२०८२ आश्विन ३० गते बिहीबार
२०८२ आश्विन ३० गते बिहीबार

काठमाडौँ । अमेरिकाबाट थप ३७ जना नेपाली नागरिक निष्कासनमा परेका छन् । अमेरिकाको ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आइस) ले निष्कासनमा परेका सबैलाई चार्टर विमानबाट भोली (बुधबार) मा नेपाल ल्याउन लागेको हो ।

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार ओम्नी एयरकोको अमेरिकाले ‘उडान नम्बर एन८२८एएक्स’ नम्बरको जहाजबाट उनीहरूलाई नेपाल पठाउँदैछ ।

विमानस्थलमा अवतरण गरेपछि अध्यागमन कार्यालयले उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाउनेछ। फर्काइएका व्यक्तिहरूसँग उनीहरू कसरी अमेरिका पुगे, कोमार्फत गए र दलालबाट ठगिएरनठगिएकोबारे सोधपुछ तथा परामर्श गरिनेछ।

प्रहरीका अनुसार, डिपोर्ट भएकामध्ये अवैध बाटोबाट अमेरिका पुगेकाहरुले बिचौलियालाई ५० देखि ९० लाख रुपैयाँसम्म बुझाएका थिए । मध्यपूर्वी मुलुक, युरोप, दक्षिण अमेरिका हुँदै उनीहरुलाई उत्तरी अमेरिका लगेका थिए ।

काठमाडौं : कर्मचारीको अवकाश उमेर ५८ वर्ष नै कायम हुने भएको छ। राष्ट्रिय सभाअन्तर्गत विधायन समितिको मंगलबारको बैठकमा अवकाश उमेर ५८ राख्ने सहमति भएको हो।

मंगलबार बिहान बसेको राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले यस वर्ष ५८ वर्ष उमेरमा अनिवार्य अवकाश दिने प्रावधानमा सरकार सहमत भएको जानकारी दिइन् । ‘समितिमा यसअघि सहमति भइसकेको विधेयक पारित भएको वर्षमा अनिवार्य अवकाश उमेर ५८ वर्ष राख्ने कुरामा सरकार तयार भएको छ’, उनले भनिन् ।

सोमबारको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले ऐन पारित भएको आर्थिक वर्षमै ५९ वर्ष उमेर बनाउने प्रस्ताव गरेकी थिइन्।

तर प्रतिपक्षी दलका सांसदहरूले आपत्ति जनाएपछि उनी बैठकको बीचमै छोडेर परामर्श गरेर आउने भनेर निस्किएकी थिइन्। त्यसपछि समिति सभापति तुलसाकुमारी दाहालले आज बिहान ९ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराइन्। उनीमाथि मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूको कार्यकाल लम्ब्याउने गरी प्रस्ताव गरेको आरोप थियो।

सोमबार मन्त्रीले ५९ वर्षको प्रस्ताव गरेपछि विपक्षीले मतदानको प्रस्ताव पनि गरेका थिए। मन्त्रीले आफू मत विभाजनको पक्षमा नरहेको बताइन् । ‘समितिमा यसअघि सहमति भइसकेको विधेयक पारित भएको वर्षमा अनिवार्य अवकाश उमेर ५८ वर्ष राख्ने कुरामा सरकार तयार भएको छ’, उनले भनिन् ।

काठमाडौँको गोंगबुस्थित एक घरबाट प्रहरीले झन्डै ४ करोड रुपैयाँ र सुनका गहना बरामद गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको बिशेष अप्रेशन अन्तर्गत प्रहरीले गोरखाका विनोदकुमार श्रेष्ठको घरबाट स्रोत नखुलेको ३ करोड ५० लाख रुपैयाँ बरामद गरेको हो ।

श्रेष्ठको घरबाट उक्त नगद रकम सहित तयारी अवस्थाका गहना बरामद गरिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको छ ।

अर्घाखाँचीमा एक श्रीमानले आफ्नै श्रीमतीको हत्या गरी शव भान्साकोठाभित्रै खाडल खनेर पुरेको विभत्स घटना सार्वजनिक भएको छ।

श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले छत्रदेव गाउँपालिका-४, पातलेका ३६ वर्षीय किरण गुरुङलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार, किरणले आफ्नी ३४ वर्षीया श्रीमती सुमित्रा कुमाल गुरुङको हत्या गरेको सूचना सोमबार राति प्रहरीलाई प्राप्त भएको थियो।

सूचनाको आधारमा प्रहरी चौकी वल्कोटबाट खटिएको टोली घटनास्थल पुग्दा घरको भान्सा कोठामा खाडल खनेर पुरिएको अवस्थामा सुमित्राको शव फेला परेको थियो।

शव बरामद गरेलगत्तै प्रहरीले श्रीमान् किरणलाई नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानमा हत्यापछि प्रमाण लुकाउने उद्देश्यले भान्सामा खाडल खनेर शव पुरेको देखिएको प्रहरीले जनाएको छ।

घटनाको कारणबारे खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

काठमाडौं- सरकारले नेपाल आउने विदेशी नागरिकहरूको ट्र्याकिङ सुरु गरेको छ। अध्यागमन विभागले अब नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत गर्ने भएको हो ।

अध्यागमन विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले विदेशी नागरिक दर्ता तथा अनुगमन (ट्र्याकिङ) प्रणाली विकास गरेको जनाएको छ ।

अध्यागमनले अध्यागमन ऐन, २०४९ र नियमावली, २०५१ अनुसार नेपालभित्र विदेशीहरूको प्रवेश, उपस्थिति र प्रस्थानलाई नियमन गर्ने एवम् नेपाली नागरिकहरूको प्रस्थान र आगमनलाई व्यवस्थापन गर्ने कार्य अध्यागमन प्रशासनको प्रमुख भएकोले यस प्रणाली सुरु गरिएको जनाएको छ।

‘अन्तराष्ट्रिय दायित्व र प्रतिबद्धताहरूप्रति पूर्ण प्रतिबद्धता प्रकट गर्दै विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग गर्ने उद्देश्यले विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणालीको विकास गरेको छ,’ विभागको सूचनामा उल्लेख छ।

यो प्रणाली पहिलो चरणमा १ असोजबाट काठमाडौं उपत्यका भित्रका तारे होटेलमा अनिवार्य लागु गर्न लागिएको विभागले जनाएको छ । दोस्रो चरणमा १ मंसिरबाट सबै तारे होटेल, विमान कम्पनी, टूर्स एण्ड ट्राभल कम्पनी, मनी एक्स्चेन्जमा लागु गरिने भएको छ ।

काठमाडौँ । आसन्न चाडपर्व लक्षित गरी भदौ ३० गतेदेखि सहुलियत मूल्य पसल सञ्चालन गरिने भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको भदौ ८ गतेको निर्णयानुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सुपथ मूल्य पसल सञ्चालन गरिने भएका हुन् ।

आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखा प्रमुख शिवराम पोखरेलका अनुसार सहुलियत मूल्य पसल सञ्चालनका लागि खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङलाई परिपत्र भइसकेको छ ।

खाद्य व्यवस्था कम्पनीले सञ्चालन गर्ने सहुलियत मूल्य पसलमा सबै किसिमको चामल तथा दाल, गहुँ, चिनी र गेडागुडीमा प्रतिकिलो रु पाँच छुट हुनेछ । त्यसैगरी चिउरा, आटा, पिठो, मैदामा प्रतिकिलो रु सात छुट पाइनेछ । खानेतेलमा पनि प्रतिलिटर रु सात छुट दिइने जनाइएको छ । कर्णालीका रैथाने उत्पादनहरू जुम्ली मार्सी चामल, कागुनो, चिनो, सिमी, उवा र तितेफापरमा प्रतिकिलो रु १० छुट हुनेछ । जिरा, धनिया, चियापत्ती र जिउँदो खसी बोका तथा च्याङ्ग्राको मूल्यमा प्रतिकिलो रु १० छुट पाइनेछ । खाद्य व्यवस्था कम्पनीले विभिन्न ४६ वटा जिल्लामा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौँ उपत्यकामा तीनवटा घुम्ती पसलसहित १५ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ । उपत्यकाबाहेक विभिन्न जिल्लामा साल्ट ट्रेडिङले सहुलियत सुविधा उपलब्ध गराउनेछ । साल्ट ट्रेडिङले नुनमा प्रतिकिलो रु दुई, चिनीमा प्रतिकिलो रु पाँच, तेलमा प्रतिलिटर रु सात र चिउरा, दाल, पिठो तथा मैदामा प्रतिकिलो समान रु सात छुट दिनेछ ।

यस्ता पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रूपमा उपलब्ध गराउने उद्देश्य सरकारले राखेको छ । चाडबाडका समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ ।

काठमाडौँ । मनाङ क्षेत्र नम्बर १ को २ मा हुने प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता भदौ १९ गतेदेखि सुरु हुने भएको छ ।

आज निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।

आयोगले भदौ १९ देखि २५ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको छ ।

मनाङ क्षेत्र नम्बर १ (२) बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) ज्यान मुद्दामा कारागार चलान भएपछि रिक्त भएको पदमा उपनिर्वाचन हुँदैछ ।

सो उपनिर्वाचन प्रयोजनका लागि आयोगको कान्तिपथस्थित केन्द्रीय कार्यालयमा कार्यालय समयमा दल दर्ताको निवेदन पेश गर्नुपर्ने छ ।

दल दर्ताको लागि निवेदन दिँदा निवेदनमा खुलाउनु पर्ने विवरण तथा पेश गर्नुपर्ने कागजातहरु :

(क) राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची-१२ बमोजिमको ढाँचामा निवेदन,

(ख) दल सम्बन्धी विवरणः राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालयको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल, वेबसाइट र सामाजिक सञ्‍जालको खाता,

(ग) दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या,

(घ) पछिल्लो पटक आयोग समक्ष दलको वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति ……. र आ.व …….

(ङ) उपनिर्वाचन प्रयोजनको लागि दल दर्ता गर्न र उम्मेद्‍वारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार दिएको केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, (च)आ.व.२०८०/०८१ को वार्षिक लेखा परीक्षण प्रतिवेदन पेश गरेको मिति, तर, (१) आर्थिक वर्ष २०८०/८१ मा एकीकरण भई वा गाभिई नयाँ कायम भएका दलले आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदन पेश गर्दा एकीकरण वा गाभिनुपूर्वका दलको विवरण समेत देखिने गरी तयार गरिएको वार्षिक लेखा परीक्षण प्रतिवेदन, (२) आर्थिक वर्ष २०८१/८२ मा एकीकरण भई वा गाभिई नयाँ कायम भएका दलले आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदन पेश गर्दा साविकमा अलग अलग रहेका दलको वार्षिक लेखा परीक्षण प्रतिवेदन,

(छ) आयोगमा दल दर्ताको लागि दिएको निवेदनमा दलको प्रमुख पदाधिकारीको दस्तखत,

(ज) उम्मेद्‍वारलाई दलको औपचारिक पत्र प्रदान गर्ने तोकिएको ढाँचामा पदाधिकारीको नाम थर, पद र सम्पर्क नंम्बर सहितको दस्तखत नमूना,

(झ) दल दर्ताको लागि निवेदन पेश गर्दा संविधानको धारा २६९ को उपधारा ९४० बमोजिमका शर्तहरु पूरा गरेको र यी शर्तहरू पूरा गर्ने प्रतिबद्धता जनाएको पत्र,

(ञ) दल दर्ताको निवेदन साथ प्रमुख पदाधिकारी वा प्रमुख पदाधिकारीले अधिकार दिएको व्यक्तिले प्रमाणित गरेको आयोगबाट स्वीकृत रुजुसूची (चेकलिष्ट)।

अन्य थप जानकारीको लागि आयोगको सचिवालयमा सम्पर्क गर्न सकिने बताइएको छ ।

काठमाडौं । विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै नेपाल शिक्षक महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालयमा धर्ना दिएको छ ।

महासंघ र सरकारबीच विगतमा भएका सहमतिअनुसार शिक्षा विधेयक सच्याउन माग गर्दै महासंघ पहिलो चरणको आन्दोलनअन्तर्गत रास्वपा कार्यालयमा धर्नामा बसेको हो ।

संसदीय समितिबाट पारित भएर प्रतिनिधि सभामा पुगेको शिक्षा विधेयकमा महासंघका मागहरु सम्बोधन गर्न दबाब दिनको लागि आफूहरु आन्दोलनमा उत्रिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

सार्वजनिक शिक्षालाई उन्नत गराउनको लागि शिक्षक कर्मचारी र नेपाल शिक्षक महासंघले राखेका मागहरु सम्बोधन गर्नुको विकल्प नरहेको महासंघले बताएको छ । महासंघले भदौ २० सम्म धर्ना कार्यक्रम जारी राख्नेछ ।

महासंघले अस्थायी प्रकृतिका शिक्षकको पदपूर्ति आन्तरिक प्रतिष्पर्धा ७५ प्रतिशत र खुला २५ प्रतिशत हुनुपर्ने माग अघि सारेको छ ।

तर विधेयकमा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला हुने व्यवस्थासहित समितिले प्रतिनिधि सभामा पठाएको छ । विद्यालय कर्मचारीको पद र वेतन सुनिश्चित नभएको र बालकक्षा शिक्षकको पद र सेवा सुविधा निश्चित नभएको, संस्थागत विद्यालयका शिक्षकको सेवा र अव्यवहारिक सरुवा प्रणालीको व्यवस्था ल्याइएको भन्दै महासंघ आन्दोलित भएको हो ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक भदौ ५ मा पारित गरिएको थियो ।

विधेयकमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले फरक मत राखेका छन् ।

काठमाडौं – बहुविवाहको विषयमा विवाद चर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुपन्देही–३ का उम्मेदवार डा. लेखजंग थापाले वैवाहिक सम्बन्ध विच्छेदको कागज सार्वजनिक गरेका छन् ।

पार्टीबाट उम्मेदवार चयन भएपछि बहुविवाहको विषय पेचिलो गरेर मिडियामा सार्वजनिक भएपछि थापाले फेसबुकमार्फत् वैवाहिक सम्बन्ध विच्छेदको कागज सार्वजनिक गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘आदरणीय आमाबुबा दाजुभाई र दिदीबहिनीहरू,एउटा व्यक्तिको जीवनमा परिस्थितिजन्य धेरै कुराहरू हुन्छन्। व्यक्तिको नियत के कुरामा भर पर्छ भने उसले त्यस्ता कुराहरूलाई लुकाउँछ वा पारदर्शी भएर सम्बन्धित सबैलाई भन्दछ। परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो। र त्योभन्दा ठूलो सत्य सम्बन्ध विच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो जसको म बाबा पनि हो। मेरो निजी जीवनको यो आयामबारे मैले पार्टीलाई जानकारी दिएको र पार्टी नेतृत्वले लिएको कानुनी परामर्श समेतलाई उम्मेदवार छनोट प्रक्रियामा संलग्न गरिएको मेरो बुझाइ छ।’

थापाले सार्वजनिक गरेको विवरण जस्ताको तस्तैः

रूपन्देही- ३ मा ९६ वर्षकी मेरी‌ बुढी आमा बस्नुहुन्छ, पहिलो फ्लाइट लिएर आमालाई आफू उम्मेदवार भएको खुसी बाँडेर आशीर्वाद लिने मन थियो। सोचेको थिएँ एउटा चिकित्सकका रूपमा मैले गर्न खोजेका सत्कर्मका कुराहरू हेडलाइन बन्छन् होला र म आमालाई त्यही कुराहरु देखाएर राजनीति अब सङ्लो हुन्छ है, परिवर्तनको छनक हजुरले आफ्नै पालामा देख्नुहुन्छ है भनेर विश्वास दिलाउँछु।

खैर जिन्दगी सोचे जस्तै कहाँ हुन्छ‌ र मलाई आशीर्वाद दिन भैरहवामा मेरी आमा मलाई कुर्दै गर्दा म काठमाडौँमा मेरो निजी जीवनमाथि प्रश्न गर्नेहरू लाई उत्तर दिँदैछु।

प्रश्न गर्ने सबैजनालाई हेक्का होस्, मेरो पारिवारिक जीवन न गैरकानुनी छ, न समस्यापूर्ण। म व्यक्ति लेखजङ थापामाथि आक्रमण भएको भए सायद म जवाफ पनि दिन्थिन होला। तर मैले बुझेको छु यो आक्रमण म‌ माथि होइन ,यो बेथिति र विसङ्गतिमा रमाउनेहरू बाट समाजलाई कञ्चन बनाउन सुसंस्कृत राजनीति गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी माथि भएको सुनियोजित आक्रमण हो। त्यसैले मैले आफ्नो वैयक्तिक कुराहरु पनि राख्नुपर्छ।

आदरणीय आमाबुबा दाजुभाई र दिदीबहिनीहरू,एउटा व्यक्तिको जीवनमा परिस्थितिजन्य धेरै कुराहरू हुन्छन्। व्यक्तिको नियत के कुरामा भर पर्छ भने उसले त्यस्ता कुराहरूलाई लुकाउँछ वा पारदर्शी भएर सम्बन्धित सबैलाई भन्दछ। परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो। र त्योभन्दा ठूलो सत्य सम्बन्ध विच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो जसको म बाबा पनि हो।
मेरो निजी जीवनको यो आयामबारे मैले पार्टीलाई जानकारी दिएको र पार्टी नेतृत्वले लिएको कानुनी परामर्श समेतलाई उम्मेदवार छनोट प्रक्रियामा संलग्न गरिएको मेरो बुझाइ छ।

एउटा कालखण्डमा जीवन बिताउने वाचा गरेका सम्बन्धहरू कुनै कारणले टुट्दै गर्दा त्यस पछाडिको सम्बन्ध तितो हुनुपर्छ भन्ने मलाई लाग्दैन। दुई व्यक्तिहरू असल हुँदाहुँदै पनि कहिलेकाहीँ सम्बन्धहरू टुट्छन्। तर ती टुटेका सम्बन्धहरूले बच्चाहरूको जीवन बर्बाद हुनु हुँदैन भन्ने मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो।

न्युरोचिकित्सकका रुपमा १४ वर्ष लामो मेरो यात्रामा मैले हजारौँ बालबालिकाहरूलाई नजिकबाट नियालेको छु र एउटा परिवार बिग्रँदा उनीहरूको सुसुप्त बाल मनोविज्ञानमा पर्ने असर महसुस गरेको छु। यसका आधारमा पारिवारिक सम्बन्धको असर बच्चामा पर्नु हुँदैन भन्ने कुरामा म सचेत छु।

सन्तानको भविष्यका लागि उसलाई जन्म दिने आमासँग मिलेर साझा अभिभावकत्व दिनका लागि यदि मेरो सम्बन्ध सौहाद्रपूर्ण छ र त्यो यदि मेरो गल्ती हो भने मलाई त्यसमा ग्लानी छैन। सम्बन्धविच्छेद भन्ने बित्तिकै के एकअर्कालाई गाली गर्नैपर्ने हो, के अर्काको अस्तित्व स्वीकार्न नहुने हो, के एकअर्कासँग भेट्नै नहुने हो वा उसँग मित्रभाव राख्नै नहुने हो? यदि मेरो छोराले उसको बाबाको सम्बन्ध आमासँग सुमुधर होस् भन्ने चाहन्छ भने ऊ नाबालिग हुँदासम्म मात्र होइन म बाचुन्जेल सम्बन्धको त्यो पक्ष दरिलो बनाउन चाहन्छु। त्यसमा मलाई कसैको अनुमति लिनु पर्दैन।

राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरू, मेरो व्यावसायिक र सामाजिक जीवन खुला किताबझैँ सार्वजनिक छ। पेशागत सफलताले पूर्ण सन्तुष्ट भएपनि नागरिकका रुपमा म देशमा झाङ्गिँदै गएको विकृतिबाट असन्तुष्ट भएर राजनीतिमा आएको हुँ। देश निर्माणमा योगदान दिन सक्छु भनेर कुनै कालखण्डमा एउटा पार्टीसँगको मेरो आबद्धतालाई कानुनी विधि अनुशरण गरी टुङ्ग्याएर राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्य बनेको हुँ। मेरो यात्रा औसत राजनीतिभन्दा माथि रूपान्तरणकारी परिवर्तनका लागि हो। विराट लक्ष्य लिएर हिँडेको व्यक्ति यस्ता कुनै खाले आक्रमणबाट डराउनु हुँदैन , तर मेरो व्यक्तिगत कारणले पार्टीमाथि सानो दाग पनि लागोस् भन्ने म किन्चित चाहन्न ।

म नेता बन्न होइन,देश बदल्ने अभियानको सहयात्री बन्न आएको हुँ। त्यो रूपान्तरणमा म बल हुन चाहन्छु, कमजोरी होइन । यो देशमा कति ठूलो राजनीतिक सुनामी आउँदैछ रुपन्देहीले सुनाउँदै छ । कसले भन्यो रूपन्देही -३ को उम्मेदवार म हो भनेर? रुपन्देही -३ को उम्मेदवार त पुनम,जेबी ,रचना,सुलभ, ज्ञानु, मधु, पार्थिवेन्द्र, कुसुम अनि यो देशलाई माया गर्ने सबै नेपाली हो। अस्ति नक्खु कारागारमा सभापतिले हामी सबैलाई भन्नुभएको कुरा म अहिले सम्झिरहेको छु। तपाईँहरु उम्मेदवार हुनुहोस् मेरो शुभकामना छ ,यदि बन्नुभएन भने पनि यो देश एउटा सौम्य र शान्तिपूर्ण क्रान्तिका लागि अब तयार छ र तपाईँहरू त्यसको संवाहक बन्नुपर्छ।

म त्यही यात्रामा अगाडि बढेको छु। रूपान्तरणको सुनामी ल्याउन हिँडेको मान्छे जस्तोसुकै त्यागका लागि पनि तयार छ। नेपालकै राजनीतिक इतिहासमा अभूतपूर्व अभ्यास मानिएको ‘उम्मेदवार छनोट विधि’ अन्तर्गत ३५ दिन लामो बहुआयामिक प्रक्रियाबाट छनोट भई उम्मेदवार घोषित भएको तथ्य अवगत नै छ‌। तथापि मेरो पार्टीले गर्ने कुनैपनि निर्णयलाई म सहर्ष स्वागत ,स्वीकार र पालना गर्नेछु ।

 

मेष : धार्मिक र आध्यात्मिक यात्रा वा कार्यमा संलग्न हुने सम्भावना प्रबल छ। भाग्यको साथ रहने दिन भएकाले रोकिएका कार्यहरू अघि बढ्न सक्छन् । पितासँग सम्बन्ध सुधार हुने सम्भावना छ । अध्ययन तथा प्रतियोगिता क्षेत्रका लागि लाभदायक समय छ ।

वृष : स्वास्थ्यमा सामान्य कमजोरी महसुस हुन सक्छ । मानसिक तनाव तथा अप्रत्याशित खर्चले दिनलाई केही कठिन बनाउन सक्छ । गोप्य विषयमा रुचि बढ्न सक्छ, तर जोखिमपूर्ण कार्यबाट टाढा रहनु बुद्धिमानी हुनेछ ।

मिथुन : साझेदार वा जीवनसाथीसँग विचार-विमर्श आवश्यक हुन सक्छ । सम्बन्धमा पारदर्शिता जरुरी छ । व्यापारिक साझेदारीमा चनाखो रहनु उपयुक्त हुनेछ । सामाजिक सञ्जालमा सकारात्मक चर्चा हुनसक्छ ।

कर्कट : प्रतिस्पर्धामा विजय प्राप्त हुने दिन हो । स्वास्थ्यमा सुधार आउने संकेत छ । ऋण-समस्या समाधानतर्फ जान सक्छ । व्यावसायिक क्षेत्रमा मेहनतअनुसार फल प्राप्त हुनेछ । न्यायिक मामिलामा प्रगति देखिने योग छ ।

सिंह : सन्तानसुख तथा अध्ययनमा मध्यम फलदायी दिन छ । प्रेमसम्बन्धमा मिश्रित अनुभव हुनसक्छ । सिर्जनात्मक कार्यमा लगाव बढ्नेछ । मनोरञ्जन वा कला क्षेत्रमा समय बिताउन सकिने सम्भावना छ ।

कन्या : गृहसुखमा कमीको अनुभव हुनसक्छ । माताको स्वास्थ्यमा चासो दिनु पर्ने देखिन्छ । भावनात्मक उतार–चढाव रहने भएकाले संयम जरुरी छ । सम्पत्ति वा सवारीसाधनसम्बन्धी निर्णयमा धैर्यता अपनाउनु राम्रो हुनेछ ।

तुला : साहस, आत्मविश्वास र संचार क्षमता उच्च रहनेछ । भाइबहिनीसँग सम्बन्ध प्रगाढ बन्नेछ । नयाँ कार्य सुरु गर्न अनुकूल समय छ । सृजनशीलता र व्यक्तित्व अभिव्यक्तिमा सफल हुन सकिने दिन हो ।

वृश्चिक : वाणी मधुर बनाउनु पर्ने आवश्यकता रहन्छ । परिवारमा सामान्य खटपट हुनसक्छ । आर्थिक विषयमा विचारपूर्वक निर्णय गर्नु उपयुक्त हुनेछ । खानपानमा ध्यान दिनुहोस् । पारिवारिक मूल्यमा ध्यान दिनुपर्ने समय छ ।

धनु : स्वास्थ्य, उत्साह र आत्मबलमा वृद्धि हुनेछ । व्यक्तित्वमा तेज र आकर्षण देखिनेछ । नेतृत्व क्षमता प्रस्फुटन हुनेछ । नयाँ योजना प्रारम्भ गर्न सकिने समय छ । मूल नक्षत्रको प्रभावले परिवर्तनशीलता देखिन सक्ने भएकाले अति उत्साहमा नियन्त्रण गर्नु उचित छ ।

मकर : विदेशसम्बन्धी कार्यमा सफलता मिल्न सक्छ । तर आर्थिक पक्ष कमजोर हुनसक्ने संकेत छन् । निद्रा कम हुने वा मानसिक चञ्चलता बढ्ने सम्भावना छ । खर्चमा नियन्त्रण आवश्यक। शारीरिक थकान रहन सक्छ ।

कुम्भ : लाभका मार्ग खुल्ने दिन हो । आकांक्षा पूरा हुने संकेत छ । सामाजिक र व्यावसायिक सञ्जाल विस्तार हुने सम्भावना छ । मित्र वा सहकर्मीको सहयोग प्राप्त हुनेछ । कुनै विशेष योजना सफल हुनसक्छ ।

मीन : पेशा-व्यवसायमा सम्मान र सफलताको सम्भावना छ । उच्च पदस्थ व्यक्तिसँग भेटघाट वा सहकार्य हुनसक्छ । निर्णयशक्ति बलियो रहनेछ । पिताको मार्गदर्शन लाभदायी हुनेछ । कामको भार बढ्न सक्ने देखिन्छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।