२०८३ जेष्ठ १७ गते आईतवार
२०८३ जेष्ठ १७ गते आईतवार

काठमाडौं । मानव अंग मिर्गौला बेचविखनमा संलग्न सात जनाको गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी मानव अनुसन्धान बेचविखन ब्यूरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।

भारतको नयाँ दिल्लीमा बसेर गैरकानूनी कार्यमा गिरोहको भूमिका निर्वाह गरिरहेका सिन्धुपाल्चोकका श्यामकृष्ण भण्डारीलाई महेन्द्रनगरबाट र उनको सहयोगीको रूपमा रहेका सुजन भारतीलाई वीरगञ्जबाट पक्राउ गरी संगठित अपराध अन्तर्गत कारबाही अघि बढाइएको ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।

सो गिरोहले पैसाको प्रलोभनमा पारेर काठमाडौं, नुवाकोट, काभ्रपलाञ्चोक, धादिङलगायतका सर्वसाधारणलाई भारतको नयाँ दिल्ली गरेर गैरकानूनी रूपमा मिर्गौला झिकी बिक्री गर्ने गरेको पाइएको पनि प्रहरीले जनाएको छ । उक्त समूहविरुद्ध मानव बेचबिखन अनुसन्धान ब्यूरोमा ४ वटा मुद्दा दर्ता भएका छन् भने पाँच जना पीडितहरूले जाहेरी दिएका थिए । त्यसपछि ‘अप्रेसन लाइफ फिल्ड’ नाम दिएर ब्यूरोले अनुसन्धान अघि बढाएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा मिर्गौला (किड्नी) दिन तयार हुने मानिसलाई गाडीको व्यवस्थापन आफैं गरेर भारतको नयाँदिल्लीसम्म पुर्‍याउने गरेको खुलेको छ । उक्त कार्यमा संलग्न अन्य तीन जना गत साउन २० गते पक्राउ परेका थिए । पीडितले दिएको जाहेरी र पक्राउ परेकाहरूको बयानका आधारमा प्रहरीले थप अनुसन्धानको प्रक्रिया अघि बढाएको थियो ।

प्रहरीले लिएको प्रारम्भिक बयानका क्रममा मुख्य नाइके भण्डारीले, नेपालबाट लगिएकाहरूलाई दिल्लीको लाजपत नगरस्थित कस्तुरवा निकेतनस्थित एउटा होटलमा लगेर राख्ने र खाने बस्ने सबै व्यवस्था गर्ने गरेको बताएका छन् ।

किड्नी दिन तयार भएका मानिसहरूलाई होटलमै चिकित्सक बोलाएर रगत जाँच लगायतका काम गर्ने गरेको पनि भण्डारीले बयानका क्रममा भनेका छन् । त्यसरी भारत पुर्‍याइएका नेपालीहरूलाई बेहोस बनाएर आँखामा पट्टि लगाएर अस्पतालमा ३÷४ दिन राख्ने र नेपाल फर्काउने काम गरेको पनि भण्डारीले प्रहरी समक्ष बताएका छन् ।

भण्डारीले आफूले ६ लाख भारतीय रुपैयाँ दिने भनेर प्रलोभनमा पार्ने गरेको स्वीकारेका छन् । प्रहरीका अनुसार, मुद्दा चलिरहेका पीडितमध्ये एक जनाले ५ हजार मात्रै पाएको पनि उनले बयानका क्रममा स्वीकारेका छन् । सोधपुछका क्रममा उनले २५ जना व्यक्तिको किड्नी झिक्न लगाएर पैसा लिएको स्वीकारेका छन् ।

यद्यपि अनुसन्धानका क्रममा भने एक सयभन्दा बढी व्यक्तिहरूको किड्नी बेचबिखनमा संलग्न भएको प्रहरीले जनाएको छ । सो गिरोहलाई संगठित अपरोध ऐनअन्तर्गत कारबाही प्रारम्भ गरिएको पनि प्रहरीले जनाएको छ । सो ऐनअन्तर्गत मानव बेचविखन र गैरकानूनी रूपमा अंग बेचविखनमा संलग्नलाई १० वर्ष कैद र दुई लाख रूपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको पनि प्रहरी वरिष्ठ उपरीक्षक पंगेनीले बताए ।

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द केसीले धनगढीको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २३ औँ सत्याग्रह थालेका छन् । सरकारले चिकित्सा शिक्षातर्फ (एमबीबीएस) को सिट संख्या बढाएको बिरोधमा डा. केसीले सत्याग्रह सुरु गरेका हुन् । केसीले मेडिकलमा सिट बढाएकोलगायत चार बुँदे माग राखेका छन् ।

उनले एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धि र विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धि ऐन पारित गर्न माग गरेका छन् । लिपुलेकमा अतिक्रमण बन्द गरी जमिन फिर्ता लिन पहल गर्न सरकारसँग आग्रह गरेका केसीले रुस र इजरायललाई युक्रेन र गाजामा भइरहेको आक्रमण बन्द गर्न पनि माग गरेका छन् ।

हेर्नुस् डा. केसीका चार माग
१. प्रम ओली र चिकित्सा शिक्षा आयोगको गलत ढंगले निजि मेडिकल कलेजहरुलाई विद्यार्थी सिट संख्या वृद्धि गर्ने निर्णय तुरुन्त फिर्ता लिन, शुल्क वृद्धि नगर्न, सम्झौता अनुरुप इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज खोल्न र गेटाको मेडिकल विश्वविद्यालयमा तुरुन्त पूर्ण क्षमतामा अस्पतालसेवा र शैक्षिक कार्यक्रम सुरु गर्न ।

२. एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धि र विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धि ऐन पारित गर्न, ऐन अनुरुप मेडिकल शिक्षालाई गैर नाफामूलक बनाउने र सरकारी अस्पताल लगायत सबै स्वास्थ्य संस्थामा दरबन्दी वृद्धि गर्न लगायतका सबै सम्झौता र मागहरु कार्यान्वयन तथा पुरा गर्न ।

३.लिपुलेखमा अतिक्रमण बन्द गरि नेपालको अतिक्रमित भूमि फिर्ता गर्न भारत सरकारसँग र सो कार्यको सुनिश्चितता गर्न नेपाल सरकारसँग माग गरिन्छ ।

४.युक्रेन र गाजामा भइरहेको नरसंहारकारी युद्ध तुरुन्त बन्द गर्न रुस र इजरायल समक्ष माग गरिन्छ ।

काठमाडौं– पर्सामा फैलिएको झाडापखाला तथा हैजाको प्रकोप दैनिक रूपमा बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडीका अनुसार गत २४ घण्टामा ८९ जनामा संक्रमण पुष्टि भएको छ ।

योसंगै संक्रमितको संख्या ७ सय ८९ पुगेको छ । संक्रमितमध्ये ६ सय ९ जना उपचारपछि घर फर्किका छन् भने १ सय ८० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको इडिसिडीले जनाएको छ ।

गत साउन २८ गते तराई अस्पतालमा झाडापखालाका केश देखिन थालेपछि जाँच गर्दा भदौ ५ गते हैजा पुष्टि भएको थियो । त्यसपछि संक्रमितकहरु दैनिक रूपमा थपिँदै गएका स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

प्रकोप नियन्त्रणका लागि हाल संघिय सरकारदेखि प्रदेश सरकार तथा स्थानीय सरकार र विभिन्न संघसस्थाहरुको समन्वयमा नियन्त्रणको प्रयास भइरहेको छ ।

काठमाडौं– आइतबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार सुनको मूल्य ३ हजार रुपैयाँले बढेसँगै नयाँ रेकर्ड बनाएको हो । 

शुक्रबार सुनको मूल्य १२ सय रुपैयाँले बढेर २ लाख रुपैयाँ क्रस गरेको थियो । नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार आइतबार सुनको मूल्य २ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको छ । 

शुक्रबार सुनको मूल्य २ लाख ६०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आइतबार चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले बढेको छ । 

महासंघका अनुसार चाँदीको मूल्य शुक्रबार २ हजार ३६० रुपैयाँ कायम भएकोमा आइतबार बढेर २ हजार ४२५ रुपैयाँ प्रतितोला पुगेको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष नयाँ नोट नबाँड्ने भएको छ। दसैँका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैंकले पछिल्लो समय सुकिला नोट मात्र बाँड्न थालेको हो।

दसैँतिहारलक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैंकले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको जनाएको छ।

दसैँमा साना तथा ठूला दरका नोट आवश्यक हुनेलाई बजारमा पठाएर फिर्ता आएका सुकिला नोट बैंकमार्फत सटही व्यवस्था मिलाइने हो। सुकिला नोट सटही सम्बन्धी सूचना जारी गर्दै मुद्रा व्यवस्थापन विभागले भदौ २९ गतेबाट बैंकमार्फत सुकिला नोट वितरण गर्ने जानकारी गराएको हो।

सूचनामा भनिएको छ, ‘वि.सं. २०८२ को बडादशैमा नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, प्रदेशस्थित कार्यालय (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) र इजाजत प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट सर्वसाधारणलगायत विभिन्न संघ/संस्थालाई मिति २०८२/०५/२९ देखि २०८२/०६/१० गतेसम्म बैकिङ्ग कारोबार समयमा सुकिला बैंक नोट सटही गर्न सकिने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।’

विगतका वर्षहरुमा दसैँ तिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिँदै आएको थियो। दसैँमा नयाँ नोट छापेर बजारमा पठाउने, तिनै नोट चाडपर्वमा प्रयोग गर्दा छिट्टै बिग्रने गरेको हुँदा यसलाई कमी गर्न राष्ट्र बैंकले गत वर्ष पनि नयाँ नोट वितरण गर्न बन्द गरेको थियो।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा चेली माइती बिच वैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) जीवनसाथीको सहयोगले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । खाद्यान्न, निर्माण सामाग्री तथा बिलासी सामानको व्यापार फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । अध्ययन अध्यापनमा मन जाने तथा खोजीमूलक क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । सवारी साधन तथा बिलासी सामान हात लागी हुने योग रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) उपहार तथा भौतिक सम्पत्ति हात लागी हुने योग रहेको छ । अध्ययनमा मन जाने तथा अध्ययन कै सवालमा यात्रा हुनेछ । शिक्षा क्षेत्र, पर्यटन तथा होटल व्यवसायबाट भनेजस्तो आम्दानी हुनेछ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । मामा तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रसन्न हुनेछ । प्रेमको गाँठो कसिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बौद्धिक क्षेत्र फराकिलो हुने हुनाले सिर्जनात्मक कार्य गर्न सकिनेछ । अध्ययन अध्यापनको सवालमा आन्तरिक तथा बाह्य यात्राको तय हुनेछ । घर परिवारका साथ रमाइलो गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । कार्यक्षेत्रमा राम्रा काम गरी इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । उपहार तथा बिलासी सामान प्राप्तिको गतिलो योग रहेको छ । वंश वृद्धिको योग रहको छ भने सन्तानको प्रगति देखेर मन रमाउनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सवारी साधनको व्यापार व्यवसायमा अलि बढी मेहनत गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ । विद्यामा सफलता प्राप्त गर्न अलि बढिनै मेहनत गर्नु पर्नेछ । राजनीति तथा समाजसेवा समय दिनेहरूका लागी समय मध्यम रहेकोले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला समर्थन नपाइन सक्छ । तर पनि आमा तथा आफन्तबाट सकारात्मक सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार तथा उद्योगमा थोरै समय दिए पनि मनग्गे आम्दानी गर्न सकिनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । विवादित विषयहरू हल भएर जानेछन् भने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउनेछन् । अध्ययन अध्यापनमा मन जाने हुनाले अरूभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । मन परेको मानिससँग छोटो तथा रमाइलो यात्राको तय गर्न सकिने तथा स्वादिष्ट भोजनमा रमाउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) धन भावमा गोचर गर्ने शुभ चन्द्रमाले व्यापार तथा उद्योगको लगानीबाट आम्दानीमा बढोत्तरी हुनेछ । आफ्ना भनाइहरू जनमानसमा लैजान सकिने तथा बोलेरै धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बका साथ रमाइलो यात्रा गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा रमाउने चाहनेहरूका लागी समय फलदायी रहनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) नयाँ तथा रचनात्मक काम गरी आर्थिक अवस्था सुदृढ पार्न सकिनेछ । व्यापार व्यवसायबाट नाफा कमाउन सकिनेछ भने पुराना कामहरू सम्पादन हुनाले थप हौसला प्राप्त हुनेछ । सामाजिक काममा होमिनेहरूका लागी समयले साथ दिनेछ । अध्ययनमा सफलता प्राप्त हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्कृष्ट रहेको छ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्राको योग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । काम गर्दा ध्यान दिनुहोला काम बिग्रन तथा जरिवाना हुन सक्छ । तापनि लामो दुरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ । विदेशमा बसेर काम गर्नेहरूका लागी समयले साथ दिनेछ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा नोकरी पाउने योग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अनलाइन व्यापार, उद्योगको लगानीबाट आर्थिक अवस्था सुदृढ हुनेछ । सीमित साधन स्रोतको परिचालन गरी असीमित आवश्यकताहरू परिपूर्ति गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो हुनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग गरी काम गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी जनताको समर्थन पाइने तथा पद प्राप्तिको योग रहेको छ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । व्यापार व्यवसायमा लगानी बढाइँ मनग्गे धन आर्जन गर्न सकिनेछ भने विभिन्न अवसरहरूले पछ्याउनेछन्  । प्राकृतिक स्रोत तथा सम्पत्तिको प्रयोग गरी आए बढाउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राम्रा तथा परिणाममुखी काम गरी अरूको मन जित्न सकिनेछ । आर्थिक समस्या हल भएर जानेछ भने व्यापारमा वृद्धि हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा समय लगानी गर्नेहरूले सफलता हात लगाउन सकिनेछ । धार्मिक कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहको छ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।