२०८३ बैशाख १८ गते शुक्रबार
२०८३ बैशाख १८ गते शुक्रबार

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले देशको शैक्षिक परामर्श नियमनमा सरकारलाई सक्रिय हुन आग्रह गरेका छन्। शैक्षिक परामर्श क्षेत्र सुधारका लागि १० बुँदे प्रस्ताव सार्वजनिक गर्दै महरले सरकारको ध्यानाकर्षण गराएका हुन्।

नेपाल सरकार शिक्षा मन्त्रालयलाई ध्यानाकर्षण गराउँदै नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक हब बनाउन परामर्श क्षेत्रलाई साझेदारका रूपमा अघि बढाउनुपर्ने महरले आवश्यकता औंल्याएका छन्।

‘परामर्श व्यवसायलाई व्यवस्थित गर्दै कानुनी र नीतिगत स्पष्टता ल्याउनुपर्छ। विदेशी विद्यार्थीलाई आकर्षित गर्न छात्रवृत्ति कोटा व्यवस्था गर्नुपर्छ। अन्तर्राष्ट्रिय विद्यार्थी भिसा नीतिलाई शीघ्र लागू गर्नुपर्छ,’ नेता महरले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

त्यसैगरी कम्पनी ऐनअनुसार दर्ता नगरी वा इजाजतपत्र विना सञ्चालन भइरहेका परामर्श संस्थामाथि कारबाही गर्नुपर्ने, अनलाइनमार्फत मात्र विदेश पठाउने ‘एडटेक कम्पनी’हरूको नियन्त्रण गर्नुपर्ने, ठगी र विसंगति रोक्न धरौटी र नियमित अनुगमन व्यवस्था गर्नुपर्ने सुझाव उनले अघि सारेका छन्।

महरले विदेशमा पढ्न जाने विद्यार्थीलाई न्यूनतम मापदण्ड पूरा गरेका विश्वविद्यालयमै पठाउने व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै यसले ‘ब्रेन गेन’लाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेका छन्।

उनले कृत्य विवाह, मनि लण्ड्रिङ, फर्जी कागजात र अवैध वित्तीय कारोबारमा संलग्न परामर्श संस्थामाथि शून्य सहनशीलताको नीतिअनुसार कारबाही गर्नुपर्नेमा जोड दिए। साथै, विदेशी कम्पनीले विभिन्न सेमिनार र एक्स्पोमार्फत बढाउँदै लगेको सक्रियता तत्काल नियन्त्रण गर्नुपर्ने आवश्यकता महरले औंल्याएका छन्।

‘शिक्षा राष्ट्रको मेरुदण्ड हो। यसमा पारदर्शिता, उत्तरदायित्व र गुणस्तर कायम नगरी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा टिक्न सकिँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले शिक्षा मन्त्रालयले ढिलाइ नगरी ठोस कदम चाल्नुपर्ने बेला आएको छ।’

 

काठमाडौं । निर्वाचन आयोगले मनाङ प्रदेश सभा २ मा रिक्त प्रदेशसभा सदस्यका लागि कात्तिक १७ गते उपनिर्वाचनको मिति तोकेको छ ।

निर्वाचन आयोगले शुक्रवार विज्ञप्ति जारी गर्दै आगामी कात्तिक १७ गते उपनिर्वाचनका लागि मिति तोकेको हो । 

उक्त स्थानमा २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार दीपक मनाङे भन्ने राजीव गुरुङ निर्वाचित भएका थिए । उनीविरुद्ध मुद्दा परेपछि उनको पद गएको थियो । सोही स्थानमा उपनिर्वाचन हुन लागेको हो । आयोगले सोही दिन रिक्त रुपन्देही क्षेत्र नम्बर ३ मा पनि उपनिर्वाचन गर्दै छ ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिबाट हुने आफ्नो चीन भ्रमणबारे संसद्लाई जानकारी गराएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे जानकारी गराएका हुन् ।

आजै बसेको मन्त्रिपरिषद् बैठकले भोलिबाट हुने प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गरेको थियो ।

भोलि (भदौ १४) गतेबाट १८ गतेसम्मका लागि प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डलको टोली चीन भ्रमणमा जाँदै छ । शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो भ्रमण मुलुकको समग्र हितका लागि केन्द्रित रहने विश्वास व्यक्त गरेका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा उनी बुधबारसम्म चीनमा रहेछन् । त्यहाँ उनी सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिनेछन् ।

भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, शिक्षामन्त्री रघुजी पन्त, पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे, काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा। युवराज खतिवडा, सांसद छविलाल विश्वकर्मासहितका उच्च अधिकृतहरू रहने बताइएको छ ।

एससीओ सम्मेलन १५ र १६ भदौमा उत्तरी चीनको तियान्जिनमा आयोजना हुँदैछ । त्यसको उद्घाटन चिनियाँ राष्ट्रपति सीले गर्दैछन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य मुलुकका सरकार तथा राष्ट्रप्रमुख समेत उपस्थित हुनेछन् ।

मन्त्रालयका अनुसार, त्यसक्रममा ओलीले चिनियाँ राष्ट्रपति सीसँग अलग्गै भेटवार्ता समेत गर्नेछन् भने १७ भदौमा उनले तिआन्जिनमा आयोजना हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन समेत गर्नेछन् ।

त्यसक्रममा उनले विभिन्न मुलुकका नेताहरूसँग समेत भेटवार्ता गर्ने कार्यक्रममा छ । सोही क्रममा उनले चीनका उपराष्ट्रपति हान झेङसँग समेत भेटवार्ता गर्ने छन् ।

 

त्यसक्रममा प्रधानमन्त्री ओली जापानी आक्रमणविरुद्ध चीनको प्रतिरोध युद्ध र विश्वव्यापी फासिवादविरोधी युद्धमा विजय प्राप्तिको ८० औँ वार्षिकोत्सव कार्यक्रममा समेत सहभागी हुने भनिएको छ ।

यस्ता छन् प्रधानमन्त्रीले संसद्लाई दिएको जानकारीका बुँदाहरू
१. मित्र राष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति श्री सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै म यही भदौ १४ देखि १८ (तदनुसार सन् २०२५ अगष्ट ३० देखि सेप्टेम्बर ३) सम्म चीनको ५ दिने भ्रमणमा जाँदैछु ।

२. यस भ्रमणको मूल उद्देश्य चीनको थियानजिन शहरमा आयोजना हुने शाङ्घाई सहयोग संगठन (शाङ्घाई कोअपरेशन अर्गनाइजेशन) को शिखर सम्मेलनमा भाग लिनु हो ।

३. शाङ्घाई सहयोग संगठन (एससिओ), सन् २००१ मा स्थापना गरिएको, आज विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय संगठनहरूमध्ये एकको रूपमा विकसित भइसकेको छ। चीन, रूस, भारत, पाकिस्तान, काजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, इरान, र बेलारुस यसका पूर्ण सदस्य राष्ट्रहरू हुन् ।

अफगानिस्तान र मंगोलिया, दुई देश पर्यवेक्षक राष्ट्रहरू हुन् ।

नेपाल सहित टर्की, श्रीलंका, अजरबैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स शाङ्घाई सहयोग संगठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन्।

४. नेपाल, सन् २०१६ देखि यस संगठनको संवाद साझेदार रहँदै आएको छ । हाम्रो प्रयास यस संगठनमा नेपालको सहभागिताको स्तर अभिबृद्धि गर्नु, समसामयिक क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा नेपालको दृष्टिकोण र प्राथमिकता स्पष्ट रुपमा उजागर गर्नु एवं यस मार्फत् अत्यधिक लाभ हासिल गरी नेपालको हित प्रबर्द्धन गर्नु रहेको छ ।

५. यस भ्रमणका क्रममा चीनका महामहिम राष्ट्रपति श्री सी चिनफिङसँग मेरो दुई पक्षीय भेट हुने कार्यक्रम छ ।

बेइजिङमा चीनका महामहिम उपराष्ट्रपति श्री हान चङ्गसँग पनि मेरो भेट हुनेछ। चीनका महामहिम राष्ट्रपति र उपराष्ट्पतिले दिनुहुने छुट्टाछुट्टै रात्रिभोजमा समेत हामी सहभागी हुनेछौं ।

६. २०८२ भदौ १६ (तदनुसार २०२५ सेप्टेम्बर १) थियानजिनमा हुने एससिओ प्लस शिखर सम्मेलनमा हाम्रो सहभागिता हुनेछ, मैले त्यस सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ ।

७. एससिओ शिखर सम्मेलनका दौरान मैले विभिन्न मित्रराष्ट्रहरूका राष्ट्र तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । ती भेटघाटमा नेपाल र ती मुलुकबीचका द्विपक्षीय एवं अन्य प्राथमिकताका विषयमा छलफल हुनेछ । थियानजिनबाट म सोही दिन बेइजिङ्ग जाने कार्यक्रम छ ।

हालसम्म रूसी महासंघका महामहिम राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका महामहिम राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका महामहिम प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका महामहिम प्रधानमन्त्री श्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका महामहिम प्रधानमन्त्री श्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता तय भइसकेको छ ।

८. अन्तिम कार्यक्रमको रुपमा विश्वका नेताहरुसँगै हाम्रो प्रतिनिधि मण्डल पनि आगामी भदौ १८ गते (तदनुसार २०२५ सेप्टेम्बर ३) चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवाद विरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमण बिरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औं वार्षिकोत्सव समारोहमा सहभागी हुनेछ । चीन सरकारले जानकारी दिए अनुसार ५० भन्दा बढी देशले यी कार्यक्रममा सहभागिता जनाउने छन् ।

९. यस भ्रमणबाट नेपाल र जनवादी गणतन्त्र चीनबीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध थप सुदृढ हुनुका साथ एससिओ शिखर सम्मेलनमा मेरो सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा विभिन्न समसामयिक विषयमा नेपालको अवधारणा एवं प्राथमिकताको प्रस्तुतिबाट मुलुकको छवि एवं प्रतिष्ठा अभिवृद्धि हुने मैले विश्वास लिएको छु ।

१०. हाम्रो भ्रमण दलमा मेरी धर्मपत्नी श्रीमती राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य माननीय श्री पूर्णबहादुर खड्का, माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री रघुजी पन्त, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य माननीय श्री छबिलाल विश्वकर्मा र नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू सहभागी हुनुहुने छ ।

काठमाडौं– स्थानीय तह पुनःसंरचनापश्चात् पहिलोपटक देशभरका नगरपालिका तथा गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको सङ्ख्या शून्यमा झारिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार यसअघि १०५ नगरपालिका र ८६ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतले सञ्चालन गरेका थिए ।

सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेका अनुसार सम्पूर्ण स्थानीय तहमा दरबन्दीअनुरुप प्रमुख प्रशासकीय अधिकृत खटाइएकाले पूर्ण जिम्मेवारीसहितको प्रशासनिक नेतृत्व सुनिश्चित भएको छ ।

निजामती सेवा ऐन, २०४९ अनुसार अवकाशको चरणमा रहेका कर्मचारीबाहेक, मन्त्रालयले पारदर्शिता, कार्यकुशलता र भौगोलिक क्षेत्रको अनुभव दिलाउने गरी प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरिएको छ ।

दुई वर्षभन्दा बढी मन्त्रालय वा मातहतका निकायमा काम गरेका, उपत्यका केन्द्रित कार्यालयमा सीमित, स्थानीय तहमा काम नगरेका, प्रदेशमा कामकाजका लागि खटिएका तथा अतिरिक्त समूहमा रहेका कर्मचारीलाई प्राथमिकतामा राखिएको छ ।

पहिलोपटक गाउँपालिका तथा नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था शून्यमा झार्नुका साथै बाह्य राजनीतिक दबाब वा स्थानीय तहको मनपरि अन्त्य गरी मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृत अनिवार्य रूपमा सम्बन्धित स्थानीय तहमा काम गर्ने वातावरण सिर्जना भएको छ ।

मन्त्रालयले दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत खटाएको हुँदा यसअघि निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई दिइएको आर्थिक वा प्रशासनिक जिम्मेवारी स्वतः रद्द भएको छ । साथै कर्मचारी सरुवामा हुने बाह्य प्रभाव अन्त्य भएको छभने चक्रिय सरुवा प्रणाली कार्यान्वयन सहज भएको छ । सुगम स्थानमा मात्र सेवा गर्ने प्रवृत्ति पनि रोकिने मन्त्री न्यौपानेको विश्वास छ ।

दुर्गम क्षेत्रमा सेवाको पहुँच विस्तार, प्रशासनिक न्यायको अनुभूति, सेवा प्रवाहको गति र कार्यकुशलतामा वृद्धि, सुशासन प्रवद्र्धन, जनप्रतिनिधिबाट प्रमुख प्रशासकीय अधिकृतभन्दा व्यक्तिविशेष रोज्ने प्रवृत्ति अन्त्य हुने बताइन्।

सहसचिव प्रमुख प्रशासकीय अधिकृत हुनेमध्ये नौ वटा उपमहानगरपालिका र एउटा महानगरपालिकामा चाँडै दरबन्दीअनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाउने तयारी भइरहेको मन्त्री न्यौपानेले बताइन्।

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

आज सुन तोलामा एक हजार दुई सय रुपैयाँले बढेर दुई लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलामा एक लाख ९९ हजार चार सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले बढेर दुई हजार तीन सय ६० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी दुई हजार तीन सय ५५ रुपैयाँमा कायम भएको थियो ।

मेष : वैवाहिक जीवनमा सौहार्दता बढ्नेछ । प्रेम सम्बन्धमा प्रगाढता र संवादमा स्पष्टता देखिनेछ । साझेदारसँग सहकार्यबाट लाभ मिल्नेछ । विदेशसँग सम्बन्धित योजनाहरूमा सफलता मिल्ने सम्भावना प्रबल देखिन्छ ।

वृष : प्रयत्नअनुसार सफलता पाइनेछ । विरोधीहरू निष्क्रिय हुनेछन् । स्वास्थ्यमा सुधार आउनेछ । कानुनी वा प्रशासनिक कार्यमा लाभ मिल्ने समय हो । अनुशासनमा रहनु लाभदायी हुनेछ ।

मिथुन : प्रेम सम्बन्धमा मनोभावनामा उतार-चढाव हुनसक्छ । सन्तान पक्षमा प्रगति भए पनि संयमता आवश्यक देखिन्छ । अध्ययनमा मन केन्द्रित गर्नुपर्ने समय हो । योजना बनाउनु उपयुक्त तर कार्यान्वयनमा केही प्रतीक्षा गर्नुपर्नेछ ।

कर्कट : गृहस्थ जीवनमा केही असहजता आउन सक्छ । पारिवारिक वातावरणमा हल्का तनाव देखिन सक्छ । भावुक निर्णय गर्नुभन्दा व्यावहारिक दृष्टिकोण अपनाउनु श्रेयस्कर हुनेछ । मातातर्फको चिन्ता वा सम्पत्तिको विषयमा अलमल हुने समय हो ।

सिंह : साहस, उत्साह र आत्मविश्वासमा वृद्धि हुने दिन हो । सञ्चार, यात्रा र भाइबहिनीसँग सम्बन्ध प्रगाढ हुनेछ । नयाँ योजना आरम्भ गर्न सकिने अनुकूल समय हो । व्यक्तित्व प्रभावशाली देखिनेछ ।

कन्या : आर्थिक पक्ष सन्तुलित रहनेछ तर खर्च र आयबीच तालमेल आवश्यक देखिन्छ । वाणीमा संयमता राख्दा विवाद टार्न सकिनेछ । पारिवारिक वातावरणमा मृदु व्यवहार आवश्यक हुनेछ ।

तुला : स्वस्थ्य, आत्मविश्वास र आभा बढ्ने समय हो । सार्वजनिक जीवनमा आकर्षण बढ्नेछ । निर्णय क्षमता सबल रहनेछ, तर अहंकार वा स्वकेन्द्रितताले सम्बन्धमा असर नपरोस् । व्यक्तिगत प्रयास सफल बन्नेछन् ।

वृश्चिक : खर्च र यात्राको योग बलियो देखिन्छ, तर अनावश्यक दान-दक्षिणा वा भावनात्मक खर्चबाट बच्नुपर्छ । मानसिक शान्तिका लागि साधना, ध्यान वा मौन अपनाउनु उपयुक्त हुनेछ । विदेशी सम्पर्कमा लाभ हुने योग पनि सम्भव छ ।

धनु : लाभ भाव सशक्त रहने दिन हो । मनोकांक्षा पूरा हुने सम्भावना छ । साथीभाइ, सञ्जाल र सामाजिक मञ्चमा सक्रिय सहभागिता हुनेछ । नयाँ योजना बनाउने र कार्यान्वयनको शुभप्रारम्भका लागि उत्कृष्ट समय हो ।

मकर : कर्मक्षेत्रमा उन्नति र सम्मान प्राप्त हुनेछ । नेतृत्व क्षमतामा वृद्धि हुनेछ । वरिष्ठहरूबाट सहयोग मिल्नेछ । व्यावसायिक निर्णयहरू लाभदायक हुनेछन् । कार्यस्थलमा नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना पनि छ ।

कुम्भ : धार्मिक कार्य, दर्शन, अध्ययन वा यात्रामा झुकाव रहनेछ । पिताबाट सहयोग प्राप्त हुने समय हो । भाग्यले आंशिक साथ दिने भएकाले प्रयासमा कमी नगरौँ । गुरु वा ज्ञानीसँगको संगत लाभदायी हुनेछ ।

मीन : स्वास्थ्य, पारिवारिक रहस्य वा मानसिक द्वन्द्वको संकेत देखिन्छ । सावधानीपूर्वक व्यवहार गर्दा धेरै समस्याबाट जोगिन सकिनेछ । विरासत वा ऋणसम्बन्धी विषयमा सोचविचारपूर्वक निर्णय लिनुपर्ने छ । ध्यान वा मौनको अभ्यास लाभदायी हुनेछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।