२०८२ आश्विन ३० गते बिहीबार
२०८२ आश्विन ३० गते बिहीबार

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद डा. सुनिल कुमार शर्माले जेन–जी पुस्ताले उठाएको आवाजलाई सरकारले दमन गरेकोप्रति कडा आपत्ति जनाएका छन् ।

फेसबुकमार्फत उनले अभिव्यक्ति स्वतन्त्रतामाथि लगाउन खोजिएको लगाम, चरम गरिबी, उच्च बेरोजगारी, व्यापक भ्रष्टाचार, कुशासन, राज्य सम्पत्तिको दोहन र नेताका सन्तानको “नेपोबेबी” जीवनशैलीविरुद्ध उठेको युवा आन्दोलनलाई बुट र बन्दुक प्रयोग गरी दमन गर्नु सरकारको क्रुरता भएको टिप्पणी गरेका छन् ।

इतिहासमै पहिलोपटक संसद भवन परिसरभित्रै प्रदर्शनकारी प्रवेश गरेको घटनालाई उनले केवल प्रतीकात्मक नभई नेतृत्व र संरचनाको असफलता उजागर गर्ने चेतावनीजनक सन्देश भएको बताएका छन् ।

आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले जेन–जी पुस्ताका आवाजलाई उच्च प्राथमिकताका साथ सम्बोधन गर्न सरकार तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् ।

शर्माले फेसबुकमा लेखेका छन्- अभिव्यक्ति स्वतन्त्रतामा सरकारले लगाउन खोजेको लगाम, चरम गरिबी, उच्च बेरोजगारी, व्यापक भ्रष्टाचार, कुशासन, राज्यको सम्पत्तिमा हुने दोहन, नेताका छोराछोरीका अस्वाभाविक मोजमस्ती, आलिशान जीवनशैली (नेपोबेबी) को विरोधमा जेन—जी पुस्ताले उठाएको आवाजलाई बुट र बन्दुकले दमन गर्ने क्रुरता सरकारले देखाएको छ त्यो अत्यन्त लज्जाजनक छ । उनीहरुको आक्रोश र मागलाई गंभिरतापुर्वक सुन्नु हाम्रो पार्टी र सरकारको कर्तव्य थियो । तर आज राजधानी र देशैभर फैलिएको आन्दोलन, भडकिएको हिंसा, दमन, गोली प्रहार र युवाहरुको मृत्युले देश नै आक्रान्त बनेको छ । हामी वी. पी. कोइराला जस्तो देश र जनता प्रति समर्पित जननेताको आदर्शबाट प्रेरित भएर कांग्रेसमा छौं, त्यो पार्टी आज यस्ता घटनामा अप्रत्यक्ष वा प्रत्यक्ष रूपमा मुछिएको देख्दा, मलाई लज्जाबोध भएको छ। इतिहासमै पहिलोपटक संसद भवनको परिसरभित्र युवा प्रदर्शनकारीको प्रवेश भएको छ। यो केवल प्रतीकात्मक घटना मात्र होइन, यसले जनता आफ्ना प्रतिनिधि र संसदसंग असन्तुष्ट रहेको, लोकतन्त्रप्रति भरोसा घटिरहेको र वर्तमान राजनीतिक संरचना जनताको आवाज सुन्न असफल भएको देखाएको छ। यो घटनाले नेतृत्वको गैर जिम्मेवारीपन र संरचनाको कमजोरी उजागर गरेको छ। यो आन्दोलन केवल विरोध होइन। यो देशभक्तिको भाव, युवा पुस्ताको भविष्यप्रतिको चिन्ता र राष्ट्र विकासप्रतिको तीब्र चाहनाको प्रतीक हो। आजको आन्दोलनका क्रममा आफ्नो अमुल्य जीवनको बलिदानी दिनु भएका सबै प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु। साथै, आन्दोलनको क्रममा घाइते हुनुभएका सबैलाई शीघ्र स्वास्थ्य लाभको हार्दिक कामना गर्दछु। जेन—जी का आवाजहरुलाई गंभिरता र उच्च प्राथमिकताका साथ लिई समयमा नै सम्बोधन गर्न म सवैलाई आग्रह पनि गर्दछु ।

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका छन् । मन्त्रिपरिषद्का एक सदस्यले लेखकले बैठकमै राजीनामा घोषणा गरेको पुष्टि गरे ।

सुरक्षा व्यवस्थाको जिम्मेवारी सम्हाल्ने गृहमन्त्री लेखकले प्रदर्शन नियन्त्रणमा लिन नसकेको भन्दै नैतिक जिम्मेवारी स्वीकार्दै राजीनामा दिएको बताइएको छ ।

सोमबार राजधानीलगायत विभिन्न स्थानमा जेनजी समूहले गरेको प्रदर्शन हिंसात्मक बन्दै जाँदा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको थियो । हालसम्म १९ जनाको मृत्यु भइसकेको पुष्टि सरकारले गरिसकेको छ । दर्जनौं घाइते छन् ।

घटनापछि सार्वजनिक र राजनीतिक वृत्तमा लेखकको राजीनामाको माग बढ्दै गएको थियो । स्रोतका अनुसार लेखकले राजीनामा दिनुअघि कांग्रेस बैठकमा पनि पदबाट राजीनामा दिन चाहेको बताएका थिए ।

काठमाडौं । आज बिहानदेखि जारी जेनजी प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाको मृत्यु भएको छ ।

उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचारका क्रममा १९ जनाको मृत्यु पुष्टि भएको छ ।

स्रोतका अनुसार ट्रमा सेन्टरमा मात्रै ८ जनाको मृत्यु भएको छ । सिभिल अस्पतालमा ३ जनाको मृत्यु भएको छ भने केएमसी अस्पतालमा २ जनाको मृत्यु भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा १ जनाको र एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दियो । यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको छ ।

प्रहरी र प्रदर्शनकारीबीचको झडपका कारण धेरै घाइते भएका छन्, तर घाइतेहरूको यकिन संख्या र अवस्था अहिलेसम्म सार्वजनिक भएको छैन । घाइते र मृतकको संख्याबारे एकिन जानकारी आउन बाँकी छ ।

यस्तै, सुनसरीको इटहरीमा पनि प्रहरीले चलाएको गोलीबाट दुई प्रदर्शनकारीको मृत्यु भएको छ ।

गोली लागेर गम्भीर घाइते भएका दुवै जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो ।

अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । घटनामा घाइते भएका अर्का एक प्रदर्शनकारीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यस क्रममा सशस्त्र प्रहरी बलका एक सहायक हवल्दारसमेत घाइते भएका छन् । उनको गालामा चोट लागेको र अवस्था खतरामुक्त रहेको बताइएको छ ।

काठमाडौँ । काठमाडौँमा जारी जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको काठमाडौँ मेडिकल कलेजले निःशुल्क उपचार गर्ने भएको छ ।

 

काठमाडौँ मेडिकल कलेजले एक विज्ञप्ति जारी गर्दै आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने घोषणा गरेको हो ।

अस्पताल प्रशासन प्रमुख नारायण प्रसाद दाहालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क उपचारको व्यवस्था मिलाइएको बताए ।

 

काठमाडौं । आज बिहानदेखि जारी जेनजी प्रदर्शनका क्रममा अहिलेसम्म १७ जनाको मृत्यु भएको छ ।

उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचारका क्रममा १७ जनाको मृत्यु पुष्टि भएको छ ।

ट्रमा सेन्टरमा मात्रै ७ जनाको मृत्यु भएको छ । सिभिल अस्पतालमा ३ जनाको मृत्यु भएको छ भने केएमसी अस्पतालमा २ जनाको मृत्यु भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा १ जनाको र एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दियो । एक जनाको भने संसद भवन अगाडी नै गोली लागेर मृत्यु भएको थियो ।

प्रहरी र प्रदर्शनकारीबीचको झडपका कारण धेरै घाइते भएका छन्, तर घाइतेहरूको यकिन संख्या र अवस्था अहिलेसम्म सार्वजनिक भएको छैन । घाइते र मृतकको संख्याबारे एकिन जानकारी आउन बाँकी छ ।

काठमाडौं। जेनजीको प्रदर्शनमा घाइते भएकालाई सरकारले नि :शुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भएको आन्दोलनमा घाइते भएका नागरिकको ज्यान बचाउने जुनसुकै पनि उपचार निःशुल्क गर्न मातहतका सबै संघीय अस्पतालहरूलाई सर्कुलर गरेको हो।

स्वास्थ्य तथा जनसख्या मन्त्री पौडेलको अग्रसरतामा मन्त्रालयले संघीय अस्पतालमा आउने आन्दोलनका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी सिघ्र उपचारको व्यवस्था गर्न भनिएको छ ।

यसैगरी, मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानहरूमा सहजै उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।

काठमाडौँ उपत्यकाको एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट रिफर हुने बिरामीलाई अर्को अस्पातलमा लिएर जान सहजीकरणका लागि समेत आह्वान गरेको छ ।

 

साथै, सम्पूर्ण चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूलाई एकजुट भई घाइतेको उपचारमा जुट्न पनि मन्त्रालयले आह्वान गरेको छ ।

काठमाडौं । सहकारी ठगीको आरोपमा नख्खु कारागारमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई कारागार प्रशासनले भेट्न रोक लगाएको छ ।

नख्खु कारागार प्रशासनले लामिछानेलाई भेटघाट गर्न दिने क्रम तत्काल बन्द गरिएको जनाएको छ । यसअघि तय भएका भेटघाट समेत स्थगन गरिएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

यो निर्णयले रवि लामिछानेलाई भेट्न इच्छुक कार्यकर्ता र समर्थकहरूमा चिन्ता बढाएको छ । उनीमाथि सहकारी ठगी मुद्दामा अनुसन्धान जारी रहेको छ ।

काठमाडौं । देशमा बढेको भ्रस्टाचार र सरकारले सामाजिक सञ्जाल बन्द गराएको विरोधमा जेनजी युवाहरूले काठमाडौंको माइतीघर मण्डलामा गरेको प्रदर्शनमा भिड बढ्दै गएको छ । उनीहरूले भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोधमा प्रदर्शन गरेका हुन् ।

माइतीघर मण्डलबाट बिहान ९ बजे सुरु भएको प्रदर्शनमा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो, जसमध्ये धेरै कलेज पोसाक र परिचयपत्रसहित उपस्थित थिए । युवाहरूको यो प्रदर्शन वर्तमान राजनीतिक अवस्थाप्रतिको गहिरो असन्तुष्टिको परिणाम हो । उनीहरूले देशमा रोजगारीको अवसर सिर्जना गर्नुपर्ने, पूर्ण सुशासन कायम हुनुपर्ने र नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने सामाजिक सञ्जाल प्रतिबन्धको निर्णय फिर्ता लिनुपर्ने मुख्य माग राखेका छन् ।

प्रदर्शनकारीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए । ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिँडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, ‘स्टप करप्सन’, ‘सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार खुला’ र ‘हामीलाई बोल्न दे सरकार’ जस्ता नाराले उनीहरूको आक्रोश र माग स्पष्ट पारेको थियो ।

प्रदर्शनमा सहभागी युवाहरूले ‘गाउँ-गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ’ लगायतका गीत गाउँदै आफ्नो आवाज बुलन्द पारेका थिए । जेनजीहरूले आफ्नो प्रदर्शन पूर्णतः शान्तिपूर्ण हुने र यसमा कुनै पनि राजनीतिक दलका नेताहरूलाई सहभागी नहुन आग्रह गरेका छन् । प्रदर्शनपश्चात् कुनै कोणसभा वा भाषणको कार्यक्रम नरहेको उनीहरूले स्पष्ट पारेका छन् ।

यो प्रदर्शनले नेपालका युवा पुस्ता अब देशको भविष्यप्रति मौन नरहने र आफ्नो हक अधिकारका लागि सडकमा उत्रिन पछि नपर्ने सन्देश दिएको छ । उनीहरूको यो शान्तिपूर्ण तर सशक्त आवाजले सरकारलाई भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन र नागरिक स्वतन्त्रताको सम्मान गर्न थप दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

मेषः दिन सामान्य छ। शिक्षा र स्वास्थ्यमा केही सुधार भएपनि राजनीति क्षेत्रमा समस्या हुनेछ। यात्रामा अनावश्यक खर्च र झन्झट व्यहोर्नुपर्नेछ। परिवारमा मनमुटाव बढ्नेछ।

वृषः दिन राम्रो छ। गुम्न लागेको धन हात लाग्नेछ। पूर्वको यात्रामा आज नजानु राम्रो हुन्छ। स्वास्थ्य समस्या आउन सक्छ। राजनीतिमा गरेको लगानीबाट उत्साह थपिनेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा मिल्नेछ। परिवारको सहयोग लिएर अगाडि बढेमा नाफा होला।

मिथुनः दिन राम्रो छ। तपाईंको बोलीको महत्त्व बढ्नेछ। बोल्दा भने तीन पटक सोचेर बोल्नु उचित हुन्छ। आज जुनसुकै काम गर्दा पनि हुनेगरी विकल्प आइलाग्ने छन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः दिन राम्रो छ। गुम्न लागेको धन हात लाग्नेछ। स्वास्थ्य सुधार हुनेछ। शिक्षामा बढुवा हुने योग रहेको छ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

सिंहः दिन राम्रो छ। रोगबाट मुक्त हुने दिन छ। राजनीतिक क्षेत्रमा संगठन बलियो हुनेछ। परिवारमा झगडा हुने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेका काम बन्नेछन्।

कन्याः दिन सामान्य छ। खर्च बढ्नेछ। राजनीतिक क्षेत्रमा भने संगठन बलियो हुनेछ। भूमिसम्बन्धी कारोबारमा लाभ प्राप्त गर्नुहुनेछ। परिवारमा मनमुटाव हुने जोखिम छ।

तुलाः दिन राम्रो छ। आम्दानीका दृष्टिकोणले आज तपाईको दिन राम्रो छ। बौद्धिक क्षेत्रका व्यक्तिसँगको अन्तरक्रियाले मन हलुका हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। स्वास्थ्य र शिक्षामा आज नाम र दाम दुवै मिल्ने योग छ।

वृश्चिकः दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा लाभ मिल्नेछ। धर्मकर्ममा वितृष्णा फैलनेछ। राजनीतिमा माथिल्लो तहबाट तपाईंले महत्त्वपूर्ण अवसर प्राप्त गर्नु हुनेछ। परिवारको सल्लाह लिएर अघि बढ्दा भाग्यको उदय हुनेछ।

धनुः दिन सामान्य छ। आज ठूलो काममा हात नहाल्नु उपयुक्त हुनेछ। उत्तरको यात्रा जोखिमपूर्ण हुने खतरा छ। एकल यात्रा नगर्नु उपयुक्त हुनेछ। धार्मिक कार्यमा मन जानेछ।

मकरः दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। शत्रु बढ्नेछन्। मित्रले धोका दिनेछन्। राज्यको तर्फबाट भय त्रास हुनसक्ने खतरा छ। काम गर्दा तीन पटक सोच्नु आवश्यक छ।

कुम्भः दिन सामान्य छ। सानातिना कुराले मनमा खटपटी हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुन्छ। पारिवारिक सम्बन्ध राम्रो छ। स्वास्थ्य र शिक्षामा भने लगानी नगर्नु राम्रो हुन्छ।

मीनः दिन सामान्य छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या देखिनेछ। राम्रो बोल्दा पनि नराम्रो सुनिने भएकाले बोल्दा ख्याल गर्नुपर्नेछ। परिवारभित्र भने तपाईंको प्रशंसा गर्ने बढ्नेछन्। नजिकैको सुखद् यात्रा हुनसक्छ।

 

काठमाडौं। प्रत्येक वर्ष आश्विन कृष्ण-प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदै छ।

आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चांग)मा उल्लेख छ। प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो। यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ।

चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो। यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ।

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पुरा हुनाका साथै पितृऋणबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ। यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउँछन्। सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उनले बताए। जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध छोड्नु नहुने धर्मशास्त्रविद् नेपाल बताउँछन्।

कारणवश सोह्र श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन्। सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ। आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद्को भनाइ छ।

यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ। कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख छ।

आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतिपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्विद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहेका समिति सदस्य प्राडा भट्टराईले जानकारी दिए।

त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उनले सुनाए। विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ। यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ।

सोह्रश्राद्ध अपराह्नकाल पारेर पिताका तिथिका दिन गर्नुपर्नेमा कतिपय पुरोहितले आफू अनुकुल बिहानै श्राद्ध गर्नु भन्ने गरेको जानकारी आएकाले त्यो शास्त्रसम्मत नभएको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले बताए।

पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुन्छ। बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ। ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा रही आएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।