२०८२ आश्विन ३० गते बिहीबार
२०८२ आश्विन ३० गते बिहीबार

काठमाडौं- निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्था समेटिने भएको छ। प्रतिनिधिसभाबाट पारित भइसकेपछि विवादको उत्कर्षमा पुगेको यस व्यवस्थालाई आज राष्ट्रियसभाकोे विधायन व्यवस्थापन समितिले विधेयकमा राख्नुपर्ने निर्णय गरेको हो।

समितिमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफलका क्रममा दुई वर्षको कुलिङ अफ पिरियड राख्ने निर्णयमा टुंगो लागेको हो।

यो व्यवस्थामा ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभइ कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउनेछैन’ भन्ने प्रावधान राखिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले यो विषय सकारात्मक ढंगले अघि बढाउनुपर्ने बताइन्। उनले भनिन्, ‘यस विधेयकमा कुलिङ अफ पिरियडबाहेक पनि महत्त्वपूर्ण विषय छन्। निजामती कर्मचारीको नियुक्ति, सरुवा, व्यवस्थापनको विषय छ। अब निजामती विधेयकमा कुलिङ अफ पिरियडको व्यवस्था राखेर जानुपर्छ भन्ने मान्यता स्थापित भयो। सबै सकारात्मक सोचका साथ निष्कर्षमा पुग्न जरुरी छ। भोलि अभ्यासमा जाँदा कोहीमाथि अन्याय भएको महसुस भयो वा व्यावहारिक भएन भने सच्याएर संशोधन गरेर पनि जान सकिन्छ। त्यसैले यो विधेयक छिटो समिति र सभाबाट पारित हुनुपर्छ।’

सांसदहरूले कुलिङ अफ पिरियड राजपत्रांकित उच्च तहका कमचारी (मुख्यसचिव, सचिव, सहसचिव) लाई लागु हुने तर सोभन्दा मुनिको कर्मचारीलाई लागु नहुने व्यवस्थामा सहमति जनाएका छन्।

समिति सभापति तुलसाकुमारी दाहालले समितिमा सहमति भएका व्यवस्थालाई भाषा मिलाएर प्रतिवेदन लेखन गर्न समिति सचिवालयलाई निर्देशन दिए।

काठमाडौं । बेइजिङस्थित नेपाली राजदूतावासले प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा लिपुलेकको मुद्दा दृढतापूर्वक उठाएको जनाएको छ ।

सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन आज (शनिबार) चीन पुगेका प्रधानमन्त्री ओलीले थियानजिनमा भएको द्विपक्षीय भेटवार्तामा उक्त विषयलाई प्राथमिकतामा राखेको राजदूतावासले जनाएको छ ।

भेटपछि राजदूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘लिपुलेक पास हुँदै हुने सीमा व्यापारबारे हालै भएको चीन–भारत समझदारीप्रति प्रधानमन्त्री ज्यूले उक्त भू–भाग नेपालको भएको र नेपाल सरकारले यसमा कडा आपत्ति जनाएको कुरा दृढतापूर्वक राख्नु भयो ।’

विज्ञप्तिमा उल्लेख भएअनुसार, भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपालको विकास प्रयासमा चीनको निरन्तर सहयोगका लागि धन्यवाद दिँदै एससीओमा नेपालको सदस्यता प्राप्तिको आकांक्षामा चीनको सहयोगको अपेक्षा गरेका थिए ।

त्यसको जवाफमा राष्ट्रपति सीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को आकांक्षा पूरा गर्न चीनले नेपाललाई सहयोग गर्ने इच्छा व्यक्त गरेको राजदूतावासले जनाएको छ । उनले ‘एक चीन नीति’ प्रतिको नेपालको दृढ प्रतिबद्धताका लागि धन्यवाद दिँदै उच्च गुणस्तरका बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) का परियोजना कार्यान्वयनमार्फत नेपालको विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धतासमेत दोहोर्‍याएका थिए ।

प्रधानमन्त्री ओलीले बीआरआई अन्तर्गतका परियोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिन आग्रह गर्दै मल, पेट्रोलियम अन्वेषण, मानव संसाधन विकास जस्ता क्षेत्रमा सहयोगका लागि अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ ।

 
 
 
 
 
 

काठमाडौँ- ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले जितेकी छिन्।

शनिवार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित भव्य तथा प्रतिस्पर्धात्मक ग्रान्ड फिनालेमा उनलाई विजेता घोषित गरिएकी हुन्।

‘द हिडन ट्रेजर’ले आयोजना गरेको मिस नेपालको ३१ औँ संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै लुइँटेलले ‘मिस नेपाल वर्ल्ड’ को उपाधि जितेकी हुन्। उनलाई पूर्व मिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेट भएको छ। प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सीबीच चीनको तियानजिन अतिथि गृहमा भेट भएको हो । सांघाई सहयोग सङ्गठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन ओली आजै त्यहाँ पुगेका हुन् ।

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिमालय एयरलाइन्सनको विशेष विमानमार्फत प्रस्थान गरेका उनी तियान्जिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए ।

चीनमा रहँदा ओलीले चीनको सैन्य परेडमा समेत भाग लिने छन् । तियान्जिनमा उनलाई चीन सरकारका उच्चाधिकारी र चीनका लागि नेपालका राजदूत डा कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीका साथ अगाडिको सिटमा पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीमा आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा, एमाले नेता एवं सांसद छविलाल विश्वकर्मा, परराष्ट्र सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली र चीन मामिला हेर्ने परराष्ट्र मन्त्रालयको उत्तर-पूर्वी महाशाखा प्रमुख सहसचिव भृगु ढुङ्गाना हुनेछन् ।

सीसँगको प्रधानमन्त्री ओलीको भेटवार्तामा पछिल्लो सीटमा रहने अधिकारीहरूमा प्रधानमन्त्री ओलीका प्रमुख निजी सचिव राजेश बज्राचार्य, बेइजिङस्थित नेपाली राजदूतावासकी उपनियोग प्रमुख रोशन खनाल, दूतावासकी कन्सुलर सविता नकर्मी र परराष्ट्र मन्त्रालयका उपसचिव मनहरि दंगाल छन् ।

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह नगरेको भए आफ्नो अवस्था दयनीय हुने बताए । समाजवादी प्रेस संगठनको बैठकलाई सम्बोधन गर्दै उनले एमालेबाट अलग नभएको भए आफ्नो र पार्टीको अवस्था कस्तो हुन्थ्यो भन्ने कुरा व्याख्या गर्नु नपर्ने उल्लेख गरे ।

उनले एमाले छोड्ने निर्णय जायज भएको र विद्रोहको आलोचना गर्नेहरूको कुनै महत्त्व नभएको जिकिर गरे । नेपालले एमाले छोडेर पार्टी गठन गर्दा सबैको साथ नपाए पनि आफूहरूले सही कदम चालेको बताए । उनले भने, ‘हामीले विद्रोहको आँट नगरेको भए हाम्रो हालत खराब हुन्थ्यो । विद्रोहको औचित्य नदेख्नेहरूको कुराको कुनै अर्थ छैन ।’

उनले मेहनत र एकताले नेकपा एकीकृत समाजवादी २०८४ को निर्वाचनमा पहिलो शक्तिको रूपमा स्थापित हुने दाबी गरे । ‘कर्णाली र सुदूरपश्चिममा हाम्रो प्रभाव बढ्दै छ। मधेश प्रदेशमा पनि हामी बलियो बन्दैछौं । सबै मिलेर काम गरे पहिलो शक्तिको रूपमा उदाउन सकिन्छ,’ उनले भने ।

नेपालले पार्टी एकीकरणबारे स्पष्ट पर्दै कुनै पनि पार्टीसँग तत्काल विलय नहुने बताए । ‘विचार, सिद्धान्त, नीति र विश्वास मिल्नेहरूसँग मात्र सहकार्य हुन्छ। समाजवादी मोर्चालाई विस्तार गरी वामपन्थी एकता अगाडि बढाउँछौँ,’ उनले प्रष्ट्याए । पतञ्जली जग्गा प्रकरणमा आफूमाथि लगाइएको आरोपबारे उनले भने, ‘ममाथि बिना आधार मुद्दा लगाइएको छ । हदबन्दीभन्दा बढी जग्गा दिने र बिक्री गर्न दिने काममा भ्रष्टाचार भएको भनिएको छ, तर कानूनले नियमनको व्यवस्था गरेको छ । सरकारले सूचित आदेशमार्फत हदबन्दीको जग्गा राख्न स्वीकृति दिन सक्छ ।’ नेपालले यो मुद्दालाई राजनीतिक प्रतिशोधको रूपमा लिएको बताए ।

सिमरा- पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) पूर्व उपाध्यक्ष विद्या भण्डारीलाई नेकपा (एमाले)का नेताहरुले बाराको सीमरा विमानस्थलमा भव्य स्वागत गरेका छन् । बीआइसीसीआई बृहत महिला सम्मेलन २०८२ मा सहभागी हुन वीरगंज जाने क्रममा नेताहरुले ५१ किलोको माला सहित सीमरा विमानस्थलमा स्वागत गरेका हुन् ।

बाराको सीमरा विमानस्थलमा एमाले स्थायी कमटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रिय सदस्य केदार न्यौपाने, अरबिन्द्र सिंह मधेश प्रदेश कमिटीका सचिव मनोज पौडेल विमानस्थल पुगेका थिए ।

यसैगरी स्वागतका लागि मधेस प्रदेशका सचिवालय सदस्य जय प्रकाश थारु जितपुर सिमरा उपमहानगरपालिका उपमेयर भोला अधिकारी, जितपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष त्रिलोक शाह, बिरगंज महानगर कमिटीका अध्यक्ष नवराज शर्मा लगायत विमानस्थलमै स्वागतका लागि पुगेका थिए ।

काठमाडौं । आन्दोलनरत उखु किसानले राजमार्ग केन्द्रित आन्दोलनको चेतावनी दिएका छन् । उनीहरुले भदौ २५ गतेदेखि राजमार्ग अवरुद्ध गर्ने चेतावनी दिएका हुन् । शनिबार उखु उत्पादक महासंघ र उखु उत्पादन हुने जिल्ला संघहरूको बैठकले अनिश्चितकालिन राजमार्ग बन्द गर्ने निर्णय गरेको हो ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त बैठकबाट माग सम्बोधन गराउनका लागि थप निर्णायक आन्दोलन अपरिहार्य रहेकोले सशक्त आन्दोलनका लागी सबै जिल्लाका उखु किसानहरूको सक्रिय सहभागितामा सर्लाहीको हरिवनमा २५ गते बुधवारबाट अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने सर्वसम्मत निर्णय भएकाले सो परिस्थितिमा उत्पन्न हुने प्रतिकूल वातावरणको जिम्मेवार नेपाल सरकार, अर्थ मन्त्रालय र सम्माननीय प्रधानमन्त्री तथा मन्त्री परिषद् हुने जानकारी सबैमा अनुरोध छ ।’

महासंघले विज्ञप्ति यसप्रकारको आन्दोलनबाट हुने क्षतिको जिम्मा सरकार, अर्थमन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लिनुपर्ने बताएको छ ।

सो अवस्था सिर्जना हुन नदिनका लागि सरकारले उखु किसानलाई उपलब्ध गराउन बाँकी अनुदान रकम विना सर्त तत्काल भुक्तानी गर्ने तथा उखुको मूल्य तोक्दा किसान प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गरी आन्दोलित किसानलाई सडकबाट घर खेतमा फर्किने वातावरण निर्माण गर्न नेपाल सरकारसँग माग गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन् । तियानजिनमा हुने सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन आज बिहान ७ बजे उनी चीन प्रस्थान गरेका हुन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीन र रुसका राष्ट्रपतिसहित ६ देशका सरकार प्रमुखसँग द्विपक्षीय वार्ता गर्ने टुंगो लागेको छ । ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटघाट गर्ने कार्यक्रम छ ।

उनले भदौ १६ गते तियानजिनमा हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । एससीओ शिखर सम्मेलनको साइडलाइनमा प्रधानमन्त्रीले केही विश्व नेताहरूसँग भेटघाट गर्नेछन् ।

भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा र नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू सहभागी छन् ।

प्रधानमन्त्री ओलीको भदौ १८ गते बेलुकी साढे १० बजे स्वदेश फर्कने कार्यक्रम छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिपुलेक अतिक्रमणबारे कुरा उठाउन आग्रह गरेका छन् ।

शनिबार प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल चीनतर्फ लागेपछि सामाजिक सञ्जालमार्फत उनले नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले नेपालको सार्वभौमिकतामाथि अतिक्रमण गरेको भन्दै यसबारे कुरा उठाउन आग्रह गरेका हुन् ।

उनले लेखेका छन्, ‘चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यू । नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला । अल द बेस्ट हामीलाई तपाईंमाथि पूर्ण विश्वास छ ।’

उनले ओलीलाई अल द बेस्टको साथै यसबारे कुरा उठाउने पूर्ण विश्वास रहेको पनि लेखेका छन् ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

गोपनीयता बाहिरिनाले वा विगतको सानो कमजोरीले तनाव बढ्ने तथा मनमा अनावश्यक भय र त्रास सिर्जना हुने कमजोर समय छ । पार्टनरसँग कुनै नौलो र रमणीय ठाउँको यात्रा गर्ने तिर्सना जाग्नसक्छ, तर परिबन्दमा खुम्चनु पर्दा मन निराश बन्ने समय हो । काममा रुचि हुनेछैन, बरु रहस्य, अध्यात्म, तन्त्रमन्त्र र जादूटुनाका विषयमा रुचि बढ्न सक्छ, तर पनि नसोचेको धन हातमा आइपुग्ने दिन छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

बहस र विवादमा पकड भएको समय छ, तर शत्रु एवं प्रतिस्पर्द्धी बलिया देखिन्छन् । तौलेर बोलेको ठीक हुन्छ । गरेको मिहिनेतले सार्थक परिणाम प्राप्त हुनेछ, साथै प्रभाव र प्रभुत्व बढ्ने समय छ । तर हडबड र शीघ्रता शत्रु बन्नसक्छन् । अनावश्यक चिन्ता सलबलाउने दिन हो, नियमित कामधन्दामा पनि जाँगर लाग्दैन । हरेक काममा सफलता प्राप्त गर्न निकै खट्नुपर्ने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

पठनपाठन र सीप देखाएर भाग्य चम्काउने समय हो । सिनियर विद्यार्थी वा गुरुजनको सहयोग पाउनाले आत्मबल र हौसलामा समेत बृद्धि हुनेछ । कसैप्रति अलि बढी आकर्षित हुनपुगेको भान हुनेछ, तर यतिवेला आफ्ना विचार र भावनामाथि नियन्त्रण गर्नु समुचित हुनेछ । बुद्धिकौशलको प्रयोग गरी चलाखीपूर्वक काम गर्दा अतिरिक्त पैसा हातलागी हुनेछ । व्यक्तित्व विकास र उज्ज्वल भविष्यको कामना राखी काम गर्ने समय हो, प्रयास गरेमा इनसर्भिस अध्ययन वा तालिमको अवसर प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सरल व्यवहारको प्रदर्शन गर्दा लाभ हुनेछ, मन उत्सुक र आशावादी बन्ने दिन हो, त्यसैले महत्त्वपूणर् निणर्य लिनुअघि दोधारमा नरहनु होला, किनकि आजको निणर्यले भाग्यको ढोका उघ्रिने समय छ । कार्यक्षेत्रमा सफल हुने दिन हो, तर आफ्नो काममा मात्र एकोहोरिनुभन्दा पनि जीवनसाथी वा परिवारका सदस्यहरूको इच्छा बुझेर काम गर्ने दिन हो । घरपरिवारको आँखा छलेर पार्टनरलाई समय छुट्याउन अप्ठ्यारो पर्नसक्छ, तर कसोकसो भेटघाट, मनोरञ्जन र घुमघामको मेसो मिल्ने दिन हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पारिवारिक वातावरण सुखमय रहनेछ, सँगीसाथीसित भेटघाट गर्दै नयाँ योजना बनाउने समय हो, कहीं कतै भ्रमणमा निस्कने योगसमेत बनेको छ । खेलकुद वा शारीरिक तन्दुरुस्तीसम्बन्धी विषयमा रुचि जाग्नेछ, नजानेको कुनै कुरा छ भने पनि मित्र र शुभचिन्तकको साथ-सहयोग प्राप्त हुनेछ । दाजुभाइ, दिदीबहिनी वा छरछिमेकीको सहयोग गर्ने हुँदा केही समय बित्नसक्छ । आज व्यक्तिगत पहिचान र प्रतिष्ठा एवं व्यवसायिक स्तरोन्नतिका लागि चालेको हरेक कदमले सफलताको शिखर चुम्नसक्ने दिन हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

अभिव्यक्ति, कला र मनोरञ्जनसम्बद्ध विषयमा रुचि जाग्ने समय हो, अझ स्पष्टसँग मानसिक धारणा व्यक्त गरेमा आफ्नो सही पहिचान कायम गर्न सकिने छ । आर्थिक पक्ष सुदृढ रहनुका साथै विभिन्न स्रोतबाट आम्दानीमा बृद्धि राम्रो समय छ । कार्यक्षेत्रमा पनि बोली र कामको कदर हुने वेला हो । पारिवारिक माहौल पनि आनन्दप्रद देखिन्छ । बोली र व्यवहारले धेरैलाई आकर्षित तुल्याउने समय हो । दोहोर्याएर काम गर्नु परे पनि नतिजा लाभदायक नै रहनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

इच्छा पूरा हुने दिन हो, विशिष्ट व्यक्तित्व वा विद्वान् गुरुसित मित्रता र भेटघाट हुने समय हो । घरमा अभिभावकसित सम्पर्क गरी भलाकुसारी गरेको जाती हुन्छ । बिक्रीबट्टामा बढावा हुने र थप हौसला जाग्ने समय हो । हिसाबकिताबमा देखिएको कमजोरी र त्रुटि सच्याएर अघि बढेमा अझ धेरै फाइदा लिन सकिने छ । मनमस्तिष्क नै हलुका र उत्साही बन्नेछ, कामको चापबाट फुर्सद पाइने छ, जीवनसाथीका साथ कुनै सानोतिनो यात्रामा निस्कने योग बनेको छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नयाँ समझौता वा करारका माध्यमबाट धन बढाउन सकिने छ, जग्गाजमीन, पेट्रोलियम पदार्थ, प्लास्टिकका वस्तुहरू र सञ्चारका सामाग्रीमा लाभ हुनेछ । दाम्पत्यसम्बन्ध र पारिवारिक जीवन सुखमय रहनेछ, अभिभावकको सहानुभूति मिल्नेछ । कामकाजी महिलाले आफ्नो कार्यक्षेत्रमा समेत राम्रो प्रगति गर्नसक्ने समय हो । मिहिनेतले भविष्य सुध्रनेछ, करियर र व्यवसायप्रतिको चासो बढ्नेछ, उच्च शिक्षाका छात्रछात्राले भावी कार्यक्षेत्रका बारेमा जानकारी बटुल्ने दिन हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

नयाँ काम सुरु गर्ने समय छ, बोनस वा अतिरिक्त आम्दानी हातलागी हुनाले सँगीसाथीसँग रमाइलो गर्न मन हौसिने छ । भावना साटासाट गर्न पाइने र एकान्तमा रमाउन पाउँदा प्रेमसम्बन्ध अझ प्रगाढ बन्दै जाने समय देखिन्छ, प्रेमीबाट कुनै उपहार प्राप्त हुनेछ । आकस्मिक रूपमा नचिताएको ठाउँबाट विशेष लाभ पाउन सक्नुहुन्छ । कमाएको केही अंश साथीभाइ, भाइबहिनी वा छोराछोरीको चाहना पूरा गर्न खर्च गर्नुपर्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

हरेक क्रियाकलापमा आर्थिक पक्ष बाधक बन्ने दिन हो । ठूला आशा र महत्त्वाकाङ्क्षा त्यागी अघि बढ्नु होला, गरेका प्रयास र उद्यममा अलिबढी सङ्घर्ष र चुनौती झेल्ने समय छ । पुरानो समस्या सुल्झाउने क्रममा दिन बित्नसक्छ, लाभमूलक काममा कार्यालयबाहिरको काममा पनि खट्न सकिने छ । तर कर्तव्य र जिम्मेबारीप्रति सचेत हुनुपर्छ । कार्यक्षेत्रमा व्यस्त रहनाले आपसी समन्वय र भेटघाटको असहजता हुने तथा मन पिरोलिने दिन हो, अझ साँझपख मन हतास र भावुक बन्नसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

जनसम्पर्क, सार्वजनिक सम्बन्ध वा नेटवर्किङका माध्यमबाट आयस्रोतमा बढोत्तरी हुनेछ, परिस्थिति बुझेर स्थिर सम्पत्ति वा सेयर कारोबारमा चासो राख्नु ठीक हुन्छ । कुनै पारम्परिक वा सामाजिक क्रियाकलापमा संलग्नता जनाउने राम्रो दिन छ, तर योजना अनुरूप आफ्ना नियमित कामधन्दामा केही बाधा उत्पन्न हुनसक्छ । ज्ञानको भण्डार पूणर् हुने तथा दार्शनिक भावना जाग्ने समय हो, साथीहरू र गुरुसँग छलफल गरेमा दिमागलाई अझ तिखार्न पाइने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सँगीसाथी र विश्वासपात्रले नै निचो देखाउने र गोपनीयता भङ्ग गर्ने प्रयास गर्नेछन् । व्यक्तिगत जीवनका बारेमा बढी खुलस्त हुनु राम्रो मानिंदैन । परिवारमा नयाँ सदस्य वा अतिथिको आगमन हुनसक्छ । मिहिनेत गर्दा लक्ष्यको नजिकै पुग्न सकिने छ, तर मनमा छटपटी र कौतूहलता व्याप्त हुनेछ । सहकार्य वा साझेदारीको काममा दौडधूप गर्नुपर्ने समय हो, कारोबारमा ध्यानकेन्द्रित हुनसक्दैन, तर पनि आर्थिक सन्तुलन कायम रहने दिन हो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।