना सांसद उभिएका छन् ।

कांग्रेसबाटै अविश्वासको प्रस्ताव दर्ता भएपछि बागमतीमा सांसद तानातान चलेको थियो । बानियाँले आफ्नो पक्षमा बहुमत सांसद जुटाएपछि लामालाई हटाउने प्रक्रिया अघि बढेको हो ।

शुक्रबार अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने २१ मध्ये २ जना सांसद लामाको पक्षमा उभिए पनि श्यामकुमार खड्कालाई खानेपानी मन्त्रीबाट राजीनामा गराएर बानियाँले आफ्नोतिर तान्दै २२ सांसद जुटाएका हुन् ।

अब नयाँ संसदीय दलको नेताका लागि बुधबार निर्वाचन हुनेछ । उक्त निर्वाचनमा दलको नेता चयन भएमा बानियाँलाई मुख्यमन्त्रीको ढोका खुल्नेछ ।

तर, आफ्नै पार्टीका लामालाई दलको नेताबाट हटाएका बानियाँका लागि प्रदेशसभामा अर्को चुनौती छ । यदि लामाले आफूलाई हटाएको बदला फ्लोर क्रस गरेर लिए भने बानियाँ एक पटक फेरि मुख्यमन्त्रीबाट बञ्चित हुन सक्नेछन् ।

बानियाँ २०७९ को निर्वाचन मकवानपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा (२) मा तत्कालीन माओवादी केन्द्रसहितको सत्ता गठबन्धबाट विजयी भएका थिए । ।

उनले १८ हजार सात सय १६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लालबहादुर थापामगरले १६ हजार नौ सय ३४ मत प्राप्त गरेका थिए । बानियाँले एक हजार सात सय ८२ मतान्तरले जित हात पारेका थिए । उनी यसअघि पनि मुख्यमन्त्रीको दौडमा थिए । तर उनलाई नबनाई कांग्रेसले नुवाकोटका लामालाई अवसर दियो ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट थाकथलो छाडेर सोमबार बेलुका पोखरामा भेटिएका उर्मिला हायूको परिवारका सदस्यबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

उर्मिलासहित उनका परिवारका १६ पोखरा महानगरपालिका–३० गगनगौडामा भेटिएका थिए । उनीहरू गगनगौडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा कोठा भाडामा लिएर बसेका अवस्थामा प्रहरीले फेलापारेको सिसुवा इलाका प्रहरी कार्यालयका प्रमुख श्रवण विकले जानकारी दिए ।

‘हिजो आफन्त र जनप्रतिनिधिको रोहबरमा उहाँहरू जहाँ बसेको हो त्यही रहनुभएको छ, सामान्य सोधपुछ गरेर राखिएको , उनले भने, “उहाँहरू त्यहाँ कोठा खोजेर बस्नुभएको रहेछ ।’

घरमा बिरामी परिराख्ने, केटाकेटी बिरामी हुने र धामीले पनि नबस्न भनेको जनाउँदै उनीहरूले प्रारम्भिक जानकारी दिएका प्रहरी प्रमुख विकले जानकारी दिए । उनीहरूका बारेमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं। नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइँदैछ।

यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ।

“नाग पूजाको प्रचलन वैदिककालदेखि सुरु भएको हो। वैदिक मान्यताअनुसार नागलाई सर्पको ‘राजा’ मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो। बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजका दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ।

आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेष रूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ।

नागपञ्चमीपछि वैदिक सनातनी हिन्दू धर्मावलम्बीका चाडबाडको याम सुरु हुन्छ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

न्यायालयसँग सम्बन्धित काममा अलमल हुनेछ भने न्यायिक निर्णयहरू तपाईँको पक्षमा नआउन सक्छ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरू नै हाबी हुनेछन् । स्वास्थ्यमा आउने समस्याले खर्च बढ्ने योग रहेको छ । आफन्त तथा मावलीसँग सैद्धान्तिक राय बाझिनेछ । तर पनि भौतिक सम्पत्ति तथा बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । शेयर बजारमा तीव्र उतारचढावका बिच नाफा कमाउन सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बौद्धिकताको प्रयोग गरी आफ्नो क्षमतालाई निखार्ने अवसर प्राप्त हुनेछ । मन परेको मानिसबाट छोटो दुरीको यात्राको अफर आउने तथा उपहार प्राप्त हुने योग रहेको छ । आफन्त तथा सन्तानबाट तपाईँले सुरु गरेको काममा सहयोग तथा समर्थन पाइनेछ । बैक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे लाभ लिन सकिनेछ । राम्रा तथा सुखद समाचार सुन्न पाउँदा मन प्रसन्न हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आफन्त तथा आमाको साथ पाइने हुनाले मन प्रसन्न हुनेछ । पढाइ लेखाइ तथा खोजमूलक काममा आन्तरिक यात्रा हुनेछ । माया गर्ने मान्छे पाइने तथा प्रेममा नजिक हुन सकिनेछ । समाजमा सबैलाई चित्त बुझ्दो काम गरी नाम कमाउन सकिनेछ । शेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गरी नाफा कमाउन सकिनेछ । राजनीतिकर्मीका लागी आजको दिन उत्तम रहेको छ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

असजिलो परिस्थितिमा साथ दिनेहरू कमै भेटिनेछन् । कुनै पनि काम गर्दा नियम सङ्गत गर्नुहोला, बलजफती गर्दा समस्या आउन सक्छ । बन्धुबान्धबहरूसँग मनमुटाब बढ्ने तथा छिमेकीहरूसँग विवाद हुने योग रहेको छ । पढाइ लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । छोटो दुरीको यात्रा कष्टकर हुन सक्छ । तर पनि वित्तीय बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । कागज तथा प्रेस सम्बन्धी कामबाट आम्दानी हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

बोलीको प्रभाव बढ्ने हुनाले काउन्सेलिङ तथा मोटिभेसन क्षेत्रमा समय खर्चिनेहरूले मनग्गे धन आर्जन गर्न सक्नेछन् । स्रोत साधन जुट्नाले व्यापार तथा शेयर बजारमा लगानी बढाउन सकिनेछ । आफन्त तथा कुटुम्बबाट सुनिने सुखद समाचारले उत्साह जगाउनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । पढाइ लेखाइमा मन जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

प्रविधिको प्रयोग गरी रचनात्मक काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । नयाँ काम गर्न सकिने तथा सहयोग र समर्थन गर्नेहरू प्रशस्त भेटिनेछन् । व्यापार र शेयर बजारमा लगानी गर्दा नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा सफलता हात पार्न सकिनेछ भने पहिले गरिएका कामहरू उपलब्धिमूलक बन्दै जानेछन् । समाजसेवा तथा राजनीतिमा चासो बढ्ने तथा जनताको काम गर्न सक्दा पद प्राप्तिको योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) 

धार्मिक तथा सामाजिक काममा सक्रिय रहँदा रहँदै दिन बित्नेछ । आर्थिक अवस्था सुदृढ बनाउन गरिएका पेसा व्यवसाय स्वतः स्फूर्त रूपमा सञ्चालन हुने हुँदा दैनिक खर्च सजिलै धान्न सकिनेछ । पढाइ लेखाइमा अलि बढी समय खर्चिने हो भने नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा एक अर्कालाई बुझ्न समय लागे पनि सम्बन्ध प्रगाढ हुनेछ । विदेश यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरूका लागी दिन प्रभावकारी रहनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) 

समयमा अर्थ सङ्ग्रह गर्न सकिने हुँदा तथा आर्थिक अवस्था राम्रो रहने हुँदा अर्थ व्यापारमा लगानी गर्न सकिनेछ । आफ्ना भन्नेहरूले सहयोग गर्ने तथा दाजुभाइहरूको समर्थनमा राम्रा काम गर्न सकिनेछ । वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट राम्रै आम्दानी हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट मनग्गे आर्थिक लाभ लिन सकिनेछ । माया प्रेमको गाँठो कसिलो हुने समय रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । व्यापार तथा शेयर बजारको लगानी फस्टाएर जाने हुनाले मन प्रसन्न हुनेछ । माया प्रेमको डोरो कसिने तथा परिवारका साथ घरमै बसेर मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पढ्ने लेख्ने काममा थोरै समय दिए पनि भनेजस्तो नतिजा हात पार्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

धार्मिक तथा पढाइ लेखाइकै सवालमा लामो दुरीको यात्रा हुनेछ । धर्म तथा अध्यात्म जस्ता क्षेत्रमा रुचि बढ्नेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा बलियो उपस्थिति रहनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ । व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रको लगानी फस्टाएर जानेछ भने व्यापारकै सवालमा देश विदेशको यात्रा हुनेछ । प्रशासनिक क्षेत्रमा गतिलो तथा सम्मानजनक उपस्थिति रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

नसोचेको धन तथा सम्पत्ति प्राप्तिको योग रहेको छ । आफन्त तथा दिदी बहिनीको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । व्यापार तथा शेयर बजारमा उल्लेख्य वृद्धि हुनेछ। शुभ तथा माङ्गलिक समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । कर्म प्राप्तिको निमित्त लामो दुरीको यात्राको तय हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

माया प्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सहज रूपमा बित्नेछ । आर्थिक स्थिति मजबुत हुने तथा व्यापार वा शेयर बजारमा लगानी बढाई मनग्गे आम्दानी हुनेछ । लामो दुरीको मनोरञ्जनात्मक यात्राको तय गरी भरपुर रमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो प्रगति हुने हुँदा मन प्रसन्न रहनेछ । भौतिक वस्तु तथा बिलासी सामानको प्रयोग मार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।