रौतहटमा बन्द सुटकेसभित्र मृत अवस्थामा भेटिएकी रुबी साहको हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ।
जलेको अवस्थामा प्रहरीले पक्राउ गरेका उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको हो।
पासवानले आफैंले डिजेल खन्याएर शरीरमा आगो लगाएको अवस्थामा फेला परेका थिए। उनलाई माधवनारायण नगरपालिका–६, माधोपुर पछाडिको आँपको बगैंचा–बिसुनपुरवा मानपुर जाने बाटोमा आगो लगाएको अवस्थामा स्थानीयले भेटेपछि प्रहरीलाई खबर गरेका थिए।
आत्मदाह गर्नु अघि बनाएको भिडियोमा पासवानले रुबीको हत्या गरेको स्वीकार गरेका थिए।
सामाजिक सञ्जालबाट चरित्रहत्या र गाली बेइज्जती कसुरमा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा छुटेका छन् ।
विद्युतीय अपराधको उजुरीका आधारमा पक्राउ परेका उनलाई हाजिरी जमानीमा छाडिएको साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले बताए ।
विद्युतीय अपराधको उजुरीका आधारमा प्रहरीले जिल्ला अदालत, काठमाडौंमा पक्राउ पुर्जीका लागि अनुरोध गरेको थियो ।
त्यसपछि अदालतले भदौं ९ गते नै महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । बुधबार ब्यूरोमा उपस्थित भएका महरलाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरीले म्याद थप गर्न जिल्ला अदालत, काठमाडौं ल्याइएको थियो ।
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् ।
विद्युतीय अपराधको उजुरीका आधारमा बुधबार जिल्ला अदालत, काठमाडौँले महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ परेका महरमाथि थप अनुसन्धानका लागि प्रहरीले म्याद थप गर्न अहिले जिल्ला अदालत, काठमाडौँ लगेको छ ।
महरविरुद्ध साइबर ब्युरो भोटाहिटीमा चरित्रहत्या र गाली बेइज्जतीको उजुरी परेको थियो ।
काठमाडौं । रुबीकुमारी साहको हत्या आरोपमा पक्राउ परेका लक्ष्मण पासवानले हत्या स्वीकार गरेका छन् । शरीरमा आगो लगाएर घाइते भएको अवस्थामा पक्राउ परेका पासवानले रुवीको हत्या आफूले गरेको स्वीकार गरेका हुन् ।
बुधबार प्रहरीले पासवानलाई रौतहटको गौर नागरपालिका–९ स्थित सिरसियाबाट नियन्त्रणमा लिएको हो । गौरकै पासवानले रुवीलाई आफूले बस्दै आएको कोठामा शनिबार हत्या गरेर सुटकेसभित्र शव राखेर सडकमा फालेका थिए । पासवानले बुधबार आफूले पनि आत्महत्या गर्ने प्रयास गरेका थिए । पासवानले छातीको दाहिनेतिर रुवीकै तस्वीरको ट्याटु बनाएका छन् । दाहिने हातमा रुवीकै नाममा ट्याटु खोपेका छन् ।
उनले आफूले रुवीलाई मन पराए पनि परिवारले अर्कै केटासँग विवाह गरिदिएको दाबी गरेका छन् । रुवीको हत्यापछि उनले भिडिओ रेकर्ड गरेर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । पासवान विवाहित हुन् । उनकी पत्नी घरमै छिन् । रोजगारीका लागि मलेसिया गएका उनी केही समय पहिले मात्र फर्किएका थिए ।
आफ्नै शरीरमा आगो लगाएको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । आगो लागाउनुअघि पासवानले रुवीको हत्याबारे केही कारण समेत खुलाएका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको भिडियो रेकर्डमा उनले भनेका छन्, ‘स्कुल पढ्दादेखिकै हाम्रो प्रेम सम्बन्ध थियो । आठ कक्षादेखिको प्रेम सम्बन्ध म गरिब भएकै कारण टुट्यो । मेरो प्रेम सम्बन्ध उजाडिनुमा रुवीकै आमाको भूमिका छ ।’
पासवानले आफ्नो भिडिओमा रुबी प्रेमिका मात्र नभएर श्रीमती नै भएको दाबी गरेका छन् । आफूहरूले नेपाल र भारत दुवैतिर अदालती विवाह गरेको उनको भनाइ छ । तर रुबीकी आमाले आफूहरूलाई छुटाएको पासवानले बताएका छन् ।
रुबीको हत्याअघि आफूहरुबीच लामो कुराकानी भएको र दुवै जना बाँच्न नसक्ने अवस्थामा पुगेको समेत उनको भनाइ छ । पासवनले भिडिओमा भनेका छन्, ‘म दोषी हुँ । तर म भाग्दिनँ । जेलमा बस्न पनि सक्दिनँ । म मर्छु । मेरो प्राण त गइसकेको छ । ऊ त्यहाँ पर्खिरहेकी छे । भन्छे, ‘कब आउँछस् ?’ आज मेरो मन छ, त्यहाँ पुगेर भेटौँ । किनभने मेरो प्राण त्यहीँ छ ।’
हत्याको अवस्थामा भने विभिन्न पटक भएको भेटमा मनमुटाब हुँदा मर्छु भन्ने कुरा गर्न थालेपछि आफैले हत्या गरेको उनले बताएका छन् । घटनापछि फरार रहेका पासवानले बुधबार भने प्रहरीले सजाय दिनुभन्दा कठोर सजाय आफूले आफैलाई दिने र प्रेमको परिभाषा स्थापित गर्न आत्महत्या गर्ने प्रयास गरेको बताएका छन् ।
आगो लागेका पासवानको अवस्था पनि गम्भीर देखिएपछि प्रहरीले उनलाई थप उपचारका लागि काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल पठाएको छ । ‘उनको शरीर जलेको छ, सामान्य बोल्न सक्ने अवस्थामा छन्’, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले भने, ‘सुरुमा स्थानीय अस्पतालमा लगको थियौँ, यहाँ उपचार नहुने भएपछि काठमाडौँ पठाइएको छ ।’
२६ वर्षकी रुवी सामान लिन गौर जान्छु भन्दै आमा र छोरालाई डेरामा छाडेर निस्किएकी थिइन् । भारतको मुजफ्फरपुरका शिवसागर सुडीसँग विवाह गरेकी रुवी छोरो पढाउनकै लागि रौतहटमा डेरा लिएर बस्दै आएकी थिइन् । उनको १३ वर्ष पहिले नै विवाह भएको थियो ।
तर लक्ष्मण पासवानसँग पनि पहिलेदेखि नै सम्पर्कमा रहेको खुलेको छ । त्यस दिन पनि उनी लक्ष्मणलाई भेट्न गएकी थिइन् । त्यही क्रममा हत्या भएको खुलेको छ । प्रहरीले भने पासवानको उपचारपछि मात्रै बाँकी अनुसन्धान अगाडि बढ्ने जनाएको छ ।
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका निकायका प्रमुखसँग आर्थिक–२०८२ र ८३ को कार्यसम्पादन सम्झौता गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र मन्त्रालय अन्तर्गतका तीन सचिवबीच तथा सचिव र महानिर्देशकबीच आज मन्त्रालयमा सम्झौता भएको हो।
ऊर्जा मन्त्रालयमा आज भएको कार्यक्रममा मन्त्री खड्का र ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी र जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव दिनानाथ मिश्रबीच सम्झौता भएको हो।
ऊर्जामन्त्री दीपक खड्काले पाँच दिनपछि घर जान लागेका सचिवसँग पनि उनले सम्पादन गर्नुपर्ने कार्यहरूको सूचीसहित सम्झौता गरेका छन्। ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य ५८ वर्षे उमेर हदका कारण यही भदौ १५ गते अवकाशमा जाँदैछन्। कतिपय प्रशासकले त अवकाशको मुखमा एक दिनअघि भए पनि राजीनामा दिने प्रचलन छ।
तर, आचार्यले भने मन्त्रीसँग वर्षभरि गर्ने कामहरूको सूचीमा हस्ताक्षर गर्दै सम्झौता आदान–प्रदान गरेका छन्। यस्तै जलस्रोत तथा सिँचाइ सचिव दवाडी र जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इञ्जिनियर मित्र बरालका बीचमा मन्त्री खड्काको उपस्थितिमा कार्यसम्पादन सम्झौता भएको छ। कार्यक्रममा ऊर्जामन्त्री खड्काले गत वर्ष गरेको कामको अनुभवका आधारमा कार्यसम्पादनमा उल्लेख भएभन्दा धेरै काम गर्न सकिने बताए।
उनले भने, ‘कुन आयोजनाको अवस्था के छ, आयोजना निर्माणमा के समस्या छन्, त्यसमा अलि चासो र समन्वय आवश्यक छ, रिपोर्टिङका लागि अनलाइन सिस्टम जडान गरौं, प्रत्येक हप्ताको रिपोर्ट लिऊँ।’ यसअघि गत साउन २९ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री खड्काबीच कार्यसम्पादन सम्झौता भएको थियो।
जलस्रोत तथा सिँचाइ सचिव दवाडीले आज भएको कार्यसम्पादन सम्झौताअनुसार कामको मूल्याङ्कन हुने भएकाले नतिजा देखिने गरी काम गर्नुपर्ने बताइन्। जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इञ्जिनियर बरालले शतप्रतिशत प्रगति हासिल हुने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे।
जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मिश्रले कार्यसम्पादन सम्झौतालाई कार्यान्वयनमा लैजानुपर्ने बताए। उनले संस्थाले लिएको उद्देश्यलाई परिपूर्ति गर्न सबै लाग्नुपर्ने उल्लेख गरे। कार्यक्रममा ऊर्जासचिव आचार्य र जलस्रोत तथा सिँचाइ सचिव दवाडीले मन्त्रालयका विभिन्न महाशाखाका प्रमुख तथा मन्त्रालयअन्तर्गतका विभिन्न विभागका महानिर्देशकसँग कार्यसम्पादन सम्झौता गरेका थिए।
काठमाडौँ । पर्सामा वीरगञ्ज महानगरपालिकापछि पोखरी उपमहानगरपालिका पनि हैजा संक्रमण पुष्टि भएको छ ।
अस्पतालका अनुसार मंगलबार तीन जनामा हैजा संक्रमण पुष्टि भएको हो । झाडापखाला लागेर अस्पताल आएका एक बालक र दुई जना पुरुषमा हैजा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
तीन जना मध्ये एक जनालाई थप उपचारका लागि वीरगञ्ज लगिएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार हैजाको संक्रमण पुष्टि भएका तीनै जना बिरामी वीरगञ्जमा बस्दै आएका र केही दिन अघि मात्रै उनीहरू पोखरीया आएका थिए ।
अस्पतालमा दैनिक सात जना भन्दा बढी झाडापखालाका बिरामी उपचारका लागि अस्पताल आउने गरेको अस्पतालले जनाएको छ ।
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको रिटमा कैफियत प्रतिवेदन झिकाउन उच्च अदालतले आदेश दिएको छ । आज उच्च अदालत तुलसीपुर, बुटवल इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको हो ।
रविले सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहित उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा निवेदन दायर गरेका हुन् । यसअघि जिल्ला अदालतले रिहा गर्न अस्वीकार गरेसँगै उनी उच्च अदालत पुगेका हुन् । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा लामिछाने चैत २५ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।
यसअघि जिल्ला अदालत रुपन्देहीमा सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहितको मुद्दा अस्वीकार भएसँगै लामिछाने उच्च अदालत पुगेका हुन् । जिल्ला अदालतले बिगोलाई आधार मान्न नसकिने भन्दै उनलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश गरेको थियो । सोमबार उच्च अदालत बुटवलमा परेको मुद्दामा आजका लागि पेशी तोकिएकोमा न्यायाधीश विष्टको एकल इजलासमा परेको थियो ।
अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले लामिछानेको मुद्दा न्यायाधीश विष्टको एकल इजलासको परेको र कैफियत प्रतिवेदन माग भएको जानकारी दिएका छन् । बुधवार लामिछानेको तर्फबाट अधिवक्ता महेन्द्र पाण्डे र बाबुराम पाण्डेले बहस गरेका थिए । उच्च अदालतले मिसिल माग गरेपछि एक साताभित्रमै आइपुग्ने र अर्को बहस हुने कुँवरले जानकारी दिए ।
लामिछाने पत्नी निकिताले सोमबार श्रीमानको तर्फबाट उच्च अदालत बुटवलमा बिगो तोके बराबरको बैंक जमानत लिएर जेल बाहिरबाटै मुद्दा लड्न दिनुपर्ने मागसहित रिट दायर गरेकी थिइन् । आज निवेदनमाथिको प्रारम्भिक सुनुवाइसँगै जिल्लाको मिसिल माग भएको हो । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछाने विगत ४ महिनादेखि थुनामा छन् । हाल लामिछानेलाई रुपन्देहीबाट नख्खु कारागारमा राखिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति जनताको भरोसा पुनः बढ्दो क्रममा रहेको बताएका छन्।
कर्णाली प्रदेशको पूर्ण बैठकमा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पछिल्ला विभिन्न निर्वाचनहरूमा कांग्रेस एमाले मिल्दा समेत माओवादी केन्द्र निकट उम्मेदवारहरूको विजयले जनविश्वास पुनः प्राप्त हुँदै गएको प्रस्ट भएको उल्लेख गरे ।
उनले स्थानीय तह, स्ववियु, पत्रकार महासंघ लगायत हालै सम्पन्न नेपाल पर्वतारोहण संघको निर्वाचनमा माओवादी केन्द्र निकट उम्मेदवारहरूको विजयलाई जनविश्वासको प्रतीकको रूपमा उल्लेख गर्दै भने, “हाम्रो पार्टी र संगठनप्रति जनताको आशा र भरोसा बढ्दो छ। कांग्रेस, एमाले एकातिर र माओवादी केन्द्र एक्लै भए पनि धेरै स्थानमा हामी विजयी भएका छौँ।”
अध्यक्ष प्रचण्डले माओवादी केन्द्रको यो बढ्दो लोकप्रियताले प्रतिक्रियावादी र दलालहरूलाई आतङ्कित बनाएको बताए । उनले पार्टीभित्र द्वन्द्व सिर्जना गर्न विभिन्न षड्यन्त्रहरू भइरहेको जनाउँदै गुटबन्दी, अराजकता र अनुशासनहीनताको अन्त्य गर्दै पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने स्पष्ट सङ्कल्प स्थायी समितिले गरिसकेको जानकारी दिए ।
शिक्षा विधेयकलगायत विभिन्न राष्ट्रिय मुद्दामा माओवादी केन्द्रले लिएको अडानले जनस्तरमा सकारात्मक सन्देश पुगेको उल्लेख गर्दै उनले विशेषतः शिक्षक समुदायमा माओवादी केन्द्रप्रति समर्थन बढेको बताए। “कांग्रेस र एमालेको गलत सोचको विरुद्धमा हामीले लिएको अडानका कारण लाखौँ शिक्षकहरूले समर्थन देखाएका छन्,” उनले उल्लेख गरे।
प्रचण्डले वाईसीएल, विद्यार्थी सङ्गठनलगायत जनवर्गीय सङ्गठनहरूलाई श्रम र उत्पादनसँग जोड्न गरिएको प्रयास सफल भइरहेको दाबी गर्दै सङ्गठन विस्तारलाई अझ तीव्र बनाउनु पर्नेमा जोड दिए। “अब घर–घरमा पुग्ने, टोल–टोलमा सङ्गठन निर्माण गर्ने कार्यलाई तीव्र बनाउनु पर्छ,” उनले निर्देशन दिए।
अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशका नेता कार्यकर्ताहरुलाई पार्टी एकता र सङ्गठन विस्तारमा अग्रसर भई राष्ट्रिय राजनीति परिवर्तन गर्न भूमिका खेल्न आग्रह गर्दै बैठकको सफलताको शुभकामना दिए ।
वीरगन्ज। वीरगन्जमा भेटिएका हैजा संक्रमित मध्य ११ प्रतिशत विरामीको अवस्था अत्यन्त गम्भीर रहेको छ।
वीरगन्जको विभिन्न अस्पतालमा भर्ना रहेका २ सय २० जना मध्य २४ जनाको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर भएपनि उनलाई सघन कक्ष( आइ.सि.यु)मा राखी उपचार भइरहेको वीरगन्जको विभिन्न अस्पतलाको आइसियुमा भर्ना रहेकाहरुको रत्तचाप नभेटिएको , शरिरमा पानी भएको कारण मृगौलामा क्रेटनिङ सिरमको मात्र बढदैगएको वीरगन्ज हेल्थ केयर अस्पतालमा संचालक डा. अबुलहैस अंसारीले जानकारी दिए।
उनले अत्याधिक रुपमा भएको झाडा पखालाका कारण विरामीको शरिरमा पानीको मात्रा खतरना रुपमा कम भएको कारण मृगौलामा समस्या देखिएको छभने विरामीको ज्यान जोगाउन दुवै हातको नसाबाट स्लाई चडाउनु परेको बताए।
वीरगन्जको विभिन्न अस्पतालमाको संघन कक्ष( आइ.सि.यु)मा भर्ना रहेका विरामी माध्य सबै भन्दा बढी ९ जना वीरगन्ज हेल्थ केयर अस्पताल र ८ जना तराइ अस्पतालमा भर्ना रहेका छन्।
वीगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाले उपलब्ध गाराएको तथ्याँक अनुसार सोमबार संझा ८ बजेदेखि मंगलबार विहान ८ बजे सम्ममा झाडापखाला भएका ६२ जना नयाँ विरामी विभिन्न अस्पतालमा भर्ना भएका छन।
शुक्रबार बेलुका देखि मंगलबार विहान सम्म झाडा पखालामा ३ सय ९१ जना विरामीले वीरगन्जकाृ विभिन्न अस्पतालमा उपचार गएका छभने सो मध्य १ सय ७१ जना विरामी निको भई घर फिर्ता भएको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
बारा पर्सा लगायतका जिम्माबाट उपचार गराउन वीरगन्जका विभिन्न अस्पतालमा आएका विरामी मध्य ४४ प्रतिशत विरामी निको भई घर फिर्ता भएका छभने विरामी भर्ना हुने संख्यामा समेत कमी आएको चिकित्सकहरुले बताएका छन्।
रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपी शरीर जलेको अवस्थामा फेला परेका छन् ।
आरोपी लक्ष्मण पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा फेला परेका हुन् ।
उनलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पताल पुर्याएको छ र घटनाबारे अनुसन्धान जारी राखेको छ ।
गत शनिबार गौर बजार जान भनेर डेराबाट निस्किएकी रुबीको शव सुटकेसमा प्याक गरेको अवस्थामा भेटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीका अनुसार हत्याका मुख्य आरोपी पासवानले आफ्नो शरीरमा आफैंले आगो लगाएको अवस्थामा भेटिएका हुन् ।
माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि आज बिहान करिब साढे ६ बजे एक जना व्यक्तिले आत्मदाह गर्न लागेको सूचना पाएपछि पुगेको प्रहरीले पासवानलाई शरीर जलेर घाइते भएको अवस्थामा फेला पारेको एसपी गिरीले बताए ।
उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीको भनाइ छ । उनलाई गम्भीर अवस्थामा फेला पारेको प्रहरीले उपचारका लागि गरुडामा रहेको एक अस्पतालमा पुर्याएको छ ।