
काठमाडौं । ‘गुण्डा नाइके’ चक्रे मिलन उर्फ मिलन गुरुङको जन्मदिन पाटीबाट पक्राउ परेका १९ जना कम्तिमा ७ दिन हिरासतमा रहने भएका छन् । गए राति काठमाडौं महाराजगञ्जको एक होटलबाट पक्राउ परेका उनीहरुलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो ।
राति ४७ जना समातिए पनि २८ जनालाई प्रहरीले छाडेको थियो । बाँकी १९ जनालाई अभद्र व्यवहारको कसुर गरेको आरोपमा अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै प्रहरीले हिरासतमा राख्न म्याद मागेको थियो । पहिलो पटक अभद्र व्यवहारको कसुरमा अनुसन्धान भएकाहरुको मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था छ ।
काठमाडौंका एसपी कुलदिप चन्दका अनुसार, म्याद थप भएसँगै चक्रे मिलनसहित गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दिप केसी, राहुल खड्कालाई हिरासतमा राखेर अनुसन्धान हुनेछ । त्यस्तै, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही पनि हिरासतमा रहने छन् ।
मध्यराति जन्मदिन पार्टी मनाउने नाममा होहल्ला गरेको भन्दै प्रहरीले उनीहरुलाई समातेको थियो । पक्राउ परेका अन्य कोही होटलमा आएका ग्राहक समेत भएको पाइएको र कतिपय असंलग्न व्यक्ति भएको पाइएको प्रहरीको भनाइ छ । ‘विभिन्न प्रकृतिका मानिसहरु पक्राउ परेका थिए, त्यसमध्ये स्क्रिनिङ गरेर अरुलाई छाडिएको हो’, एसपी चन्दले भने ।
काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि अब १० वर्ष हुने भएको छ ।
सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ । जस अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको लाइसेन्स अवधि ५ वर्षबाट बढाएर १० वर्ष कायम गरिएको हो । ऐनको दफा ५४ को उपदफा ३ मा लाइसेन्स बहाल हुने अवधिबारे उल्लेख छ ।
संशोधित व्यवस्था अनुसार यस्तो अवधि अब १० वर्ष बहाल हुने भएको छ । लाइसेन्स नवीकरणबाट मान्य हुने अवधि समेत अब १० वर्ष पु¥याइएको छ । यसअघि नवीकरण हुँदा मान्य हुने अवधि ५ वर्ष थियो । नयाँ व्यवस्था अनुसार सवारी जाँचपास तथा प्रदूषण परीक्षण केन्द्रमा निजी क्षेत्रलाई समेत अनुमति दिने व्यहोरा उल्लेख छ ।
काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले विभाजन गरेर गल्ती गरिएको बताएका छन्।
इमेज च्यानलमा पत्रकार जगदीश खरेलसँग कुरा गर्दै खनालले एमालेमा विद्रोह गरेर नयाँ दल बनाउँदा त्यसको औचित्य पुष्टि गर्न नसकिएको बताएका हुन्।
उनले एमालेमा पार्टी बनाउँदा रगत, पसिना बगाएको हुँदा अहिले पनि माया रहेको बताएका छन्।
उनले भने, ‘नेकपा एमालेप्रति अनुराग छ, माया छ। त्यो पार्टी बनाइयो। लडाइँ गरियो। जेल नेल खाइयो। अनि माया हुँदैन’
‘ओली होइनन्, म व्यक्तिको पक्षमा जान्न। तर, नेकपा एमाले भनेको एउटा संस्था हो, जो कम्युनिस्ट आन्दोलनको एउटा राम्रो संस्था बनाइएको थियो। त्यो संस्थालाई त्यति बेला छाडेर विद्रोह गर्ने कुरा चाहिँ गलत थियो,’ खनालले थपे।
उनले आफ्ना अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई एकलौटी ढंगले चलाएको समेत आरोप लगाएका छन्। ‘दलका महत्त्वपूर्ण निर्णयमा मलाई संलग्न गराउन छोडिएको छ। यो पार्टी व्यक्तिको बपौति होइन,’ खनालले भने। उनले एमालेबाट विद्रोह गरेर नयाँ पार्टी बनाउने बेला नेपालसँग आधारभूत कुरा मिले पनि अहिले मुलतः सिद्धान्तको कुरामा विमति रहेको बताएका छन्।
आफूले वैज्ञानिक समाजवादको कुरा गरे पनि नेपालले जनताको बहुदलीय जनवाद नछोडेकाले समस्या उत्पन्न भएको उनले बताए। तर, हाल नेपालको कार्यशैली एकलौटी गर्ने खालको भएको हुँदा पार्टीका महत्त्वपूर्ण बैठक र निर्णयमा आफूलाई सहभागी नगराइएको गुनासो गरेका छन्। उनले पछिल्लो समाजवादी मोर्चाको बैठक आफ्नै पार्टी कार्यालयमा हुँदा पनि खबर नगरिएको बताएका छन्। बैठकमा वामदेव गौतमलाई बोलाइए पनि आफूलाई नबोलाइएकोमा खनालको आक्रोश थियो।
उनले नेकपा एस अहिले कुनै पनि दल वा मोर्चासँग एकता गर्ने अवस्थामा नभएको समेत बताएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पार्टी एकताका पहल भइरहेको भन्ने कुरा मिडियाबाट मात्रै थाहा पाइरहेको भन्दै उनले पार्टी कमिटिमा कुनै छलफल नै नभएको बताए।
काठमाडौँ । पूर्व नव युवराज हृदयेन्द्र वीरविक्रम शाहको एउटा ‘भ्लग’ भिडियोको अहिले सामाजिक सञ्जालहरुमा चर्चा भइरहेको छ । हिजो सार्वजनिक भएको उक्त भ्लगको अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले चर्चासहित शेयर समेत गरिरहेका छन् ।
ह्दयेन्द्र हिजो २२ वर्ष पूरा गरी २३ वर्षमा प्रवेश गरे । उनले जन्मदिनको उत्सव तामझामले मनाएनन् । कुनै तस्वीर–भिडिओ सार्वजनिक गरेनन् । तर, आफ्नो जुम्ला यात्राको भ्लग सार्वजनिक गरे । Hri BB Shah नामको फेसबुक आइडीमा उनको भिडिओ हिजो अपलोड भएको छ । भिडिओलाई धेरैले रुचाइएका छन् ।
नेपालका धेरै सुन्दर गन्तव्यहरूमध्ये एक हो, कर्णाली प्रदेशको जुम्ला । जुन जिल्लाले हालै एक ‘विशेष’ पाहुनालाई स्वागत गर्यो । पूर्व नव युवराज हृदयेन्द्र शाह जुम्लामा पुगेर त्यहाँको प्राकृतिक सौन्दर्य, सांस्कृतिक रीतिरिवाज र स्थानीय जीवनशैली साक्षात्कार गर्दै रुचीसाथ त्यहाँका बारेमा जानकारी लिएका छन् ।
हृदयेन्द्रको यात्रा तिला नदीको किनारबाट सुरु हुन्छ, जुन कर्णाली नदीको एक प्रमुख सहायक नदी हो । शान्त र सुन्दर नदीको किनारमा बसेर उनले भने, ‘आज म जुम्लामा छु, जुन कर्णालीमा पर्छ । नेपालमा घुम्नका लागि धेरै ठाउँहरू छन् र यो तीमध्ये एक हो ।’
यात्राका क्रममा हृदयेन्द्रले स्थानीयवासीहरूसँग खुलेर घुलमिल र भलाकुसारी गरेका छन् । एक स्थानीय युवाले उनलाई जुम्लाको महत्वबारे बताउँदै भने, ‘नेपाली भाषाको जन्मस्थान सिञ्जा यहीँ पर्छ । जुम्ला अर्गानिक स्याउ र मार्सी चामलका लागि विश्व प्रसिद्ध छ।’ उनले रारा र शे–फोक्सुन्डो ताल जस्ता पर्यटकीयस्थलको प्रचुर सम्भावना हुँदाहुँदै पनि कर्णाली राजमार्गको स्तरोन्नति नहुँदा विकासमा पछि परेको यथार्थ सुनाएका छन् ।
हृदयेन्द्रले स्याउ फार्मको पनि भ्रमण गरे, जहाँ उनले २०२४ सालमा स्थापना भएको उक्त फार्मले काश्मीर र हिमाचलबाट स्याउका बिरुवा ल्याएर कर्णालीभरि स्याउ खेती फैलाउन महत्वपूर्ण भूमिका खेलेको विषय थाहा पाए ।
जुम्ला बजारमा घुम्दै गर्दा हृदयेन्द्र एक कफी पसल, ‘ब्ल्याक स्टोन बेकरी’मा पुगे ।
त्यहाँ उनको भेट काठमाडौँबाट फर्केर ८ वर्षदेखि जुम्लामा बेकरी चलाइरहेका एक युवा उद्यमीसँग भयो । दुर्गम ठाउँमा पनि आफ्नै सीप र लगानीले केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका ती युवाको कथा सुनेर हृदयेन्द्र प्रभावित भए । ती युवाले आफैले बनाएको चिजकेक चखाउँदा हृदयेन्द्रको अनुहारमा खुशी देख्न सकिन्छ ।
उनको यात्रा कर्णाली प्राविधिक शिक्षालयसम्म पनि पुग्यो, जहाँ उनले विद्यार्थीहरूसँग भलाकुसारी गरे । सिभिल इन्जिनियरिङ पढिरहेका एक विद्यार्थीले भने, ‘यो कलेजले उत्पादन गरेका जनशक्तिले सजिलै सरकारी जागिर पाउँछन्।’ यसले जुम्लामा शिक्षा र रोजगारीको आशा कसरी जीवित छ भन्ने देखाउँछ ।
हृदयेन्द्र डाँडामा रहेको बौद्ध गुम्बामा पनि पुगे, जहाँबाट पूरै जुम्ला उपत्यकाको मनमोहक दृश्य देख्न सकिन्थ्यो । त्यहीँ उनको भेट स्थानीय युवती पञ्चकली बुढासँग भयो । उनले हृदयेन्द्रलाई स्वागत गर्दै जुम्लाको मौलिक गीत गाइन्, जसको शब्दमा जुम्लाको धान र कर्णालीको दुःखको कथा लुकेको थियो ।
जुम्लाकी छोरी पञ्चकलीसँग ह्दयेन्द्रको लामो कुराकानी भएको छ । कुराकानीकै क्रममा पञ्चकलीले नेपाल समृद्ध कहिले होला ? भनेर ह्दयेन्द्रलाई जिज्ञासा समेत राखेकी छन् ।
भिडियो शेयर गर्दै हृदयेन्द्रले पनि फेसबुकमा लेखेका छन्, ‘प्राकृतिक सौन्दर्यले भरिएको जुम्लाको कुना–कन्दरामा पाइला टेकेँ, जहाँ सरल तर आत्मीय मानिसहरूको मायाले मन छोयो । यो यात्रा केवल स्थानको मात्र होइन, भावना, संस्कार र नेपालीपनको गहिरो अनुभव थियो । जुम्ला, तिमीले देखाएको न्यानो मायाको लागि धन्यवाद ।’
हृदयन्द्र जुम्लामै रहेको कर्णाली प्राविधिक शिक्षालयको भ्रमणमा पनि गएका थिए । यो शिक्षालय हृदयन्द्रका जिजुबुवा स्व. राजा महेन्द्रले २०३७ सालमा स्थापना गरेका हुन् । त्यहाँ सिभिल इन्जिनियरिङ पढिरहेका उपाध्याय थरका युवकसँग पनि हृदयन्द्रको साक्षात्कार भएको थियो ।
उपाध्यायले हृदयन्द्रलाई शिक्षालयको भ्रमण गराउँदै सबै जानकारीहरु दिए । पूर्व नव युवराज हृदयन्द्र गत जेठ महिनामा आफ्नी आमा हिमानीसँग जुम्लाको भ्रमणमा गएका थिए । अमेरिकामा बसेर पढिरहेका उनी छुट्टिमा नेपाल आउँदा यो भ्रमणको चाँजो मिलेको हो । भ्रमणका केही गतिविधि हृदयन्द्रले आफ्नो भिडिओमा समेटेका छन् ।
काठमाडौँ । प्रहरीले ठमेल र महाराजगञ्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार मध्यराति अप्रेसन चलाउँदै गुण्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) सहित ४७ जना बढीलाई पक्राउ गरेको छ।
चक्रे मिलनको ‘बर्थडे पार्टी’ मा गुण्डागर्दीमा संलग्न व्यक्तिहरु भेला भएको सूचनाको आधारमा प्रहरीले अप्रेसन चलाएको थियो । सादा पोशाकमा काठमाडौं प्रहरी परिसर र उपत्यका अनुसन्धान कार्यालयको टोलीले संयुक्तरुपमा अप्रेसन चलाएका थिए ।
चक्रे मिलन महाराजगञ्जस्थित साम्बाला होटलबाट पक्राउ परेका छन् । उनी यसअघि २०७४ वैशाख २६ मा पनि महाराजगन्जबाट पक्राउ परेर छुटेका थिए । गुण्डागर्दीमा संलग्नहरूलाई नियन्त्रणमा लिन काठमाडौँका एसएसपी विश्व अधिकारी बिहीबार रातभर सक्रिय थिए ।
महाराजगञ्ज र ठमेल क्षेत्रबाट अवैध काममा संलग्नहरूलाई नियन्त्रणमा लिइएको उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङले जानकारी दिएका छन् । प्रहरीले साउन १५ मा बिहान ३ बजेतिर ठमेलको दोहोरी साँझबाट गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइलाई पक्राउ गरेको थियो । नर्सिङ चोक स्थित नगरकोट दोहोरीमा अर्को समूहसँग झगडा गरेपछि उनी पक्राउ परेका हुन् ।
नुवाकोटको ककनी गाउँपालिका–५ घर भएर टोखा स्थित सूर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुभाइ कुमार श्रेष्ठ ‘घैंटे’ का सहयोगी हुन् । कुमार ‘घैंटे’ प्रहरी इन्काउन्टरमा मारिएका थिए । पक्राउ परेकाहरूलाई स्क्रिनिङ गरेर थप अनुसन्धान गरिने प्रहरी अधिकृतहरू बताउँछन् ।
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाइएको छ ।
तर, डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर २ रुपैयाँले बढाइएको छ । समायोजित मूल्य बिहीबार मध्यराति देखि लागू हुनेछ ।
त्यसैगरी, हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर ३ रुपैयाँले मूल्यवृद्धि गरिएको छ । अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर २१ अमेरिकी डलरले मूल्य बढेको छ । एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।
.jpg)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मातृ सुखमा प्रभाव पर्ने समय भएकाले घरमा सम्पर्क राखी आमाको स्वास्थ्यस्थितिबारे जानकारी लिनु ठीक हुन्छ, सहकर्मीसित असमझदारी बढ्नाले तनावको स्थिति बन्नसक्छ । सहकार्य वा साझेदारीको काममा दौडधूप गर्नुपर्ने समय हो, कारोबारमा ध्यानकेन्द्रित हुनसक्दैन, तर पनि आर्थिक सन्तुलन कायम रहने दिन हो । कामधन्दामा एक्लै खट्नुपर्ने दिन हो । आशा देखाउनेहरूले पनि सहयोग गर्ने परिस्थिति बन्दैन, अतः व्यस्त रहँदारहँदै दिन बितेको पत्तो पाइने छैन ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यवहारिक चिन्ता बढ्ने दिन हो, जीवनसाथीसँग कतै घुमघाममा जाने वा किनमेलमा निस्कने योजना बनाउनुहोस्, यसबाट तपाईंको निरस जीवन स्वस्थ बन्नसक्छ । कमीकमजोरी र असफलताहरू पन्छाउँदै क्षमताअनुरूप परिश्रम गर्नुहोस्, लक्ष्यप्रति केन्द्रित भएर लागी परेमा ठूलो सफलता पाउने दिन हो । जुनियर स्टाफ वा सँगीसाथीको क्रियाकलापले तपाईंको चिन्ता बढ्नसक्छ, तथापि आफ्नो क्षमता र प्रतिभाअनुसार अवसर मिल्ने दिन हो, उन्नतिपथका हरेक विघ्नबाधा पन्छाउँदै एउटा छुट्टै पहिचान कायम राख्न सफल भइने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धन, मान र प्रतिष्ठा बढ्ने दिन हो । चाहेको जिम्मेबारी पाउनुका साथै प्रशंसा र पुरस्कार प्राप्तिको योग छ । आनन्द वा मनोरञ्जनमा भन्दा पनि कार्यक्षेत्रमा व्यस्त रहने दिन हो, व्यस्तताका बारेमा सुरुमा नै बताएर लवमेटको मन राख्न सकिने छ । पारिवारिक वातावरण राम्रै छ, रोकिएको धनमाल वा पारिश्रमिक प्राप्त हुनेछ, आज अरुलाई सम्मान गर्ने तथा आफूले पनि प्रतिष्ठा पाउने दिन हो ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जनसम्पर्क, सार्वजनिक सम्बन्ध वा नेटवर्किङका माध्यमबाट आयस्रोतमा बढोत्तरी हुनेछ, परिस्थिति बुझेर स्थिर सम्पत्ति वा सेयर कारोबारमा चासो राख्नु ठीक हुन्छ । धर्मकर्म वा परोपकारी काममा खट्नु पर्नेछ । समाज र छरछिमेकका काम गर्दा मानसम्मान पाइएला, तर घरपरिवारमा समय दिन नपाउनाले ठास्सठुस्स बढ्ने समय हो । आजको दिन तपाईंको आफ्नै हातमा छ, प्रयास गरेमा राम्रो उपलब्धि हासिल हुने तथा अल्छी गरेमा सुनौलो अवसर पनि गुम्नसक्ने समय हो ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शरीरमा थकान र उत्साहमा कमी आउने समय छ, तथापि आफूलाई सक्दो प्रसन्न बनाउन प्रयास गर्नुपर्छ, किनभने आज आफ्ना लागिमात्र होइन, आफन्तका निमित्तसमेत तपाईंको दृढता र हौसला आवश्यक देखिन्छ । लक्ष्यप्रति ध्यानकेन्द्रित नहुने समय छ, चोटपटक वा दुर्घटनाबाट बच्न सावधानी अपनाउनु ठीक हुन्छ, अनि आज कार्यक्षेत्रको बोझ घरमा लिएर जानु हुँदैन । ससाना कुरामा मन आत्तिने दिन हो, उता समय एवं परिस्थिति अनुकूल भए पनि बाध्यतामा खुम्चनु पर्दा इच्छा पूरा हुन सक्दैन ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ कामतर्फ अग्रसर भइने छ, आफ्नो पुरुषार्थ बढ्नाले प्रतिद्वन्द्वीको मनोबल कमजोर बन्नेछ, आजको केही समय आफन्त वा घरपरिवारका लागि छुट्याउनुपर्ने हुन्छ । घुमघाममा निस्कने वा एकान्तमा बसेर रमाउन पाइने सुन्दर दिन छ, लवमेटको खोजीमा हुनुहुन्छ भने नयाँ प्रस्ताव आउने छ । जीवनसाथी वा आत्मीय मित्रको स्वास्थ्यमा समस्या देखिने वा सम्बन्धमा तिक्तता आउन सक्ने समय देखिन्छ । साझेदारीको काम छ भने अर्कालाई नसुम्पनु ठीक हुन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनमा लुकेका भ्रम र चिन्ता बाहिरिने समय हो, अनावश्यक चिन्तामा रुमल्लिने हुँदा अपेक्षा गरेअनुरूप समयमा काम सिध्याउन मुस्किल पर्ला । प्रतिस्पर्द्धा र परीक्षामा सफलता पाउने दिन हो, तर राम्रो रिजल्टको चाहना छ भने गोप्य ढंगले तैयारी गरेको राम्रो हुन्छ । प्रकृतिमा समय बिताउँदा छटपटी र निराशाको अन्त्य हुनेछ, आज हरेक व्यवहारमा आफन्तको इच्छा र चाहनालाई बेवास्ता गर्नु हुँदैन, किनभने परिवार भनेको आधारभूत पक्ष हो, सुखसुविधा भनेको केवल साधनमात्र हो ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सँगीसाथीसँग रमाउन पाउँदा दिन बितेको पत्तो पाउनुहुन्न । आज व्यक्तिगत खुसीका लागि लवमेटसित कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ । पठनपाठनमा ध्यानकेन्द्रित नहुन सक्छ । परिस्थिति र वातावरण विपक्षमा रहनाले बौद्धिक क्षमता हुँदाहुँदै पनि चाहेको उपलब्धि प्राप्त गर्न सकिंदैन । मन्दी र नोक्सानीका बारेमा पुनर्मूल्याङ्कन गरी अघि बढ्ने समय हो, नयाँ कामको प्रस्ताव आउनसक्छ, बुद्धिको प्रयोग गरेमा लाभसमेत पाइने छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
तालमेल र पारदर्शिता राखेर सम्बन्ध राख्नु ठीक हुनेछ, ससाना कुरा पनि लुकाउने वा छल्ने काम गर्नु हुँदैन, नत्र विश्वासको सङ्कट हुनसक्छ । अल्छीलाग्दो समय छ, तर पनि आज अकर्मण्य र लक्ष्यहीन बन्नु हुँदैन, नत्र सामान्य गल्तीले पनि ठूलो नोक्सानी व्यहोर्ने परिस्थिति बन्नेछ । सानोतिनो यात्रामा जानुपर्दा व्यापारमा ध्यानकेन्द्रित हुनसक्दैन । दण्ड वा जरिवानामा पर्न सकिने वा कुनै कानूनी बाधाअड्चन व्यहोर्नुपर्ने हुन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दार्शनिकता र चिन्तन प्रति झुकाव बढ्नेछ, कुनै समसामयिक विषयका बारेमा साथीहरूसँग छलफल गर्ने र गम्भीर भएर जानकारी बटुल्ने दिन हो । दाजुभाइ, दिदीबहिनी वा छरछिमेकीको सहयोग गर्ने हुँदा केही समय बित्नसक्छ । आज व्यक्तिगत पहिचान र प्रतिष्ठा एवं व्यवसायिक स्तरोन्नतिका लागि चालेको हरेक कदमले सफलताको शिखर चुम्नसक्ने दिन हो । व्यक्तित्व विकासका निमित्त प्रयास गर्ने समय हो । परीक्षा÷अन्तर्वार्ता आदिमा सफलता हात पर्नेछ, काममा सहयोगीको साथ पाइने समय छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परीक्षा वा प्रतियोगिताका दृष्टिकोणले अनुकूल दिन छ । कुनै नौलो विषयको जानकारी लिएमा भविष्यमा राम्रो उपलब्धि लिन सकिने छ । आर्थिक पक्ष सुदृढ रहनुका साथै विभिन्न स्रोतबाट आम्दानीमा बृद्धि राम्रो समय छ । कार्यक्षेत्रमा पनि बोली र कामको कदर हुने वेला हो । पारिवारिक माहौल पनि आनन्दप्रद देखिन्छ । आन्तरिक क्षमताको प्रयोग गरी वा मुख र हाउभाउकै माध्यमबाट कुनै विशेष अवसर फुत्काउन सक्नुहुन्छ, अतिरिक्त आम्दानीका लागि मिहिनेत गर्ने दिन हो ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
गम्भीर स्वभावको उदय हुने समय छ । एक्लै बस्न र रमाउन मनपर्छ । पारिवारिक जीवन सुखद हुनेछैन । आशावादी हुनु निराशावादी हुनुभन्दा राम्रो हुन्छ । बिक्रीबट्टामा बढावा हुने र थप हौसला जाग्ने समय हो । हिसाबकिताबमा देखिएको कमजोरी र त्रुटि सच्याएर अघि बढेमा अझ धेरै फाइदा लिन सकिने छ । सम्बन्धलाई बलियो बनाउन मायाका दुई अक्षर र एउटा मुस्कानमात्र प्रशस्त हुन्छ, त्यसैले जे गर्नुहुन्छ, मनैदेखि गर्नुहोस्, दिन राम्रो बन्नेछ ।




