२०८३ बैशाख १७ गते बिहीबार
२०८३ बैशाख १७ गते बिहीबार

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबैलाई संयमित रहन आह्वान गरेका छन्।

बुधबार बिहानै फेसबुकमा नेत्रलाल अभागीको कविता सेयर गर्दै उनले धैर्य गर्न र संयमित बन्न आग्रह गरेका हुन्। पोखरेलले विश्वास व्यक्त गर्दै लेखेका छन्, ‘धैर्य गरौँ, संयमित बनौँ, हामी फेरि उठ्ने छौं।’

उनले सेयर गरेको कवितामा उल्लेख छ कि आँधी र हुरी नचलेको बेला, वातावरण स्तब्ध र शान्त भएको घडीमा पनि एउटा नायक आफ्नो साहस देखाएर उभिन सक्छ।

पोखरेलले भने, ‘एउटा कायरले पनि बहादुरीका लामालामा कुरा गर्न सक्छ, तर मेरा मित्र, आँधी र हुरी चलिरहेको बेला, वातावरण गतिशील र अशान्त भएको घडीमा, पहाडको चुचुरोमाथि आँधी र हुरीसँग खेल्दै एउटा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ।’

पछिल्लो जेनजी आन्दोलनका बीच केही व्यक्तिले असहज परिस्थितिको अनुचित फाइदा उठाउँदै काठमाडौँ र भक्तपुरका विभिन्न क्षेत्रमा लुटपाट गरेका छन्।

नेपाली सेनाले राति १० बजेपछि सुरक्षा कमाण्ड नियन्त्रणमा लिएसँगै भक्तपुरकोे राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्न भएको अभियोगमा २१ जना पक्राउ परेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई पनि सेनाले पक्राउ गरेको छ ।

देशभर देखा परिरहेका सुरक्षा चुनौतीबीच नेपाली सेनाले नागरिकलाई सतर्क रहन र सुरक्षामा सहयोग गर्न अपिल गरेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।