२०८२ आश्विन २८ गते मंगलवार
२०८२ आश्विन २८ गते मंगलवार

जेनजी आन्दोलनको घुसपैठले ध्वस्त भएको नेपाली कांग्रेसको केन्द्रिय कार्यालय सानेपामा १० करोड बराबरको क्षति भएको छ।

संबिधान सभा सदस्य एवं बरिष्ठ इञ्जिनियर रंजित कर्ण नेतृत्वको टिमले गरेको प्रारम्भिक सर्वेक्षण बाट उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो ।

नेपालकै ठुलो मध्यको पुस्तकालय रहेको सानेपामा आगो लगाउदा ३० हजार अधिक एतिहासिक पुस्तक जलेर खरानी भएको छ।
संसारभरका अनुसन्धानकर्ता आएर खोज, अनुसन्धान र अध्यन गर्ने पुस्तकालय जलेर खरानी भएको देख्दा इञ्जिनियर रंजित कर्ण भक्कानिए।

कांग्रेस मुख्यालयमा राखिएको ठूलो फ्रेमको चुच्चे नक्सामा लात्तै लात्तीले हानिएको छाप देखिदा आगो लगाउने अराजक समूह बिदेशी शक्तिबाट परिचालित भएको हुन् सक्ने अनुमान इन्जिनियर रंजित कर्णले लगाएका छन् । चुच्चे नक्सामा लात्ती हानिएको डोब देख्दा रंजित कर्ण आक्रोशित बने ।

कांग्रेस पार्टी कार्यालयमा भएको क्षति र पूनः निर्माण बारे इञ्जिनियर रंजित कर्णले भावुक बन्दै भने, कांग्रेसी कार्यकर्ताको सदस्यता शुल्कले बनाएको यो कार्यालय पूनः निर्माण गर्न देश बिदेशमा अभियान चलाउने र आफ्नै नेतृत्वमा कांग्रेस मुख्यालय को पुनरसंरचना गर्ने तयारी आजै देखि सुरु भएको बताए ।

इञ्जिनियर कर्णले जलेर खरानी भएको सिंहदरवार,संसद भवन र सर्वोच्च अदालतको क्षतिको विवरण समेत आफ्नो टिमले संकलन गरिरहेको बताएका छन्।

पवित्र उदेश्य राखेर जेनजीले गरेको आन्दोलनमा आफ्नो एक्यबद्द्ता रहेको तर घुस पैठका कारण देशमा आगो लागेको भन्दै पूनरनिर्माणमा सरकारलाई काँग्रेसले सहयोग गर्ने बताएका छन् । नेता कर्णले नव नियुक्त प्रधानमन्त्री शुसिला कार्कीले आजै भ्रष्ट्राचारको छानविन गर्न उच्चस्तरीय आयोग बनाउन सुझाव दिएका छन् ।

काठमाडौं । जेनजी आन्दोलनको क्रममा नयँ बानेश्वरस्थित वाणिज्य बैंक लुट्ने समूहले फालेको ५ लाख रुपैयाँ एक युवकले प्रहरीलाई बुझाएका छन् ।

ललितपुर घर भएका सुरेश देउलाले ५ लाख १० लाख ५ सय रुपैयाँ जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएका हुन् ।

परिसर ललितपुरका एसपी तथा प्रवक्ता चक्रराज जोशीका अनुसार देउलाले बैंक लुटेको बेला भिडियो खिचेका थिए । लुटेरा समूहले त्यो देखेपछि ‘तैंले यही खोजेको हो, ला ’ भन्दै पैसाको बिटो फालेका थिए ।

अहिले त्यही रकम आफू बुझाएको देउलाले प्रहरीसमक्ष बताएका छन् । योे बैंक लुट्ने पाँच जनालाई सेनाले पक्राउ गरेको थियो ।

जेनजीजका विषयमा भइरहेको विवाद लगायतका विषयमा हामी नेपाली नामक संस्थाले रिपोटर्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा कुटाकुट भएको छ ।

आइतबारको पत्रकार सम्मेलनका क्रममा हामी नेपाल नामक संस्थाका सुदन गुरुङले धारणा राखिरहँदा विवाद भएको थियो ।

पत्रकार सम्मेलनमा उपस्थित भएका केही युवाहरूले सञ्चारकर्मीसँग विवाद र हातपात गरेपछि कुटाकुटको अवस्था आएको हो ।

पत्रकार सम्मेलनमा क्रममा उपस्थित भएका युवाहरूबिच समेत एकआपसमा विवाद भएको थियो । केही युवाहरूले पत्रकार सम्मेलनमा घुसपैठ भएको आशङ्का गरेका छन् ।

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले अन्तरिम सरकार गठनको सन्दर्भमा प्रमुख सेनापति समक्ष सम्बोधन गर्दै आफ्नो राजनीतिक अडान सार्वजनिक गरेका छन् ।

 

उनले आफूलाई अन्तरिम सरकारको नेतृत्वमा ल्याउने प्रस्तावप्रति कृतज्ञता व्यक्त गर्दै सेनापतिसहित नेपाली सेनाप्रति धन्यवाद दिएका छन् । ‘हामीलाई विश्वास गरी आह्वान गर्नुभएकोमा तपाईं र सम्पूर्ण नेपाली सेनाप्रति हार्दिक आभार व्यक्त गर्दछौँ’, प्रसाईंले भने ।

प्रसाईँले सरकारमा जानु आफ्नो व्यक्तिगत स्वार्थ नरहेको दाबी गर्दै जनताको पीडा, आशा र भरोसाको जिम्मेवारी बोकेको बताएका छन् । ‘हाम्रो काँधमा केवल सर्वहारावर्ग, भुइँमान्छे र उत्पीडित वर्गका पीडाहरू मात्र होइन, लघुवित्त, बैंक र सहकारीबाट पीडित, कालो सूचीमा परेका नागरिक, रोजगारीका लागि विदेशिन बाध्य भएका युवा तथा आवाजविहीन जनताको भविष्य पनि रहेको छ,’ उनले उल्लेख गरेका छन् ।

 

राजनीतिक दलहरूले सरकार चलाउँदा आफूले निरन्तर सडकमा उभिएर जनताको मुद्दा उठाएको दाबी गर्दै उनले अन्तरिम सरकारप्रति कडा सन्देश पनि दिएका छन् । उनका अनुसार नागरिकको जीवनस्तरमा सुधार हुने माग पूरा नगरी उनीहरू सरकारमा प्रवेश गर्ने छैनन् ।

‘हामी दृढतापूर्वक विश्वास गर्छौँ कि कुनै पनि आन्दोलन देशको माटो र जनताको आवश्यकतामा आधारित हुनुपर्छ,’ प्रसाईँले भने, ‘विदेशी शक्तिको पैसा र निर्देशनमा चलाइने आन्दोलनबाट नेपाल र नेपालीको भाग्यमा दिगो परिवर्तन सम्भव हुँदैन ।’

प्रसाईँले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने अडान पनि दोहोर्याएका छन् । ‘विद्यमान संविधान खारेज हुनुपर्छ र नेपाललाई पुनः सनातन हिन्दू अधिराज्य घोषणा गर्नुपर्छ,’ उनले भनेका छन् । मुलुकको सार्वभौमिकता र सांस्कृतिक पहिचानविरुद्ध भइरहेको भनिएका गतिविधिप्रति उनले घोर भत्र्सना व्यक्त गरेका छन् ।

दल दर्ताको अन्तिम तयारीमा रहेको जानकारी दिँदै उनले आगामी निर्वाचनमार्फत सरकारमा सहभागिता जनाउने र जनताका दीर्घकालीन मुद्दाहरू समाधान गर्ने योजना रहेको स्पष्ट पारेका छन् ।

प्रसाईँले अन्त्यमा भनेका छन्, ‘देश र जनताको आशा–भरोसा पूरा गर्न हामी निरन्तर सडकमा पनि रहनेछौँ ।’ मुलुकलाई स्थायित्व, सुशासन र समृद्धिको दिशामा लैजान आफूहरू प्रतिवद्ध रहेको उनको भनाइ छ ।

काठमाडौँ । यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३ कैदीबन्दी पक्राउ परेका छन् ।

 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले आज मध्याह्नसम्ममा तीन हजार ७२३ कैदीबन्दी पक्राउ गरी कारागामा ल्याइएको जनाउँदै अझै १० हजार ३२० कैदीबन्दी फरार रहेकाले आवश्यक सर्तकता अपनाउन सर्वसाधारणमा आग्रह गरे ।

उनका अनुसार कतिपयलाई भारत भाग्न खोजिरहेको अवस्थामा भारतीय प्रहरीले समातेर फिर्ता गरेका छन् भने कतिपय सेना, प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेका हुन् । कतिपय आफैँ फिर्ता भएर कारागार आएका बताउँदै प्रवक्ता घिमिरेले कैदीबन्दीको खोजी अभियान जारी रहेको उल्लेख गरे । कैदीबन्दीका बारेमा केही सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालय तथा सुरक्षा निकायमा जानकारी दिन पनि उहाँले सबैमा अनुरोध गरे ।

 

१३९ थुनुवा फर्किए, दुई हजार १०० फरार

सोही प्रदर्शनका कारण मुलुकभरका प्रहरी कार्यालयका हिरासतबाट फरार भएकामध्ये १३९ जना थुनुवालाई पक्राउ गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए । उनका अनुसार अझै दुई हजार १०० थुनुवा फरार छन् ।

फरार भएकाहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ । तोडफोड, आगजनी र प्रदर्शनका कारण कैदीबन्दीहरू यही भदौ २४ गते भागेका थिए ।

काठमाडौँ । जनेजी आन्दोलनका क्रममा हालसम्म ७२ जनाको मृत्यु भएको सरकारले जनाएको छ ।

 

आइतबार सिंहदरबारमा आयोजित एक कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले आन्दोलनसँग सम्बन्धित पछिल्लो विवरण सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्दै गर्दा प्रमुखसचिव अर्यालले आन्दोलनका क्रममा भएका मानवीय क्षतिबारे जानकारी दिँदै भने, ‘अहिलेसम्म प्रदर्शनकारीतर्फ ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मीतर्फ ३ जना गरी ७२ जनाले सहादत प्राप्त गर्नुभएको छ ।’

 

उनका अनुसार हालसम्म आन्दोलनका क्रममा घाइते भएका १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी गरी १९१ जनाको उपचार भइरहेको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन् ।

पार्टी छाडेको औपचारिक जानकारी दिँदै श्रेष्ठले सामाजिक सञ्जालमार्फत लेखेकी छन्, ‘अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाडेँ ।’

पार्टीभित्र पछिल्ला दिनमा देखिएको मतभेद र असन्तोषबीच श्रेष्ठले यस्तो निर्णय लिएको बताइएको छ । उनले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आक्रोश पोखेकी छन् ।

काठमाडौं । जेन–जी पुस्ताको आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरेको छ ।

नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्दै आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने निर्णयमा हस्ताक्षर गर्नुभएको मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिए ।

२३ र २४ भदौमा भएको जेन–जी युवाको आन्दोलनका क्रममा ५१ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी गरी ७२ जनाको मृत्यु भएको छ । प्रधानमन्त्री कार्कीले आईतवार विहान साढे ११ बजे सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा पद्भार ग्रहण गरेका हुन् ।

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज आफ्नो पदभार ग्रहण गर्ने भएकी छन् । शुक्रबार शपथग्रहणपश्चात् विभिन्न कारणले पदभार ग्रहणको कार्यक्रम रोकिएकोमा, आज बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले औपचारिक रूपमा कार्यभार सम्हाल्ने भएकी हुन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, प्रधानमन्त्री कार्कीको पदभार ग्रहणका लागि गृह मन्त्रालयको नवनिर्मित भवनमा विशेष तयारी गरिएको छ । अत्याधुनिक सुविधासहितको यस भवनबाट प्रधानमन्त्री कार्यालय सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । प्रधानमन्त्रीको पदभार ग्रहण समारोहलाई भव्य र व्यवस्थित बनाउन आवश्यक सम्पूर्ण तयारीहरू पूरा भइसकेका छन् ।

शुक्रबारको शपथग्रहण समारोहमा भएको ढिलाइले पदभार ग्रहणको कार्यक्रम सारिएको थियो । देशको असहज परिस्थितिमा अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री कार्कीसामु चुनौतीका चाङहरू रहेका छन् । तर, उनले दृढताका साथ मुलुकलाई सही दिशामा डोऱ्याउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

यसैबीच, आन्दोलनका कारण प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा क्षति पुगेकाले प्रधानमन्त्री कार्की हाल आफ्नै निजी निवासमा बसिरहेको बुझिएको छ । यद्यपि, यसले उनको कार्यसम्पादनमा कुनै असर नपर्ने र उनी राष्ट्रसेवामा पूर्ण रूपमा समर्पित रहेको उनको सचिवालयले जनाएको छ ।

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ गठनको घोषणा गरेका छन् । उनले आफ्नो नयाँ दलको चुनाव चिह्न ‘पहचान’ हुने प्रस्ताव पनि गरेका छन् । एक भिडिओ सन्देशमार्फत चौधरीले आफू अब नाउपाबाट अलग भएको र नयाँ अभियानमा लाग्ने स्पष्ट पारेका हुन् ।

चौधरीले आफ्नो राजनीतिक जीवनमा भोगेका तीतामीठा अनुभवहरू सार्वजनिक गर्दै हालको राजनीतिक परिदृश्यमा इर्ष्या र प्रतिशोधको भावना हावी भएको टिप्पणी गरे । उनले टिकापुर घटनामा आफू दोषी नभए पनि घर जलाइएको र यसलाई राजनीतिक प्रतिशोधको रुपमा लिएको बताए । उनले टिकापुर घटनामा ८ जनाले सहादत प्राप्त गरेको र आफूले जेल जीवन बिताएको उल्लेख गर्दै, यसपछि बालक सहित टेकबहादुरको शालिक बनाएको र अन्यको पनि निर्माण गरिने भविष्यमा बताए ।

उनले तत्कालीन समयमा टिकापुरमा आफ्नै घर जलाइएको घटना र क्षतिपूर्ति वितरणमा भएको अनियमितताप्रति आक्रोश व्यक्त गरे । उनले ५० हजारको क्षति भएको दाबी गर्नेहरूले डेढ करोडसम्म क्षतिपूर्ति लिएको देखेको बताए । उनले वर्तमानमा देशमा राजनीतिक सुझबुझको कमी भएको र यसले समाजमा उच्छृङ्खलता बढाएको धारणा राखे ।

चौधरीले देशको सर्वोच्च अदालत र सिंहदरबार जलाउने, निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने व्यक्तिहरूलाई छानबिन गरी कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए । उनले सुशीला कार्कीको नेतृत्वमा यस्ता तत्वहरूको छानबिन हुने आशा व्यक्त गरे । उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, राज्य पुनर्संरचना र सिमाङ्कनमा परिवर्तन हुनुपर्ने र आफ्ना विरुद्धका मुद्दामा न्यायिक फैसला आउनुपर्ने तीन मुख्य माग अघि सारे ।

चौधरीले आफ्नो जीवनको सुरुवात १५ वर्षको उमेरदेखि काठमाडौंमा मजदुरीबाट गरेको र रेडियो नेपालको सानो पोस्टदेखि तीनवटा रेडियो स्टेसन स्थापना गर्नेसम्मको यात्रा तय गरेको स्मरण गरे । उनले आफ्नो गीत-संगीतको कमाइ पसिनाको कमाइ भएको र आजसम्म फरक कमाइबाट नबाँचेको बताए ।

 

चौधरीले नाउपाभित्रै आफूलाई साधारण सदस्यसमेत नमानिएको र कानुनी हैसियत नभएको अवस्था आएको भन्दै पार्टीबाट अलग हुने निर्णयमा पुगेको बताए । उनले नाउपाका केही नेताहरूलाई साढे तीन वर्षसम्म घरभाडा तिरेर पालेको र चुनावमा आफ्नो निजी सम्पत्ति बेचेर सहयोग गरेको तर जस नपाएको गुनासो गरे । ‘मलाई अब झगडा गर्नु छैन । कहिले २१ जनाको रोइलो, कहिले १६ जनाको रोइलो, कहिले संस्थापक केन्द्रीय सदस्यको रोइलो, म यो रोइलोबाट मुक्त हुन चाहन्छु,’ उनले भने ।

चौधरीले आफूलाई ‘महाठग’ र ‘झूटा’ भन्ने कार्यकर्ताहरू नचाहिएको र यसअघिका आन्दोलनमा ‘राष्ट्रिय फटाहाहरू’ले ठगी गरेको आरोप लगाए । उनले अब ‘राष्ट्रिय फटाहाहरू’सँग कुनै सम्झौता नहुने स्पष्ट पारे ।

चौधरीले टिकापुर आन्दोलन नमरेको र जनताको मनमा रहेको उल्लेख गर्दै, यो खरानीमुनि लुकेको आगो जस्तै रहेको बता ए। उनले देश र नेपाली जनताको पहिचान, परम्परा, भौगोलिक र सांस्कृतिक पहिचानसहितको संघीयता र समुदायमा आधारित समाजवादका लागि सबै नागरिक एकजुट हुनुपर्नेमा जोड दिए । उनले चाँडै नै नाउपाका इमान्दार साथीहरू, संस्थापक केन्द्रीय सदस्यहरू र जनप्रतिनिधिहरूसँग बैठक आह्वान गर्ने र नयाँ दलको माध्यमबाट नयाँ नेपाल निर्माणको अभियानमा लाग्ने प्रतिज्ञा गरे । ‘मैले जे बोलेँ सत्य बोलेँ, जे गरेँ राम्रो गरेँ,’ भन्दै उनले आफ्नो भिडिओ सन्देशको अन्त्य गरे ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।