
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई टेलिफोन सम्पर्कमार्फत बधाई तथा केही महत्त्वपूर्ण सुझाव दिन खोज्दा सम्भव नभएपछि सामाजिक सञ्जालमार्फत ६ बुँदे ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री नियुक्त भएदेखि नै सम्पर्कको प्रयास गरे पनि सफल नभएको र नियमित सम्पर्कमा रहने व्यक्तिहरूमार्फत पनि पहल गर्दा सम्भव नभएपछि उनले सार्वजनिक रूपमा आफ्ना भनाइ राखेका हुन् ।
श्रेष्ठले प्रधानमन्त्री कार्कीलाई लोकरिझ्याइँका छिटपुट काममा भन्दा पनि उल्लिखित कार्यहरूमा, विशेष गरी घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् । उनले सरकार असफल भएमा र घोषित मितिमा निर्वाचन सम्पन्न हुन नसकेमा देश भयावह सङ्कटमा धकेलिने चेतावनीसमेत दिएका छन् । साथै, उनले सबैलाई यसप्रति सचेत हुँदै घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सहयोग गर्न आह्वान गरेका छन् ।
- यस्ता छन् उनले दिएका ६ सुझावहरू :-
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूलाई ‘जेन-जी विद्रोह’ को भावनाअनुसार काम गर्ने भन्दा नपत्याइएको गुनासो गरेका छन् । आइतबार फेसबुक लाइभमार्फत् उनले वर्तमान आन्दोलन केवल केपी शर्मा ओली नेतृत्वको सत्ता हटाउनमा मात्र सीमित नभएको भन्दै प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय पद्धतिमा जानुपर्ने धारणा राखेका हुन् ।
मेयर साम्पाङले आफू गृहमन्त्री बन्नका लागि तीव्र लबिइङ गरेको स्वीकार गर्दै आफूलाई उक्त पद नदिइएकोमा असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘२०७२ को कानुनमा टेकेर नयाँ नियम, पद्धति बनाउन सक्छौं त ? सक्दैनौं । यो विद्रोह अर्कै चिज बनाउनका लागि हो । त्यही म्यान्डेटअनुसार गर्छु भन्दा मलाई पत्याउनुभएन । अथवा कुनै प्रभुशक्ति… अथवा के पनि हुनसक्छ..!’
उनले आफ्नो स्पष्ट र भ्रष्टाचारविरोधी छविका कारण काम गर्न अप्ठ्यारो भएकाले पनि आफूलाई गृहमन्त्री नदिइएको हुनसक्ने अनुमान गरे । ‘कतिले गृहमन्त्री बन्नुपर्छ भन्नुहुन्छ। त्यसमा पनि अप्ठ्यारो छ । जुन खालको क्यारेक्टर म हुँ, भ्रष्टाचार मन पर्दैन । भ्रष्टाचारको ‘भ’ पनि उच्चारण गरेको मन पर्दैन । बेथितिको ‘ब’ पनि उच्चारण हुन दिन्न । म बलियो, नियम, नियमन मन पराउँछु । म ‘ल एन्ड अर्डर’ पालना गर्नुपर्छ भन्ने मान्छे हुँ,’ उनले आफ्नो अडान राखे ।
साम्पाङले देशमा एउटा चुनाव ल्याउनका लागि मात्र भयानक विद्रोह नभएको र आन्दोलनपछि त्यसको मर्मअनुरूप चल्न नसकेकोमा पनि गुनासो गरे । उनले पुरानो संसद विघटन गरेर नयाँ सांसदहरू चुन्नु मात्र आन्दोलनको उद्देश्य नभएको र यसको मर्म प्रत्यक्ष कार्यकारी प्रमुखसहितको व्यवस्थामा जानुपर्नेमा जोड दिए । ‘विद्रोह नै म्यान्डेट भएकाले कुन कानुनका दफाले दिँदैन भनेर हेर्नु हुँदैन,’ उनको तर्क थियो ।
उनले विद्रोहको जगमा नयाँ नियम खडा गरेर त्यसै अनुरूप अगाडि बढ्नुपर्ने बताए । ‘त्यसका लागि कुनचाहिँ धाराले दिएन भन्ने होइन, अहिलेका लागि एउटा नियम लेखेर अगाडि बढ्नुपर्छ । नियमावली पारित गरेर त्यसैमा टेकेर अगाडि जानुपर्छ,’ उनले भने ।
उनले सम्पूर्ण युवा र नेपालीले आमूल परिवर्तनको आशा गरेको र प्रत्यक्ष रूपमा चुनिने कार्यकारी प्रमुखले देशलाई पाँच वर्षसम्म सञ्चालन गर्न पाउँदा स्थायित्व आउने बताए । साम्पाङले फागुनमा चुनाव नहुने र भइहाले पनि तिनै पुराना दलहरूले सम्झौतामा सरकार चलाउने र अस्थिरता दोहोरिने सम्भावना औंल्याए । यसको समाधानका लागि उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्ने अहिलेको आवश्यकता भएकोमा जोड दिए । ‘प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीभन्दा पनि राष्ट्रपतिको चुनाव गर्ने गरी जानुपर्छ,’ उनले भने ।
वर्तमान आन्दोलनमा निहित स्वार्थ राख्नेहरू पनि हुनसक्ने भन्दै उनले आफूजस्ता मानिसलाई समावेश नगरिने बताए । उनले भने, ‘विदेशीको कठपुतली पनि होइनौं हामी । विदेशीको चलखेल हुने, विदेशीको रणमैदान बनाउने, उसको खेल्ने, खाने ठाउँ पनि हाम्रो देश बन्नुहुँदैन भन्ने कुरामा मेरो बटम लाइन हो ।’
अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका रामेश्वर खनालले तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनै पनि सुविधा नलिने भएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम सरकारमा उनी अर्थमन्त्री बन्ने टुंगो लागिसकेको छ। अहिले सपथ छ ।
मन्त्री बन्ने पक्का भएपछि उनले आफूले कुनै पनि सेवा सुविधा नलिने बताएको मन्त्रिपरिषद् निकट स्रोतले जानकारी दिएको छ। उनले पिएसओ पनि नलिने भनेका छन्। अहिलेको परिस्थितीलाई मध्यनजर गर्दै प्रधानमन्त्रीको टिमले उनलाई पिएसओ भने राख्न आग्रह गरेको थियो। तर खनालले त्यो पनि नमानेको स्रोतले जानकारी दिएको छ।
तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको आर्थिक सल्लाहकार हुँदा पनि उनले कुनै पनि सुविधा नलिइ काम गरेका थिए। अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने खनाल पूर्वअर्थसचिव हुन्। उनले केही समयअघि मात्र उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस आयोगको अध्यक्षका रूपमा केपी ओली सरकारलाई ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाएका थिए। अर्थतन्त्रको कमजोरी कहाँ छ, समस्या किन आयो, तत्काल के गर्नुपर्छ र दीर्घकालीन उपाय के हुन् भन्ने विषयमा उनले ठोस सुझाव दिएका थिए।
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको प्रक्रिया अगाडि बढाएसँगै असन्तुष्ट समूहहरूले प्रदर्शन सुरू गरेका छन् ।
जेनजी आन्दोलनका अगुवा दाबी गर्ने सुदन गुरुङ समूहले आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारअगाडि चर्को नाराबाजी गर्दै प्रधानमन्त्री कार्कीको राजीनामासमेत माग गरेको हो।
आफूहरूसँग कुनै सल्लाह नगरी मन्त्रिपरिषद् विस्तार गरिएको भन्दै सुदन गुरुङ समूह आक्रोशित बनेको थियो । प्रदर्शनमा जेनजी आन्दोलनका क्रममा घाइते भएका तथा मृतकका आफन्तसमेत सहभागी थिए । गुरुङले आक्रोशित मुद्रामा भने, ‘हामी फेरि सडकमा आयौं भने कसैले रोक्न सक्दैन । जुन ठाउँमा हामीले राखेका छौं, त्यहीँबाट थुतेर निकाल्छौं ।’ उनले अधिवक्ता ओमप्रकाश अर्याललाई लक्षित गर्दै ‘ओमप्रकाश अर्याल, लयर… उनले आफै गृहमन्त्री बनाउँदा रहेछन्, भित्र बसेर !’ भन्दै कटाक्ष गरे । ‘मुर्दामाथि राजनीति नगर’ जस्ता नारासमेत लगाइएको थियो ।
नाराबाजीको क्रममा उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा समेत मागे । जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाका परिवारका सदस्य समेतले सुदन गुरुङको उपस्थितिमा ‘प्रधानमन्त्री राजीनामा दे’ लगायतका नारा लगाएका थिए ।
यसअघि, सुदन नेतृत्वको ‘हामी नेपाल’ समूहका युवाहरूकै प्रस्तावमा गत शुक्रबार सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन् । उनी नेपालको इतिहासकै प्रथम महिला प्रधानमन्त्री हुन् । प्रधानमन्त्री पदको शपथ लिएलगत्तै प्रतिनिधिसभा विघटन गरी फागुन २१ गते निर्वाचन गर्ने घोषणासमेत भइसकेको छ ।
यसैबीच, प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो अन्तरिम सरकारको मन्त्रिपरिषद्लाई पूर्णता दिने क्रममा आइतबार महत्वपूर्ण नियुक्तिहरू गरेकी छन् । स्रोतका अनुसार, उनले अधिवक्ता ओमप्रकाश अर्याललाई गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिने टुंगो लगाएकी छन् । अर्याल अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेपछि चर्चामा आएका थिए । उनी जनहितका विभिन्न मुद्दा उठाएर कानुनी लडाइँ लड्दै आएका छन् र काठमाडौं महानगरपालिकाका कानुनी सल्लाहकार पनि हुन् । प्रधानमन्त्री कार्कीको नियुक्ति प्रक्रियामा राष्ट्रपति रामचन्द्र पौडेलसँगको वार्तामा पनि उनी संलग्न थिए ।
अर्थ मन्त्रालयको जिम्मेवारी पूर्वअर्थसचिव रामेश्वर खनालले सम्हाल्ने भएका छन् । खनालले केही समयअघि मात्र उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस आयोगको अध्यक्षका रूपमा केपी ओली सरकारलाई ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाएका थिए । उनले अर्थतन्त्रका कमजोरी, समस्याका कारण र समाधानका लागि ठोस सुझाव दिएका थिए ।
ऊर्जा मन्त्रालयको जिम्मा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई दिइएको छ । आफ्नो व्यवस्थापकीय क्षमताका कारण नेपाललाई लोडसेडिङमुक्त गराएर आमजनतामा लोकप्रिय बनेका घिसिङलाई केही महिनाअघि केपी ओली सरकारले प्राधिकरणबाट हटाएको थियो ।
प्रधानमन्त्री कार्कीले यी तीनै जनासँग सुरुमा फोनमा कुराकानी गरेपछि प्रधानमन्त्री कार्यालयमै बोलाएर छलफल गरी नियुक्ति टुंगो लगाएको बताइएको छ । यसअघि उनले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरिसकेकी छन् । प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीसहित ११ जनासम्मको मात्र मन्त्रिपरिषद् बनाउने तयारी गरेकी छन् ।
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ताको पदमा नियुक्त गरेकी छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति कार्यालयबाट आइतबार साँझ नियुक्ति पत्र प्रदान गरिएको हो ।
भण्डारी नेपालको इतिहासमा महान्यायाधिवक्ताको जिम्मेवारी सम्हाल्ने पहिलो महिला बनेकी छन् । लामो समयदेखि कानुनी क्षेत्रको अभ्यासमा सक्रिय रहँदै आएकी भण्डारी संविधान, मानव अधिकार र न्यायिक सुधारका क्षेत्रमा समेत क्रियाशील रहिएकी छिन् ।
महान्यायाधिवक्ता सरकारका प्रमुख कानुनी सल्लाहकार हुन् । यो पदलाई संविधानले संवैधानिक हैसियत दिएको छ ।
यसअघि उक्त पदमा पुरुष अधिवक्ताहरू मात्र नियुक्त हुँदै आएका थिए ।
मेष : परिवार र सम्पत्तिसम्बन्धी निर्णयहरूमा सफलता मिल्नेछ । वाणीमा माधुर्य, व्यापारमा लाभ र पारिवारिक स्नेहको समय हो । आर्थिक दृष्टिले दिन सामान्यतः सन्तोषजनक रहनेछ ।
वृष : मानसिक स्पष्टता, आत्मविश्वास र व्यवहारमा स्थिरता अनुभव हुनेछ । सौन्दर्य, डिजाइन वा सामग्रीमा रुचि राख्नेहरूका लागि विशेष उन्नतिको समय हो । यद्यपि अत्यधिक सोच वा निरर्थक जिज्ञासाबाट जोगिनु श्रेयस्कर हुनेछ । आत्मबोध र आत्मनियन्त्रण आजको मूल मन्त्र हुनसक्छ ।
मिथुन : मानसिक थकान र वित्तीय असन्तुलनको संकेत देखिन्छ । खर्चमा संयमता र समय व्यवस्थापन आवश्यक हुनेछ । अनावश्यक यात्राबाट बच्नु उपयुक्त हुनेछ । गोपनीय कुराहरू सुरक्षित राख्नु श्रेयस्कर होला ।
कर्कट : इच्छाहरू पूरा गर्ने योग बनेको छ । साथीभाइ वा सञ्जालमार्फत सहयोग मिल्नेछ । नयाँ योजना सुरु गर्न उत्साह मिल्नेछ । आर्थिक लाभका पनि राम्रो संकेत छन् ।
सिंह : कार्यक्षेत्रमा सफलता र सम्मान मिल्नेछ । योजना र प्रस्तुतीकरणमा दक्षता देखिनेछ । उच्च अधिकारी वा प्रतिष्ठित व्यक्तिसँग लाभदायक भेटघाट सम्भव छ ।
कन्या : भाग्य सक्रिय गर्ने समय हो । उच्च शिक्षा, धर्म वा यात्रासँग सम्बन्धित कार्यमा सफलता मिल्नेछ । गुरु वा विद्वान् व्यक्तित्वबाट मार्गदर्शन प्राप्त हुनसक्छ ।
तुला : मनमा चिन्ता, भ्रम वा स्वास्थ्यसम्बन्धी अनावश्यक डर निम्त्याउन सक्छ । विशेष गरी गोप्य योजना वा मानसिक विषयहरूमा धैर्य आवश्यक हुनेछ । जोखिमपूर्ण निर्णय टार्न उचित हुनेछ ।
वृश्चिक : वैवाहिक वा साझेदारी सम्बन्धमा संवेदनशीलता देखिन सक्छ । प्रेम र संवादमा स्पष्टता आवश्यक हुनेछ । व्यवसायिक साझेदारीमा नयाँ अवसर आउन सक्छ ।
धनु : प्रतिस्पर्धा वा विवादमा विजय सम्भावना प्रबल छ । स्वास्थ्य सन्तुलन, ऋण व्यवस्थापन तथा शारीरिक सक्रियतामा फाइदा हुने दिन हो । न्यायिक वा प्रशासनिक मामिलामा सुधार देखिन्छ ।
मकर : प्रेम, सन्तान वा सिर्जनात्मक कार्यमा चासो बढाउनेछ । विद्यार्थी र कलाकारहरूका लागि समय अनुकूल देखिन्छ । भावनात्मक जीवनमा मिठास आउनेछ ।
कुम्भ : घरपरिवार र मातापिताको स्वास्थ्यतर्फ चासो बढ्नेछ । घरसम्बन्धी निर्णय आज स्थगित गर्नु उपयुक्त हुनसक्छ । मनमा अलिक अस्थिरता देखिन सक्छ ।
मीन : आत्मबल, वाणी र साहसमा वृद्धि हुनेछ । सञ्चार, लेखन वा यात्राको योजना सफल बन्न सक्छ । दाजुभाइसँग सम्बन्ध सुदृढ रहनेछ ।
काठमाडौं। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले नेतृत्व गरेको अन्तरिम सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ। आइतबार साँझ तीन नयाँ मन्त्रीहरू नियुक्त गरिएसँगै आज सोमबार उनीहरूको शपथ ग्रहण गर्दैछन्।
नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ। घिसिङले विद्युत् क्षेत्रमा उल्लेखनीय सुधार गरेर व्यापक प्रशंसा कमाएका थिए ।
त्यस्तै, चर्चित कानुनविद् ओमप्रकाश अर्याललाई गृह मन्त्रालयसहित कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। अर्याल हालैसम्म काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका कानुनी सल्लाहकार थि ए।
पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालयको नेतृत्व गर्ने जिम्मा दिइएको छ। अन्य मन्त्रीहरूको नाम भने टुंगो लागेको छैन। जेन–जी आन्दोलनबाट बनेको कार्की सरकारले २१ फागुनमा चुनाव गर्ने निर्णय गरिसकेको छ।
गत सोमबार र मंगलबार जेनजी पुस्ताका युवाहरूले काठमाडौंलगायत देशभरि प्रदर्शन गरेका थिए। प्रदर्शन हिंसात्मक बनेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। ओलीको राजीनामापछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन्।