
काठमाडौं । नेपाली कांग्रेसका नेता रञ्जित कर्णको अगुवाइमा राजबिराजमा सिटी हल निर्माण हुने भएको छ ।
कर्णको अगुवाइमा निवर्तमान मेयर हेमराज यादव, विद्यालयका प्रधानाध्यापक, स्थानीय समाजसेवी, बुद्धिजीवी तथा राजनीतिक दलका प्रतिनिधिहरूबीच सर्वपक्षिय छलफल भएको छ ।
छलफलले विद्यालय अगाडिको क्षेत्रमा करिब १५० वटा सटर भवन निर्माण गर्ने निर्णय गरेको छ, जसबाट विद्यालयलाई दीर्घकालीन आयस्रोत प्राप्त हुने अपेक्षा गरिएको छ।
साथै, सामुदायिक हल निर्माण गरी स्थानीय र विद्यालयले दुवै प्रयोग गर्न सक्ने व्यवस्था मिलाउने, सार्वजनिक शौचालय निर्माण गर्ने र इलाइबेरी तथा अडियो–भिडियोका लागि आधुनिक हाइटेक सुविधा बनाउने निर्णय पनि गरिएको छ।
रञ्जित कर्णले भनेका छन्, “सिटी हलले स्थानीय समुदायलाई भेटघाट, कार्यक्रम र सामाजिक विकासका लागि प्रयोग हुने मात्र नभई विद्यालयका विद्यार्थीलाई पनि लाभ पुग्नेछ।”
काठमाडौं । भारतको अयोध्यामा राम मन्दिर बनेसँगै नेपाल सरकारले जनकपुरस्थित जानकी मन्दिरलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न चासो दिनुपर्ने आवाज उठेको छ।
पर्यटक भित्र्याउने आवश्यक सुविधा निर्माण गर्ने र अयोध्या–जनकपुरलाई रेलमार्गमार्फत जोड्ने कामले पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने धारणा व्यक्त गरिएको छ।
जनकपुरमा सम्पन्न ‘पर्यटनबाट आर्थिक समृद्धि : जनकपुरको भविष्य’ विषयक विशेष कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रहिसकेका रञ्जित कर्णले जनकपुरलाई राम–सीताको संयुक्त सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका रूपमा प्रवर्द्धन गर्न सकिने बताए। उनका अनुसार अयोध्यामा दैनिक एकदेखि पाँच लाखसम्म भक्तजन पुग्ने गरेका छन्। तीमध्ये ३० प्रतिशत मात्र जनकपुर आउन सके पनि नेपालले वार्षिक करोडौं रुपैयाँ आम्दानी गर्न सक्ने र हजारौं रोजगारी सिर्जना हुने उल्लेख गरे।
कर्णले अयोध्या–जनकपुर रेलमार्ग निर्माणलाई प्राथमिकता दिनुपर्ने, पर्यटकमैत्री पूर्वाधार तयार गर्नुपर्ने र मिथिला सभ्यताको केन्द्र जनकपुरलाई विश्वसामु चिनाउन सरकार, निजी क्षेत्र र स्थानीय समुदाय सबै मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा मधेश प्रदेशका सांसद राम सरोज यादव, विभिन्न प्रतिष्ठित व्यवसायी, सामाजिक अभियन्ता तथा बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता थियो। सहभागीहरूले जनकपुरलाई सफा, सुन्दर र पर्यटकमैत्री शहर बनाउन विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए।
सांसद यादवले जनकपुरलाई मिथिला सभ्यताको राजधानीका रूपमा विश्वसामु स्थापित गर्न सरकार र जनसमुदायले साझा प्रयास गर्नुपर्नेमा जोड दिए। त्यस्तै, सर्वसाधारण सहभागीहरूले सरसफाइ, पूर्वाधार सुधार र प्रचार–प्रसारलाई प्राथमिकतामा राखी पर्यटनलाई आर्थिक समृद्धिको प्रमुख आधार बनाउनुपर्ने धारणा राखेका थिए।
पोखरा । पोखरा–१७ स्थित पाताले छाँगो (डेभिड फल्स) क्षेत्रको विकास योजना स्थानीय विरोधका कारण विवादित बनेको छ।
पोखरा महानगरपालिकाले निजी कम्पनीलाई सार्वजनिक–निजी साझेदारी (सानिसा) मोडलमा ४० वर्षलाई सञ्चालन गर्न दिने भनेपछि सुरु भएको विवाद अझै सकिएको छैन् । विवादकै विषयमा बिहीबार खुकुरी प्रहार सम्मको घटना भएको छ ।
यो आयोजना संचालनमा आउन सके पोखरामा पर्यटन प्रवद्र्धनमा ठुलो टेवा पुग्ने महानगरपालिकाले दाबी गर्दै आएको छ । भने, पोखरा १७ का स्थानीय कुनैपनि हालतमा काम अघि बढाउन नदिने ध्याउन्नमा छन् । सोही कारण जति जति बेला निजी कम्पनी र पोखरा महागरको टोली त्यस क्षेत्रको कामका लागि जान्छन अनि विवादले चर्को रुप लिन्छ । सोही अनुसार निजी कम्पनीले सेती क्यान्योन प्रालिले पातले छाँगो परिसरका सार्वजनिक सुनुवाईको आयोजना गरेको थियो ।
बिहीबारको सुनुवाइमा सेती क्यान्योन प्रालिका कर्केन गुरुङले कम्पनीका योजनाबारे मन्तव्य राख्दा स्थानीयले विभिन्न प्रश्न उठाउँदै विरोध गरे। सुनुवाइ विवादित बनेपछि कार्यक्रम पुनः बिथोलिएको थियो।
महानगर प्रवक्ता मोति तिमिल्सिनाले भने, “यो सम्झौता कानुनसम्मत गरिएको हो। अदालतले कम्पनीको पक्षमा फैसला पनि दिइसकेको छ। कानुनभन्दा माथि कोही होइन। यसैले हामी कानुनसम्मत कार्य अघि बढाउने छौं।” उनले थपे, “स्थानीयसँग सहकार्य, छलफल र राजनीतिक दलहरूसँगको बैठकहरू जारी छन्। केही दलका केही व्यक्तिहरूले अवरोध गरिरहे पनि विकास रोक्ने अवस्था छैन।”
पाताले छाँगोमा निर्माण हुने आकर्षणहरू
सिसाको स्काई–वाक
खोलामाथि ट्राम्पोलिन
टनेल र लिफ्ट सुविधा
रेस्टुरेन्ट र क्याफे
स्टीम बोट
आर्थिक व्यवस्थास्
वार्षिक स्थिर रोयल्टी २ करोड रुपैयाँ
कुल आम्दानीको परिवर्तनशील रोयल्टी ८.५५
चार वर्षपछि स्थिर रोयल्टीमा ५ प्रतिशत वृद्धि
परिवर्तनशील रोयल्टीमा चार वर्षपछि १० प्रतिशत वृद्धि, त्यसपछि प्रत्येक दुई वर्षमा ५ प्रतिशत वृद्धि
महानगरका अनुसार, स्थानीयले २ करोड स्थिर रोयल्टी मात्रमा विरोध गरिरहेका छन् भने त्यो रकममा परिवर्तनशील रोयल्टी समावेश गरिएको छैन। कम्पनीले वार्षिक आम्दानी ४ करोडभन्दा बढी दिने प्रावधान रहेको छ।
केही स्थानीय राजनीतिक दलसँग आबद्ध भएर विरोध गरिरहेका छन् भने, केही मात्र व्यक्तिगत चासोका कारण अवरोध सिर्जना गरिरहेका छन्। ूयो आयोजना सञ्चालनमा आएमा पोखरामा पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने महानगरपालिकाको दाबी छ। महानगरलाई आर्थिक र पर्यटन दुवै क्षेत्रमा फाइदा हुनेछ। विरोधको कुनै तुक छैन र विकासमा राजनीतिकरण गरिएको देखिन्छ।
प्रवक्ता तिमिल्सिनाले भने, “स्थानीयले प्रश्न राख्न पाउने अधिकार छ, तर विकास र पर्यटन प्रवर्द्धनका लागि अवरोध हुनु उचित छैन। सम्झौता तोडियो भने महानगरलाई करोडौं रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्छ। कम्पनीले मुद्दा दायर गरे काम बन्द हुन सक्छ।”
महानगरका अनुसार, करौडौं रुपैयाँको लगानी महानगरले आफैं गर्न सक्दैन। त्यसैले निजी कम्पनीलाई योजना संचालनको जिम्मेवारी दिनु उचित रहेको छ। प्रवक्ता तिमिल्सिनाले भने, “हामी सबै पक्षसँग छलफल जारी राख्दै कानुनसम्मत योजना अघि बढाउने प्रतिबद्ध छौं। विकास कार्य रोकिएमा लागत बढ्ने र समय लम्बिनेछ।”
महानगरले सबै दल र स्थानीयसँग सहकार्य गर्दै सार्वजनिक–निजी साझेदारी मोडल अन्तर्गत योजना अघि बढाउने तयारीमा छ। तर, स्थानीयको विरोधका कारण विकासमा व्यवधान कायम छ।
नेपालमा सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा गर्ने चासो देखाउँदै ८ वटा सामाजिक सञ्जाल सरकारसँग सम्पर्कमा आएका छन्।
नेपालमै केन्द्रित भई सेवा दिइरहेको हाम्रो पात्रोले बिहीबारदेखि दर्ता प्रक्रिया थालेर निरन्तर सञ्चालन सुनिश्चित गरेको छ। त्यसपछि विश्वव्यापी रूपमा प्रयोगमा आउने मेटा कम्पनी (फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्स) ले समेत सूचीकरणका लागि आवश्यक कागजातबारे चासो देखाएको मन्त्रालयले जनाएको छ।
यस्तै, शुक्रबार ट्विटर (एक्स) ले पनि आधिकारिक सम्पर्क गरेर सरकारसँग सहकार्यको इच्छा प्रकट गरेको छ भने चिनियाँ लोकप्रिय एप वी च्याट ले समेत सूचीकरण प्रक्रियाबारे जानकारी माग्दै संवाद सुरु गरेको छ।
मन्त्रालयका अनुसार, अन्य सामाजिक सञ्जालहरू पनि चाँडै सम्पर्कमा आउने अपेक्षा गरिएको छ। सरकारको निर्देशनमा शुक्रबारदेखि २६ वटा सामाजिक सञ्जाललाई नेपालमा प्रतिबन्ध लगाइएको छ ।
काठमाडौँ । विभिन्न २६ ओटा सामाजिक सञ्जालमाथि सरकारले प्रतिबन्ध लगाउँदा सबैभन्दा बढी फाइदा भाइबरलाई भएको छ । प्रतिबन्ध अघि ८९ स्थानमा रहेको यो मेसेजिङ एप २४ घण्टामै नेपालको पहिलो नम्बरमा आएको हो ।
यस क्रममा एपले ८८ ओटा एपलाई पछाडि पारेको छ । गुगल प्ले स्टोरको टप चार्टमा राकुटेन भाइबर मेसेन्जर एक नम्बरमा छ । त्यसपछि क्रमशः च्याटजीपीटी, इमो, ह्वाट्सएप, कल एप, क्यापकट छन् ।
प्रतिबन्धबाट जोगिएको अर्को एप टिकटक भने अझै पनि सातौँ नम्बरमा छ । जब कि २४ घण्टाअघि च्याटजीपीटी पहलो नम्बरमा थियो भने त्यसपछि क्रमशः ह्वाट्सएप, क्यापकट, टिकटक, टिकटक लाइट, याङ्गो, शेयरइट र अलिएक्सप्रेस रहेका थिए ।
यसरी हेर्दा पछिल्लो २४ घण्टामा च्याटजीपीटी १ स्थान पछि, ह्वाट्सएप २ स्थानपछि, क्यापकट र टिकटक समान ३ स्थान पछि धकेलिएका छन् । पछिल्लो समयको डाउनलोड सङ्ख्याको आधारमा प्ले स्टोरले यो चार्ट तयार पार्ने गर्छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक संजाल बन्द हुँदाको अनुभव शेयर गरेका छन् । फेसबुकमार्फत मेयर साहले यसले तनाव बढ्ने बताए ।
उनले यसरी सामाजिक संजाल बन्द हुँदा हामी जस्तो भाषण दिनेलाई गाह्रो हुने बताए । उनले भने, ‘फेसबुक बन्द गरेरनि तनाव हुँदोरैछ, अब अरुले काम गरेको मात्र देख्ने भए, बोलेको नसुन्ने भए !! गाह्रो छ हामी जस्तो भासन दिनेहरुलाई !’
सरकारले बिहीबारदेखि नेपालमा सूचीकृत नभएका २६ वटा सामाजिक संजाल बन्द गर्ने निर्णय गरेको छ ।
काठमाडौं– वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्ददशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठदिनसम्म मनाउने प्रचलन छ ।
भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।
यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी भक्तपुरको चितपोल जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ । उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ ।
आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । राजतन्त्र रहुञ्जेल राजाबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा थियो ।
इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि सुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।
यस उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार स्नान गरेर मेला भर्न भक्तजनहरूको घुइँचो लाग्छ ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साथीभाइ, बन्धुबान्धव तथा इष्टमित्रको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । व्यापार तथा उद्योगमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले उपलब्धिमूलक काम गर्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सामाजिक काम गरी इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । व्यवसायमा लगानीका प्रस्ताव आउने तथा मनग्गे धन आर्जन गर्न सकिने हुनाले जीवन शैलीमा परिवर्तन हुनेछ । पढाइमा मन जानेछ भने पढाइकै सवालमा लामो दुरीको यात्राको तय हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । कृषी तथा पशुपालन क्षेत्रमा लगानी बढाई आम्दानी बढाउन सकिनेछ । तर पनि यात्रा गर्दा वा सवारी साधन चलाउँदा ध्यान दिनुहोला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) धार्मिक तथा आध्यात्मिक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र वा मन्दिर तिरको यात्रा गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यवसाय गर्न सक्दा थप लगानी गर्न सकिनेछ । पुराना काम सफलता पूर्वक सम्पन्न हुने हुनाले मन प्रसन्न हुनेछ । व्यापार तथा उद्योगको लगानीबाट आम्दानी गर्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लामो खटाइमा बाबजुद आंशिक सफलता हात पार्न सकिनेछ । पढाइ लेखाइमा कमी कमजोरी भएको अनुभूति हुनेछ । व्यापारमा मन्दी आउनाले अर्थ अभाव हुनेछ । स्वास्थ्यमा समस्या आउने तथा खर्च बढ्ने योग रहेको छ । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब सिर्जना हुनेछ । विवाद तथा आलोचना हुँदाहुँदै पनि जिम्मेवारी बहन गर्नुपर्ने समय रहेको छ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापारको सिलसिलामा छोटो दुरीको यात्रा हुने अधिक सम्भावना रहेको छ भने व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । भौतिक साधनहरू जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययन, लेखन, कला साहित्य तथा गीत सङ्गीतमा चासो बढ्नेछ भने तपाईँको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्बन्धमा विश्वासको वातावरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) ऋण, रोग तथा शत्रुलाई पन्छाउँदै गर्दै अगाडी बढ्न सकिनेछ । साथीभाइ तथा इष्टमित्रबाट सहयोग पाइने हुनाले व्यवसायमा लगानी बढाई आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने तथा थोरै समय दिँदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । मामा तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिहानको समय मध्यम रहेकोले सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महसुस हुनेछ । प्रतिस्पर्धीहरूको अवरोधले पाइँदाको सम्भावना टरेर जानेछ । मध्यान्हबाट समय राम्रो रहेकोले व्यवसायमा लगानी बढाउँदा मनग्गे लाभ हुनेछ । पढाइ लेखाइमा प्रतिद्वन्द्वहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । बिलासी वस्तु उपहारको रूपमा प्राप्त हुनेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समय राम्रो रहेकोले व्यापारमा लगानी बढाई मनग्गे आम्दानी हुनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलापमा भाग लिने अवसर जुर्ने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले पढाइमा मन लाग्ने छैन । आफन्त तथा आमासँग टाढिएर यात्रा गर्नु पदा मन खिन्न हुनेछ । घरजग्गा सम्बन्धी कारोबारमा मन्दी आउनाले आम्दानीमा कमी आउनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समय तथा भाग्यले साथ दिने हुँदा सानो लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । पराक्रमी तथा पुरुषार्थी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । सूचना प्रविधिको प्रयोग मार्फत नयाँ काम गर्न सकिनेछ । दाजुभाइ तथा आफन्तको सहयोग पाइनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । खाद्यान्न, निर्माण सामाग्री तथा बिलासी सामानको व्यापारमा लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साहित्य तथा कलाकारिता क्षेत्रमा समय खर्चिँदै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । बोलेर गर्ने कुनै पनि पेसा व्यवसाय फस्टाएर जानेछ भने काउन्सेलिङ, मोटिभेसन जस्ता क्रियाकलापमा भाग लिन तारिफ योग्य प्रस्तुति दिन सकिनेछ । कुटुम्ब,आफन्त तथा नजिकका मानिससँग भेट भई पारिवारिक माहौलमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिहानको समयमा लामो दुरीको यात्रा तथा विदेशसँग सम्बन्धित कामहरू हुनेछन् । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले सामाजिक काम गरी नाम कमाउन सकिनेछ । व्यापारमा नयाँ लगानी थप्न सकिनेछ । इमान्दार तथा लगनशील भएर लाग्नाले ठुलो उपलब्धि हासिल गर्न सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिहानको समय राम्रो रहेकोले व्यापारमा समय लगानी गर्नेहरूका लागी समय राम्रो रहेको छ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायमा समय दिनुपर्ने हुनसक्छ । मध्यान्हबाट पढाइ लेखाइमा मन नजाँदा भनेजस्तो नतिजा हात पर्न सकिनेछैन । काम गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ ।